< Powtórzonego 25 >
1 Jeśli powstanie spór między mężczyznami i staną oni przed sądem, by ich sądzono, wtedy usprawiedliwią sprawiedliwego i potępią niegodziwego.
मानिसहरूका बिचमा झैझगडा भयो र तिनीहरू अदालतमा गए भने न्यायकर्ताहरूले तिनीहरूको न्याय गरून् अनि धर्मीलाई छाडिदिएर दुष्टलाई दोषी ठहराऊन् ।
2 A jeśli niegodziwy zasłuży na karę chłosty, to sędzia każe go położyć i w jego obecności bić w liczbie odpowiadającej jego niegodziwości.
दोषी मानिसले पिटाइ खानुपर्छ भने न्याकर्ताले त्यसलाई लम्पसार पर्न लगाएर न्यायकर्ताको उपस्थितिमा त्यसको अपराधअनुसार त्यसलाई कोर्रा हानोस् ।
3 Może mu wymierzyć czterdzieści razów, ale nie więcej, gdyż przez większą liczbę razów twój brat zostałby wzgardzony w twoich oczach.
न्यायकर्ताले त्यसलाई चालिस कोर्रा लगाउन सक्छ, तर त्यसभन्दा बढीचाहिँ होइन । किनकि त्यसभन्दा बढी कोर्रा लगाए तिमीहरूको इस्राएली भाइ तिमीहरूको दृष्टिमा अपमानित हुने छ ।
4 Nie zawiążesz pyska młócącemu wołowi.
दाइँ गर्दा गोरुलाई महला नलागाओ ।
5 Jeśli bracia mieszkają razem, a jeden z nich umrze, nie pozostawiając dziecka, żona zmarłego nie wyjdzie za mąż za obcego, lecz brat jej męża wejdzie do niej, pojmie ją sobie za żonę i wypełni wobec niej obowiązek powinowactwa.
सँगसँगै बसेका दाजुभाइमध्ये कुनै छोरो नजन्माई एउटाको मृत्यु भयो भने मरेको मानिसकी पत्नीलाई परिवारभन्दा बाहिर विवाहको लागि नदिइयोस् । बरु, मर्नेको दाजु वा भाइले त्यसलाई आफ्नी पत्नी तुल्याओस्, र मृत लोग्नेको दाजु वा भाइले आफ्नो कर्तव्य पुरा गरोस् ।
6 A pierworodny [syn], którego ona urodzi, przejmie imię zmarłego brata, aby jego imię nie zginęło z Izraela.
स्त्रीले जन्माउने पहिलो छोरोलाई मरेको व्यक्तिको नाउँ दिइयोस् ताकि त्यसको नाउँ इस्राएलबाट नमेटियोस् ।
7 A jeśli ten mężczyzna nie zechce pojąć swojej bratowej, to jego bratowa pójdzie do bramy, do starszych, i powie: Brat mego męża nie chce wzbudzić swemu bratu imienia w Izraelu i nie chce wypełnić wobec mnie obowiązku powinowactwa.
तर देवरले आफ्नी भाउजुलाई राख्ने इच्छा गरेन भने मुल ढोकामा गई भाउजुले धर्म-गुरुहरूलाई यसो भनोस्, 'मेरो देवरले इस्राएलमा त्यसको दाजुको नाउँ राख्न इन्कार गर्छ । त्यसले मसित देवरले गर्नुपर्ने कर्तव्य गर्दैन ।'
8 Wtedy starsi miasta przywołają go i przemówią do niego. Jeśli będzie stał przy swoim i powie: Nie chcę jej pojąć [za żonę];
तब त्यसको सहरका धर्म-गुरुहरूले त्यसलाई बोलाएर त्यससित कुराकानी गरून् । तर त्यसले 'म भाउजुलाई राख्न चाहन्नँ' भनी जिद्दी गर्यो भने
9 Wówczas jego bratowa podejdzie do niego na oczach starszych, zdejmie mu z nogi jego but, plunie mu w twarz i powie: Tak postępuje się z mężczyzną, który nie chce odbudować domu swego brata.
