< Psalmów 99 >
1 Pan króluje, niechże zadrżą narody; siedzi między Cherubinami, niechże się poruszy ziemia.
परमप्रभुले राज्य गर्नुहुन्छ । जातिहरू थरथर होऊन् । उहाँ करूबहरूमाथि विराजमान हुनुहुन्छ । पृथ्वी थरथराओस् ।
2 Pan na Syonie wielki, a wywyższony nad wszystkie narody.
परमप्रभु सियोनमा महान् हुनुहुन्छ । उहाँ सबै जातिभन्दा माथि उचालिनुभएको छ ।
3 Niech wysławiają imię twoje wielkie i straszne; albowiem święte jest.
तिनीहरूले तपाईंको महान् र भयङ्कर नाउँको स्तुति गरून् । उहाँ पवित्र हुनुहुन्छ ।
4 Moc zaiste królewska miłuje sąd; albowiemeś ty ustanowił prawa; sąd i sprawiedliwość w Jakóbie ty wykonujesz.
राजा शक्तिशाली हुनुहुन्छ र उहाँले न्यायलाई प्रेम गर्नुहुन्छ । तपाईंले निश्पक्षता स्थापित गर्नुभएको छ । तपाईंले याकूबमा धार्मिकता र न्याय गर्नुभएको छ ।
5 Wywyższajcie Pana, Boga naszego, a kłaniajcie się u podnóżka nóg jego; bo święty jest.
परमप्रभु हाम्रा परमेश्वरको स्तुति गर र उहाँको पाउदानमा आराधना गर । उहाँ पवित्र हुनुहुन्छ ।
6 Mojżesz i Aaron między kapłanami jego, a Samuel między wzywającymi imienia jego, wołali do Pana, a on ich wysłuchał.
मोशा र हारून उहाँका पुजारीमध्येका थिए, र शमूएल उहाँको नाउँ पुकारा गर्नेहरूमध्येका थिए । तिनीहरू परमप्रभुलाई पुकारा गरे र उहाँले तिनीहरूलाई जवाफ दिनुभयो ।
7 W słupie obłokowym mówił do nich; a gdy strzegli świadectw jego i ustaw, które im podał,
उहाँ तिनीहरूसँग बादलको खामोबाट बोल्नुभयो । उहाँले तिनीहरूलाई दिनुभएको उहाँका महत्त्वपूर्ण आज्ञाहरू र विधिहरू तिनीहरूले पालन गरे ।
8 Panie, Boże nasz! tyś ich wysłuchiwał; Boże! bywałeś im miłościwym, i gdyś ich karał dla występków ich.
हे परमप्रभु हाम्रा परमेश्वर, तपाईंले तिनीहरूलाई जवाफ दिनुभयो । तपाईं तिनीहरूको निम्ति क्षमा दिनुहुने परमेश्वर हुनुहुन्थ्यो, तर जसले तिनीहरूका पापपूर्ण कामहरूलाई दण्ड दिनुभयो ।
9 Wywyższajcie Pana, Boga naszego, a kłaniajcie się na górze świętej jego; albowiem święty jest Pan, Bóg nasz.
परमप्रभु हाम्रा परमेश्वरको स्तुति गर र उहाँको पवित्र पर्वतमा आराधना गर, किनकि परमप्रभु हाम्रा परमेश्वर पवित्र हुनुहुन्छ ।