< Amosa 3 >
1 Słuchajcie tego słowa, które PAN mówi przeciwko wam, synowie Izraela, przeciwko całemu pokoleniu, które wyprowadziłem z ziemi Egiptu:
ए इस्राएलका मानिस हो, तिमीहरूका विरूद्धमा, मिश्रदेशबाट मैले निकालेर ल्याएको सम्पूर्ण परिवारको विरुद्धमा परमप्रभुले बोल्नुभएको यो वचन सुनः
2 Tylko was uznałem spośród wszystkich rodów ziemi, dlatego was ukarzę za wszystkie wasze nieprawości.
“पृथ्वीमा भएका सबै परिवारहरूबाट, मैले केवल तिमीहरूलाई छानेको छु । त्यसकारण तिमीहरूका सबै पापहरूका निम्ति, म तिमीहरूलाई दण्ड दिनेछु ।”
3 Czy dwóch może chodzić razem, jeśli się nie zgadzają?
सहमत नभएसम्म दुई जना सँगै हिंड्छन् र?
4 Czy lew zaryczy w lesie, gdy nie ma łupu? [Czy] młody lew wyda swój głos ze swojego legowiska, jeśli nic nie złowił?
जङ्गलको सिंहले कुनै सिकार नपाउँदा पनि, के त्यो गर्जन्छ र? जवान सिंहले आफ्नो ओडारमा केही फेला नपारेसम्म, के त्यो ङ्यार्रङ्यार् गर्छ र?
5 Czy ptak wpadnie w sidła na ziemi, jeśli nie ma pułapki? Czy podniesie się sidła z ziemi, jeśli nic nie schwytały?
चराको निम्ति चारो नराखेसम्म के त्यो भुइँमा भएको पासोमा पर्छ र? पासोले केही कुरा समाउन नपाउँदा पनि के त्यो भुइँबाट माथि उफ्रिन्छ र?
6 Czy trąba zadmie w mieście, a lud się nie ulęknie? Czy w mieście zdarzy się nieszczęście, którego PAN by nie uczynił?
सहरमा तुरही बज्यो भने, के त्यहाँका मानिसहरू थर-थर काम्दैनन् र? सहरलाई प्रकोपले नाश गर्दा, त्यो परमप्रभुले नै पठाउनुभएको होइन र?
7 Doprawdy, Pan BÓG nic nie czyni, jeśli nie objawi swojej tajemnicy swym sługom, prorokom.
निश्चय नै परमप्रभुले आफ्ना सेवक अगमवक्ताहरूलाई आफ्नो योजना प्रकट नगर्नुभएसम्म उहाँले केही पनि गर्नुहुनेछैन ।
8 Lew ryknął, któż się nie ulęknie? Pan BÓG przemówił, któż nie będzie prorokował?
सिंह गर्जेको छ । को डराउनेछैन र? परमप्रभु परमेश्वर बोल्नुभएको छ । कसले अगमवाणी बोल्दैन र?
9 Głoście w pałacach w Aszdodzie i w pałacach ziemi Egiptu i mówcie: Zbierzcie się na górach Samarii i zobaczcie w niej wielkie zamieszanie oraz cierpiących w niej ucisk;
अश्दोदमा भएका किल्लाहरूमा, र मिश्रदेशमा भएका किल्लाहरूमा यो कुरा घोषणा गर । यसो भन, “सामरियाका पहाडहरूमा आफैलाई भेला पार र त्यहाँ के ठुलो भ्रम छ र के अत्याचार छ त्यो हेर ।
10 Nie umieją bowiem czynić tego, co jest prawe, mówi PAN. Zbierają w swoich pałacach skarby ze zdzierstwa i z grabieży.
किनभने ठिक काम कसरी गर्ने सो तिनीहरू जान्दैनन् — यो परमप्रभुको घोषणा हो— तिनीहरूले आफ्ना किल्लाहरूमा हिंसा र विनाश संचित गर्छन् ।”
11 Dlatego tak mówi Pan BÓG: Wróg otoczy tę ziemię i pozbawi cię twojej siły, i twoje pałace zostaną ograbione.
यसैकारण, परमप्रभु परमेश्वर यस्तो भन्नुहुन्छ, “एउटा शत्रुले देशलाई घेर्नेछ, र तिमीहरूका गढहरूलाई नाश गर्नेछ र तिमीहरूका किल्लाहरूलाई लुट्नेछ ।”
12 Tak mówi PAN: Jak pasterz wyrywa z lwiej paszczy dwie nogi lub kawałek ucha, tak zostaną wyrwani synowie Izraela, którzy mieszkają w Samarii na rogu łoża i w Damaszku na posłaniach.
परमप्रभु यस्तो भन्नुहुन्छः “जसरी गोठालाले सिंहको मुखबाट दुईवटा खुट्टा, वा कानको एक टुक्रामात्र छुटाउँछ, यसरी नै सामरियामा बस्ने मानिसहरूलाई पनि छुटाइनेछ । तिनीहरूसित केवल पलङ्गको एउटा कुना वा खाटको एक टुक्रा मात्र छोडिनेछ ।”
13 Słuchajcie i oświadczcie w domu Jakuba, mówi Pan BÓG, Bóg zastępów;
याकूबका घरानाका विरुद्धमा सुन र गवाही देओ— यो सर्वशक्तमान् परमप्रभु परमेश्वरको घोषणा हो ।
14 Bo w tym dniu, w którym ukarzę Izraela za jego przestępstwa, ukarzę też ołtarze w Betel. I rogi ołtarza zostaną odcięte i upadną na ziemię.
“किनभने मैले इस्राएलका पापको दण्ड दिने दिनमा, म बेथेलका वेदीहरूलाई पनि दण्ड दिनेछु । वेदीका सिङहरू काटिनेछन् र भुइँमा खस्नेछन् ।
15 I zburzę dom zimowy i dom letni, zginą domy z kości słoniowej i dla wielkich domów nastanie koniec, mówi PAN.
म हिउँदमा बस्ने घरलाई गर्मीमा बस्ने घरसँगै नाश गर्नेछु । हस्तिहाडका घरहरू नाश हुनेछन्, र ठुला-ठुला घरहरू लोप हुनेछन् — यो परमप्रभुको घोषणा हो ।”