< I Samuela 18 >
1 Kiedy przestał rozmawiać z Saulem, dusza Jonatana związała się z duszą Dawida i Jonatan umiłował go jak własną duszę.
जब तिनले शाऊलसँग कुरा गरिसकेका थिए, तब जोनाथनको प्राण दाऊदको प्राणसँग बाँधियो र जोनाथनले तिनलाई आफ्नै प्राणलाई झैं प्रेम गरे ।
2 I Saul wziął go tego dnia, i nie pozwolił mu wrócić do domu swego ojca.
त्यस दिन शाऊलले दाऊदलाई आफ्नो सेवामा लिए । उनले तिनलाई आफ्नो बुबाको घरमा फर्कन दिएनन् ।
3 A Jonatan zawarł z Dawidem przymierze, bo miłował go jak własną duszę.
तब जोनाथन र दाऊदले मित्रताको करार बाँधे, किनभने जोनाथनले तिनलाई आफ्नै प्राणलाई झैं प्रेम गरे ।
4 Jonatan zdjął płaszcz, który miał na sobie, dał go Dawidowi, podobnie jak swoje szaty – aż do miecza, łuku i pasa.
जोनाथनले आफूले लगाइरहेका पोशाक फुकाले र आफ्नो हतियार, तरवार, धनु र पेटी सहित त्यो तिनले दाऊदलाई दिए ।
5 I Dawid wyruszał, dokądkolwiek Saul go posyłał, i postępował roztropnie. Saul ustanowił go więc nad wojownikami, a on zyskał przychylność w oczach całego ludu, a także w oczach sług Saula.
शाऊलले जहाँ पठाए पनि दाऊद जान्थे, र तिनी सफल भए । शाऊलले तिनलाई युद्ध गर्ने मानिसहरूको उच्च पदमा स्थापित गरे । सबै मानिसहरू र शाऊलका सेवकहरूकै दृष्टिमा पनि यो कुरा असलै लाग्यो ।
6 A gdy wracali, a Dawid [też] wracał po zabiciu Filistyna, kobiety ze wszystkich miast Izraela wyszły na spotkanie królowi Saulowi ze śpiewem, pląsami i radością – z bębnami i gęślami.
जब तिनीहरू पलिश्तीहरूलाई पराजित गरेर आए, तब इस्राएलका सहरहरूबाट स्त्रीहरू खैंजडी र अन्य साङ्गितिक साधनहरूसँगै आनन्द साथ गाउँदै र चाँच्दै निस्के शाऊल राजालाई भेट्न आए ।
7 Kobiety śpiewały na przemian, grały i mówiły: Saul pobił swoje tysiące, ale Dawid swoich dziesiątki tysięcy.
ती स्त्रीहरूले संगीतका साधनहरू बजाउँदै एकसाथ गीतहरू गाए । तिनीहरूले यसरी गाएः “शाऊलले हजारौंलाई मारेका छन् र दाऊदले दसौं हजारलाई मारेका छन् ।”
8 I Saul bardzo się rozgniewał, gdyż nie podobały mu się te słowa. Powiedział: Przyznali Dawidowi dziesiątki tysięcy, a mnie przyznali [tylko] tysiące. Czego mu brak? Tylko królestwa.
शाऊल रिसले चुर भए र यो गितले तिनलाई अप्रसन्न बनायो । तिनलेल भने, “तिनीहरूले दाऊदलाई दसौं हजारको श्रेय दिए, तर तिनीहरूले मलाई भने हजारौं मात्रको श्रेय दिए । राजाको दर्जाबाहेक अब अरू बढी उसले के पाउनु छ र?”
9 Od tego dnia Saul nieprzychylnie patrzył na Dawida.
शाऊलले त्यस दिनदेखि दाऊदलाई शंकाको दृष्टिे हेरे ।
10 Następnego dnia zły duch od Boga zstąpił na Saula i on prorokował pośrodku domu, a Dawid grał swą ręką [melodię] – jak przedtem. Saul zaś trzymał w ręku włócznię.
