< I Samuela 3 >
1 A chłopiec Samuel służył PANU przed Helim. W tych dniach słowo PANA było drogocenne i nie było jawnego widzenia.
बालक शमूएलले एलीको अधीनमा रहेर परमप्रभुको सेवा गरे । ती दिनहरूमा परमप्रभुको वचन दुर्लभ थियो । त्यहाँ कुनै किसिमको नियमित अगमवाणीको दर्शन थिएन ।
2 Pewnego dnia, gdy Heli leżał na swoim miejscu, a jego oczy już zaczęły słabnąć i nie mógł widzieć;
त्यस बेला एलीका आँखाहरू धमिला हुन थालेका हुनाले तिनले राम्ररी नदेख्ने भएर आफ्नै ओछ्यानमा पल्टिरहेका थिए ।
3 A lampa Boża jeszcze nie zgasła w świątyni PANA, gdzie była arka Boga, i Samuel też się położył;
परमेश्वरको बत्ती अझैसम्म निभेको थिएन, र शमूएल परमप्रभुको मन्दिरमा सुत्नलाई पल्टिरहेका थिए, जहाँ परमेश्वरको सन्दुक थियो ।
4 PAN zawołał Samuela, a on odpowiedział: Oto jestem.
परमप्रभुले शमूएललाई बोलाउनुभयो, जसले भने, “म यहाँ छु ।”
5 I przybiegł do Heliego, i powiedział: Oto jestem, gdyż mnie wołałeś. A on odparł: Nie wołałem, wróć i połóż się. Poszedł więc i położył się.
शमूएल कुदेर एलीकहाँ गए र भने, “म यहाँ छु, किनकि तपाईंले मलाई बोलाउनुभयो ।” एलीले भने, “मैले तँलाई बोलाइनँ । फेरि सुत ।” त्यसैले शमूएल गए र सुते ।
6 PAN ponownie zawołał Samuela. I Samuel wstał, poszedł do Heliego i powiedział: Oto jestem, gdyż mnie wołałeś. On [mu] odpowiedział: Nie wołałem, mój synu; wróć i połóż się.
परमप्रभुले फेरि बोलाउनुभयो, “ए शमूएल ।” फेरि शमूएल उठे र एलीकहाँ गए र भने, “म यहाँ छु, किनकि तपाईंले मलाई बोलाउनुभयो । एलीले जवाफ दिए, हे मेरो छोरो, मैले तँलाई बोलाइनँ । फेरि सुत ।”
7 A Samuel jeszcze nie znał PANA i słowo PANA nie zostało mu jeszcze objawione.
अझैसम्म शमूएलसँग परमप्रभुको बारेमा कुनै अनुभव थिएन, न त तिनलाई परमप्रभुको शन्देश कहिल्यै प्रकट गरिएको थियो ।
8 I PAN zawołał Samuela po raz trzeci. Wstał więc, poszedł do Heliego i powiedział: Oto jestem, gdyż mnie wołałeś. Wtedy Heli zrozumiał, że PAN wołał chłopca.
परमप्रभुले शमूएललाई फेरि तेस्रोपल्ट बोलाउनुभयो । फेरि शमूएल उठे र एलीकहाँ गए र भने, “म यहाँ छु, किनकि तपाईंले मलाई बोलाउनुभयो ।” तब परमप्रभुले त्यो केटोलाई बोलाउनुभएको थियो भनी एलीले महसुस गरे ।
9 I Heli powiedział do Samuela: Idź, połóż się, a jeśli cię zawoła, powiedz: Mów, PANIE, bo twój sługa słucha. Samuel poszedł więc i położył się na swoim miejscu.
तब एलीले शमूएललाई भने, “जा र फेरि सुत । उहाँले तँलाई फेरि बोलाउनुभयो भने, तैंले यसो भन्, 'बोल्नुहोस्, हे परमप्रभु, किनकि तपाईंको दासले सुनिरहेको छ' ।” त्यसैले शमूएल गए र फेरि एकपल्ट तिनको आफ्नै ठाउँमा पल्टे ।
10 Potem PAN przyszedł, stanął i zawołał tak jak poprzednio: Samuelu, Samuelu! I Samuel odpowiedział: Mów, bo twój sługa słucha.
परमप्रभु आउनुभयो र खडा हुनुभयो । उहाँले अरू समयमा झैं बोलाउनुभयो, “ए शमूएल, शमूएल ।” तब शमूएलले भने, “बोल्नुहोस्, किनकि तपाईंको दासले सुनिरहेको छ ।”
11 Wtedy PAN powiedział do Samuela: Oto uczynię [taką] rzecz w Izraelu, że każdemu, kto o niej usłyszy, zadzwoni w obu uszach.
