< II Królewska 6 >

1 I synowie proroków powiedzieli do Elizeusza: Oto miejsce, w którym mieszkamy wraz z tobą, jest zbyt ciasne dla nas.
अगमवक्ताहरूका छोराहरूले एलीशालाई भने, “जुन ठाउँमा हामी तपाईंसँग बस्छौँ, त्यो हामी सबैका लागि ज्‍यादै साँघुरो छ ।
2 Pozwól, że pójdziemy aż nad Jordan, weźmiemy stamtąd każdy po jednej belce i zbudujemy tam sobie miejsce na mieszkanie. Odpowiedział: Idźcie.
कृपा गरी हामी यर्दनमा जान र त्यहाँ हरेक मानिसले एउटा रुख काट्न अनि त्यहाँ एउटा ठाउँ बनाउने अनुमति हामीलाई दिनुहोस् जहाँ हामी बस्‍न सक्‍छौं ।” एलीशाले भने, “यस काममा तिमीहरू अगि बढ ।”
3 Jeden z nich powiedział: Racz, proszę, pójść ze swoimi sługami. Odpowiedział: Pójdę.
तिनीहरूमध्ये एक जनाले भन्यो, “कृपा गरी आफ्ना दासहरूसँगै जानुहोस् ।” एलीशाले जवाफ दिए, “म जानेछु ।”
4 I poszedł z nimi. Kiedy przybyli nad Jordan, zaczęli ścinać drzewa.
त्यसैले तिनीहरूसँगै तिनी गए र जब तिनीहरू यर्दनमा आइपुगे, तब तिनीहरूले रुखहरू काट्न सुरु गरे ।
5 I zdarzyło się, że jednemu z nich przy ścinaniu drzewa [siekierą] żelazo wpadło do wody. Zawołał wtedy: Ach, mój panie! Ta [była] pożyczona.
तर एक जनाले काटिरहँदा बञ्चरोको टाउको पानीमा खस्यो । त्यसले चिच्‍च्याएर भन्यो, “हे मेरा मालिक, यो त मागेर ल्‍याएको थियो!”
6 Mąż Boży zapytał: Gdzie wpadło? I wskazał mu miejsce. A on uciął drewno, wrzucił tam i żelazo wypłynęło.
त्यसैले परमेश्‍वरका मानिसले भने, “त्‍यो कहाँ खस्यो?” त्यस मानिसले एलीशालाई त्यो ठाउँ देखायो । तब तिनले एउटा लट्ठी काटे, त्यसलाई पानीमा फाले र फलाम पनि तैरियो ।
7 I powiedział: Weź [je] sobie. Wyciągnął więc rękę i wziął je.
एलीशाले भने, “त्यसलाई समात ।” त्यसैले त्यस मानिसले आफ्नो हात पसार्‍यो र बञ्चरो समात्यो ।
8 Potem, gdy król Syrii prowadził wojnę z Izraelem, naradzał się ze swoimi sługami, mówiąc: W tym a w tym miejscu będzie mój obóz.
अब अरामका राजाले इस्राएलको विरुद्धमा युद्ध गरिरिहेका थिए । तिनले आफ्ना सेवकहरूसित यसो भनेर सल्लाह लिए, “मेरो छाउनी यस्तो-यस्तो ठाउँमा हुनेछ ।”
9 Wtedy mąż Boży posłał do króla Izraela wiadomość: Strzeż się przechodzić przez to miejsce, bo tam Syryjczycy zrobili zasadzkę.
त्यसैले परमेश्‍वरका मानिसले इस्राएलका राजाकहाँ यसो भनेर मानिसहरू पठाए, “त्योबाट ठाउँबाट नजानुहोस् किनकि अरामीहरू त्यहाँ तल झर्दैछन् ।”
10 Posłał więc król Izraela na to miejsce, o którym mu powiedział mąż Boży, ostrzegając go, i [król] uratował się nie raz i nie dwa.
इस्राएलका राजाले त्यस ठाउँमा एउटा समाचार पठाए जसको विषयमा परमेश्‍वरका मानिसले बोलेका र चेताउनी दिएका थिए । एक वा दुई पटकभन्दा बढी राजा त्यहाँ जाँदा तिनी सावधान भए ।
11 Serce króla Syrii zatrwożyło się z tego powodu. Zwołał więc swoje sługi i zapytał ich: Czemu mi nie powiecie, kto z nas [donosi] królowi Izraela?
