< Powtórzonego 5 >
1 I Mojżesz zwołał całego Izraela, i powiedział do nich: Słuchaj, Izraelu, nakazów i praw, które dziś mówię do twoich uszu; nauczcie się ich i przestrzegajcie, i wypełniajcie je.
मोशाले सारा इस्राएलीलाई बोलाएर भने, “हे इस्राएल हो, आज मैले तिमीहरूलाई दिने विधिविधानहरू सुन ताकि तिनलाई जानेर तिमीहरू आज्ञाकारी बन्न सक ।
2 PAN, nasz Bóg, zawarł z nami przymierze na Horebie.
परमप्रभु हाम्रा परमेश्वरले होरेबमा हामीसित करार बाँध्नुभयो ।
3 PAN zawarł to przymierze nie z naszymi ojcami, ale z nami, którzy tu wszyscy dziś jesteśmy przy życiu.
परमप्रभुले यो करार हाम्रा पिता-पुर्खाहरूसित बाँध्नुभएन, आज हामी बाँचेकाहरू सबैसित बाँध्नुभयो ।
4 Twarzą w twarz rozmawiał z wami PAN na górze spośród ognia;
पर्वतमा परमप्रभु आगोको बिचबाट तिमीहरूसित आमनेसामने बोल्नुभयो ।
5 Ja stałem w tym czasie pomiędzy PANEM a wami, aby oznajmić wam słowo PANA, gdyż baliście się ognia i nie wstąpiliście na górę. A on powiedział:
त्यस बेला उहाँको वचन प्रकट गर्न म परमप्रभु र तिमीहरूका बिचमा उभिएँ किनकि आगोको कारणले गर्दा तिमीहरू डराएका थियौ, र तिमीहरू पर्वतमा उक्लेर गएनौ) । परमप्रभुले भन्नुभयो,
6 Ja jestem PAN, twój Bóg, który cię wyprowadził z ziemi Egiptu, z domu niewoli.
'तिमीहरूलाई मिश्रदेश अर्थात् दासत्वको देशबाट ल्याउने म परमप्रभु तिमीहरूका परमेश्वर हुँ ।
7 Nie będziesz miał innych bogów przede mną.
तिमीहरूले मेरो सामु अन्य कुनै देवी-देवता नमान्नू ।
8 Nie czyń sobie rzeźbionego posągu ani żadnej podobizny [czegokolwiek], co jest w górze na niebie, co jest nisko na ziemi ani tego, co jest w wodach pod ziemią;
आफ्नो निम्ति खोपेर माथि स्वर्गमा वा तल पृथ्वीमा वा पानीमुनि भएको कुनै पनि थोकको प्रतिमूर्ति नबनाउनू ।
9 Nie będziesz oddawał im pokłonu ani nie będziesz im służył, gdyż ja jestem PAN, twój Bóg, Bóg zazdrosny, nawiedzający nieprawość ojców na synach do trzeciego i czwartego [pokolenia] tych, którzy mnie nienawidzą;
तिनीहरूका सामु ननिहुरनू न त तिनीहरूको सेवा गर्नू किनकि म परमप्रभु तिमीहरूका परमेश्वर डाही परमेश्वर हुँ । म मलाई घृणा गर्ने पिता-पुर्खाहरूको दुष्टताको दण्ड तिनीहरूका सन्तानहरूको तेस्रो र चौथो पुस्तासम्म दिने छु ।
10 A okazujący miłosierdzie tysiącom tych, którzy mnie miłują i strzegą moich przykazań.
तर मलाई प्रेम गर्ने र मेरा आज्ञाहरू पालन गर्ने हजारौँ पुस्तासम्म म मेरो करारको विश्वसनीयता देखाउने छु ।
11 Nie będziesz brał imienia PANA, twego Boga, nadaremnie, gdyż PAN nie zostawi bez kary tego, który bierze jego imię nadaremnie.