भाउजु धर्म-गुरुहरूको उपस्थितिमा देवरकहाँ आई उसले त्यसको खुट्टाबाट जुत्ता फुकालेर त्यसको मुखमा थुकिदेओस् । भाउजुले यसो भनोस्, 'आफ्नो दाजुको घर निर्माण नगर्ने मानिसलाई यसै गरिन्छ ।'
10 I nazwą go w Izraelu: Dom tego, któremu zdjęto but.
इस्राएलमा त्यसको नाउँलाई 'जुत्ता फुकालिएको घर' भनिने छ ।
11 Jeśli dwaj mężczyźni będą się kłócić ze sobą i żona jednego z nich zbliża się, aby wyrwać swego męża z ręki tego, który go bije, i wyciągnie ona rękę, i uchwyci go za wstydliwe części;
मानिसहरू एक-अर्कासित झगदा गर्दा एक जनाकी पत्नी आएर आफ्नो पतिलाई बचाउन विरोधीको गुप्ताङ्ग अँठ्याई भने
12 To odetniesz jej rękę, nie zlituje się [nad nią] twoje oko.
त्यसको हात काटिदिनू । त्यसलाई नटिठ्याउनू ।
13 Nie będziesz miał w swym worku dwojakich odważników, większego i mniejszego.
तिमीहरूले आफ्नो झोलामा एउटै तौलको लागि कम र ज्यादा ओजन भएका ढकहरू नराख्नू ।
14 Nie będziesz miał w swoim domu dwojakiej efy, większej i mniejszej.
तिमीहरूको घरमा पनि एउटै नापको लागि फरक किसिमका माना-पाथी नहोऊन् ।
15 Będziesz miał wagę dokładną i sprawiedliwą, będziesz [też] miał efę dokładną i sprawiedliwą, aby się przedłużyły twoje dni na ziemi, którą daje ci PAN, twój Bóg.
तिमीहरूसित सिद्ध र ठिक तौलका ढकसातै माना-पाथीहरू हुनुपर्छ ताकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई दिनुहुने देशमा तिमीहरूका आयु लामो होस् ।
16 Gdyż każdy, kto postępuje niesprawiedliwie, budzi odrazę u PANA, twego Boga.
किनकि यस्ता कुराहरू गर्ने अर्थात् बेइमानीपूर्वक काम गर्ने सबै परमप्रभु तिमीहरूका परमेश्वरको लागि घृणित हुन् ।
17 Pamiętaj, co ci uczynił Amalek w drodze, kiedy wyszliście z Egiptu;
तिमीहरू मिश्रबाट आउँदा बाटोमा अमालेकीहरूले गरेको कुरो याद राख्नू ।
18 Jak spotkał cię w drodze i napadł na twoje tyły, na wszystkich słabych [idących] za tobą, gdy byłeś zmęczony i znużony, i nie bał się Boga.
तिनीहरूले तिमीहरूलाई बाटोमा भेटे र थाकेर हैरान भएकाहरू सबैलाई तिनीहरूले आक्रमण गरे । तिनीहरूले परमेश्वरको आदर गरेनन् ।
19 Gdy więc PAN, twój Bóg, da ci odpoczynek od wszystkich twych wrogów dokoła w ziemi, którą PAN, twój Bóg, daje ci w dziedziczne posiadanie, to wymażesz spod nieba pamięć o Amaleku. Nie zapominaj [o tym].
त्यसकारण, परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्ने देशमा ल्याउनुहुँदा तिमीहरूका वरिपरि भएका तिमीहरूका सबै शत्रुबाट तिमीहरूलाई विश्राम दिनुभएपछि आकाशमुनि अमालेकीहरूको नाउँनिशानै मेटिदिन नभुल्नू ।