< Psalmów 29 >
1 Psalm Dawidowy. Oddawajcie Panu synowie mocarzów, oddawajcie Panu chwałę i moc.
दावीदको भजन। हे स्वर्गदूतहरू हो, याहवेहको गुणगान गर। याहवेहलाई महिमा र शक्तिको श्रेय देओ।
2 Oddawajcie Panu chwałę imienia jego; kłaniajcie się Panu w ozdobie świętobliwości.
याहवेहलाई उहाँको नाम अनुसारको महिमा देओ; याहवेहलाई उहाँको पवित्रतामा सुशोभित भएर आराधना गर।
3 Głos Pański nad wodami; Bóg chwalebny wzbudza gromy, Pan nad wodami wielkiemi.
याहवेहको आवाज पानीहरूमाथि प्रतिध्वनि हुँदछ; महिमाका परमेश्वर गर्जनुहुन्छ; याहवेह शक्तिशाली पानीहरूमाथि गर्जनुहुन्छ।
4 Głos Pański mocny, głos Pański wielmożny,
याहवेहको आवाज शक्तिशाली छ; याहवेहको आवाज प्रतापी छ।
5 Głos Pański cedry łamie; kruszy Pan cedry Libańskie,
याहवेहको आवाजले देवदारुका काठहरू भाँचिन्छन्; याहवेहले लेबनानका देवदारुका काठहरूलाई टुक्रा-टुक्रा पारिदिनुहुन्छ।
6 I czyni, że skaczą jako cielęta; Liban i Syryjon jako młody jednorożec.
उहाँले लेबनानलाई एउटा बाछाझैँ, र सिरिओनलाई जवान जङ्गली साँढेझैँ उफ्रन लगाउनुहुन्छ।
7 Głos Pański krzesze płomień ognisty.
याहवेहको आवाजले बिजुलीका चमकझैँ प्रहार गर्छ।
8 Na głos Pański z bólem pustynia rodzą; z bólem rodzi na głos Pański pustynai Kades.
याहवेहको आवाजले मरुभूमिलाई हल्लाउँदछ; याहवेहले कादेशको मरुभूमिलाई थर्कमान पार्नुहुन्छ।
9 Na głos Pański z bólem rodzą łanie, i odkrywają się lasy; ale w kościele swym opowiada wszystkę chwałę swoję.
याहवेहको आवाजले फलाँटका रूखहरूलाई बङ्ग्याइदिन्छ, र जङ्गललाई लाछलुछ पारेर उजाड पारिदिन्छ। उहाँको भवनमा सबै जना “महिमा!” भन्दै कराउँछन्।
10 Pan nad potopem siedział, i będzie siedział Pan, będąc królem na wieki.
याहवेह बाढी माथिको सिंहासनमा विराजमान हुनुहुन्छ; याहवेह राजा भई सदासर्वदै सिंहासनमा विराजमान हुनुहुन्छ।
11 Pan doda mocy ludowi swojemu; Pan będzie błogosławił ludowi swemu w pokoju.
याहवेहले आफ्ना मानिसहरूलाई शक्ति प्रदान गर्नुहुन्छ; याहवेहले आफ्ना मानिसहरूलाई शान्तिको आशिष् दिनुहुन्छ।