< I Kronik 12 >
1 Oto ci, którzy przyszli do Dawida w Siklag, gdy ukrywał się przed Saulem, synem Kisza. Należeli oni do dzielnych wojowników, którzy wspierali go w walce.
कीशका छोरा शाऊलको उपस्थितिबाट दाऊद निकाला भएकै अवस्थामा सिक्लगमा यी मानिसहरू तिनीकहाँ आए । यिनीहरू युद्ध तिनलाई सहयोग गर्ने सिपाहीहरू थिए ।
2 Byli uzbrojeni w łuki i [potrafili] prawą i lewą ręką [miotać] kamieniami i strzelać z łuku, [a wywodzili się] z braci Saula, z Beniamina.
यिनीहरू धनुहरू बोक्थे, अनि घुयेंत्रोले ढुङ्गा हान्न र धनुबाट काँड हान्न दाहिने र देब्रे दुवै हात चलाउन सक्थे । यिनीहरू शाऊलका कुल बेन्यामीनका थिए ।
3 Naczelnikiem [był] Achiezer, potem Joasz, synowie Szemajasza Gibeatczyka, Jezjel i Pelet, synowie Azmaweta, Beraka i Jehu Anatotczyk;
तिनीहरूका प्रधान अहीएजेर त्यसपछि योआश, दुवै जना गिबियाती शेमाहका छोराहरू थिए । अज्मावेतका छोराहरू यजीएल र पलेत थिए । बराकाह, अनातोती येहू,
4 I Jiszmaja Gibeonita, dzielny wojownik spośród trzydziestu i dowodzący trzydziestoma, Jeremiasz, Jachaziel, Jochanan i Jozabad Gederatyta;
गिबोनी यिश्मायाह, जो तिस जनामध्येका एक सिपाही थिए (र तिस जनाका कमाण्डर थिए), यर्मिया, यहासेल, योहानान र गदेराती योजाबाद,
5 Eluzaj, Jerimot, Bealiasz, Szemariasz i Szefatiasz Charufita;
एलूजै, यरीमोत, बाल्याह, शमरयाह, हारूपी शपत्याह,
6 Elkana, Jiszijasz, Azareel, Joezer i Jaszobam – Korachici;
कोरहवंशी एल्काना, यिश्याह, अज्रेल, योएजेर र याशोबाम,
7 Joela i Zebadiasz, synowie Jerochama z Gedoru.
गदोरका यरोहामका छोराहरू योएलह र जबदियाह थिए ।
8 Z [pokolenia] Gada w warowni na pustyni do Dawida przyłączyli się dzielni wojownicy, żołnierze sprawni w boju, noszący tarczę i dzidę, ich twarze [były] jak twarze lwów, a [byli] zwinni jak sarny w górach;
कोही गादीहरू पनि उजाड-स्थानको किल्लामा दाऊदसँग सहभागी भए । तिनीहरू युद्धका निम्ति तालिमप्राप्त योद्धाहरू थिए, जसले ढाल र भाला चलाउन सक्थे, जसका अनुहारहरू सिंहका अनुहारहरूजस्तै डरलाग्दा थिए । तिनीहरू पहाडहरूमा हरिणझैं तेजिला थिए ।
9 Ezer pierwszy, Obadiasz drugi, Eliab trzeci;
एसेर तिनीहरूका अगुवा थिए, दोस्रा ओबदिया, तेस्रा एलिआब,
10 Miszmanna czwarty, Jeremiasz piąty;
चौथा मिश्मन्ना, पाँचौं यर्मिया,
11 Attaj szósty, Eliel siódmy;
छैटौं अत्तै, सातौं एलीएल,
12 Jochanan ósmy, Elzabad dziewiąty;
आठौं योहानान, नवौं एल्जाबाद,
13 Jeremiasz dziesiąty, Makbanaj jedenasty.
दशौं यर्मिया र एघारौं मकबन्ने थिए ।
14 [Wywodzili się] oni z synów Gada, dowódcy wojska: najmniejszy był nad stu, a największy – nad tysiącem.
