< Wyjścia 33 >
1 Potem PAN mówił do Mojżesza: Idź, wyrusz stąd, ty i lud, który wyprowadziłeś z ziemi Egiptu, do ziemi, którą przysiągłem Abrahamowi, Izaakowi i Jakubowi, mówiąc: Dam ją twemu potomstwu.
तब परमप्रभुले मोशालाई भन्नुभयो, “मिश्र देशबाट तैँले ल्याएका मानिसहरूसँगै यहाँबाट जा । त्यो देशमा जा जसको विषयमा 'म तेरा सन्तानहरूलाई यो दिनेछु' भनी अब्राहाम, इसहाक, र याकूबसित मैले शपथ खाएको थिएँ ।
2 Poślę przed tobą Anioła i wyrzucę Kananejczyka, Amorytę, Chetytę, Peryzzytę, Chiwwitę i Jebusytę;
म तेरो अगिअगि एउटा दूत पठाउनेछु, र कनानी, एमोरी, हित्ती, परिज्जी, हिव्वी र यबूसीहरूलाई म त्यहाँबाट धपाउनेछु ।
3 Do ziemi opływającej mlekiem i miodem. Lecz [sam] nie pójdę z tobą, bo [jesteś] ludem twardego karku, bym cię w drodze nie wytracił.
दूध र मह बग्ने त्यस देशमा जा तर मचाहिँ तिमीहरूसँग जानेछैनँ किनकि तिमीहरू हठी मानिसहरू हौ । मैले तिमीहरूलाई बाटैमा नाश गर्न पनि सक्छु ।”
4 Gdy lud usłyszał te złe wieści, zasmucił się i nikt nie włożył na siebie swoich ozdób.
जब मानिसहरूले यी भयभीत तुल्याउने वचनहरू सुने तिनीहरूले विलाप गरे र कसैले पनि गरगहना लगाएन ।
5 PAN bowiem powiedział do Mojżesza: Powiedz synom Izraela: Jesteście ludem twardego karku. Przyjdę niespodziewanie pośród ciebie i wytracę cię. Teraz więc zdejmij z siebie swoje ozdoby, abym wiedział, co mam ci uczynić.
परमप्रभुले मोशालाई भन्नुभयो, “इस्राएलीहरूलाई भन्, 'तिमीहरू हठी मानिसहरू हौ । म तिमीहरूका बिचमा एकै क्षण मात्र गएँ भने पनि मैले तिमीहरूलाई नष्ट गर्न सक्छु । त्यसैले, तिमीहरूले आ-आफ्ना गरगहना फुकाल ताकि तिमीहरूलाई के गर्ने भनी मैले निधो गर्न सकूँ' ।”
6 I synowie Izraela zdjęli swoje ozdoby przy górze Horeb.
त्यसैले होरेब पर्वतदेखि इस्राएलीहरूले गरगहना लगाएनन् ।
7 A Mojżesz wziął namiot i rozbił [go] poza obozem, z dala od obozu, i nazwał go Namiotem Zgromadzenia. Każdy, kto chciał się poradzić PANA, wychodził do Namiotu Zgromadzenia, który był poza obozem.
मोशाले पाल लिएर छाउनीभन्दा अलि पर त्यसलाई टाँगे । तिनले यसलाई भेट हुने पाल भने । परमप्रभुलाई कुनै पनि थोकको लागि बिन्ती चढाउन चाहने हरेक व्यक्ति छाउनीबाहिर यही भेट हुने पालमा जान्थ्यो ।
8 A gdy Mojżesz wychodził do namiotu, cały lud powstawał i każdy stał u wejścia do swego namiotu, i patrzył na Mojżesza, aż wszedł do namiotu.
मोशा पालमा जाँदा सबै मानिस तिनीहरूको पालको प्रवेशद्वारमा खडा हुन्थे र मोशा भित्र प्रवेश नगरुञ्जेलसम्म तिनलाई हेर्ने गर्थे ।
9 Gdy Mojżesz wchodził do namiotu, słup obłoku zstępował i stawał u wejścia do namiotu, i [PAN] rozmawiał z Mojżeszem.
मोशा पालभित्र प्रवेश गर्दा बादलको खाँबो तल झरी पालको प्रवेशद्वारमा अडिन्थ्यो, अनि परमप्रभु मोशासित बोल्नुहुन्थ्यो ।
10 A cały lud widział słup obłoku stojący u wejścia do namiotu. Wtedy cały lud powstawał i oddawał pokłon, każdy u wejścia do swego namiotu.
कुनै पनि बेला पालको प्रवेशद्वारमा सबै मानिसले बादलको खाँबो देख्दा हरेक व्यक्ति आ-आफ्नो पालको प्रवेशद्वारमा खडा भई त्यसले उहाँको आराधना गर्थ्यो ।
11 I PAN rozmawiał z Mojżeszem twarzą w twarz, jak człowiek rozmawia ze swoim przyjacielem. Potem [Mojżesz] wracał do obozu, a jego sługa Jozue, syn Nuna, młodzieniec, nie opuszczał namiotu.
एउटा मानिस आफ्नो साथीसित बोलेजस्तै परमप्रभु आमनेसामने मोशासित बोल्नुहुन्थ्यो । तब मोशा छाउनीमा फर्कन्थे तर तिनका जवान दास अर्थात् नूनका छोरा यहोशूचाहिँ पालमै बस्थे ।
12 I Mojżesz powiedział do PANA: Oto mówisz mi: Prowadź ten lud, a nie oznajmiłeś mi, kogo poślesz ze mną. Ponadto powiedziałeś: Znam cię po imieniu, znalazłeś też łaskę w moich oczach.
