< II Samuela 15 >
1 Potem Absalom sprawił sobie rydwany i konie, a także pięćdziesięciu mężczyzn, którzy przed nim biegali.
यसपछि यस्तो भयो, अब्शालोमले आफ्नो निम्ति एउटा रथ र घोडाहरू र आफ्नो अगिअगि दौडिनलाई पचास जना मानिस तयार पारे ।
2 Absalom wstawał wcześnie rano i stawał przy drodze do bramy. A każdego, kto miał sprawę i udawał się do króla na sąd, Absalom przyzywał do siebie i pytał: Z jakiego miasta jesteś? Ten odpowiadał: Twój sługa jest z jednego z pokoleń Izraela.
अब्शालोम बिहान सबेरै उठ्थे र सहरको ढोकातिर जाने बाटोमा खडा हुन्थे । जब कोही विवाद भएका व्यक्ति न्यायको निम्ति राजाकहाँ आउँथ्यो, तब अब्शालोमलले त्यसलाई बोलाउँथे र भन्थे, “तपाईं कुन सहरबाट आउनुभएको हो?” अनि त्यो मानिसले जवाफ दिन्थ्यो, “तपाईंको दास इस्राएलको एउटा कुलबाट हो ।”
3 Wtedy Absalom mówił mu: Patrz, twoja sprawa jest dobra i sprawiedliwa, ale u króla nie ma nikogo, kto by cię wysłuchał.
त्यसैले अब्शालोमले त्यसलाई भन्थे, “हेर्नुहोस्, तपाईंको मुद्दा असल र ठिक छ तर तपाईंको मुद्दा हेर्नलाई राजाले कसैले शक्ति दिनुभएको छैन ।”
4 Potem Absalom mówił: O gdyby mnie ustanowiono sędzią w tej ziemi, aby mógł przychodzić do mnie każdy, kto ma sprawę lub spór, to wymierzałbym mu sprawiedliwość.
अब्शालोमलले थप्थे, “मलाई यस देशको न्यायकर्ता बनाइदिएको भए हुन्थ्यो, ताकि कुनै पनि मुद्दा वा झगडा भएका हरेक मानिस मकहाँ आउँथ्यो र म त्यसलाई न्याय दिलाउँथे ।”
5 A gdy ktoś się zbliżał i pokłonił mu się, wyciągał rękę, obejmował go i całował.
यसैले यस्तो भयो, जब कुनै पनि मानिस अब्शालोमलाई आदर गर्न आउँथ्यो, तब अब्शालोमले आफ्नो हात काँधमा राख्थे र त्यसलाई अङ्गालो हाल्थे र त्यसलाई चुम्बन गर्थे ।
6 Tak Absalom postępował z całym Izraelem, który przychodził do króla na sąd. I Absalom wykradał serca ludu Izraela.
राजाकहाँ न्यायको निम्ति आउने सबै इस्राएलसित अब्शालोमले यसरी नै व्यवहार गरे । यसरी अब्शालोमले इस्राएलका मानिसहरूका हृदय चोरे ।
7 Po upływie czterdziestu lat Absalom powiedział do króla: Proszę, pozwól mi iść i wypełnić w Hebronie ślub, który złożyłem PANU.
चार वर्षको अन्ततिर यस्तो भयो कि अब्शालोमले राजालाई भने, “कृपया, मैले हेब्रोनका परमप्रभुलाई गरेको भाकल पुरा गर्न मलाई जान दिनुहोस् ।
8 Twój sługa bowiem złożył ślub, kiedy przebywał w Geszur w Syrii, mówiąc: Jeśli PAN naprawdę przywróci mnie do Jerozolimy, wtedy będę służyć PANU.
किनकि तपाईंको दासले अरामको गशूरमा बस्दा यसो भनेर एउटा भाकल गरें, “परमप्रभुले मलाई यरूशलेममा ल्याउनुभयो भने, म परमप्रभुको आराधना गर्ने छु ।”
9 I król odpowiedział mu: Idź w pokoju. Wstał więc i udał się do Hebronu.
त्यसैले राजाले उनलाई भने, “शान्तिसित जाऊ ।” यसैले अब्शालोम उठे र हेब्रोनमा गए ।
10 Lecz Absalom rozesłał szpiegów do wszystkich pokoleń Izraela, aby mówili: Gdy tylko usłyszycie dźwięk trąby, powiedzcie: Absalom króluje w Hebronie.