यी चेताउनीहरूका बारेमा अरामका राजा क्रोधित तुल्याइए, र तिनले आफ्ना सेवकहरूलाई बोलाए र तिनीहरूलाई भने, “हाम्रा माझमा भएकाहरूमध्ये कसले इस्राएका राजालाई समर्थन गर्छ त्‍यो तिमीहरू मलाई भन्दैनौँ?”
12 Jeden z jego sług odpowiedział: Nikt, mój panie, królu. To prorok Elizeusz, który jest w Izraelu, oznajmia królowi Izraela słowa, które wypowiadasz w swoim pokoju sypialnym.
त्यसैले तिनका एक जना सेवकले भने, “हे मेरा मालिक राजा, हामीले गर्दैनौँ किनकि इस्राएलमा भएका एलीशा अगमवक्ताले तपाईंले आफ्नो सुत्‍ने कोठामा बोल्नुभएका कुरासमेत इस्राएलका राजालाई भनिदिन्छन् ।”
13 [On] odpowiedział: Idźcie i dowiedzcie się, gdzie on jest, abym posłał [po niego] i pojmał go. I doniesiono mu: Oto jest w Dotan.
राजाले जवाफ दिए, “जाओ र एलीशा कहाँ छ हेर, ताकि मानिसहरू पठाएर म त्‍यसलाई समात्‍न सकूँ ।” तिनलाई यसो भनियो, “तिनी दोतानमा छन् ।”
14 Posłał więc tam konie i rydwany, i znaczny [oddział] wojska. Wyruszyli w nocy i oblegli miasto.
त्यसैले राजाले दोतानमा एउटा ठुलो सेनासँगै घोडाहरू र रथहरू पठाए । तिनीहरू रातमा आए र सहरलाई घेरा हाले ।
15 Kiedy sługa męża Bożego wstał wcześnie rano i wyszedł, oto wojsko otoczyło miasto razem z końmi i rydwanami. Jego sługa powiedział do niego: Ach, mój panie! Cóż mamy czynić?
जब परमेश्‍वरका मानिसको नोकर सबेरै उठ्‍यो र बाहिर गयो, हेर, एउटा ठुलो सेनाले घोडाहरू र रथहरू लिएर सहरलाई घेरेको थियो । तिनको सेवकले तिनलाई भन्यो, “ओहो! मेरा मालिक, हामी के गरौँ?”
16 Odpowiedział: Nie bój się, bo więcej jest tych, którzy [są] z nami, niż tych, którzy [są] z nimi.
एलीशाले जवाफ दिए, “नडरा, किनकि तिनीहरूसित भएकाहरूभन्दा हामीसित भएकाहरू धेरै छन् ।”
17 Wtedy modlił się Elizeusz: PANIE, otwórz, proszę, jego oczy, aby widział. PAN otworzył oczy tego sługi i ten zobaczył: oto góra była pełna koni i ognistych rydwanów wokół Elizeusza.
एलीशाले प्रार्थना गरे, “हे परमप्रभु, यसका आँखा खोलिदिनुहोस् ताकि यसले देख्‍न सकोस् भनी म बिन्ती गर्छु।” तब परमप्रभुले त्यस सेवकका आँखा खोल्‍नुभयो, र त्यसले देख्यो । हेर, एलीशाको वरिपरि डाँडामा अग्‍निमय घोडाहरू र रथहरूले भरिएको थियो!
18 A gdy [Syryjczycy] zeszli do niego, Elizeusz modlił się do PANA i powiedział: Proszę, dotknij ten lud ślepotą. I [PAN] dotknął go ślepotą według słowa Elizeusza.
जब अरामीहरू तल ओर्ली एलीशाकहाँ आए, तिनले परमप्रभुमा प्रार्थना गरे र भने, “यी मानिसहरूलाई अन्धा तुल्याउनुहोस् भनी म बिन्ती गर्छु ।” त्यसैले एलीशाले बिन्ती गरेझैँ परमप्रभुले तिनीहरूलाई अन्धा तुल्याउनुभयो ।
19 Wtedy Elizeusz powiedział do nich: To nie ta droga ani nie to miasto. Pójdźcie za mną, a zaprowadzę was do człowieka, którego szukacie. I zaprowadził ich do Samarii.