भोलि पल्ट शाऊलमा परमेश्वरबाटको हानिकारक आत्मा आयो र तिनले घरभित्र नै अगमवाणी बोले । त्यसैले दाऊदले हरेक दिन गरेझैं आफ्नो सङ्गीतको साधन बजाए । शाऊलको हातमा भाला थियो ।
11 I Saul rzucił włócznię, bo myślał: Przybiję Dawida do ściany. Lecz Dawid dwukrotnie się przed nim uchylił.
शाऊलले भाला हाने, किनकि तिनले सोचे, “म दाऊदलाई भित्तामा छेडिदिन्छु ।” तर त्यो दिन दाऊद दुईपल्ट यसरी नै शाऊलको उपस्थितिबाट उम्के ।
12 I Saul [zaczął] bać się Dawida, ponieważ PAN był z nim, a od Saula odstąpił.
परमप्रभु दाऊदसँग हुनुहुन्थ्यो, तर शाऊलसँग फेरि हुनुभएन, यसैले शाऊल तिनीसँग डराए ।
13 Saul oddalił go więc od siebie i uczynił go dowódcą nad tysiącem, a on wyruszał i powracał przed ludem.
त्यसैले शाऊलले तिनलाई आफ्नो उपस्थितिबाट हटाए र तिनलाई हजारको कमाण्डरमा नियुक्त गरे । यसरी दाऊद बाहिर निस्के र मानिसहरूको सामु आए ।
14 We wszystkich swoich drogach Dawid postępował roztropnie, gdyż PAN [był] z nim.
दाऊद आफ्ना मार्गमा सफलता पाए, किनभने परमप्रभु तिनीसँग हुनुहुन्थ्यो ।
15 Gdy Saul widział, że tak bardzo roztropnie postępuje, bał się go.
जब शाऊलले तिनको फलिफाप भएको देखे, तब उनलाई तिनको डर भयो ।
16 Lecz cały Izrael i Juda kochali Dawida, bo on wyruszał i powracał przed nimi.
तर सारा इस्राएल र यहूदाले दाऊदलाई प्रेम गरे, किनभने उनीहरूका सामु तिनी भित्र-बाहिर गर्थे ।
17 I Saul powiedział do Dawida: Oto moja najstarsza córka Merab. Dam ci ją za żonę, tylko bądź dla mnie dzielnym mężem i prowadź wojny PANA. Saul bowiem mówił sobie [tak]: Niech moja ręka go nie dosięgnie, ale niech go dosięgnie ręka Filistynów.
तब शाऊलले दाऊदलाई भने, “मेरी जेठी छोरी मेराब यहाँ छिन् । तिनलाई म तिम्रो पत्नी हुनलाई दिनेछु । मेरो निम्ति मात्र साहसी हुनु र परमप्रभुको युद्ध लड्नुपर्छ ।” किनकि शाऊलले सोचे, “तिनीमाथि मेरो हात नपरोस्, तर तिनीमाथि पलिश्तीहरूको हात परोस् ।”
18 Wtedy Dawid powiedział do Saula: Kim jestem i czym jest moje życie [lub] rodzina mojego ojca w Izraelu, żebym miał zostać zięciem króla?
दाऊदले शाऊललाई भने, “म राजाको ज्वाइँ बन्न, म को हुँ र मेरा नातेदारहरू वा इस्राएलमा मेरो बुबाको कुल को हो र?”
19 Gdy jednak przyszedł czas oddania Dawidowi córki Saula, Merab, oddano ją za żonę Adrielowi z Mecholi.
तर शाऊलकी छोरी मेराबलाई दाऊदलाई पत्नीको रूपमा दिने बेलामा, तिनलाई महोलाको अद्रिएलको पत्नीको रूपमा दिइयो ।
20 Ale Mikal, córka Saula, pokochała Dawida. Gdy więc doniesiono o tym Saulowi, spodobało mu się [to].
तर शाऊलकी छोरी मीकलले दाऊदलाई प्रेम गर्थिन् । तिनीहरूलले दाऊदलाई भने र यो कुराले तिनी खुसी भए ।
21 I Saul powiedział: Dam mu ją, aby była dla niego sidłem i aby ręka Filistynów była na nim. Powiedział więc Saul do Dawida: Zostaniesz dzisiaj moim zięciem z moją drugą [córką].
तब शाऊलले सोचे, “दाऊदसँग म त्यसकै विवाह गरिदिनेछु, ताकि त्यसको निम्ति यो एउटा पासो होस् र पलिश्तीहरूका हात उसको विरुद्धमा परोस् ।” यसरी शाऊलले दाऊदलाई दोस्रोपल्ट यसो भने, “तिमी मेरो ज्वाइँ हुनेछौ ।”
22 Wtedy Saul nakazał swoim sługom: Powiedzcie do Dawida w tajemnicy: Oto król ma w tobie upodobanie i wszyscy jego słudzy kochają cię. Zostań więc teraz zięciem króla.
