< II Samuela 4 >

1 Gdy syn Saula [Iszboszet] usłyszał, że Abner poległ w Hebronie, opadły mu ręce i cały Izrael był przerażony.
जब शाऊलका छोरा ईश्‍बोशेतले हेब्रोनमा अबनेरको मृत्यु भयो भनी सुने, तब तिनको हातहरू कमजोर भए र सारा इस्राएल पीडामा पर्‍यो ।
2 Syn Saula miał też dwóch ludzi, dowódców oddziałów: jeden miał na imię Baana, a drugi – Rekab. [Byli oni] synami Rimmona Beerotczyka, z synów Beniamina. Beerot był bowiem także zaliczany do Beniamina;
शाऊलका छोराका दुई जना मानिस थिए जो सिपाहरूका समूहहरूका कप्‍तानहरू थिए । एक जनाको नाउँ बानाह र अर्काको नाउँ रेकाब थियो, जो बेन्यामीनको मानिस बेरोती रिम्‍मोनका छोराहरू थिए (किनभने बेरोतलाई बेन्यामीनको हिस्‍सा ठानिन्छ,
3 Bo Beerotczycy uciekli do Gittaim i byli tam przybyszami, i [są nimi] aż do dziś.
र बेरोतीहरू गित्तैममा भागेर गए र आजसम्म पनि तिनीहरू त्यहीं बसिरहेका छन् ।)
4 A Jonatan, syn Saula, miał jednego syna chromego na [obie] nogi. Gdy miał on [bowiem] pięć lat, a nadeszła wieść z Jizreel [o śmierci] Saula i Jonatana, jego piastunka pochwyciła go i uciekła. Ale w pośpiechu tej ucieczki upadł i został kaleką. Miał na imię Mefiboszet.
शाऊलका छोरा जोनातनका एक जना छोरा थिए जसको खुट्टो लङ्गडो थियो । यिजरेलबाट शाऊल र जोनाथनको खबर आउँदा तिनी पाँच वर्षका थिए । भाग्‍नलाई तिनको धाईले तिनलाई बोकिन् । तर तिनी दौडँदै गर्दा, जोनाथनका छोरा खसे र लङ्गडो भए । तिनको नाउँ मेपीबोशेत थियो ।
5 Synowie Rimmona Beerotczyka, Rekab i Baana, wyruszyli więc i przyszli do domu Iszboszeta w najgorętszej porze dnia, w południe, gdy spał on w łożu.
त्यसैले बेरोती रिम्‍मोनका छोराहरू रेकाब र बानाह दिनको चर्को घाममा ईश्‍बोशेतको घरतिर जान हिंडेर मध्यन्हमा आराम गरिरहँदा तिनको घरमा पुगे ।
6 Weszli oni do jego domu pod pretekstem zakupu pszenicy i tam przebili go pod piątym żebrem. Potem Rekab i jego brat Baana uciekli.
ढोकाको स्‍त्री पाले गहूँ ओसार्दै गर्दा मस्‍त निदाएकी थिइन् र रेकाब र बानाह बिस्तार हिंडे र तिनलाई पार गरेर गए ।
7 Gdy bowiem weszli do domu, on spał na swoim łożu w sypialni. Wtedy przebili go, uśmiercili i ucięli mu głowę. Potem zabrali ją i szli drogą pustynną przez całą noc.
यसरी तिनीहरू घरभित्र पसेपछि, तिनी आफ्नो कोठाको ओछ्यानमा पल्टिरहेको बेला तिनीहरूले तिनलाई आक्रमण गरे र तिनलाई मारे । त्यसपछि तिनीहरूले तिनको टाउको काटे र बोकेर रातभरि अराबातिर जाने बाटो हिंडे ।
8 I przynieśli głowę Iszboszeta do Dawida do Hebronu, i powiedzieli do króla: Oto głowa Iszboszeta, syna Saula, twojego wroga, który czyhał na twoją duszę. PAN dzisiaj dokonał za mojego pana, króla, zemsty na Saulu i jego potomstwie.
तिनीहरूले ईश्‍बोशेतको टाउको हेब्रोनमा दाऊदकहाँ ल्याए र तिनीहरूले राजालाई भने, “हे्र्नुहोस्, यो तपाईंको जीवन लिन खोज्‍ने तपाईंको शत्रु शाऊलका छोरा ईश्‍बोशेतको टाउको हो । आज परमप्रभुले शाऊल र तिनका सन्तानहरूको विरुद्धमा हाम्रो मालिक राजाको बद्‍ला लिनुभएको छ ।”
9 Lecz Dawid odpowiedział Rekabowi i jego bratu Baanie, synom Rimmona Beerotczyka: Jak żyje PAN, który wybawił moją duszę z wszelkiego ucisku;
दाऊदले बेरोती रिम्‍मोनका छोराहरू रेकाब र बानाहलाई जावफ दिए । तिनले तिनीहरूलाई भने, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ, जसले मेरो जीवन हरेक कष्‍टबाट बचाउनुभयो,
10 Jeśli tego, który mi powiedział: Oto umarł Saul, sądząc, że przynosi dobrą nowinę, pojmałem i zabiłem w Siklag, chociaż [myślał], że wynagrodzę go za [jego] wieści;
जब कसैले मलाई त्यसले शुभखबर ल्याउँदैछ भन्‍ने ठानी 'हेर्नुहोस्, शाऊल मरेको छ,' भन्‍यो, मैले त्यसलाई समातें र सिक्लगमा मारें । त्यसको खबरको निम्ति मैले त्यसलाई त्यो इनाम दिएँ ।
11 Tym bardziej, gdy niegodziwi ludzie zabili sprawiedliwego człowieka w jego domu, na własnym łożu. Czy teraz nie powinienem zażądać jego krwi z waszych rąk i zgładzić was z ziemi?
झन दुष्‍ट मानिसहरूले एक जना निर्दोष व्यक्‍तिलाई आफ्नो घरमा आफ्नै ओछ्यानमा मार्दा, के मैले तिमीहरूको हातबाट त्यसको रगतको बद‍ला लिएर तिमीहरूलाई पृथ्वीबाट नहटाउँ?”
12 Dawid rozkazał więc sługom, a oni zabili ich, obcięli im ręce i nogi i powiesili ich nad stawem w Hebronie. Głowę zaś Iszboszeta wzięli i pochowali w grobie Abnera w Hebronie.
त्यसपछि दाऊदले जवान मानिसहरूलाई हुकुम गरे र उनीहरूले तिनीहरूलाई मारे अनि तिनीहरूका हातहरू र खुट्टाहरू काटेर हेब्रोनको तलाउनेर झुण्ड्याए । तर तिनीहरू ईश्‍बोशेतको टाउकोलाई लिए र त्‍यसलाई हेब्रोनमा अबनेरको चिहानमा गाडे ।

< II Samuela 4 >