< Wyjścia 19 >

1 W trzecim miesiącu od wyjścia synów Izraela z ziemi Egiptu, w tym samym dniu, przyszli na pustynię Synaj.
इस्राएलका मानिसहरू मिश्र देशबाट निस्केको तिन महिना बितेपछि ठिक त्यही दिनमा तिनीहरू सीनैको उजाड-स्थानमा आइपुगे ।
2 Bo wyruszyli z Refidim i po przybyciu na pustynię Synaj rozbili obóz na pustyni; tam Izrael obozował naprzeciw góry.
तिनीहरू रपीदीमबाट सीनैको उजाड-स्थानमा आइपुगेपछि तिनीहरूले पर्वतको सामुन्‍ने उजाड-स्थानमा छाउनी हाले ।
3 A Mojżesz wstąpił do Boga i PAN zawołał do niego z góry: Tak powiesz domowi Jakuba i oznajmisz synom Izraela:
मोशा परमेश्‍वरकहाँ माथि उक्लेर गए । परमप्रभुले पर्वतबाट तिनलाई भन्‍नुभयो, “तैँले याकूबको घराना अर्थात् इस्राएलका मानिसहरूलाई यसो भन्‍नूः
4 Widzieliście, co uczyniłem Egipcjanom i jak niosłem was na skrzydłach orłów, i przyprowadziłem was do siebie.
मैले मिश्रीहरूलाई के गरेँ, र मैले कसरी तिमीहरूलाई गरुडको पखेटामा बोकेर मकहाँ ल्याएँ भनी तिमीहरूले देखेका छौ ।
5 Dlatego teraz, jeśli posłuchacie mego głosu i będziecie przestrzegać mojego przymierza, będziecie moją szczególną własnością ponad wszystkie narody, bo do mnie należy cała ziemia.
अब तिमीहरूले आज्ञाकारितापूर्वक मेरो कुरा सुन्यौ र मेरो करार पालन गर्‍यौ भने सबै जातिमध्ये तिमीहरूचाहिँ मेरो विशेष सम्पत्ति हुनेछौ किनकि सबै पृथ्वी मेरै हुन् ।
6 A wy będziecie mi królestwem kapłanów i narodem świętym. To są słowa, które będziesz mówić do synów Izraela.
तिमीहरू मेरा लागि पुजारीहरूका राज्य र पवित्र जाति हुनेछौ । तैँले यी वचनहरू इस्राएलका मानिसहरूलाई बताउनू ।”
7 Wtedy Mojżesz przyszedł i zwołał starszych ludu, i wyłożył im wszystkie te słowa, które mu PAN nakazał.
मोशा ओर्लेर आई मानिसहरूका धर्म-गुरुहरूलाई बोलाउन पठाए । परमप्रभुले तिनलाई भन्‍नुभएका सबै वचन तिनले तिनीहरूका सामु राखे ।
8 Cały lud odpowiedział wspólnie: Uczynimy wszystko, co PAN powiedział. I Mojżesz zaniósł słowa ludu do PANA.
सबै मानिसले सँगसँगै जवाफ दिए, “परमप्रभुले भन्‍नुभएका सबै कुरा हामी गर्नेछौँ ।” तब मानिसहरूका वचन परमप्रभुलाई भन्‍न मोशा आए ।
9 PAN powiedział do Mojżesza: Oto przyjdę do ciebie w gęstym obłoku, aby lud słyszał, gdy będę z tobą rozmawiał, i uwierzył ci na zawsze. A Mojżesz przekazał PANU słowa ludu.
परमप्रभुले मोशालाई भन्‍नुभयो, “म तँसित बोल्दा तँलाई मानिसहरूले सदाको लागि विश्‍वास गरून् भन्‍ने हेतुले म बाक्लो बादलमा तँकहाँ आउनेछु” । तब मोशाले मानिसहरूका वचन परमप्रभुलाई बताए ।
10 PAN zaś mówił do Mojżesza: Idź do ludu i uświęć ich dziś i jutro, i niech wypiorą swoje szaty.
परमप्रभुले मोशालाई भन्‍नुभयो, “मानिसहरूकहाँ जा । आज र भोलि तैँले तिनीहरूलाई मेरो लागि अलग गर् र तिनीहरूका आ-आफ्ना लुगाहरू धुन लगा ।
11 Niech będą gotowi na trzeci dzień. Trzeciego dnia bowiem PAN zstąpi na oczach całego ludu na górę Synaj.
तेस्रो दिनमा तयार भएर बस् किनकि तेस्रो दिनमा परमप्रभु सीनै पर्वतमा ओर्लिआउनुहुनेछ ।
12 I wyznaczysz ludowi granice dokoła, mówiąc: Strzeżcie się, abyście nie wstępowali na górę ani nie dotykali jej podnóża. Każdy, kto dotknie góry, poniesie śmierć.
तैँले मानिसहरूका लागि पर्वतको वरिपरि सिमाना लगाउनू । तिनीहरूलाई भन्‍नू, 'तिमीहरू पर्वतमा उक्लेर नजाओ वा यसको सिमानालाई नछोओ । जसले पर्वतलाई छुन्छ त्यो निश्‍चय नै मारिनेछ ।'
13 Nie dotknie go ręka, ale ukamienują [go] albo przeszyją strzałami; czy to zwierzę, czy człowiek, nie będzie żyć. Gdy przeciągle będą trąbić, niech podejdą do góry.
