< Psalmów 147 >
1 Chwalcie Pana; albowiem dobra rzecz jest, śpiewać Bogu naszemu; albowiem to wdzięczna i przystojna jest chwała.
परमप्रभुको प्रशंसा गर, किनकि हाम्रा परमेश्वरको स्तुति गाउनु असल कुरा हो । यो सुखद हुन्छ र प्रशंसा उचित छ ।
2 Pan Jeruzalem buduje, a rozproszonego Izraela zgromadza.
परमप्रभुले यरूशलेम पुनःनिर्माण गर्नुहुन्छ । उहाँले छरिएका इस्राएलका मानिसलाई एकसाथ भेला गर्नुहुन्छ ।
3 Który uzdrawia skruszonych na sercu, a zawiązuje boleści ich.
तोडिएको हृदयलाई उहाँले निको पार्नुहुन्छ र तिनीहरूका घाउहरू बाँधिदिनुहुन्छ ।
4 Który rachuje liczbę gwiazd, a każdą z nich imieniem jej nazywa.
उहाँले ताराहरू गन्नुहुन्छ । उहाँले तिनीहरू सबैलाई नाउँ दिनुहुन्छ ।
5 Wielki jest Pan nasz, i wielki w mocy; rozumienia jego niemasz liczby.
हाम्रा परमप्रभु महान् र शक्तिमा भयङ्कर हुनुहुन्छ । उहाँको समझलाई नाप्न गर्न सकिंदैन ।
6 Pan pokornych podnosi; ale niepobożnych aż ku ziemi uniża.
परमप्रभुले थिचोमिचोमा परेकालाई माथि उठाउनुहुन्छ । उहाँले दुष्टहरूलाई तल जमिनमा झार्नुहुन्छ ।
7 Śpiewajcież Panu z chwałą; śpiewajcie Bogu naszemu na harfie;
धन्यवादसाथ परमप्रभुको प्रशंसा गर । वीणा बजाएर हाम्रो परमेश्वरको प्रशंसा गर ।
8 Który okrywa niebiosa obłokami, a deszcz ziemi gotuje: który czyni, że rośnie trawa po górach;
उहाँले आकाशलाई बादलले ढाक्नुहुन्छ र पृथ्वीको निम्ति झरी तयार पार्नुहुन्छ । पहडाहरूमाथि घाँस उमार्नुहुन्छ ।
9 Który daje bydłu pokarm ich, i kruczętom młodym, które wołają do niego.
उहाँले पशुहरूलाई र कागहरूका बचेराहरूले पुकारा गर्दा तिनीहरूलाई भोजन दिनुहुन्छ ।
10 Nie kocha się w mocy końskiej, ani się kocha w goleniach męskich.
घोडाको बलमा उहाँ प्रशन्न हुनुहुन्न । मानिसका बलियो गोडाहरूमा उहाँ खुसी हुनुहुन्न ।
11 Kocha się Pan w tych, którzy się go boją, a którzy ufają w miłosierdziu jego.
परमप्रभुलाई आदर गर्नेहरूसँग उहाँ प्रशन्न हुनुहुन्छ, जसले उहाँको करारको विश्वस्ततामा आसा गर्छन् ।
12 Chwalże, Jeruzalemie! Pana; chwalże, Syonie! Boga twego.
हे यरूशलेम, परमप्रभुको प्रशंसा गर् । हे सियोन, तेरो परमेश्वरको प्रशंसा गर् ।
13 Albowiem on umacnia zawory bram twoich, a błogosławi synów twoich w pośrodku ciebie.
किनकि उहाँले तेरा ढोकाहरूका डण्डाहरू बलियो बनाउनुहुन्छ । उहाँले तेरो माझमा भएका तेरा छोराछोरीलाई आशिष् दिनुहुन्छ ।
14 On czyni pokój w granicach twoich, a najwyborniejszą pszenicą nasyca cię.
उहाँले तेरो सिमानाभित्र फिलिफाप ल्याउनुहुन्छ । उत्तम गहुँले उहाँले तँलाई तृप्त पार्नुहुन्छ ।
15 On wysyła słowo swe na ziemię; bardzo prędko bieży wyrok jego.
उहाँले आफ्ना आज्ञालाई पृथ्वीमा पठाउनुहुन्छ । उहाँका आज्ञा द्रूत गतिमा दौडिन्छ ।
16 On daje śnieg jako wełnę, szron jako popiół rozsypuje.
उहाँले हिउँलाई ऊनझैं बनाउनुहुन्छ । उहाँले तुषारोलाई खरानीझैं छर्नुहुन्छ ।
17 Rzuca lód swój jako bryły; przed zimnem jego któż się ostoi?
उहाँले असिना कङ्कडझैं बर्साउनुहुन्छ । उहाँले पठाउने चिसोको सामना कसले गर्न सक्छ र?
18 Posyła słowo swoje, i roztapia je; powienie wiatrem swym, a rozlewają wody.
उहाँले आफ्नो आज्ञा पठाउनुहुन्छ र ती पग्लिन्छन् । उहाँले हावा चलाउनुहुन्छ र पानीलाई बगाउनुहुन्छ ।
19 Oznajmuje słowo swe Jakóbowi, ustawy swe i sądy swe Izraelowi.
उहाँले आफ्नो वचन याकूबलाई, उहाँका विधिहरू र उहाँ धार्मिक आदेशहरू इस्राएललाई घोषणा गर्नुभयो ।
20 Nie uczynił tak żadnemu narodowi; przetoż nie poznali sądów jego. Halleluja.
उहाँले अरू कुनै जातिमा त्यसो गर्नुभएको छैन, र उहाँको आदेशहरूका बारेमा तिनीहरूले ती जान्दैनन् । परमप्रभुको प्रशंसा गर ।