< Liczb 27 >

1 Tedy przyszły córki Salfaada, syna Heferowego, syna Galaadowego, syna Machyrowego, syna Manasesowego, z pokolenia Manasesa syna Józefowego; a te są imiona córek jego: Machla, Noa i Hegla, i Melcha i Tersa;
योसेफका छोरा मनश्शेका कुलका, मनश्शेका छोरा माकीर, माकीरका छोरा गिलेद, गिलेदका छोरा हेपेर, हेपेरका छोरा सलोफादका छोरीहरू मोशाकहाँ आए । तिनका छोरीहरूका नाउँ यिनै थिएः महला, नोआह, होग्‍ला, मिल्का र तिर्सा ।
2 I stanęły przed Mojżeszem i przed Eleazarem kapłanem i przed książęty i wszystkiem zgromadzeniem u drzwi namiotu zgromadzenia, i rzekły:
तिनीहरू भेट हुने पालको प्रवेश-द्वारमा मोशा, पुजारी एलाजार, अगुवाहरू र सारा समुदायको सामु खडा भए ।
3 Ojciec nasz umarł na puszczy, a on nie był w poczcie tych, którzy się byli przeciw Panu zbuntowali w spiknieniu Korego; ale dla grzechu swego umarł, nie mając synów.
तिनीहरूले भने, “हाम्रा बुबा मरुभूमिमा मरे । तिनी परमप्रभुको विरुद्धमा विद्रोह गर्ने कोरहको दलमा थिएनन् । तिनी आफ्नै पापको कारण मरे र तिनका कुनै छोराहरू छैनन् ।
4 Czemuż by zginąć miało imię ojca naszego z domu jego, przeto, że nie miał syna? dajcie nam dziedzictwo między bracią ojca naszego.
तिनका छोराहरू नभएकै कारण हाम्रा बुबाको नाउँ तिनका कुलका सदस्यहरूको बिचबाट किन निर्मूल गर्ने? हामीहरूलाई हाम्रा बुबाका नातेदारहरूमाझ जग्‍गा दिनुहोस् ।”
5 Tedy odniósł Mojżesz sprawę ich do Pana.
त्यसैले मोशाले तिनीहरूको विषयलाई परमप्रभुकहाँ ल्याए ।
6 I rzekł Pan do Mojżesza:
परमप्रभुले मोशालाई भन्‍नुभयो,
7 Dobrze mówią córki Salfaadowe: Daj im koniecznie osiadłość dziedzictwa między bracią ojca ich, a przenieś dziedzictwo ojca ich na nie.
“सलोफादका छोरीहरूले ठिकै भनिरहेका छन् । तैँले तिनीहरूलाई तिनीहरूका बुबाका नातेदारहरूमाझ उत्तराधिकारको रूपमा अंश दिनुपर्छ र तिनीहरूका बुबाको उत्तराधिकार तिनीहरूकै स्वामित्वमा रहोस् भनी तैँले निश्‍चय गर्नुपर्छ ।
8 Synom także Izraelskim powiedz, mówiąc: Gdyby kto umarł, nie mając syna, tedy przeniesiecie dziedzictwo jego na córkę jego.
तैँले इस्राएलका मानिसहरूलाई भन्, 'यदि कुनै मानिस मर्छ र त्यसको छोरा छैन भने, तिमीहरूले त्यसको सम्पत्ति त्यसकी छोरीलाई दिनुपर्छ ।
9 A jeśliby nie miał i córki, tedy dacie dziedzictwo jego braci jego.
यदि त्यसकी छोरी छैन भने, तिमीहरूले त्यसको अंश त्यसको आफ्नो भाइलाई दिनुपर्छ ।
10 A jeśliby i braci nie miał, tedy dacie dziedzictwo jego braci ojca jego.
यदि त्यसको भाइ छैन भने, तिमीहरूले त्यसको अंश त्यसका बुबाका भाइहरूलाई दिनुपर्छ ।
11 A jeśliby nie było braci ojca jego, tedy dacie dziedzictwo jego pokrewnemu jego, najbliższemu jego z domu jego, aby je odziedziczył. A będzie to synom Izraelskim za ustawę prawną, jako rozkazał Pan Mojżeszowi.