परमप्रभु तिमीहरूका परमेश्वरको नाउँ व्यर्थमा नलिनू किनकि मेरो नाउँ व्यर्थमा लिने जोसुकैलाई पनि म निरपराध छोड्ने छैनँ ।
12 Przestrzegaj dnia szabatu, abyś go święcił, tak jak ci nakazał PAN, twój Bóg.
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा दिनुभएमुताबिक शबाथ-दिन पवित्र राख्न याद राख्नू ।
13 Przez sześć dni będziesz pracował i wykonywał wszelką swoją pracę;
तिमीहरूले छ दिनसम्म परिश्रम गर्नुपर्छ र तिमीहरूका सबै काम गर्नुपर्छ ।
14 Lecz siódmy dzień jest szabatem PANA, twego Boga. Nie będziesz wykonywał żadnej pracy w [tym dniu] ani ty, ani twój syn, ani twoja córka, ani twój sługa, ani twoja służąca, ani twój wół, ani twój osioł, ani żadne twoje bydło, ani twój gość, który jest w twych bramach; aby odpoczął twój sługa i twoja służąca – jak i ty.
तर सातौँचाहिँ दिन परमप्रभु तिमीहरूका परमेश्वरको शबाथ हो । यस दिनमा तिमीहरूले, तिमीहरूका छोराछोरी वा तिमीहरूका कमारा-कमारी वा तिमीहरूका गोरु, वा तिमीहरूका गधा वा तिमीहरूका कुनै पनि गाईवस्तु वा तिमीहरूको सहरभित्र भएका परदेशीले कुनै काम नगरोस् । तिमीहरूका कमारा-कमारीले पनि तिमीहरूसँगै विश्राम गरून् ।
15 I pamiętaj, że byłeś niewolnikiem w ziemi Egiptu i że PAN, twój Bóg, wyprowadził cię stamtąd potężną ręką i wyciągniętym ramieniem. Dlatego PAN, twój Bóg, nakazał ci obchodzić dzień szabatu.
तिमीहरू मिश्र देशमा कमारा थियौ, र परमप्रभु तिमीहरूका परमेश्वरले शक्तिशाली हात र फैलिएको पाखुराद्वारा तिमीहरूलाई त्यहाँबाट ल्याउनुभयो भनी याद राख्नू । त्यसकारण, शबाथ-दिन मान्न परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा दिनुभएको छ ।
16 Czcij swego ojca i swoją matkę, tak jak nakazał ci PAN, twój Bóg, aby przedłużone były twoje dni i żeby ci się dobrze powodziło na ziemi, którą PAN, twój Bóg, da tobie.
परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा गर्नुभएझैँ आफ्ना बुबा र आमालाई आदर गर्नू ताकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिन लाग्नुभएको देशमा तिमीहरूको आयु लामो होस् र तिमीहरूको भलो होस् ।
18 Nie będziesz cudzołożył.
व्यभिचार नगर्नू ।
20 Nie będziesz mówił fałszywego świadectwa przeciw twemu bliźniemu.
आफ्नो छिमेकीको विरुद्धमा झुटो गवाही नदिनू ।
21 Nie będziesz pragnął żony swego bliźniego ani nie będziesz pożądał domu swego bliźniego, ani jego pola, ani jego sługi czy służącej, ani jego wołu czy osła, ani żadnej rzeczy, która należy do twego bliźniego.
आफ्नो छिमेकीकी पत्नीको लालच नगर्नू; आफ्नो छिमेकीको घरको लालच नगर्नू; त्यसको खेत, कमारा, कमारी, गोरु, गधा वा कुनै पनि थोकको लालच नगर्नू ।'
22 Te słowa wypowiedział PAN do całego waszego zgromadzenia na górze spośród ognia, obłoku i ciemności donośnym głosem. I nic nie dodał. Potem napisał je na dwóch tablicach kamiennych i dał mi je.
परमप्रभुले यी वचनहरू पर्वतमा आगोको बिचबाट घोर अन्धकारमा बादलबाट तिमीहरूका सारा समुदायलाई ठुलो सोरमा भन्नुभयो । उहाँले अरु कुनै पनि वचन थप्नुभएन । उहाँले दुईवटा शिला-पाटीमा ती लेख्नुभयो र मलाई दिनुभयो ।
23 A gdy usłyszeliście głos spośród ciemności, a góra płonęła ogniem, zbliżyliście się do mnie, wszyscy naczelnicy waszych pokoleń oraz starsi;
पर्वत जलिरहँदा अन्धकारको बिचबाट तिमीहरूले आवाज सुन्दा तिमीहरूका सबै धर्म-गुरु र तिमीहरूका कुलहरूका नायकहरू मकहाँ आयौ ।
24 I powiedzieliście: Oto PAN, nasz Bóg, ukazał nam swoją chwałę i wielkość i słyszeliśmy jego głos spośród ognia. Dziś widzieliśmy, że Bóg przemawia do człowieka, a [ten] pozostaje przy życiu.
