< Amosa 7 >
1 To mi ukazał Pan BÓG. Oto tworzył koniki polne na początku odrastania potrawu, a oto [był] to potraw po sianokosach królewskich.
परमप्रभु परमेश्वरले मलाई यो कुरा देखाउनुभयो । हेर, बसन्त ऋतुको बाली मौलाउनै लाग्दा, उहाँले सलहको बथान तयार गर्नुभयो, अनि हेर, योचाहिं राजाको कटनी पछिको बाली थियो ।
2 A gdy zjadły trawę ziemi, powiedziałem: Panie BOŻE! Przebacz, proszę. Któż zostanie Jakubowi? Jest bowiem malutki.
जब तिनीहरूले भूमिको बालीनाली खाएर सके, अनि त्यसपछि मैले भनें, “परमप्रभु परमेश्वर, कृपया क्षमा गर्नुहोस् । याकूब कसरी बाँच्नेछ? किनकि त्यो त धेरै सानो छ ।”
3 I żałował tego PAN. PAN powiedział: To się nie stanie.
परमप्रभु यस विषयमा नरम हुनुभयो । उहाँले भन्नुभयो, “यस्तो हुनेछैन ।”
4 To mi ukazał Pan BÓG: Oto Pan BÓG wezwał ogień w celu sądu, a wchłonął wielką głębię i strawił dział.
अनि परमप्रभु परमेश्वरले मलाई यस्तो देखाउनुभयोः हेर, परमप्रभु परमेश्वरले न्याय गर्नलाई आगो बोलाउनुभयो । त्यसले पृथ्वीमुनिको गहिरो विशाल पानीलाई सुकायो र त्यसले जमिनलाई पनि भष्म पार्न सक्थ्यो ।
5 Wtedy powiedziałem: Panie BOŻE! Zaniechaj [tego], proszę. Któż zostanie Jakubowi? Jest bowiem malutki.
तर मैले भनें, “परमप्रभु परमेश्वर, कृपया रोक्नुहोस् । याकूब कसरी बाँच्नेछ? किनकि त्यो त धेरै सानो छ ।”
6 I żałował tego PAN. Pan BÓG powiedział: I to się nie stanie.
परमप्रभु यस विषयमा नरम हुनुभयो । परमप्रभु परमेश्वरले भन्नुभयो, “यो पनि हुनेछैन ।”
7 Potem [to] mi ukazał: oto Pan stał na murze [wybudowanym] za pomocą pionu, z pionem w ręku.
उहाँले मलाई यो कुरा देखाउनुभयोः हेर, परमप्रभु हातमा साहुल लिएर एउटा पर्खालको छेउमा उभिनुभयो ।
8 I PAN powiedział do mnie: Co widzisz, Amosie? Odpowiedziałem: Pion. Wtedy Pan powiedział: Oto przyłożę pion pośród mojego ludu, Izraela. Już mu więcej nie odpuszczę.
परमप्रभुले मलाई भन्नुभयो, “आमोस, तैंले के देखिस्?” मैले भनें, “एउटा साहुल ।” परमप्रभुले भन्नुभयो, “हेर, इस्राएलका मेरा मानिसहरूका बिचमा म एउटा साहुल राख्नेछु । म तिनीहरूलाई अब बाँकी छोड्नेछैनँ ।
9 Wyżyny Izaaka będą spustoszone i świątynie Izraela zostaną zburzone, i powstanę z mieczem przeciwko domowi Jeroboama.
इसहाकका उच्च ठाउँहरू नष्ट पारिनेछन्, इस्राएलका पवित्र स्थानहरू तहस-नहस पारिनेछन्, र म तरवार लिएर यारोबामको घरानाको विरुद्ध खडा हुनेछु ।”
10 Wtedy Amazjasz, kapłan Betel, posłał do Jeroboama, króla Izraela, taką wiadomość: Amos spiskuje przeciwko tobie pośród domu Izraela, [tak że] ziemia nie może znieść wszystkich jego słów.
तब बेथेलका पुजारी अमस्याहले इस्राएलका राजा यारोबामलाई यो सन्देश पठाएः “इस्राएलको घरानाको बिचमा आमोसले तपाईंको विरुद्धमा षड्यन्त्र रचेको छ । यस देशले त्यसका सबै बोली सहन सक्दैन ।
11 Tak bowiem mówi Amos: Jeroboam umrze od miecza, a Izrael na pewno zostanie uprowadzony ze swojej ziemi do niewoli.
किनकि आमोसले यसो भन्यो, ‘यारोबाम तरवारद्वारा मर्नेछ, र इस्राएल निश्चय नै आफ्नो देशबाट टाढा निर्वासनमा जानेछ ।’”
12 Potem Amazjasz powiedział do Amosa: Widzący, idź, uciekaj do ziemi Judy i tam jedz chleb, i tam prorokuj.
अमस्याहले आमोसलाई भने, “ए दर्शी, दौडेर यहूदाको देशमा जाऊ, र त्यहाँ रोटी खाऊ अनि अगमवाणी गर ।
13 A w Betel już więcej nie prorokuj, bo to jest świątynia króla i dom królewski.
तर यहाँ बेथेलमा अरू धेरै अगमवाणी नगर, किनकि यो राजाको पवित्र-स्थान र एउटा राजकीय घराना हो ।”
14 Wtedy Amos odpowiedział Amazjaszowi: Nie byłem prorokiem ani nawet synem proroka, lecz byłem pasterzem bydła i tym, który zbiera figi sykomory.
अनि आमोसले अमस्याहलाई भने, “म अगमवक्ता होइनँ, न त अगमवक्ताका छोरा हुँ । म त एउटा गोठालो हुँ, र म त अन्जीरका रूखहरूको रेखदेख गर्छु ।
15 Ale PAN mnie wziął, gdy [chodziłem] za bydłem, i powiedział do mnie PAN: Idź, prorokuj memu ludowi Izraelowi.
तर परमप्रभुले मलाई बगालको हेरचाह गर्नबाट पर लानुभयो र मलाई भन्नुभयो, ‘जा, मेरा मानिस, इस्राएलको निम्ति अगमवाणी गर ।’
16 Teraz więc słuchaj słowa PANA. Ty mówisz: Nie prorokuj w Izraelu i nie głoś przeciwko domowi Izaaka.
अब परमप्रभुको वचन सुन । तिमी भन्छौ, ‘इस्राएलको विरुद्धमा अगमवाणी नगर, र इसहाकको घरानाको विरुद्धमा नबोल ।’
17 Dlatego tak mówi PAN: Twoja żona będzie nierządnicą w mieście, twoi synowie i twoje córki padną od miecza, twoja ziemia będzie podzielona sznurem, a ty umrzesz w ziemi nieczystej; Izrael zaś na pewno zostanie uprowadzony do niewoli ze swojej ziemi.
यसकारण परमप्रभु यसो भन्नुहुन्छ, ‘तेरी पत्नी सहरमा वेश्या हुनेछे, तेरा छोराहरू र तेरा छोरीहरू तरवारद्वारा मारिनेछन्, तेरो देश नापिनेछ र विभाजन गरिनेछ, तँ एउटा अशुद्ध देशमा मर्नेछस्, र इस्राएल निश्चय नै आफ्नो देशबाट निर्वासनमा जानेछ ।’”