गादका यी छोराहरू सेनाका अगुवाहरू थिए । तल्लो दर्जाले सय जना र माथिल्लो दर्जाले हजार जनाको नेतृत्व गरे ।
15 To są ci, którzy przeszli przez Jordan w pierwszym miesiącu, kiedy wylał na wszystkie brzegi, i zmusili do ucieczki wszystkich [mieszkańców] dolin na wschód i na zachód.
पहिलो महिनामा बढीले किनारै ढाकेको बेलामा यिनीहरूले यर्दन तरे, अनि उपत्यकाको पूर्व र पश्चिम दुवैतर्फ बस्ने सबैलाई लखेटे ।
16 Do warowni do Dawida przyszli także [niektórzy] z synów Beniamina i Judy.
बेन्यामीन र यहूदाका केही मानिसहरू दाऊदकहाँ किल्लामा आए ।
17 I Dawid wyszedł naprzeciw nich, i odpowiedział: Jeśli przyszliście do mnie w pokoju, aby mi pomóc, moje serce połączy się z wami. Lecz jeśli [przyszliście], aby mnie wydać moim wrogom, choć moje ręce są wolne od nieprawości, niech wejrzy w to Bóg naszych ojców i niech osądzi.
तिनीहरूलाई भेट्न दाऊद बाहिर निस्केर गए र यसो भनेर सम्बोधन गरे, “तिमीहरू मकहाँ शान्तिमा मलाई सहायता गर्न आएका हौ भने, तिमीहरू मसित सहभागी हुन सक्छौ । तर धोकाबाजी गरेर मेरा शत्रुहरूका हातमा मलाई सुम्पिदिन तिमीहरू आएका हौ भने, हाम्रा पुर्खाहरूका परमेश्वरले हेर्नुहुन्छ र तिमीहरूलाई हप्काउनुहुन्छ, किनकि मैले कुनै खराबी गरेको छैन ।”
18 Wtedy Duch ogarnął Amasaja, naczelnika dowódców, [i powiedział]: Jesteśmy twoi, Dawidzie, i [jesteśmy] z tobą, synu Jessego. Pokój, pokój tobie i pokój twoim pomocnikom! Gdyż tobie pomaga twój Bóg. Dawid więc przyjął ich i ustanowił dowódcami oddziałów.
तब अमासैमा आत्मा आउनुभयो, जो ती तिस जनामध्येका अगुवा थिए । अमासैले भने, “ए दाऊद, हामी तपाईंका हौं । ए यिशैका छोरा, हामी तपाईंको पक्षमा छौं । तपाईंलाई सहायता गर्ने जोसुकैमा शान्ति होस् । तपाईंका सहयोगीहरूमा शान्ति होस्, किनकि तपाईंका परमेश्वरले तपाईंलाई सहायता गरिरहनुभएको छ ।” तब दाऊदले तिनीहरूलाई ग्रहण गरे र आफ्ना मानिसहरूका कमाण्डरहरू तुल्याए ।
19 [Z pokolenia] Manassesa niektórzy przyłączyli się do Dawida, gdy wyruszył z Filistynami na wojnę przeciwko Saulowi. Lecz nie pomogli im, gdyż książęta Filistynów po naradzie odesłali go, mówiąc: Ten za cenę naszych głów wróci do swego pana Saula.
पलिश्तीहरूसँग मिलेर दाऊदले शाऊलको विरुद्ध लड्न जाँदा, मनश्शेका केही मानिसहरूसमेत दाऊदतर्फ लागे । तापनि तिनीहरूले पलिश्तीहरूलाई मदत गरेनन्, किनभने पलिश्तीहरूका शासकहरूले एकआपसमा सल्लाह गरे र दाऊदलाई फर्काइदिए । तिनीहरूले भने, “हाम्रो जीवन जोखिमपूर्ण हुँदा तिनले आफ्ना मालिक शाऊलको साथ दिएर हामीलाई त्याग्नेछन् ।”
20 Gdy szedł do Siklag, przyłączyli się do niego z Manassesa: Adnach, Jozabad, Jediael, Mikael, Jozabad, Elihu i Silletaj, dowódcy nad tysiącami w [pokoleniu] Manassesa.
