< Wyjścia 6 >
1 Wtedy PAN powiedział do Mojżesza: Teraz zobaczysz, co uczynię faraonowi. Mocną ręką bowiem wypuści ich i mocną ręką wypędzi ich ze swojej ziemi.
तब परमप्रभुले मोशालाई भन्नुभयो, “अब म फारोलाई जे गर्नेछु, त्यो तैँले देख्नेछस् । मेरो शक्तिशाली हातको कारणले गर्दा त्यसले तिनीहरूलाई जान दिएको तैँले देख्नेछस् । मेरो शक्तिशाली हातको कारणले गर्दा त्यसले तिनीहरूलाई आफ्नो देशबाट बाहिर निकाल्नेछ ।”
2 Nadto Bóg mówił do Mojżesza: Ja jestem PANEM.
परमेश्वर मोशासित बोल्नुभयो र भन्नुभयो, “म परमप्रभु हुँ ।
3 Objawiłem się Abrahamowi, Izaakowi i Jakubowi [pod tym imieniem]: Bóg Wszechmogący, ale z mojego imienia JEHOWA nie byłem przez nich poznany.
म सर्वशक्तिमान् परमेश्वरको रूपमा अब्राहाम, इसहाक र याकूबकहाँ देखा परेँ । तर मेरो नाउँ परमप्रभुको रूपमा म तिनीहरूकहाँ चिनाएको थिइनँ ।
4 Ustanowiłem też z nimi moje przymierze, aby dać im ziemię Kanaan, ziemię ich pielgrzymowania, w której przebywali jako obcy.
तिनीहरूलाई कनान देश दिनलाई मैले तिनीहरूसित मेरो करार पनि बाँधेँ । यो त्यही देश हो जहाँ तिनीहरू प्रवासी भएर यताउता चाहारे ।
5 Usłyszałem także jęk synów Izraela, których Egipcjanie trzymają w niewoli, i wspomniałem na moje przymierze.
अनि मिश्रीहरूले दासत्वमा राखेका इस्राएलीहरूको क्रन्दनलाई मैले सुनेको छु, र मैले मेरो करारको सम्झना गरेको छु ।
6 Dlatego powiedz synom Izraela: Ja jestem PAN, wyprowadzę was spod ciężarów Egipcjan, wyrwę was z ich niewoli i wybawię was wyciągniętym ramieniem i przez wielkie sądy.
त्यसकारण, इस्राएलीहरूलाई यसो भन्, 'म परमप्रभु हुँ । म तिमीहरूलाई मिश्रीहरूको दासत्वबाट निकाली तिनीहरूको शक्तिबाट मुक्त गराउनेछु । मेरो शक्ति देखाएर र इन्साफका शक्तिशाली कामहरू गरेर म तिमीहरूलाई छुटकारा दिनेछु ।
7 Wezmę was sobie za lud i będę wam Bogiem. Poznacie, że ja jestem PAN, wasz Bóg, który was wyprowadza spod ciężarów Egipcjan.
म तिमीहरूलाई मेरै जाति हुनलाई ग्रहण गर्नेछु, र म तिमीहरूका परमेश्वर हुनेछु । तिमीहरूलाई मिश्रीहरूको दासत्वबाट निकालेर ल्याउने म तिमीहरूका परमप्रभु परमेश्वर हुँ भनी तिमीहरूले जान्नेछौ ।
8 I wprowadzę was do ziemi, którą przysiągłem dać Abrahamowi, Izaakowi i Jakubowi; i dam ją wam w dziedzictwo. Ja [jestem] PAN.
मैले अब्राहाम, इसहाक र याकूबलाई दिने प्रतिज्ञा गरेको देशमा म तिमीहरूलाई ल्याउनेछु । म यो तिमीहरूलाई सम्पत्तिको रूपमा दिनेछु । म परमप्रभु हुँ' ।”
9 I Mojżesz mówił tak do synów Izraela, ale nie usłuchali go z powodu udręki ducha i ciężkiej niewoli.
मोशाले इस्राएलीहरूलाई यो कुरा बताउँदा तिनीहरूको कठोर दासत्वको कारणले उब्जेको तिनीहरूको निरुत्साहले गर्दा तिनीहरूले तिनको कुरा सुनेनन् ।
10 Wtedy PAN powiedział do Mojżesza:
तब परमप्रभुले मोशालाई यसो भन्नुभयो,
11 Idź, powiedz faraonowi, królowi Egiptu, żeby wypuścił synów Izraela ze swej ziemi.
“इस्राएलका मानिसहरूलाई त्यसको देशबाट जान दे भनी मिश्रका राजा फारोलाई बताइदे ।”
12 Mojżesz zaś odpowiedział przed PANEM: Oto synowie Izraela nie posłuchali mnie, jakże więc posłucha mnie faraon? Jestem przecież nieobrzezanych warg.
मोशाले परमप्रभुलाई भने, “इस्राएलीहरूले त मेरो कुरा सुनेका छैनन् भने फारोले किन सुन्ने किनकि म बोल्नमा सिपालु छैनँ?”
13 Wtedy PAN przemówił do Mojżesza i Aarona i dał im rozkaz dla synów Izraela i dla faraona, króla Egiptu, aby wyprowadzili synów Izraela z ziemi Egiptu.
परमप्रभु मोशा र हारूनसित बोल्नुभयो । इस्राएलीहरूलाई मिश्र देशबाट बाहिर ल्याउन उहाँले मिश्रका राजा फारोलाई बताउनू भनी तिनीहरूलाई आज्ञा दिनुभयो ।
14 Oto naczelnicy domów ich ojców: synowie Rubena, pierworodnego Izraela: Henoch, Pallu, Chesron i Karmi. To są rodziny Rubena.
