< Dzieje 26 >
1 Wtedy Agryppa powiedział do Pawła: Wolno ci mówić we własnej obronie. Wówczas Paweł, wyciągnąwszy rękę, zaczął się bronić:
यसरी अग्रिपासले पावललाई भने, “तिमी आफ्नो निम्ति बोल्न सक्छौ ।” तब पावलले उनका हातहरू पसारे, र उनको बचाउ गरे ।
2 Królu Agryppo, uważam to za szczęście, że mam dziś bronić się wobec ciebie przed wszystkim, o co mnie oskarżają Żydzi.
“यी यहूदीहरूले लगाएका सबै दोषहरूको विरुद्धमा मेरो मुद्दालाई राजा अग्रिपास तपाईंको आगाडि राख्न पाउँदा म आफै खुसी भएको महसुस गर्दछु ।
3 Zwłaszcza że jesteś obeznany ze wszystkimi zwyczajami i sporami, które są między Żydami. Dlatego proszę cię, żebyś mnie cierpliwie wysłuchał.
खास गरी, किनकि तपाईं यी सबै यहूदी रीतिरिवाजहरू र प्रश्नहरूबारे ज्ञाता हुनुहुन्छ । त्यसैले, तपाईंले मेरो कुरा धैर्यपूर्वक सुनिदिनुहोस् भनेर म बिन्ती गर्दछु ।
4 Wszyscy Żydzi znają moje życie od młodości, jak je wiodłem od początku wśród mego narodu w Jerozolimie.
साँच्चै, यी सबै यहूदीहरूले जान्दछन्, कि म कसरी मेरो जवानीदेखि मेरो आफ्नै देशमा र यरूशलेममा जिएँ ।
5 Znają mnie od dawna – gdyby chcieli zaświadczyć – że żyłem według [zasad] najsurowszego stronnictwa naszej religii jako faryzeusz.
तिनीहरूले मलाई सुरुबाट नै जान्दथे, र मैले फरिसीको रूपमा जिएको कुरा तिनीहरूले स्वीकार गर्नुपर्दछ, जुन हाम्रो धर्मको अति कठोर सम्प्रदाय हो ।
6 A teraz stoję przed sądem z powodu nadziei [spełnienia] obietnicy danej ojcom przez Boga;
अब म यहाँ न्यायको लागि उभिन्छु, किनकि म परमेश्वरले हाम्रा पुर्खाहरूलाई दिनुभएको प्रतिज्ञाको आशा राख्दछु ।
7 Której [spełnienia] ma nadzieję doczekać dwanaście naszych pokoleń, służąc [Bogu] ustawicznie dniem i nocą. Z powodu tej nadziei, królu Agryppo, oskarżają mnie Żydzi.
यसैकारणले गर्दा, हाम्रा बाह्र कुलले उत्कटतासाथ दिन-रात परमेश्वररको सेवा गरे, र हामी पनि यसमा पुग्ने आशा राख्छौँ । हे राजा, त्यही आशाको कारणले यहूदीहरू मलाई दोष लगाउँछन् ।
8 Dlaczego uważacie za rzecz nie do wiary, że Bóg wskrzesza umarłych?
मृतकहरूलाई जीवित बनाउने कुरा परमेश्वरको लागि अपत्यारिलो छ भनेर तपाईंहरू किन विचार गर्नुहुन्छ?
9 Wprawdzie mnie samemu wydawało się, że powinienem wiele czynić przeciw imieniu Jezusa z Nazaretu.
एक समय येशू नासरीको नाउँको विरुद्धमा धेरै कुराहरू गर्नुपर्छ भन्ने म आफैँले पनि विचार गरेँ ।
10 Tak też czyniłem w Jerozolimie, gdzie wielu świętych wtrącałem do więzienia, wziąwszy upoważnienie od naczelnych kapłanów, a kiedy skazywano ich na śmierć, głosowałem przeciwko [nim];
मैले यरूशलेममा यी कामहरू गरेँ; मैले धेरै सन्तहरूलाई झ्यालखानामा थुनेँ, र मैले यसो गर्ने अधिकार मूख्य पूजाहारीहरूबाट पाएँ । जब तिनीहरू मारिए, मैले तिनीहरूका विरुद्धमा मेरो मत पनि जाहेर गरेँ ।
11 A po wszystkich synagogach często [ich] karząc, zmuszałem do bluźnierstwa. Występując przeciwko nim z wielką wściekłością, prześladowałem ich nawet po obcych miastach.
