< Przysłów 31 >

1 Te są słowa Lemuela króla, i zebranie mów, któremi go ćwiczyła matka jego.
राजा लमूएलका नीतिवचन, जुन तिनका आमाले तिनलाई सिकाएकी थिइन्—एक ईश्‍वरवाणी।
2 Cóż rzekę, synu mój? cóż rzekę, synu żywota mego? i cóż rzekę, synu ślubów moich?
हे मेरा छोरा, सुन्! हे मेरा गर्भका छोरा, सुन्! हे मेरो छोरा, प्रार्थनाहरूका जवाफ सुन्!
3 Nie dawaj niewiastom siły twojej, ani dróg twoich tym, którzy do zginienia królów przywodzą.
तेरो आफ्नो सम्पूर्ण बल स्त्रीहरूलाई दिएर नसक्; तेरो शक्ति तिनीहरूलाई नदे, जसले राजाहरूलाई पतन गराउँछन्।
4 Nie królom, o Lemuelu! nie królom należy pić wino, a nie panom bawić się napojem mocnym;
यो कुरा राजाहरूका निम्ति होइन, हे लमूएल— राजाहरूले मद्यपान गर्नुहुन्‍न, शासकहरूले मदिराको लालसा गर्नुहुन्‍न,
5 By snać pijąc nie zapomniał na ustawy, a nie odmienił spraw wszystkich ludzi uciśnionych.
कतै तिनीहरूले पिएर कानुनलाई बेवास्ता गर्लान्, र थिचोमिचोमा परेकाहरूलाई तिनीहरूका अधिकारबाट वञ्चित गर्लान्।
6 Dajcie napój mocny ginącemu, a wino tym, którzy są ducha sfrasowanego.
तिनीहरूलाई मदिरा दे, जो नष्‍ट भइरहेका छन्; तिनीहरूलाई मद्यपान दे, जो वेदनामा परेका छन्।
7 Niech się napije, a zapomni ubóstwa swego, a na utrapienie swoje niech więcej nie wspomni.
तिनीहरूले पिऊन् र आफ्नो गरिबी बिर्सून्, अनि आफ्ना वेदना कहिल्यै नसम्झून्।
8 Otwórz usta swe za niemym w sprawie wszystkich osądzonych na śmierć.
आफ्ना निम्ति बोल्न नसक्नेहरूका निम्ति, र दुःख पाएकाहरूका अधिकारको निम्ति बोलिदे।
9 Otwórz usta swe, sądź sprawiedliwie, a podejmij się sprawy ubogiego i nędznego.
आवाज उठा, र ठिकसित न्याय गर्, गरिब र खाँचोमा परेकाहरूको अधिकारको रक्षा गर्!
10 Któż znajdzie niewiastę stateczną, gdyż nad perły daleko większa jest cena jej?
असल चरित्र भएकी पत्नी कसले पाउन सक्छ? तिनी त माणिकहरूभन्दा बहुमूल्यकी हुन्छिन्।
11 Serce męża jej ufa jej, a na korzyściach schodzić mu nie będzie.
तिनका पतिले तिनीमाथि पूर्ण भरोसा गर्छिन्; र तिनलाई कुनै मूल्यवान् कुराको अभाव हुँदैन।
12 Dobrze mu czyni, a nie źle, po wszystkie dni żywota swego.
तिनले आफ्नो जीवनकालभरि नै खराब कुरा होइन, तर असल कुरा दिन्छिन्।
13 Szuka wełny i lnu, a pracuje ochotnie rękami swemi.
तिनले ऊन र सनपाट चुन्छिन्, र इच्छुक हातले काम गर्छिन्।
14 Podobna jest okrętom kupieckim; z daleka przywodzi żywność swoję.
व्यापारीका जहाजहरूले जस्तै; तिनले टाढाबाट भोजन ल्याउँछिन्।
15 I wstaje bardzo rano, a daje pokarm czeladzi swej, a obrok słuszny dziewkom swym.
मिरमिरे बिहान नहुँदै तिनी उठ्छिन्, आफ्नो परिवारको निम्ति भोजन जुटाउँछिन्, र आफ्नी सेविकाहरूलाई आ-आफ्नो भाग बाँडिदिन्छिन्।
