< Ezechiela 12 >
1 I doszło do mnie słowo PANA mówiące:
परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
2 Synu człowieczy, mieszkasz pośród domu buntowniczego, który ma oczy, aby widzieć, a nie widzi, ma uszy, aby słyszeć, a nie słyszy. Jest bowiem domem buntowniczym.
“ए मानिसको छोरो, तँ एउटा विद्रोही घरानाको बिचमा बस्छस्, जहाँ तिनीहरूका हेर्ने आँखा त छन् तर तिनीहरू देख्दैनन् । अनि तिनीहरूका सुन्ने कान त छन् तर सुन्दैनन्, किनभने तिनीहरू विद्रोही घराना हुन् ।
3 Ty więc, synu człowieczy, przygotuj sobie toboły wygnańca i wyprowadź się za dnia na ich oczach; przenieś się na ich oczach ze swego miejsca na inne. Może zrozumieją, chociaż są domem buntowniczym.
यसकारण ए मानिसको छोरो, निर्वासित भएको व्यक्तिझैं आफ्ना सामान पोको पार्, र दिउँसै तिनीहरूले देख्ने गरी जान सुरु गर्, किनकि तिनीहरूकै सामु तँलाई म निर्वासित तुल्याउनेछु । तिनीहरू विद्रोही घराना भए तापनि शायद तिनीहरूले बुझ्लान् ।
4 Wyniesiesz swoje rzeczy za dnia na ich oczach, jak toboły wygnańca; wyjdź wieczorem na ich oczach, jak wychodzą wygnańcy.
निर्वासनको लागि तेरा सामनाहरू दिउँसै तिनीहरूका आँखाकै सामुन्ने बाहिर निकाल्नेछस् । तिनीहरूका आँखाकै सामुन्ने कोही निर्वासनमा जानेझैं बेलुकी जानेछस् ।
5 Na ich oczach przebij sobie mur i wynieś przez niego [swoje rzeczy].
तिनीहरूले देख्ने गरी पर्खालमा प्वाल पार्, र त्यसैबाट बाहिर निक्लेर जा ।
6 Na ich oczach podnieś [je] na ramiona i wynieś o zmierzchu, zakryj sobie twarz i nie patrz na ziemię. Dałem cię bowiem [jako] znak domowi Izraela.
तिनीहरूले हेरिरहँदा तैंले आफ्नो सामान काँधमा उठा, र ती अँध्यारोमा बोकेर बाहिर लैजा । आफ्नो मुख छोप्, किनकि तैंले भुइँ देख्नुहुँदैन, किनभने इस्राएलका घरानाको निम्ति मैले तँलाई एउटा चिन्हको रूपमा अलग गरेको छु ।”
7 I uczyniłem [tak], jak mi rozkazano: wyniosłem swoje rzeczy za dnia, jak toboły wygnańca, a wieczorem przebiłem ręką mur; o zmierzchu wyniosłem [je], na ramionach niosąc [je] na ich oczach.
यसरी जस्तो मलाई आज्ञा गरियो त्यस्तै मैले गरें । निर्वासनको लागि मैले आफ्ना सामानहरू दिउँसो बाहिर निकालें, र बेलुका हातले पर्खालमा प्वाल पारें । मैले आफ्ना सामानहरू अँध्यारोमा बाहिर निकालें, र तिनीहरूले हेर्दाहेर्दै ती आफ्ना काँधमा बोकें ।
8 A rano doszło do mnie słowo PANA mówiące:
त्यसपछि बिहान परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
9 Synu człowieczy, czy dom Izraela, ten dom buntowniczy, nie zapytał cię: Cóż ty czynisz?
“ए मानिसको छोरो, के इस्राएलका घराना, त्यो विद्रोही घरानाले, 'तिमी यो के गर्दैछौ?' भनेर सोधेन?
10 Powiedz im: Tak mówi Pan BÓG: To brzemię [odnosi się] do księcia, który jest w Jerozolimie, i do całego domu Izraela, który tam się znajduje.
तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः यो भविष्य सुचक कामले यरूशलेमका शासक र सारा इस्राएलका घरानासित सम्बन्ध राख्छ ।’
11 Powiedz im: Ja jestem waszym znakiem. Jak uczyniłem, tak się im stanie: Pójdą na wygnanie, w niewolę.
यसो भन्, 'तिमीहरूका निम्ति म एउटा चिन्ह हुँ ।’ मैले जसो गरेको छु, तिनीहरूलाई त्यस्तै गरिनेछ । तिनीहरू निर्वासन र कैदमा जानेछन् ।
12 A książę, który jest pośród nich, weźmie [toboły] na ramieniu o zmierzchu i wyjdzie. Przebiją mur, aby [go] przez niego przeprowadzić. Zakryje sobie twarz, aby [swymi] oczami nie widział ziemi.
तिनीहरूका बिचमा हुने शासकले साँझमा आफ्नो काँधमा सामान बोक्नेछ, र पर्खालबाट बाहिर जानेछ । तिनीहरूले पर्खाल फोर्नेछन् र आफ्ना सामानहरू बाहिर निकाल्नेछन् । आफ्ना आँखाले भूइँ नदेखोस् भनेर त्यसले आफ्नो मुख छोप्नेछ ।
13 Rozciągnę bowiem nad nim swoją sieć i zostanie schwytany w moje sidła. Zaprowadzę go do Babilonu, do ziemi Chaldejczyków, lecz jej nie zobaczy, a tam umrze.
म आफ्नो जाल त्यसमाथि फिंजाउनेछु, र त्यो मेरो पासोमा पर्नेछ । तब म त्यसलाई कल्दीहरूको देश बेबिलोनियामा लानेछु, तर त्यसले त्यो देख्नेछैन । त्यो त्यहीं मर्नेछ ।
14 A wszystkich, którzy go otaczają, by mu pomóc, i wszystkie jego oddziały rozproszę na wszystkie wiatry i miecz na nich dobędę.
त्यसका वरिपरि हुनेहरू जसले त्यसलाई मदत गर्छन् र त्यसका सम्पूर्ण फौजलाई म तितरबितर पार्नेछु, र तिनीहरूको पछि म तरवार पठाउनेछु ।
15 I poznają, że ja jestem PANEM, gdy ich rozproszę między narody i rozrzucę po krajach.
जब जातिहरूका बिचमा तिनीहरूलाई म छरपष्ट पार्नेछु र देश-देशमा तिनीहरूलाई तितरबितर पार्नेछु, तब म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।
16 Zachowam jednak niewielu z nich od miecza, głodu i zarazy, aby opowiadali o wszystkich swoich obrzydliwościach pomiędzy narodami, do których przybędą; i poznają, że ja jestem PANEM.
तर म तिनीहरूमध्येका थोरैलाई तरवार, अनिकाल र रूढीबाट जोगाउनेछु, ताकि जहाँ तिनीहरू जानेछन्, त्यहाँका जातिहरूका बिचमा आफ्ना घिनलाग्दा व्यवहारहरूका लेखा तिनीहरूले राख्नेछन्, यसरी म नै परमप्रभु हुँ भनी तिनीहरूले जान्नेछन् ।”
17 I znowu doszło do mnie słowo PANA mówiące:
परमेश्वरको वचन यसो भनेर मकहाँ आयो,
18 Synu człowieczy, jedz swój chleb w strachu i pij swoją wodę z drżeniem i smutkiem;
“ए मानिसको छोरो, आफ्नो भोजन थरथर हुँदै खा, र काम्दै र चिन्ता गर्दै पानी पी ।
19 I powiedz do ludu tej ziemi: Tak mówi Pan BÓG o mieszkańcach Jerozolimy, o ziemi Izraela: Będą jeść swój chleb w smutku i będą pić swą wodę w trwodze, aby ich ziemia była ograbiona ze swoich dostatków z powodu bezprawia wszystkich jej mieszkańców;
अनि देशका मानिसहरूलाई यसो भन्: 'यरूशलेमका बासिन्दाहरू र इस्राएल देश बारेमा परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः “तिनीहरूले आफ्नो भोजन काम्दै खानेछन्, र थरथर काम्दै तिनीहरूले आफ्नो पानी पिउनेछन्, किनकि त्यहाँ बस्नेहरूका हिंसाको कारणले त्यसमा भएका सबै कुरासमेत तिनीहरूका देश उजाड पारिनेछ ।
