< Psalmów 29 >

1 Psalm Dawidowy. Oddawajcie Panu synowie mocarzów, oddawajcie Panu chwałę i moc.
ए परमेश्‍वरका छोराहरू हो, परमप्रभुलाई श्रेय देओ, महिमा र बलको श्रेय परमप्रभुलाई देओ ।
2 Oddawajcie Panu chwałę imienia jego; kłaniajcie się Panu w ozdobie świętobliwości.
परमप्रभुलाई उहाँको नाउँ सुहाउँदो महिमाको श्रेय देओ । पवित्रतामा सुहाउँदो भएर परमप्रभुलाई दण्डत गर ।
3 Głos Pański nad wodami; Bóg chwalebny wzbudza gromy, Pan nad wodami wielkiemi.
परमप्रभुको सोर पानीहरूमाथि सुनिन्छ । महिमाको परमेश्‍वर गर्जनुहुन्छ । परमप्रभु धेरै पानीहरूमाथि गर्जनुहुन्छ ।
4 Głos Pański mocny, głos Pański wielmożny,
परमप्रभुको सोर शक्तिशाली छ । परमप्रभुको सोर महिमित छ ।
5 Głos Pański cedry łamie; kruszy Pan cedry Libańskie,
परमप्रभुको सोरले देवदारुहरूलाई भाँचिदिन्‍छ । परमप्रभुले लेबनानका देवदारुहरूलाई टुक्रा-टुक्रा पार्नुहुन्छ ।
6 I czyni, że skaczą jako cielęta; Liban i Syryjon jako młody jednorożec.
उहाँले लेबनानलाई बाछोझैं र सिरिओनलाई जवान गोरुझैं उफ्रन लगाउनुहुन्छ ।
7 Głos Pański krzesze płomień ognisty.
परमप्रभुको सोरले आगोको ज्वालाहरू पठाउँछ ।
8 Na głos Pański z bólem pustynia rodzą; z bólem rodzi na głos Pański pustynai Kades.
परमप्रभुको सोरले उजाड-स्‍थानलाई हल्लाउँछ । परमप्रभुले कादेशको उजाड-स्‍थानलाई थर्कमान पार्नुहुन्छ ।
9 Na głos Pański z bólem rodzą łanie, i odkrywają się lasy; ale w kościele swym opowiada wszystkę chwałę swoję.
परमप्रभुको सोरले फलाँटका रूखहरूलाई बङ्ग्याउँछ, र वनहरूलाई उखेलेर उजाड पार्छ । उहाँको मन्दिरमा हुने हरेकले भन्छ, “महिमा!”
10 Pan nad potopem siedział, i będzie siedział Pan, będąc królem na wieki.
परमप्रभु बाढीमाथि राजाको रूपमा विराजमान हुनुहुन्छ । परमप्रभु सदासर्वदा राजाको रूपमा विराजमान हुनुहुन्छ ।
11 Pan doda mocy ludowi swojemu; Pan będzie błogosławił ludowi swemu w pokoju.
परमप्रभुले आफ्ना मानिसहरूलाई बल दिनुहुन्छ । परमप्रभुले आफ्ना मानिसहरूलाई मिलापले आशिष्‌ ‌‌दिनुहुन्छ ।

< Psalmów 29 >