तर अब्शालोमले इस्राएलका सबै कुलमा यसो भनेर जासुसहरू पठाए, “तिमीहरूले तुरहीको आवाज सुन्ने बित्तिकै, तिमीहरूले यसो भन्नू, “हेब्रोनमा अबशालोम राजा हुनुभयो' ।”
11 Z Absalomem wyruszyło dwustu zaproszonych mężczyzn z Jerozolimy, którzy szli w swojej prostocie, nie wiedząc o niczym.
अब्शालोमसँगै यरूशलेमका दुई सय जना मानिस गए जसले निमन्त्रणा पाएका थिए । अब्शालोमले योजना गरेका कुनै कुरा पनि थाहा नपाई तिनीहरू आफ्नो अज्ञानतामा गए ।
12 Gdy Absalom składał ofiary, wezwał [on] także Achitofela, Gilonitę, doradcę Dawida, z jego miasta Gilo. I spisek się wzmagał, bo coraz więcej ludzi przystawało do Absaloma.
अब्शालोमले बलिदान चाढाउँदा, उनले गिलोका अहीतोपेललाई पनि बोलाए । तिनी दाऊदका सल्लाहकार थिए । अब्शालोमको षड्यान्त्र प्रबल थियो, किनकि अब्शालोमको पछि लाग्ने मानिसहरूका सङ्ख्या निरन्तर बढ्दै थियो ।
13 Potem do Dawida przyszedł posłaniec, mówiąc: Serca ludzi Izraela zwróciły się do Absaloma.
दाऊदकहाँ एक जना दूत यसो भन्दै आए, “इस्राएलका मानिसहरूका हृदयहरू अब्शालोमतिर लागेको छ ।”
14 Wtedy Dawid powiedział do wszystkich swoich sług, którzy byli z nim w Jerozolimie: Wstańcie i uciekajmy, bo inaczej nie ujdziemy przed Absalomem. Spieszcie się z wymarszem, żeby czasem nie dopadł nas znienacka, nie sprowadził na nas nieszczęścia i nie wytępił miasta ostrzem miecza.
त्यसैले दाऊदले आफूसँग यरूशलेममा भएका आफ्ना सबै सेवकलाई भने, “उठ र हामी भागौं नत्रता हामी कोही पनि अब्शालोमबाट बाँच्ने छैनौं । तुरुन्तै जानलाई तयार होओ, नत्रता त्यसले हामीलाई चाँडै आक्रमण गर्ने छ र त्यसले हामीमाथि विपद् ल्याउने छ र तरवारले यो सहरलाई आक्रमण गर्ने छ ।”
15 Słudzy króla powiedzieli do niego: Wszystko, co postanowi nasz pan, król, oto twoi słudzy uczynią.
राजाका सेवकहरूले राजालाई भने, “हेर्नुहोस्, तपाईंका दासहरू हाम्रो मालिक महाराजाले जे भन्नुहुन्छ सो गर्न तयार छन् ।”
16 Król wyszedł więc pieszo, a z nim cały jego dom. Król zostawił jednak dziesięć kobiet, nałożnic, aby pilnowały domu.
राजा र तिनका सबै परिवार तिनीसितै विदा भए, तर दरबारको रेखदेख गर्न दश जना उपपत्नीलाई राजाले छोडिराखे ।
17 A gdy król wyszedł pieszo wraz z całym ludem, zatrzymali się w pewnym odległym miejscu.
राजा र तिनीसँग भएका सबै मानिस बाहिर गएपछि, तिनीहरू अन्तिम घरमा रोकिए ।
18 Wszyscy jego słudzy szli przy nim, a wszyscy Keretyci, wszyscy Peletyci, wszyscy Gittyci, w liczbie sześciuset mężczyzn, którzy przyszli za nim z Gat, przeszli przed królem.
तिनका सबै फौज तिनीसँगै हिंडे र सबै करेतीहरू, पेलेथीहरू र गित्तीहरू गरी गातबाट तिनलाई पछ्याउने छ सय जना मानिसहरू तिनको अगिअगि गए ।
19 Wtedy król zapytał Ittaja Gittytę: Czemu i ty idziesz z nami? Wróć do siebie i pozostań przy królu. Jesteś bowiem cudzoziemcem, a nawet wygnańcem.