तब एलीशाले अरामीहरूलाई भने, “यो बाटो होइन, न त यो सहर नै हो । मेरो पछि लाग र तिमीहरूले खोजिरहेका मानिस भएको ठाउँमा म तिमीहरूलाई लानेछु ।” तब तिनीहरूलाई तिनले सामरिया लगे ।
20 A gdy weszli do Samarii, Elizeusz powiedział: PANIE, otwórz im oczy, aby przejrzeli. PAN otworzył im oczy i zobaczyli, że [są] w środku Samarii.
जब तिनीहरू सामरिया आइपुगे, तब एलीशाले भने, “हे परमप्रभु, यी मानिसहरूका आँखा खोल्‍नुहोस् ताकि तिनीहरूले देखून् ।” परमप्रभुले तिनीहरूका आँखा खोल्‍नुहोस्, र तिनीहरूले देखे अनि हेर, तिनीहरू त सामरिया सहरको बिचमा पो रहेछन् ।
21 Gdy król Izraela zobaczył ich, zapytał Elizeusza: Czy mam ich zabić, mój ojcze?
जब इस्राएलका राजाले तिनीहरूलाई देखे, तब तिनले एलीशालाई भने, “हे मेरा पिता, के म तिनीहरूलाई मारौं? के म तिनीहरूलाई मारौं?”
22 Odpowiedział: Nie zabijaj. Czy zabijasz tych, których pojmałeś swoim mieczem i swoim łukiem? Połóż przed nimi chleb i wodę, aby jedli i pili, i wrócili do swego pana.
एलीशाले जवाफ दिए, “तपाईंले तिनीहरूलाई मार्नुहुँदैन । के तपाईंले आफ्नै तरवार र धनुले कैद गरेका मानिहरूलाई मार्नुहुन्थ्यो र? तिनीहरूका सामु भोजन र पानी दिनुहोस्, ताकि तिनीहरूले खाऊन् र पिऊन् अनि आफ्ना मालिककहाँ जाऊन् ।”
23 Przygotował więc dla nich wielką ucztę. A gdy jedli i pili, odprawił ich i poszli do swego pana. Odtąd bandy Syryjczyków już nie wpadały do ziemi Izraela.
त्यसैले राजाले तिनीहरूका लागि प्रशस्त भोजन तयार गरे, अनि जब तिनीहरूले खाए र पिए तब तिनीहरूलाई तिनले पठाइदिए र यसरी तिनीहरू आफ्ना मालिककहाँ फर्केर गए । अरामी सिपाहीका ती दलहरू लामो समयसम्म इस्राएल देशमा फर्केनन् ।
24 Potem Ben-Hadad, król Syrii, zebrał całe swoje wojsko, wyruszył i obległ Samarię.
यो घटनापछि अरामका राजा बेन-हददले आफ्ना सारा सेना जम्मा गरे र सामरियालाई आक्रमण गरे र त्‍यसलाई घेरा हाले ।
25 I nastał wielki głód w Samarii. Tak bowiem ją oblegali, że głowa osła [kosztowała] osiemdziesiąt srebrników, a ćwierć kaba gołębiego gnoju – pięć srebrników.
त्यसैले सामरियामा ठुलो अनिकाल पर्‍यो । तिनीहरूले यति लामो समयसम्म घेरा हाले, जसले गर्दा गधाको एउटा टाउलाई एक किलो चाँदी र एक मुट्ठी दाललाई पचपन्‍न ग्राम चाँदीमा बिक्री गरियो ।
26 A gdy król Izraela przechodził po murze, [pewna] kobieta zawołała do niego: Ratuj mnie, mój panie, królu!
जब इस्राएलका राजा पर्खालमा हिंड्दै थिए, तब एउटी स्‍त्रीले रुँदै तिनलाई भनी, “हे मेरा मालिक राजा, मलाई मदत गर्नुहोस् ।”
27 Odpowiedział: Jeśli PAN cię nie uratuje, jakże [ja] ciebie uratuję? Czy z klepiska lub z tłoczni?
तिनले भने, “परमप्रभुले नै तिमीलाई मदत गर्नुहुन्‍न भने म कसरी तिमीलाई मदत गर्न सक्छु र? खलो वा दाखको कोलबाट कुनै कुरो आउँदैछ र?”