20 Także miasta, w których mieszkają, będą spustoszone, a ziemia opustoszeje: I poznacie, że ja jestem PANEM.
मानिसहरू बसेका सहरहरू उजाड हुनेछन्, र देश उजाड-स्थान हुनेछ । तब म नै परमप्रभु हुँ भी तिमीहरूले जान्नेछौ ।’”
21 I doszło do mnie słowo PANA mówiące:
फेरि पनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
22 Synu człowieczy, cóż to jest za przysłowie u was o ziemi Izraela, które brzmi: Dłużą się dni, a każde widzenie zawodzi?
“ए मानिसको छोरो, ‘समय लामो पारिएको छ, र हरेक दर्शन फेल हुन्छ' भन्ने इस्राएलमा चल्दैआएको उखान के हो?
23 Dlatego mów do nich: Tak mówi Pan BÓG: Sprawię, że to przysłowie ustanie i nie będą go więcej powtarzać w Izraelu. Powiedz im: Zbliżają się te dni i spełnienie wszelkiego widzenia.
यसकारण तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः म यस उखानको अन्त गरिदिनेछु, र इस्राएलका मानिसहरूले फेरि कहिल्यै यो प्रयोग गर्नेछैनन् ।' तिनीहरूलाई यसो भन्, ‘समय नजिकै आएको छ, जति बेला हरेक दर्शन पुरा हुनेछ ।
24 Nie będzie już bowiem żadnego marnego widzenia ani pochlebnej wróżby pośród domu Izraela;
किनकि अब फेरि कहिल्यै इस्राएलका मानिसहरूका बिचमा झूटा दर्शन र जोखना हेर्नेहरू हुनेछैनन् ।
25 Gdyż ja, PAN, będę mówić, a słowo, które wypowiem, spełni się i nie ulegnie więcej opóźnieniu. Za waszych dni, domu buntowniczy, wypowiem słowo i wypełnię je, mówi Pan BÓG.
किनकि म परमप्रभु हुँ! म बोल्छु र आफूले बोलेका कुरा पुरा गर्छु । यो कुरा ढिलो हुनेछैन । किनकि ए विद्रोही घराना, तिमीहरूका समयमा नै मैले भनेको यो कुरा म पुरा गर्नेछु, यो परमप्रभु परमेश्वरको घोषणा हो ।”
26 I doszło do mnie słowo PANA mówiące:
फेरि पनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
27 Synu człowieczy, oto dom Izraela mówi: To widzenie, które on ma, [odnosi się] do dni odległych, on prorokuje o czasach dalekich.
“ए मानिसको छोरो, हेर्, इस्राएलका घरानाले यसो भनेको छ, 'त्यसले देखेको दर्शन अबदेखि धेरै दिनसम्मको लागि हो र त्यसले बोलेको अगमवाणी धेरै समयपछिका लागि हो ।'
28 Dlatego powiedz im: Tak mówi Pan BÓG: Żadne z moich słów już się nie opóźni, [ale] słowo, które wypowiem, spełni się, mówi Pan BÓG.
यसकारण तिनीहरूलाई यसो भन्, 'परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः मेरा वचन पुरा हुन अब ढिलो हुनेछैन, तर मैले बोलेका वचन पुरा हुनेछन्, यो परमप्रभु परमेश्वरको घोषणा हो ।