तब राजाले गित्ती इत्तैलाई भने, “तिमी किन हामीसँग आउँछौ? फर्क र राजासँगै बस, किनकि तिमी परदेशी र निर्वासित छौ । तिम्रो आफ्नै ठाउँमा फर्क ।
20 Dopiero wczoraj przyszedłeś, a dziś miałbym cię zabrać, abyś się tułał z nami? Skoro sam nie wiem, dokąd idę, ty wróć i odprowadź swoich braci. [Niech będą] z tobą miłosierdzie i prawda.
किनकि तिमी भर्खर मात्र आएका हौ । तिमीलाई हामीसँगै भौंतारिन म किन लगाउछु र? म कहाँ जाँदै छु भन्ने मलाई नै थाहा छैन । त्यसैले फर्क र तिम्रा गाउँले मित्रहरूलाई फर्काएर लैजाऊ । बफदारीता र विश्वासनीयता तिमीसँगै रहोस् ।”
21 Ale Ittaj odpowiedział królowi: Jak żyje PAN i jak żyje mój pan, król, gdziekolwiek będzie mój pan, król, czy to na śmierć, czy na życie, tam też będzie twój sługa.
तर इत्तैले राजालाई जवाफ दिए र भने, “जस्तो परमप्रभु जीवित हुनुहुन्छ र जस्तो मेरो मालिक महाराजा जीवित हुनुहुन्छ, मर्न वा बाँच्ने जेसुकै परोस् हजुको दास मेरो मालिक महाराजा जुन ठाउँमा जहाँ जानुहुन्छ त्यहीं नै जाने छ ।”
22 I Dawid powiedział do Ittaja: Idź więc i przejdź. Przeszedł więc Ittaj Gittyta i wszyscy jego mężczyźni, i wszystkie dzieci, które z nim [były].
त्यसैले दाऊदले इत्तैलाई भने, “अगि बढ, हामी निरन्तर बस ।” त्यसैले गित्ती इत्तै राजा, तिनका सबै मानिस र सबै परिवार सँगसँगै हिंडे ।
23 I cała ziemia głośno płakała, cały lud zaś przeszedł. Potem sam król przeszedł przez potok Cedron i w ten sposób cały lud przeszedł, i [skierował się] na drogę ku pustyni.
राजाले किद्रोनको बेसी तर्दा देशभरिका सबै मानिस धुरुधुरु रोए र सबै मानिस पनि राजासँगै पारि तरे । सबै मानिस उजाडस्थान जाने बाटोसम्म गए ।
24 A oto [był] z nim i Sadok, i wszyscy Lewici niosący arkę przymierza Boga. Postawili arkę Boga, a Abiatar wstąpił, aż cały lud wyszedł z miasta.
परमेश्वरको करारको सन्दुक बोक्ने सबै लेवीसहित सादोक पनि थिए । तिनीहरूले परमेश्वरको सन्दुकलाई भुईंमा राखे र त्यसपछि अबियाथार तिनीहरूसँगै सहभागी भए । सबै मानिस सहरबाट बाहिर नआएसम्म तिनीहरूले पर्खे ।
25 Potem król powiedział do Sadoka: Odnieś arkę Boga do miasta. Jeśli znajdę łaskę w oczach PANA, to przywróci mnie i pokaże mi ją oraz jej przybytek.
राजाले सादोकलाई भने, “परमेश्वरको सन्दुकलाई सहरमा नै फर्काएर लेजाऊ । मैले परमप्रभुको दृष्टिमा निगाह पाएँ भने, उहाँले मलाई यहाँ फर्काएर ल्याउनुहुने छ र सन्दुक र उहाँ बस्नुहुने ठाउँ मलाई फेरि देखाउनुहुने छ ।
26 Ale jeśli powie: Nie mam w tobie upodobania – oto jestem, niech mi uczyni, co jest dobre w jego oczach.
तर उहाँले यसो भन्नुहुन्छ भने, 'तँसँग म प्रशन्न छैन,' हेर, म यहाँ छु, उहाँलाई जे असल छ सो उहाँले मलाई गर्नुभएको होस् ।”
27 Król powiedział jeszcze do kapłana Sadoka: Czy nie jesteś widzącym? Wróć do miasta w pokoju wraz ze swoimi dwoma synami – Achimaasem, twoim synem, i Jonatanem, synem Abiatara.