28 Następnie król zapytał ją: Co ci jest? Odpowiedziała: Ta oto kobieta powiedziała mi: Daj swojego syna, abyśmy go zjadły dzisiaj, a jutro zjemy mojego syna.
राजाले निरन्‍रतर बोले, “तिमीलाई के कुराले कष्‍ट दिंदैछ?” त्यसले जवाफ दिई, “यो स्‍त्रीले मलाई भनी, ‘तिम्रो छोरो देऊ ताकि त्‍यसलाई हामी आज खाऊँ र हामी भोली मेरो छोरो खानेछौँ' ।’
29 Ugotowałyśmy więc mojego syna i zjadłyśmy go. Potem powiedziałam jej na drugi dzień: Daj swojego syna, abyśmy go zjadły. Lecz ona ukryła swojego syna.
त्यसैले हामीले मेरो छोरोलाई उसिन्‍यौं र त्‍यसलाई खायौँ, अनि अर्को दिन मैले त्यसलाई भनेँ, ‘तिम्रो छोरो देऊ ताकि त्‍यसलाई हामी खाऊँ,’ तर त्यसले आफ्नो छोरो लुकाएकी छे ।”
30 A gdy król usłyszał słowa tej kobiety, rozdarł swoje szaty. I kiedy przechodził po murze, lud zobaczył, że pod spodem nosił wór na swoim ciele.
जब राजाले त्‍यो स्‍त्रीको कुरा सुने, तब तिनले आफ्ना लुगा च्याते (यति बेला तिनी पर्खालमा हिंडिरहेका थिए), र मानिसहरूले हेरे अनि तिनले कम्‍मरमा भाङ्ग्रा मात्र लगाएको देखे ।
31 Wtedy [król] powiedział: Niech mi to uczyni Bóg i tamto dorzuci, jeśli głowa Elizeusza, syna Szafata, ostoi się na nim dzisiaj.
तब तिनले भने, “आज शाफातका छोरा एलीशाको शिर बाँकी रह्‍यो भने परमेश्‍वरले मलाई पनि यसै र अनि त्योभन्दा बढी गरून् ।”
32 Elizeusz zaś siedział w swoim domu i starsi siedzieli razem z nim. I [król] wysłał przed sobą człowieka. Lecz zanim posłaniec przyszedł do niego, powiedział do starszych: Czy widzicie, że ten syn mordercy posłał, aby mi ucięto głowę? Uważajcie, gdy ten posłaniec przyjdzie, zamknijcie drzwi i zatrzymajcie go przed drzwiami. Czy za nim nie słychać kroków mego pana?
तर एलीशा आफ्नो घरमा बसिरहेका थिए र धर्म-गुरुहरू तिनीसँगै बसिरहेका थिए । राजाले आफ्‍नो अघि एक जना मानिसलाई पठाए तर त्‍यो सन्देशवाहक एलीशाकहाँ आइपुग्‍नु अघि तिनले धर्म-गुरुहरूलाई भने, “हेर्नुहोस्, त्‍यो हत्याराको छोरोले मेरो शिर काट्नलाई कसैलाई पठाएको छ । जब सन्देशवाहक आइपुग्छ तब ढोका थुन्‍नुहोस् र त्यसले ठेल्‍दा थामिराख्‍नुहोस् । के त्यसको पछाडि त्‍यसको मालिकको पाइलाको आवाज आएको छैन र?”
33 A gdy jeszcze z nimi rozmawiał, oto posłaniec przybył do niego i powiedział: To nieszczęście jest od PANA. Czego mam jeszcze oczekiwać od PANA?
तिनीहरूसित तिनले बोल्‍दाबोल्‍दै सन्देशवाहक तिनीकहाँ आयो । राजाले भनेका थिए, “परमप्रभुबाट नै यो समस्‍या आउँछ । अब फेरि मैले किन परमप्रभुको प्रतीक्षा गरिरहने?”

< II Królewska 6 >