यदि त्यसका बुबाका भाइहरू छैनन् भने, तिमीहरूले त्यसको अंश त्यसको कुलको सबैभन्दा नजिकको नातेदारलाई दिनुपर्छ । त्यसले त्यो आफ्नो निम्ति ग्रहण गर्नुपर्छ । यो परमप्रभुले मलाई आज्ञा गर्नुभएअनुसार इस्राएलका मानिसहरूका निम्ति आदेशद्वारा स्थापित गरिएको नियम हुने छ' ।”
12 Potem rzekł Pan do Mojżesza: Wstąp na tę górę Abarym, a oglądaj ziemię, którąm dał synom Izraelskim.
परमप्रभुले मोशालाई भन्‍नुभयो, “अबारीम पर्वतमाथि जा र मैले इस्राएलका मानिसहरूलाई दिएको भूमिलाई हेर् ।
13 A gdy ją oglądasz, przyłączon będziesz do ludu twego i ty, jako jest przyłączony Aaron, brat twój.
तैँले यसलाई हेरेपछि तँ पनि तेरा दाजु हारूनजस्तै तेरा मानिसहरूकहाँ जानुपर्छ ।
14 Przeto żeście byli odpornymi słowu mojemu na puszczy Syn, przy poswarku zgromadzenia, i nie poświęciliście mię przy wodach przed oczyma ich. Oneć to są wody poswarku w Kades, na puszczy Syn.
तिमीहरू दुवै जनाले सीनको मरुभूमिमा मेरो आज्ञा विरुद्ध विद्रोह गरेको हुनाले यस्तो हुने छ । त्यहाँ चट्टानबाट पानी बगेर निस्कँदा तिमीहरूका रिसमा तिमीहरूले सारा समुदायको नजरमा पवित्र जनको रूपमा मलाई आदर गर्न चुक्यौ ।” यो घटना सीनको मरूभूमिको कादेशको मेरीबाको पानीमा भएको थियो ।
15 Tedy rzekł Mojżesz do Pana, mówiąc:
त्यसपछि मोशाले परमप्रभुलाई भने,
16 Niech opatrzy Pan, Bóg duchów wszelkiego ciała, mężem godnym to zgromadzenie;
“हे सबै मानव-जातिका आत्माका परमप्रभु परमेश्‍वर, समुदायमाथि एक जना मानिस नियुक्‍त गर्नुहोस्,
17 Któryby wychodził przed nimi, i któryby wchodził przed nimi, i któryby je przywodził, aby nie był lud Pański jako owce, nie mające pasterza.
एउटा यस्तो मानिस जो तिनीहरूको अघिअघि बाहिर जाओस् र भित्र आओस् अनि तिनीहरूलाई बाहिर जाँदा र भित्र आउँदा नेतृत्व गरोस्, ताकि तपाईंका समुदाय गोठालोविनाका भेडाहरूजस्ता नहोऊन् ।”
18 Tedy rzekł Pan do Mojżesza: Weźmij do siebie Jozuego, syna Nunowego, męża, w którym jest Duch mój, a włóż nań rękę swoję;
परमप्रभुले मोशालाई भन्‍नुभयो, “नूनका छोरा यहोशूलाई ले, एउटा मानिस जसमा मेरो आत्मा छ र त्यसमाथि तेरो हात राख् ।
19 I postaw go przed Eleazarem kapłanem, i przed wszystkiem zgromadzeniem, a dasz mu naukę przed oczyma ich;
त्यसलाई पुजारी एलाजार र सबै समुदाय सामु राख् र तिनीहरूको सामुन्‍ने नै तिनीहरूलाई नेतृत्व गर्न त्यसलाई आज्ञा दे ।
20 A udzielisz mu zacności swej, aby go słuchało wszystko zgromadzenie synów Izraelskich;
तैँले तेरो केही अधिकार त्यसलाई दिनुपर्छ, ताकि इस्राएलका मानिसहरूका सबै समुदायले तिनको आज्ञा पालन गरून् ।
21 Który przed twarzą Eleazara kapłana stawać będzie, aby się zań radził sądu Urim przed Panem. Na rozkazanie jego wychodzić będą, on, i wszyscy synowie Izraelscy z nim, i wszystko zgromadzenie.
त्यो ऊरीमको निर्णयद्वारा आफ्नो निम्ति मेरो इच्छा खोज्न पुजारी एलाजारको सामु जाने छ । त्यो र इस्राएलका सबै मानिस अर्थात् सारा समुदाय त्यसको आज्ञामा नै बाहिर जाने छन् र भित्र आउने छन् ।”
22 Uczynił tedy Mojżesz, jako mu był rozkazał Pan; a wziąwszy Jozuego postawił go przed Eleazarem kapłanem, i przed wszystkiem zgromadzeniem.
त्यसैले मोशाले परमप्रभुले तिनलाई आज्ञा गर्नुभएबमोजिम गरे । तिनले यहोशूलाई लिए र पुजारी एलाजार र सारा समुदायको सामु राखे ।
23 I włożywszy nań ręce swe, dał mu naukę, jako mówił Pan przez Mojżesza.
तिनले उनीमाथि आफ्ना हात राखे र परमप्रभुले तिनलाई आज्ञा गर्नुभएझैँ नेतृत्व गर्न उनलाई आज्ञा दिए ।

< Liczb 27 >