राजाले सादोक पुजारीलाई यसो पनि भने, “के तिमी दर्शी होइनौ? सहरमा शान्तिसँग फर्क र तिम्रा दुई छोरा, तिम्रा छोरा अहीमास र अबियाथारका छोरा जोनाथन तिम्रो साथमा छन् ।
28 Oto będę czekał na równinach pustyni, dopóki nie nadejdzie od was słowo dające mi znać.
हेर, मलाई जानकारी दिनलाई तिमीबाट खबर नआएसम्म म अराबाको जँघारहरूमा पर्खिने छु ।”
29 Sadok i Abiatar odnieśli więc arkę Boga do Jerozolimy i tam pozostali.
त्यसैले सादोक र अबियाथारले परमेश्वरको सन्दुक यरूशलेममा नै फिर्ता ल्याए र तिनीहरू त्यहीं बसे ।
30 Dawid zaś wstępował na Górę Oliwną, wstępował i płakał, a głowę miał zakrytą i szedł boso. Cały lud, który był z nim, każdy z nakrytą głową, wstępował i płakał.
तर दाऊद खाली खुट्टाले हिंडेर रुँदै जैतूनको डाँडाको उकालो चढे र तिनले आफ्नो शिर ढाकेका थिए । तिनीसँग भएका हरेक मानिसले आआफ्ना शिर ढाके र तिनीहरू रुँदै माथि उकालो चढे ।
31 Wtedy doniesiono Dawidowi: Achitofel [jest] wśród spiskowców z Absalomem. Dawid powiedział: O PANIE, proszę, obróć w głupstwo radę Achitofela.
कसैले दाऊदलाई भन्यो, “अहीतोपेल अब्शालोमसँगै षड्यान्त्र गर्नेहरूसित छ ।” त्यसैले दाऊदले प्रार्थना गरे, “हे परमप्रभु, कृपा गरी, अहीतोपेलको सल्लाहलाई मूर्खतामा परिणत गर्नुहोस् ।”
32 Kiedy Dawid dotarł na szczyt [góry], gdzie oddał pokłon Bogu, oto wyszedł mu na spotkanie Chuszaj Arkita w rozdartej szacie i z prochem na głowie.
यस्तो भयो, जब दाऊद बाटोको टाकुरामा आइपुगे जहाँ परमेश्वरको आराधना गरिन्थ्यो, तब अरकी हुशै आफ्नो लुगा च्यातेर शिरमा धुलो छरेर दाऊदलाई भेट्न आए, ।
33 Dawid powiedział do niego: Jeśli pójdziesz ze mną, będziesz mi ciężarem;
दाऊदले तिनलाई भने, “तिमी मसँग गयौ भने, तिमी मेरो निम्ति बोझ बन्ने छौ ।
34 Lecz jeśli wrócisz do miasta i powiesz Absalomowi: Królu, będę twoim sługą. Jak byłem dotąd sługą twego ojca, tak teraz będę twoim sługą – wtedy na moją korzyść obrócisz wniwecz radę Achitofela.
तर तिमी सहरमा फर्केर गयौ र अबशालोमलाई यसो भन्यौ भने, 'जसरी म विगतमा हजुरका बुबाको सेवक भएँ त्यसरी नै, हे महाराजा, म हजुरको दास हुने छु,' तब तिमीले मेरो खातिर अहीतोपेलको सल्लाहलाई गोलमाल पार्नेछौ ।
35 Czyż nie ma tam z tobą kapłanów Sadoka i Abiatara? Cokolwiek więc usłyszysz z domu króla, doniesiesz [o tym] kapłanom Sadokowi i Abiatarowi.
के तिमीसँग सादोक पुजारी र अबियाथार हुने छैनन् र? त्यसैले तिमीले दरबारमा राजाबाट जे-जे सुन्छौ सो कुरा तिमीले पुजारी सादोक र अबियाथारलाई भन्नुपर्छ ।
36 Oto są tam też z nimi ich dwaj synowie, Achimaas, syn Sadoka, i Jonatan, syn Abiatara. Przez nich przyślecie do mnie każde słowo, które usłyszycie.
हेर, तिनीहरूका साथमा तिनीहरूका दुई छोरा सादोकका छोरा अहीमास र अबियाथारका छोरा जोनाथन छन् । तिमीले सुनेका सबै कुरा तिमीले तिनीहरूको माध्यामद्वारा मकहाँ पठाउनू ।”
37 Przybył więc Chuszaj, przyjaciel Dawida, do miasta, a Absalom także wjechał do Jerozolimy.
त्यसैले अब्शालोम सहरभित्र आइपुगेर यरूशलेम प्रवेश गर्दा दाऊदका मित्र हूशै आए ।