तिनीहरूका पिताका परिवारहरूका मुख्य-मुख्य मानिसहरू यिनै थिएः इस्राएलका जेठो छोरो रूबेनका छोराहरू हानोक, पल्लु, हेस्रोन र कर्मी थिए । रूबेनका वंशहरू यिनै थिए ।
15 Synowie Symeona: Jemuel, Jamin, Ohad, Jakin, Sochar i Szaul, syn Kananejki. To są rodziny Symeona.
शिमियोनका छोराहरू यमूएल, यामीन, ओहद, याकीन, सोहोर र कनानी स्त्रीका छोरा शौल थिए ।
16 Oto imiona synów Lewiego według ich pokoleń: Gerszon, Kehat i Merari. A lat życia Lewiego [było] sto trzydzieści siedem.
लेवीका छोराहरूका नाउँ तिनका पुस्ताअनुसार निम्न लिखित छः तिनीहरू गेर्शोन, कहात र मरारी थिए । लेवी १३७ वर्षसम्म बाँचे ।
17 Synowie Gerszona: Libni i Szimei, według ich rodzin.
गेर्शोनका छोराहरू लिब्नी र शिमी थिए ।
18 Synowie Kehata: Amram, Ishar, Chebron i Uzziel. A lat życia Kehata [było] sto trzydzieści trzy.
कहातका छोराहरू अम्राम, यिसहार, हेब्रोन र उज्जीएल थिए । कहात १३३ वर्षसम्म बाँचे ।
19 Synowie Merariego: Machli i Muszi. To są rodziny Lewiego według ich pokoleń.
मरारीका छोराहरू महली र मूशी थिए । लेवीका वंशहरू तिनीहरूका पुस्ताअनुसार यिनै थिए ।
20 I Amram pojął za żonę Jokebed, swoją ciotkę, która urodziła mu Aarona i Mojżesza. A lat życia Amrama [było] sto trzydzieści siedem.
अम्रामले आफ्नी फुपू योकेबेदलाई विवाह गरे । उनले मोशा र हारूनलाई जन्माइन् । अम्राम १३७ वर्षसम्म बाँचे र त्यसपछि तिनी मरे ।
21 Synowie Ishara: Korach, Nefeg i Zikri.
यिसहारका छोराहरू कोरह, नेपेग र जिक्री थिए ।
22 Synowie Uzziela: Miszael, Elsafan i Sitri.
उज्जीएलका छोराहरू मीशाएल, एलसाफान र सिथ्री थिए ।
23 I Aaron pojął za żonę Eliszebę, córkę Aminadaba, siostrę Nachszona. Ona mu urodziła Nadaba, Abihu, Eleazara i Itamara.
हारूनले अम्मीनादाबकी छोरी नहशोनकी बहिनी एलीशेबालाई विवाह गरे । तिनीबाट उनले नादाब, अबीहू, एलाजार र ईतामारलाई जन्माइन् ।
24 A synowie Koracha: Assir, Elkana i Abiasaf. To są rodziny Korachitów.
कोरहका छोराहरू अस्सीर, एल्काना र अबिआसाप थिए । कोरहका वंशहरू यी नै थिए ।
25 I Eleazar, syn Aarona, pojął za żonę jedną z córek Putiela. Ona mu urodziła Pinchasa. Oto [są] naczelnicy ojców Lewitów według ich rodzin.
हारूनका छोरा एलाजारले पतुएलकी छोरीहरूमध्ये एक जनासित विवाह गरे । तिनीबाट उनले पीनहासलाई जन्माइन् । लेवीहरूका परिवारका मुख्य-मुख्य मानिसहरू तिनीहरूका वंशहरूअनुसार यी नै थिए ।
26 To [są] ci właśnie Aaron i Mojżesz, do których mówił PAN: Wyprowadźcie synów Izraela z ziemi Egiptu według ich zastępów.
यी दुई तिनै हारून र मोशा थिए जसलाई परमप्रभुले भन्नुभयो, “इस्राएलीहरूका योद्धाहरूको दल-दलद्वारा तिनीहरूलाई मिश्र देशबाट बाहिर ल्याउनू ।”
27 To oni mówili do faraona, króla Egiptu, aby wyprowadzić synów Izraela z Egiptu. [To jest] właśnie Mojżesz i Aaron.
इस्राएलीहरूलाई मिश्रबाट बाहिर ल्याउन अनुमति दिइयोस् भनी हारून र मोशाले मिश्रका राजा फारोलाई भने । यी तिनै मोशा र हारून थिए ।
28 A w tym dniu, kiedy PAN mówił do Mojżesza w ziemi Egiptu;
परमप्रभु मिश्र देशमा मोशासित बोल्नुहुँदा
29 PAN powiedział do niego: Ja jestem PAN. Mów do faraona, króla Egiptu, wszystko, co do ciebie mówię.
उहाँले भन्नुभयो, “म परमप्रभु हुँ । मैले तँलाई भन्ने हरेक कुरो मिश्रका राजा फारोलाई भन्नू ।”
30 Mojżesz zaś odpowiedział przed PANEM: Oto jestem nieobrzezanych warg, jakże posłucha mnie faraon?
तर मोशाले भने, “म बोल्नमा सिपालु नभएकोले फारोले किन मेरो कुरा सुन्लान् र?”