मैले तिनीहरूलाई सबै सभाघरहरूमा बारम्बार सजाय दिएँ, र मैले तिनीहरूलाई ईश्वरको निन्दा गर्ने बनाउन कोसिस गरेँ । म तिनीहरूसित अति नै रिसाएँ, र तिनीहरूलाई विदेशका सहरहरूमा पनि खेदाएँ ।
12 Tak jechałem do Damaszku, mając upoważnienie i zlecenie od naczelnych kapłanów.
यसो गर्ने क्रममा मुख्य पूजाहारीहरूबाट पाएको आज्ञा र अधिकार लिएर म दमस्कसमा गएँ ।
13 W południe, będąc w drodze, ujrzałem, królu, światłość z nieba [jaśniejszą] niż słońce, która oświeciła mnie i tych, którzy jechali ze mną.
अनि बाटोमा, मध्यदिनमा, हे राजा, मैले स्वर्गबाट आएको ज्योति देखेँ, जुन सूर्यभन्दा पनि चम्किलो थियो, र त्यो म र मसँग यात्रा गर्ने मानिसहरू दुवैका वरिपरि चम्कियो ।
14 A gdy wszyscy upadliśmy na ziemię, usłyszałem głos mówiący do mnie po hebrajsku: Saulu, Saulu, dlaczego mnie prześladujesz? Trudno ci przeciw ościeniowi wierzgać.
जब हामीहरू सबै जना भुइँमा लड्यौँ, मैले हिब्रू भाषामा मसँग यसो भनेर बोलिरहेको एउटा आवाज सुनेँ, “ए शाऊल, ए शाऊल, तिमी मलाई किन सताउँछौ? सुइरोमा लात हान्नु तिमीलाई कठिन हुन्छ ।”
15 A ja zapytałem: Kim jesteś, Panie? A on odpowiedział: Ja jestem Jezus, którego ty prześladujesz.
तब मैले भनेँ, ʼतपाईं को हुनुहुन्छ, प्रभु? ʼ प्रभुले जवाफ दिनुभयो, ʼम येशू हुँ, जसलाई तिमी सताउँछौ?
16 Ale podnieś się i stań na nogi, bo ukazałem się tobie, żeby ustanowić cię sługą i świadkiem zarówno tych rzeczy, które widziałeś, jak i innych, w których ci się objawię.
अब तिमी उठ, र तिम्रो पाउमा खडा होऊ, किनकि म तिमीलाई सेवक र अहिले तिमीले मेरो बारेमा जानेका कुराहरू र पछि मैले तिमीलाई देखाउने कुराहरूको गवाही बन्नको लागि नियुक्त गर्ने उद्देश्यले म तिमीकहाँ देखा परेँ
17 Wybawię cię od tego ludu i od pogan, do których cię teraz posyłam;
म तिमीलाई मानिसहरूबाट र गैरयहूदीहरूबाट उद्धार गर्नेछु, जसकहाँ मैले तिमीलाई पठाइरहेको छु ।
18 Dla otworzenia ich oczu, aby odwrócić [ich] od ciemności do światła, od mocy szatana do Boga, aby otrzymali przebaczenie grzechów i dziedzictwo między uświęconymi przez wiarę we mnie.
तिनीहरूका आँखा खोल्न र तिनीहरूलाई अन्धकारबाट ज्योतिमा फर्काउन र शैतानको शक्तिबाट परमेश्वरमा फर्काउनको लागि, ताकि तिनीहरूले परमेश्वरबाट पापको क्षमा र मैले ममाथिको विश्वासद्वारा मेरो आफ्नै निम्ति अलग गरेकाहरूलाई मैले दिने उत्तराधिकार प्राप्त गर्न सकून् ।
19 Dlatego też, królu Agryppo, nie byłem nieposłuszny temu niebieskiemu widzeniu.
त्यसकारण, राजा अग्रिपास, मैले त्यो स्वर्गीय दर्शनको अवाज्ञा गरिनँ ।
20 Ale głosiłem najpierw tym, którzy są w Damaszku, w Jerozolimie, w całej Judei, i poganom, żeby pokutowali i nawrócili się do Boga, i spełniali uczynki godne pokuty.