यस्तो व्यक्तिलाई कसैको हातले छुनुहुँदैन । बरु, उसलाई निश्‍चय नै ढुङ्गाले वा काँडले हानेर मारिनुपर्छ । चाहे त्यो मानिस होस् वा पशु त्यसलाई मारिनैपर्छ । जब तुरही लामो समयसम्म बज्छ तिनीहरू पर्वतको फेदीमा आउनुपर्छ ।”
14 Mojżesz zstąpił więc z góry do ludu i uświęcił lud, a oni uprali swoje szaty.
तब मोशा पर्वतबाट झरेर मानिसहरूकहाँ गए । तिनले मानिसहरूलाई परमप्रभुको निम्ति अलग गरे र तिनीहरूले आ-आफ्ना लुगाहरू धोए ।
15 I mówił do ludu: Bądźcie gotowi na trzeci dzień, nie zbliżajcie się do żon.
तिनले मानिसहरूलाई भने, “तेस्रो दिनमा तयार होओ । सहवास नगर ।”
16 Trzeciego dnia o poranku pojawiły się grzmoty i błyskawice, i gęsty obłok nad górą, i bardzo potężny głos trąby, tak że cały lud, który był w obozie, zadrżał.
तेस्रो दिनमा जब बिहान भयो गर्जन सुनियो र बिजुली चम्क्यो अनि पर्वतमा एउटा बाक्लो बादल देखा पर्‍यो र तुरहीको ठुलो आवाज आयो । छाउनीमा भएका सबै मानिस थरथर काँपे ।
17 I Mojżesz wyprowadził lud z obozu na spotkanie z Bogiem, i stanęli u stóp góry.
परमेश्‍वरलाई भेट्न मोशाले मानिसहरूलाई छाउनी बाहिर ल्याए, र तिनीहरू पर्वतको फेदीमा खडा भए ।
18 A góra Synaj cała dymiła, gdyż PAN zstąpił na nią w ogniu. Dym unosił się z niej jak dym z pieca i cała góra bardzo się trzęsła.
सीनै पर्वत पुरै धुवाँले भरिएको थियो किनकि परमप्रभु आगो र धुवाँमा यसमा ओर्लनुभएको थियो । भट्टीको धुवाँजस्तै गरी धुवाँ माथि गयो, र पुरै पर्वत बेस्सरी हल्लियो ।
19 A gdy głos trąby się przeciągał i coraz bardziej się rozlegał, Mojżesz mówił, a Bóg odpowiadał mu głosem.
जब तुरहीको आवाज झनझन चर्को हुँदै गयो मोशा बोल्न लागे र परमप्रभुले तिनलाई सुन्‍ने गरी जवाफ दिनुभयो ।
20 I PAN zstąpił na górę Synaj, na szczyt góry. Wtedy PAN wezwał Mojżesza na szczyt góry i Mojżesz [tam] wstąpił.
परमप्रभु सीनै पर्वतको टुप्पोमा ओर्लनुभयो, र उहाँले मोशालाई टुप्पोमा बोलाउनुभयो । त्यसैले मोशा माथि उक्ले ।
21 Potem PAN powiedział do Mojżesza: Zejdź, przestrzeż lud, by nie przekroczył granicy, aby zobaczyć PANA, i aby wielu z nich nie zginęło.
परमप्रभुले मोशालाई भन्‍नुभयो, “तल ओर्लेर गएर मानिसहरूलाई होसियार गरा नत्रता तिनीहरूले सिमाना नाघेमा धेरै जना नष्‍ट हुनेछन् ।
22 Nawet kapłani, którzy zbliżają się do PANA, niech się uświęcą, by ich PAN nie wytracił.
मेरो नजिक आउने पुजारीहरूले पनि आ-आफूलाई शुद्ध तुल्याऊन्, मेरो आगमनको लागि तिनीहरू तयार रहून् ताकि मैले तिनीहरूलाई प्रहार गर्न नपरोस् ।”
23 I Mojżesz powiedział do PANA: Lud nie może wejść na górę Synaj, ponieważ ty nas przestrzegłeś, mówiąc: Wyznacz granice wokół góry i uświęć ją.
मोशाले परमप्रभुलाई भने, “मानिसहरू सीनै पर्वतमा आउन सक्दैनन् किनकि तपाईंले हामीलाई यसरी आज्ञा दिनुभएको छः पर्वतको वरिपरि सिमाना लगाउनू र त्यो परमप्रभुको लागि अलग गर्नू' ।”
24 PAN powiedział do niego: Idź, zejdź, a [potem] wstąpisz ty i Aaron z tobą. Lecz kapłani i lud niech nie przekraczają [granicy], by wstąpić do PANA, aby ich nie wytracił.
परमप्रभुले तिनलाई भन्‍नुभयो, “जा, तँ आफै पर्वतबाट तल ओर्लेर जा, तँसँगै हारूलाई मकहाँ लिएर आइज । तर मकहाँ आउन पुजारीहरू र मानिसहरूले सिमाना ननाघून् नत्रता मैले तिनीहरूलाई प्रहार गर्नेछु ।”
25 Mojżesz zszedł więc do ludu i powiedział im to.
त्यसैले मोशा मानिसहरूकहाँ तल ओर्लेर गई तिनीहरूलाई यी कुरा बताइदिए ।

< Wyjścia 19 >