मोशाले परमप्रभुलाई भने, “हेर्नुहोस्, तपाईं मलाई भन्दै हुनुहुन्छ, 'यी मानिसहरूलाई यात्रामा लिएर जा,' तर तपाईंले मसँगै कसलाई पठाउनुहुनेछ भनी बताउनुभएको छैन । तपाईंले भन्नुभएको छ, 'म तँलाई नामद्वारै चिन्छु, र तैँले मेरो दृष्टिमा निगाह पाएको छस् ।'
13 Teraz więc, jeśli znalazłem łaskę w twoich oczach, ukaż mi, proszę, twoją drogę, żebym cię poznał i żebym znalazł łaskę w twoich oczach. Zważ także, że ten naród jest twoim ludem.
अब मैले तपाईंको दृष्टिमा निगाह पाएको छु भने मलाई तपाईंका मार्गहरू देखाउनुहोस् ताकि तपाईंलाई जान्न सकूँ र तपाईंको दृष्टिमा निगाह पाइरहन सकूँ । यो जाति तपाईंका मानिसहरू हुन् भनी याद गर्नुहोस् ।”
14 I PAN odpowiedział: Moje oblicze pójdzie przed tobą i dam ci odpoczynek.
परमप्रभुले जवाफ दिनुभयो, “मेरो आफ्नै उपस्थिति तँसँगै जानेछ, र म तँलाई विश्राम दिनेछु ।”
15 [Mojżesz] powiedział do niego: Jeśli twoje oblicze nie pójdzie [z nami], nie wyprowadzaj nas stąd.
मोशाले उहाँलाई भने, “तपाईंको उपस्थिति मसँगै जाँदैन भने हामीलाई यहाँबाट नलैजानुहोस् ।
16 Po czym bowiem będzie można poznać, że ja i twój lud znaleźliśmy łaskę w twoich oczach? Czy nie [po tym], że pójdziesz z nami? W ten sposób ja i twój lud będziemy wyróżnieni spośród wszystkich ludów, które są na ziemi.
किनकि नत्रता म र मेरा मानिसहरूले तपाईंको दृष्टिमा निगाह पाएका छौँ भनी हामीले कसरी थाहा पाउने? पृथ्वीको सतहमा भएका सबै जातिभन्दा तपाईंको जाति र म अलग छु भनेर थाहा पाउने कुरो भनेको तपाईं हामीसँग गएर मात्र हुने होइन र?”
17 I PAN powiedział do Mojżesza: Uczynię także to, o czym mówiłeś, bo znalazłeś łaskę w moich oczach i znam cię po imieniu.
परमप्रभुले मोशालाई भन्नुभयो, “तैँले अनुरोध गरेको यस कुरालाई पनि म मान्नेछु किनकि तैँले मेरो दृष्टिमा निगाह पाएको छस्, र म तँलाई नामले नै चिन्छु ।”
18 [Mojżesz] powiedział też: Ukaż mi, proszę, twoją chwałę.
मोशाले भने, “कृपया, मलाई तपाईंको महिमा देखाइदिनुहोस् ।”
19 A [on] odpowiedział: Sprawię, że cała moja dobroć przejdzie przed twoją twarzą, i wypowiem imię PANA przed tobą. Zmiłuję się, nad kim się zmiłuję, i zlituję się, nad kim się zlituję.
परमप्रभुले भन्नुभयो, “म तेरै सामु मेरा सबै भलाइ देखाउनेछु, र तेरै सामु मेरो नाउँ 'परमप्रभु' हो भनी घोषणा गर्नेछु । जससित म अनुग्रही हुन चाहन्छु, त्यससित म अनुग्रही हुनेछु, र जसलाई म कृपा देखाउन चाहन्छु, म त्यसलाई कृपा देखाउनेछु ।”
20 I dodał: Nie będziesz mógł widzieć mego oblicza, bo nie może człowiek ujrzeć mnie i pozostać przy życiu.
तर परप्रभुले भन्नुभयो, “तैँले मेरो अनुहार देख्न सक्दैनस् किनकि मेरो अनुहार देखेर कोही पनि जीवित रहन सक्दैन ।”
21 PAN mówił dalej: Oto miejsce przy mnie, staniesz na skale.
परमप्रभुले भन्नुभयो, “हेर्, मेरो छेउमा एउटा ठाउँ छ । तँ यो चट्टानमा खडा हो ।
22 A gdy będzie przechodzić moja chwała, postawię cię w rozpadlinie skalnej i zakryję cię swoją dłonią, aż przejdę.
मेरो महिमा त्यहाँबाट भएर जाँदा म तँलाई चट्टानको धाँदोमा राख्नेछु र म त्यहाँबाट नगएसम्म तँलाई मेरा हातले ढाकिराख्नेछ ।
23 Potem odejmę dłoń i ujrzysz mnie od tyłu, ale moje oblicze nie będzie widziane.
त्यसपछि म मेरो हात निकाल्नेछु, र तैँले मेरो पिठिउँ देख्नेछस्, तर मेरो अनुहारचाहिँ देख्नेछैनस् ।”