तिमीहरूले भन्यौ, 'हेर, परमप्रभु हाम्रा परमेश्वरले हामीलाई उहाँको महिमा र उहाँको महान्ता देखाउनुभएको छ, र आगोको बिचबाट हामीले उहाँको आवाज सुनेका छौँ । परमेश्वर मानिसहरूसित बोल्नुहुँदा पनि तिनीहरू जीवितै रहन सक्छन् भनी आज हामीले देखेका छौँ ।
25 Dlaczego więc teraz mamy umrzeć? Bo ten wielki ogień nas pochłonie. Jeśli nadal będziemy słyszeć głos PANA, naszego Boga, pomrzemy.
तर हामी किन मर्ने? किनकि यो महाअग्निले हामीलाई भस्म पार्ने छ । हामीले परमप्रभु हाम्रा परमेश्वरको आवाज अझै सुन्यौँ भने हामी मर्ने छौँ ।
26 Któż bowiem spośród wszelkiego ciała słyszał głos Boga żywego mówiącego spośród ognia, tak jak my, a pozostał przy życiu?
किनकि आगोको बिचबाट जीवित परमेश्वरको वचन सुनेर पनि हामीजस्तै बाँच्ने कुनचाहिँ प्राणी होला?
27 Zbliż się ty i wysłuchaj wszystkiego, co będzie mówił PAN, nasz Bóg. Ty zaś powiesz nam wszystko, co powie do ciebie PAN, nasz Bóg, a my posłuchamy i wykonamy to.
जानुहोस् र परमप्रभु हाम्रा परमेश्वरले भन्नुहुने हरेक कुरो सुन्नुहोस् । परमप्रभु हाम्रा परमेश्वरले तपाईंलाई भन्नुहुने हरेक कुरो हामीलाई दोहोर्याउनुहोस् । हामी यसलाई सुन्ने छौँ र पालन गर्ने छौँ ।'
28 I PAN wysłuchał głosu waszych słów, kiedy mówiliście do mnie, i powiedział PAN do mnie: Słyszałem głos słów tego ludu, które wypowiedzieli do ciebie. Wszystko, co powiedzieli, jest słuszne.
तिमीहरू मसित बोल्दा परमप्रभुले तिमीहरूका वचन सुन्नुभयो । उहाँले मलाई भन्नुभयो, 'यी मानिसहरूले तँलाई भनेका वचनहरू मैले सुनेको छु । तिनीहरूले भनेका कुरा असल थिए ।
29 Oby ich serce było takie, by się mnie bali i przestrzegali wszystkich moich przykazań przez wszystkie dni, aby dobrze się powodziło im i ich synom na wieki.
मेरो आदर गर्ने र सधैँ मेरा सबै आज्ञा मान्ने हृदय तिनीहरूमा भइदिए त तिनीहरू र तिनीहरूका छोराछोरीहरूको सदासर्वदा भलो हुनेथियो ।
30 Idź i powiedz im: Wróćcie do swoich namiotów.
गएर तिनीहरूलाई भन्, 'तिमीहरूका पालहरूमा फर्क ।'
31 A ty zostań tu przy mnie, a powiem ci wszystkie przykazania, nakazy i prawa, których będziesz ich nauczał, aby je wypełniali w ziemi, którą daję im w posiadanie.
तर तँचाहिँ मेरो नजिक खडा हो, र म तँलाई सबै आज्ञा र विधिविधान दिने छु जुन तैँले तिनीहरूलाई सिकाउने छस् ताकि मैले तिनीहरूलाई अधिकारको लागि दिने देशमा तिनीहरूले यी पालन गरून् ।'
32 Dopilnujcie wypełniania tego tak, jak wam nakazał PAN, wasz Bóg. Nie zbaczajcie ani w prawo, ani w lewo.
त्यसकारण, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुभएका आज्ञाहरू पालन गर ।
33 Będziecie chodzić wszelką drogą, którą wam nakazał PAN, wasz Bóg, abyście żyli, aby dobrze się wam powodziło i żebyście przedłużyli [swoje] dni na ziemi, którą posiądziecie.
तिमीहरू दायाँ र बायाँ नलाग । परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई आज्ञा दिनुभएका सबै मार्गमा हिँड ताकि तिमीहरूले अधिकार गर्ने देशमा तिमीहरू बाँच्न सक, र तिमीहरूको भलो होस् अनि तिमीहरूको आयु लामो होस् ।