तिनी सिक्लगमा जाँदा तिनीतर्फ लागेर आउने मनश्शेका मानिसहरू अदनाह, योजाबाद, येदीएल, मिखाएल, योजाबाद, एलीहू र सिल्लतै थिए । यि मनश्शेका हजार-हजार जनाका सेनानीहरू थिए ।
21 Oni to pomogli Dawidowi przeciw bandzie, bo byli wszyscy dzielnymi wojownikami i dowódcami wojska.
यिनीहरूले नै लूटपीट गर्नेहरूका विरुद्धमा वीरतासँग दाऊदका साथ दिए, किनकि तिनीहरू योद्धाहरू थिए । पछि तिनीहरू सेनाका कमाण्डरहरू भए ।
22 W tym czasie dzień za dniem [ludzie] przybywali do Dawida, aby mu pomagać, aż [powstało] wielkie wojsko jak wojsko Boże.
परमेश्वरको सेनाजस्तै ठूलो दाऊदको सेना नहुन्जेल दिनदिनै तिनलाई सहायता गर्न मानिसहरू तिनीकहाँ आए ।
23 A oto liczba oddziałów gotowych do boju, [które] przyszły do Dawida w Hebronie, aby przenieść na niego królestwo Saula zgodnie ze słowem PANA.
शाऊलको राज्याधिकार दाऊदलाई दिएर परमप्रभुको वचन पूरा गर्नलाई हतियारले सुसज्जित भएर हेब्रोनमा दाऊदसँग मिल्न आएका सिपाहीहरूका सूचीको लेख यही हो ।
24 Z synów Judy, noszących tarczę i włócznię, sześć tysięcy ośmiuset uzbrojonych do boju.
ढाल बोक्ने र भाला चलाउने यहूदाबाट ६,८०० जना हतियारले सुसज्जितहरू थिए ।
25 Z synów Symeona, dzielnych wojowników na wojnę, siedem tysięcy stu.
शिमियोनबाट लडाइँ गर्न सक्ने ७,१०० योद्धाहरू थिए ।
26 Z synów Lewiego cztery tysiące sześciuset.
लेवीहरूबाट लडाइँ गर्न सक्ने ४,६०० योद्धाहरू थिए ।
27 [Także] Jehojada, przywódca [synów] Aarona, a z nim trzy tysiące siedmiuset.
तीबाहेक हारूनको घरानाका मुखिया यहोयादाको साथमा ३,७०० मानिसहरू थिए ।
28 I Sadok, młody, dzielny wojownik [wraz z] domem swego ojca – dwudziestu dwóch dowódców.
अनि एक जना जवान, बलियो र साहसी मानिस सादोकको साथमा उसका आफ्नै बाबुका परिवारका बाईस जना अगुवा थिए ।
29 Z synów Beniamina, braci Saula, trzy tysiące. Dotąd bowiem większość z nich pozostawała w służbie domu Saula.
शाऊलका कुल बेन्यामीनबाट तिन हजार जना थिए । तिमध्येका धेरैजसो त्यस बेलासम्म शाऊलप्रति निष्ठावान् थिए ।
30 Z synów Efraima dwadzieścia tysięcy ośmiuset dzielnych wojowników, ludzi sławnych w domach swych ojców.
एफ्राइमबाट मानिसहरूबाट २०,८०० यद्धाहरू, जो आफ्ना पिताका परिवारमा प्रसिद्ध थिए ।
31 Z połowy pokolenia Manassesa osiemnaście tysięcy, którzy imiennie zostali wyznaczeni, aby przyjść i ustanowić Dawida królem.