परमप्रभुले शमूएललाई भन्नुभयो, “हेर्, म इस्राएलमा केही कुरा गर्न लागेको छु, जुन कुरा सुन्ने हरेकको कान झस्किनेछ ।
12 W tym dniu dokonam na Helim wszystkiego, co mówiłem przeciwko jego domowi, od początku do końca.
त्यस दिन एलीको घरानाको विरुद्ध मैले भनेका हरेक कुरा सुरुदेखि अन्तसम्म नै म पुरा गर्नेछु ।
13 I dałem mu poznać, że osądzę jego dom na wieki za nieprawość, o której wiedział. Jego synowie bowiem postępowali nikczemnie, a on ich nie poskromił.
म उसको घरानाको विरुद्ध सधैंको लागि एकैपल्ट न्याय गर्न लागेको छु भनी मैले उसलाई भनेको छु, किनभने उसका छोराहरूले आफैमाथि सराप ल्याए र उसले तिनीहरूलाई रोकेन ।
14 Dlatego przysiągłem domowi Heliego, że nieprawość domu Heliego nigdy nie będzie oczyszczona [żadną] ofiarą [krwawą] ani ofiarą pokarmową.
यसकारणले गर्दा एलीको घरानाका पापहरू बलिदान वा भेटीद्वारा कहिल्यै पनि प्रायश्चित गरिनेछैन भनी मैले उसको घरनासँग शपथ खाएको छु ।”
15 I Samuel do rana leżał, po czym otworzył drzwi domu PANA. Samuel jednak bał się oznajmić Heliemu o widzeniu.
शमूएल बिहानसम्म नै पल्टिरहे । अनि तिनले परमप्रभुको भवनका ढोकाहरू खोले । तर त्यो दर्शनको बारेमा एलीलाई बताउन शमूएल डराए ।
16 Wtedy Heli zawołał Samuela: Samuelu, synu mój. Ten odpowiedział: Oto jestem.
त्यसपछि एलीले शमूएललाई बोलाए र भने, “ए मेरो छोरो शमूएल ।” शमूएलले भने, “म यहाँ छु ।”
17 I zapytał: Cóż to za słowa, które [PAN] ci powiedział? Nie ukrywaj tego, proszę, przede mną. Niech Bóg tak ci uczyni i tamto dorzuci, jeśli ukryjesz przede mną cokolwiek z tego, co ci powiedział.
तिनले भने, “उहाँले तँलाई भन्नुभएको वचन के थियो? कृपया त्यो मबाट नलुका । उहाँले तँसँग बोल्नुभएका सबै वचनमध्ये तैंले मबाट कुनै पनि कुरा लुकाइस् भने परमेश्वरले तँलाई त्यसै र त्योभन्दा अझ धेरै गर्नुभएको होस् ।”
18 Samuel opowiedział mu więc wszystko i nie ukrył [nic] przed nim. A [on] odparł: To PAN. Niech czyni to, co dobre w jego oczach.
शमूएलले तिनलाई हरेक कुरा बताए । उनले तिनीबाट कुनै पनि कुरा लुकाएनन् । एलीले भने, “उहाँ परमप्रभु हुनुहुन्छ । उहाँलाई जे असल लाग्छ सो गर्नुभएको होस् ।”
19 I Samuel rósł, a PAN był z nim i nie pozwolił upaść na ziemię [żadnemu] z jego słów.
शमूएल बढे र परमप्रभु तिनीसँग हुनुहुन्थ्यो, र उहाँले आफ्नो भविष्यवाणीका वचनहरू कुनै पनि अपूर्ण रहेन ।
20 A cały Izrael od Dan aż do Beer-Szeby poznał, że Samuel stał się wiernym prorokiem PANA.
परमप्रभुको अगमवक्ता हुनलाई शमूएललाई नियुक्त गरिएको कुरा दानदेखि बेर्शेबासम्मका सबै इस्रएलीहरूले थाहा पाए ।
21 PAN zaś ukazywał się znowu w Szilo. PAN bowiem objawił się Samuelowi w Szilo przez słowo PANA.
परमप्रभु फेरि पनि शीलोमा देखा पर्नुभयो, किनभने आफ्नो वचनद्वारा शीलोमा शमूएलकहाँ उहाँ प्रकट हुनुभयो ।