तर पहिले दमस्कसमा भएकाहरूकहाँ, त्यसपछि यरूशलेममा र यहूदियाको देशभरि रहनेहरू, र गैरयहूदीहरूकहाँ पनि तिनीहरूले पश्चात्ताप गरेर परमेश्वरमा फर्कनुपर्छ र पश्चात्ताप योग्यका कार्यहरू गर्नुपर्छ भनेर प्रचार गरेँ ।
21 Z tego powodu Żydzi schwytali mnie w świątyni i chcieli zabić.
यसैकारण, यहूदीहरूले मलाई मन्दिरमा पक्राउ गरे, र मलाई मार्ने प्रयास गरे ।
22 Ale dzięki pomocy Boga żyję do dzisiaj, dając świadectwo małym i wielkim, nic nie mówiąc oprócz tego, co powiedzieli prorocy i Mojżesz, że nastąpi;
परमेश्वरले अहिलेसम्म मलाई सहायता गर्नुभएको छ । यसैकारण म खडा भएर साधारण मानिसहरू र ठुला मानिसहरूलाई अगमवक्ताहरू र मोशाले जे हुने थिए भनेका थिए ती कुराहरूभन्दा बढी कुनै पनि कुराको गवाही दिन्नँ ।
23 Że Chrystus ma cierpieć, jako pierwszy zmartwychwstać i zwiastować światłość temu ludowi i poganom.
कि ख्रीष्टले दु: ख भोग्नुपर्छ, र उहाँ मृतकहरूबाट जीवित हुनेहरूमा पहिलो हुनुहुन्छ, र यहूदीहरूसाथै गैरयहूदी मानिसहरूमा ज्योतिको घोषणा गर्ने जन हुनुहुनेछ ।
24 Gdy on to powiedział w [swojej] obronie, Festus odezwał się donośnym głosem: Jesteś szalony, Pawle! Wielka uczoność doprowadza cię do szaleństwa.
पावलले उनको बचाउलाई पुरा गरिसकेपछि फेस्तसले उच्च सोरमा भने, “पावल, तिमी पागल भएका छौ, तिम्रो धेरै विद्याले तिमीलाई पागल बनाएको छ ।”
25 Ale on odpowiedział: Nie jestem szalony, dostojny Festusie, ale głoszę słowa prawdy i rozsądku.
तर पवालले भने, “म पागल होइनँ, सम्माननीय फेस्तस, तर म साहसकासाथ यी सत्य र गम्भीर वचनहरू बोल्छु ।”
26 Król bowiem, przed którym śmiało mówię, wie o tych sprawach, gdyż jestem przekonany, że nic z tych rzeczy nie jest przed nim ukryte, ponieważ nie działo się to w jakimś zakątku.
किनकि राजाले यी कुराहरूको बारेमा जान्नुहुन्छ, र यसैले म उहाँसँग खुलेर बोल्छु, किनकि मलाई विश्वास छ, कि उहाँबाट यीमध्ये कुनै पनि कुराहरू लुकेका छैनन्, किनकि यो कुरा गुपचुपमा गरिएको छैन ।
27 Czy wierzysz, królu Agryppo, prorokom? Wiem, że wierzysz.
राजा अग्रिपास, के तपाईं अगमवक्ताहरूमा विश्वास गर्नुहुन्छ? म यो कुरा जान्दछु, कि तपाईंले विश्वास गर्नुहुन्छ ।”
28 Wtedy Agryppa powiedział do Pawła: Niemal przekonałeś mnie, żebym został chrześcijaninem.
अग्रिपासले पवाललाई भने, “के तिमी छोटो समयमा मलाई फकाएर ख्रीष्टियान बनाउन चाहन्छौ?”
29 Ale Paweł powiedział: Dałby Bóg, abyś i niemal, i całkowicie nie tylko ty, ale i wszyscy, którzy mnie dziś słuchają, stali się takimi, jakim ja jestem, z wyjątkiem tych więzów.
पावलले भने, “चाहे छोटो समयमा होस्, या लामो समयमा होस्, तपाईं मात्र होइन तर आज मेरो कुरा सुन्ने जति सबै यी झ्यालखानाका साङ्लाहरूबाहेक अरू कुरामा म जस्तै होऊन् भनी म परमेश्वरमा प्रार्थना गर्छु ।”
30 A gdy to powiedział, wstał król, namiestnik, Berenike i ci, którzy z nimi zasiadali.
त्यसपछि राजा उठे, र शासक, बरनिकी र तिनीहरूसँग बसिरहेकाहरू पनि उठे ।
31 Kiedy się oddalili, rozmawiali między sobą: Ten człowiek nie czyni nic, co zasługiwałoby na śmierć lub więzienie.
तिनीहरू सभा भवनबाट बाहिरिँदा, तिनीहरूले एक अर्कामा कुराकानी गरे, र भने, “यी मानिसले मृत्यु वा कैदमा पर्न लायक कुनै कुरो गरेका छैनन् ।”
32 Agryppa zaś powiedział do Festusa: Można by zwolnić tego człowieka, gdyby nie odwołał się do cesarza.
अग्रिपासले फेस्तसलाई भने, “यदि तिनले कैसरकहाँ अपील नगरेको भए यी मानिसलाई छाड्न सकिन्थ्यो ।”