मनश्शेबाट आधा कुलका १८,००० प्रख्यात मानिसहरू दाऊदलाई राजा बनाउनलाई आए ।
32 Z synów Issachara, umiejących rozpoznać czasy, tak że wiedzieli, co Izrael ma czynić – dwustu naczelników, a wszyscy ich bracia stawali na ich rozkazy.
इस्साखारबाट २०० जना अगुवाहरू जो समयलाई बुझ्दथे र इस्राएलले के गर्नुपर्छ सो जान्दथे । तिनीहरूका सबै आफन्त तिनीहरूका अधीनमा थिए ।
33 [Z pokolenia] Zebulona [tych], którzy wychodzili na wojnę, wyćwiczonych w walce wszelką bronią wojenną – pięćdziesiąt tysięcy stających w szyku bojowym i niemających dwoistego serca.
जबूलूनबाट सबै किसिमका हतियारसहित लडाइँको निम्ति तयार भएका र एकचित्त किसिमले निष्ठावान् हुन तयार ५०,००० योद्धाहरू थिए ।
34 Z [pokolenia] Neftalego – tysiąc dowódców, a z nimi trzydzieści siedem tysięcy [uzbrojonych] w tarcze i włócznie.
नप्तालीबाट १,००० अधिकारीहरू, र तिनीहरूका साथमा ढाल र भाला बोक्ने ३७,००० मानिसहरू थिए ।
35 Z [pokolenia] Dana gotowych do boju było dwadzieścia osiem tysięcy sześciuset [mężczyzn].
दानबाट लडाइँको निम्ति तयार भएका २८,६०० मानिसहरू थिए ।
36 Z [pokolenia] Aszera tych, którzy wychodzili na wojnę, wyćwiczonych w walce – czterdzieści tysięcy.
आशेरबाट लडाइँको निम्ति तयार भएका ४०,००० योद्धाहरू थिए ।
37 Z drugiej strony Jordanu z [pokolenia] Rubena i Gada oraz z połowy pokolenia Manassesa w pełnym uzbrojeniu wojennym – sto dwadzieścia tysięcy [mężczyzn].
यर्दन अर्को पट्टिका रूबेन, गाद र मनश्शेको आधा कुलबाट युद्धको निम्ति सबै किसिमका हतियारले सुसज्जित भएका १,२०,००० मानिसहरू थिए ।
38 Ci wszyscy wojownicy, którzy stawali w szyku bojowym, całym sercem przyszli do Hebronu, aby ustanowić Dawida królem nad całym Izraelem. Również i cała reszta Izraela [była] jednomyślna w tym, aby ustanowić Dawida królem.
युद्धको निम्ति सुसज्जित यी सबै योद्धाहरू दाऊदलाई सारा इस्राएलमाथि राजा बनाउने दृढ़ सङ्कल्प गरेर हेब्रोनमा आए । इस्राएलका बाँकी सबै पनि दाऊदलाई राजा बनाउनलाई सहमत भए ।
39 I byli tam z Dawidem przez trzy dni, jedząc i pijąc, gdyż ich bracia przygotowali to dla nich.
तिनीहरूले त्यहाँ खाँदै र पिउँदै तिन दिनसम्म दाऊदसँग बिताए, किनकि तिनीहरूका आफन्तहरूले तिनीहरूका निम्ति खानपानको बन्दोबस्त गरेर पठाएका थिए ।
40 Również ci, którzy byli w ich pobliżu, aż po Issachara i Zebulona, i Neftalego, przynosili żywność na osłach, na wielbłądach, na mułach i na wołach: potrawy, mąkę, figi, rodzynki, wino, oliwę oraz woły i owce w wielkiej ilości, bo zapanowała radość w Izraelu.
यसबाहेक, तिनीहरूका नजिक हुनेहरू, इस्साखार, जबूलून र नप्तालीसम्मले गधा, ऊँट, खच्चर र गोरुहरूमा खानेकुरा र नेभाराका डल्ला, किसमिसका झुप्पा, दाखमद्य, तेल, गाई-गोरुहरू, भेडाहरू ल्याए, किनकि इस्राएलले उत्सव मनाउँदै थियो ।