शाऊललले आफ्ना सेवकहरूलाई आज्ञा दिए, “दाऊदसँग गोप्यमा कुरा गर र यसो भन, 'हेर, राजा तिमीसँग खुसी हुनुहुन्छ, र उनका सबै सेवकहरूले तपाईंलाई मन पराउँछन् । त्यसो हो भने, अब राजाको ज्वाइँ हुनुहोस्' ।”
23 Słudzy Saula powtórzyli te słowa do uszu Dawida, a Dawid odpowiedział: Czy wam się wydaje, że to błaha rzecz być zięciem króla? Jestem przecież człowiekiem ubogim i mało znaczącym.
त्यसैले शाऊलका सेवकहरूले यी कुराहरू दाऊदलाई भने । तब दाऊदले भने, “के राजाको ज्वाइँ हुनु तपाईंहरूका निम्ति सानो कुरा हो, किनकि म त गरीब र तुच्छ मानिस हुँ?”
24 Wtedy słudzy Saula oznajmili mu: Tak powiedział Dawid.
शाऊलका सेवहरूले दाऊदले भनेका यी कुराहरू उनलाई बताए ।
25 Saul odpowiedział: Tak powiedzcie Dawidowi: Król nie chce innego wiana jak tylko sto napletków filistyńskich, aby się pomścić na swoich wrogach. Saul planował bowiem, że Dawid wpadnie w ręce Filistynów.
त्यसपछि शाऊलले भने, “दाऊदलाई यसो भन, 'राजाले आफ्ना शत्रुहरूमाथि बद्ला लिनलाई दुलहीको मूल्य पलिश्तीहरूको सयवटा खलडीबाहेक कुनै कुरा चाहनुहुन्न' ।” दाऊद पलिश्तीहरूको हातबाट मरून् भन्ने शाऊलको विचार थियो ।
26 Gdy jego słudzy powtórzyli te słowa Dawidowi, spodobało się to Dawidowi, że ma zostać zięciem króla. A te dni jeszcze się nie wypełniły.
जब तिनका सेवकहरूले दाऊदलाई यी कुराहरू बताए, तब दाऊद राजाको ज्वाइँ हुन राजी भए ।
27 Wstał więc Dawid i poszedł, on i jego ludzie, i zabił spośród Filistynów dwustu mężczyzn. Potem Dawid przyniósł ich napletki i oddał je w pełnej liczbie królowi, aby zostać zięciem króla. I Saul dał mu swą córkę Mikal za żonę.
ती दिन सिद्धिनअगि नै, दाऊद आफ्ना मानिसहरूसँग गए र दुई सय जना पलिश्तीहरूलाई मारे । दाऊदले तिनीहरूका खलडी ल्याए र तिनीहरूले राजालाई त्यो पूर्ण संख्यामा दिए, ताकि तिनी राजाका ज्वाइँ हुन सकून् । त्यसैले शाऊलले तिनकी छोरी मीकललाई उनको पत्नी हुनलाई दिए ।
28 A gdy Saul zobaczył i przekonał się, że PAN jest z Dawidem i że jego córka Mikal go kocha;
परमप्रभु दाऊदसँग हुनुभएको र शाऊलकी छोरी मीकलले तिनलाई प्रेम गरेको जब शाऊलले देखे र थाहा पाए,
29 Tym bardziej Saul obawiał się Dawida. I Saul stał się wrogiem Dawida na zawsze.
तब दाऊदसँग शाऊल झन् धेरै डराए । शाऊल निरन्तर रूपमा दाऊदका शत्रु भए ।
30 A książęta Filistynów robili wypady. A przy każdym ich wypadzie Dawid postępował roztropniej niż wszyscy słudzy Saula, tak że jego imię stało się bardzo sławne.
त्यसपछि पलिश्तीहरूका शासकहरू युद्ध गर्न आए र तिनीहरू जति पटक युद्ध गर्न आए पनि दाऊदचाहिं तिनीहरूमाथि शाऊलका अन्य सेवकहरूभन्दा धेरै सफल भए, जसले गर्दा तिनको नाउँको उच्च कदर गरिएको थियो ।