16 Obmyśla rolę, i ujmuje ją; z zarobku rąk swoich szczepi winnice.
तिनले विचार गरेर एउटा जमिन किन्छिन्, र आफ्नो कमाईबाट एउटा दाखबारी लगाउँछिन्।
17 Przepasuje mocą biodra swe, a posila ramiona swoje.
तिनले आफ्नो काम जोसका साथ गर्छिन्; आफ्नो कामको निम्ति तिनले आफ्ना पाखुराहरू बलियो पार्छिन्।
18 Doświadcza, że jest dobra skrzętność jej, a nie gaśnie w nocy pochodnia jej.
तिनले आफ्नो कारोबारबाट लाभ भएको छ भनी देख्छिन्; र राति तिनको बत्ती निभ्दैन।
19 Ręce swoje obraca do kądzieli, a palcami swemi trzyma wrzeciono.
तिनले आफ्नो हातले चर्खा चलाउँछिन्, र आफ्नो औँलाले पिउरी समाउँछिन्।
20 Rękę swą otwiera ubogiemu, a ręce swoje wyciąga ku nędznemu.
तिनले गरिबका निम्ति आफ्नो मुट्ठी खोल्छिन्; र खाँचोमा परेकाहरूको निम्ति सहायताको हात बढाउँछिन्।
21 Nie boi się o czeladź swoję czasu śniegu; albowiem wszystka czeladź jej obłoczy się w szatę dwoistą.
हिउँ पर्दा आफ्नो परिवारको निम्ति तिनी डराउँदिनन्; किनकि तिनीहरू सबैले सिन्दूरे रङ्गको वस्त्र पहिरेका हुन्छन्।
22 Kobierce sobie robi; płótno subtelne i szarłat jest odzieniem jej.
तिनी आफैँले ओछ्यान ढाक्ने तन्‍ना बनाउँछिन्; तिनले असल सुती र बैजनी वस्त्र लगाएकी हुन्छिन्।
23 Znaczny jest w bramach mąż jej, gdy siedzi między starszymi ziemi.
उनका पतिलाई सहरको मूलढोकामा आदर गरिन्छ, जहाँ उनी देशका अगुवाहरूका बीचमा बस्छन्।
24 Płótno robi, i sprzedaje, także pasy sprzedaje kupcowi.
तिनले सुती कपडाका वस्त्रहरू बनाउँछिन् र ती बिक्री गर्छिन्; र व्यापारीलाई पटुकाहरू उपलब्ध गराउँछिन्।
25 Moc i przystojność jest odzieniem jej; nie frasuje się o czasy przyszłe.
तिनी सामर्थ्य र सम्मानले सुशोभित हुन्छिन्; भविष्यको निम्ति तिनी मुस्कुराउन सक्छिन्।
26 Mądrze otwiera usta swe, a nauka miłosierdzia jest na języku jej.
तिनी बुद्धिसित बोल्छिन्; अनि तिनको जिब्रोमा विश्‍वासयोग्य अर्ती पाइन्छ।
27 Dogląda rządu w domu swym, a chleba próżnując nie je.
तिनले आफ्नो घरानाको कामधन्धाको हेरविचार गर्छिन्, र आलस्यपनको रोटी खाँदिनन्।
28 Powstawszy synowie jej błogosławią jej; także i mąż jej chwali ją,
तिनका छोराछोरीले उठेर तिनलाई धन्यकी भन्छन्, तिनका पतिले पनि यस्तो भन्दै तिनको प्रशंसा गर्छन्:
29 Mówiąc: Wiele niewiast grzecznie sobie poczynały; ale je ty przechodzisz wszystkie.
“धेरै स्त्रीहरूले असल काम गर्छन्; तर तिनीहरू सबैलाई तिमीले जितेकी छौ।”
30 Omylna jest wdzięczność, i marna piękność; ale niewiasta, która się Pana boi, ta pochwały godna.
सौन्दर्य भ्रमात्मक हुन्छ, र सुन्दरता उडिजाने हुन्छ; तर याहवेहको डर मान्‍ने स्त्रीको नै प्रशंसा हुनुपर्छ।
31 Dajcie jej z owocu ręku jej, a niechaj ją chwalą w bramach uczynki jej.
तिनले कमाएको इनाम तिनलाई नै देऊ; र तिनका कामले सहरको ढोकामा नै तिनलाई प्रशंसा ल्याऊन्।

< Przysłów 31 >