< Powtórzonego 23 >
1 Ten, kto ma zgniecione jądra lub odcięty członek, nie wejdzie do zgromadzenia PANA.
लिङ्ग किचिएको वा काटिएको मानिसलाई परमप्रभुको सभामा प्रवेश गर्न निदनू ।
2 Żaden bękart nie wejdzie do zgromadzenia PANA; nawet jego dziesiąte pokolenie nie wejdzie do zgromadzenia PANA.
कुनै अवैध बच्चा परमप्रभुको सभामा प्रवेश गर्नुहुँदैन । त्यसको दस पुस्तासम्म त्यसको कोही सन्तान पनि परमप्रभुको सभामा प्रवेश गर्नुहुँदैन ।
3 Nie wejdzie też Ammonita ani Moabita do zgromadzenia PANA; nawet [ich] dziesiąte pokolenie nie wejdzie do zgromadzenia PANA aż na wieki;
अम्मोनी वा मोआबी परमप्रभुको सभामा प्रवेश गर्नुहुँदैन । त्यसको दस पुस्तासम्म त्यसको कोही सन्तान पनि परमप्रभुको सभामा प्रवेश गर्नुहुँदैन ।
4 Dlatego że nie wyszli do was z chlebem i wodą w czasie, gdy wyszliście z Egiptu [i byliście] w drodze, i ponieważ najęli za opłatę przeciw tobie Balaama, syna Beora, z Petor w Mezopotamii, aby cię przeklinał.
किनकि तिमीहरू मिश्रबाट आउँदा बाटोमा तिनीहरूले रोटी र पानी लिएर तिमीहरूलाई भेट्न आएका थिएनन्, र तिमीहरूको विरुद्धमा श्राप दिन तिनीहरूले पतोरमा बस्ने बओरका छोरा बालामलाई भाडामा लिएका थिए ।
5 PAN, twój Bóg, nie chciał jednak wysłuchać Balaama, lecz zamienił ci PAN, twój Bóg, przekleństwo w błogosławieństwo, gdyż umiłował cię PAN, twój Bóg.
तर परमप्रभु तिमीहरूका परमेश्वरले बालामको कुरा सुन्नुभएन । बरु, तिमीहरूका परमेश्वरले श्रापलाई आशिष्मा परिणत गरिदिनुभयो किनकि तिमीहरूका परमेश्वरले तिमीहरूलाई प्रेम गर्नुहुन्थ्यो ।
6 Nie zabiegaj o ich pokój ani dobro po wszystkie swoje dni na wieki.
तिमीहरूका जीवनभर तिमीहरूले तिनीहरूका शान्ति वा उन्नतिको खोजी नगर्नू ।
7 Nie będziesz się brzydził Edomitą, gdyż jest on twoim bratem. Nie będziesz się brzydził Egipcjaninem, gdyż byłeś przybyszem w jego ziemi.
तिमीहरूले कुनै एदोमीलाई तिरस्कार नगर्नू । कुनै मिश्रीलाई घृणा नगर्नू किनकि तिमीहरू त्यसको देशमा परदेशी थियौ ।
8 Dzieci, które urodzą się im w trzecim pokoleniu, wejdą do zgromadzenia PANA.
तिनीहरूबाट जन्मेका तेस्रो पुस्ताका सन्तानहरू परमप्रभुको सभामा पस्न सक्छन् ।
9 Gdy wyruszysz z wojskiem przeciwko swoim wrogom, wystrzegaj się wszelkiej niegodziwości.
तिमीहरू आफ्ना शत्रुहरूको विरुद्धमा युद्धमा जाँदा तिमीहरूले आ-आफूलाई दुष्ट कुराहरूबाट अलग राख ।
10 Jeśli będzie pośród was człowiek nieczysty z powodu nocnego zdarzenia, to wyjdzie za obóz i nie wróci do niego.
तिमीहरूका बिचमा रातम कुनै पुरुष स्वप्न-दोषको कारणले गर्दा अशुद्ध भएको छ भने त्यो सेनाको छाउनीबाट बाहिर जाओस् र छाउनीमा फर्केर नआओस् ।
11 A pod wieczór umyje się wodą, a gdy zajdzie słońce, wejdzie do obozu.
साँझ परेपछि त्यसले पानीले नुहाओस् । सूर्य अस्ताएपछि त्यो छाउनीमा आओस् ।
12 Będziesz też miał miejsce za obozem, gdzie będziesz wychodził;
छाउनीबाहिर तिमीहरूका लागि एउटा ठाउँ हुनुपर्छ ।
13 I wśród swoich przyborów będziesz miał łopatkę; a gdy wyjdziesz na zewnątrz za potrzebą, wykopiesz nią dołek, potem odwrócisz się i przykryjesz swoje nieczystości.
खन्नका लागि तिमीहरूसित सामग्रीहरू हुनुपर्छ । दिसा बसिसकेपछि खाल्डो खनेर दिसा पुरिदिनू ।
14 PAN, twój Bóg, przechadza się bowiem pośród twego obozu, aby cię wybawić i wydać ci twoich wrogów; niech więc twój obóz będzie święty, aby nie widział u ciebie żadnej nieprzyzwoitości i nie odwrócił się od ciebie.
किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई विजय दिन र तिमीहरूका शत्रुहरूलाई तिमीहरूका हातमा दिन उहाँ तिमीहरूको छाउनीको बिचमा हिँडडुल गर्नुहुन्छ । त्यसकारण, तिमीहरूको छाउनी पवित्र हुनुपर्छ ताकि तिमीहरूका बिचमा कुनै अशुद्ध कुरा देखेर उहाँ तिमीहरूका बिचबाट तर्केर नजानुभएको होस् ।
15 Nie wydasz panu sługi, który uciekł do ciebie od swego pana.
आफ्नो मालिकबाट भागेर आएको कमारालाई त्यसको मालिककहाँ नफर्काउनू ।
16 Będzie z tobą mieszkał pośród ciebie w miejscu, które sobie wybierze w jednym z twoich miast, gdzie mu się podoba. Nie będziesz go gnębił.
त्यसले जुनसुकै सहर छाने तापनि त्यसलाई तिमीहरूसँगै बस्न दिनू । त्यसलाई थिचोमिचो नगर्नू ।
17 Nie będzie żadnej nierządnicy wśród córek Izraela ani nie będzie sodomity wśród synów Izraela.
इस्राएलीका छोरीहरू र छोराहरूका बिचमा कसैले पनि मन्दिरको वेश्यावृत्तिमा काम नगरोस् ।
18 Nie przyniesiesz do domu PANA, swego Boga, zapłaty nierządnicy ani zarobku psa jako ofiary ślubowanej, gdyż obie rzeczy budzą odrazę u PANA, twego Boga.
तिमीहरूले कुनै भाकलको निम्ति वेश्यावृत्तिको ज्याला वा कुकुरको ज्याला परमप्रभु तिमीहरूका परमेश्वरको भवनमा नल्याउनू । किनकि यी दुवै परमप्रभु तिमीहरूका परमेश्वरका लागि घृणित कुराहरू हुन् ।
19 Nie będziesz brał odsetek od brata za pożyczone pieniądze, żywność ani cokolwiek, co się pożycza na procent.
ब्याज प्राप्त गर्न सकिने रुपियाँ-पैसा, भोजन वा अन्य कुनै पनि कुरो आफ्नो इस्राएली भाइलाई ऋणस्वरूप दिँदा त्यसबाट ब्याज नलिनू ।
20 Obcemu możesz pożyczać na procent, lecz swemu bratu nie pożyczysz na procent, aby PAN, twój Bóg, błogosławił cię w każdym dziele twoich rąk w ziemi, do której wchodzisz, by ją posiąść.
परदेशीबाट भने तिमीहरूले ब्याज लिन सक्छौ । तर आफ्नो इस्राएली भाइबाट भने तिमीहरूले ब्याज लिनुहुँदैन । यसरी परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूलाई तिमीहरूले अधिकार गर्न लागेको देशमा तिमीहरूको हात परेको हरेक थोकमा आशिष् दिनुभएको होस् ।
21 Jeśli złożysz PANU, swemu Bogu, jakiś ślub, nie zwlekaj z jego spełnieniem, gdyż PAN, twój Bóg, z pewnością będzie się tego domagał od ciebie, a na tobie będzie [ciążył] grzech.
तिमीहरूले परमप्रभु तिमीहरूका परमेश्वरलाई भाकल गर्दा यसलाई पुरा गर्न विलम्ब नगर किनकि परमप्रभु तिमीहरूका परमेश्वरले तिमीहरूबाट यो चाहनुहुन्छ । भाकल पुरा नगर्नु पाप हो ।
22 Lecz jeśli nie będziesz ślubował, grzech nie będzie na tobie [ciążył].
तर भाकलै गरेका छैनौ भने यो तिमीहरूका लागि पाप हुँदैन ।
23 [To], co wyjdzie z twoich ust, wypełnisz i uczynisz, gdyż dobrowolnie ślubowałeś PANU, swemu Bogu, co powiedziałeś swoimi ustami.
परमप्रभु तिमीहरूका परमेश्वरलाई तिमीहरूले भाकल गरेअनुसार वा तिमीहरूका मुखले स्वैच्छापूर्वक प्रतिज्ञा गरेअनुसार तिमीहरूका मुखबाट निस्केको कुरा पुरा गर्नुपर्छ ।
24 Gdy wejdziesz do winnicy swego bliźniego, możesz jeść do syta tyle winogron, ile chcesz, lecz do swego naczynia nie wkładaj.
तिमीहरू आफ्नो छिमेकीको दाखबारीमा जाँदा इच्छा लागेअनुसार चाहेजति दाख खान सक्छौ, तर आफ्नो टोकरीमा भने नहाल ।
25 Gdy wejdziesz w zboże swego bliźniego, możesz zrywać kłosy swoją ręką, lecz sierpa nie zapuszczaj w zboże swego bliźniego.
तिमीहरू आफ्नो छिमेकीको अन्न पाकेको खेतमा जाँदा तिमीहरूले आफ्ना हातले अन्नका बाला टिप्न सक्छौ, तर पाकेको बालीमा हँसिया नलगाओ ।