< Jana 6 >
1 Potem odszedł Jezus za morze Galilejskie, które jest Tyberyjadzkie;
यी कुराहरूपछि येशू गालील समुद्र अर्थात् तिबेरियास समुद्रको पारिपट्टि जानुभयो ।
2 I szedł za nim lud wielki, iż widzieli cuda jego, które czynił nad chorymi.
एउटा ठुलो भिडले उहाँलाई पच्छ्याइरहेको थियो, किनकि बिरामी मानिसहरूमा उहाँले गरिरहनुभएको चिह्नहरू तिनीहरूले देखेका थिए ।
3 I wszedł Jezus na górę, i siedział tam z uczniami swoimi;
येशू पर्वतमाथि जानुभयो, र त्यहाँ उहाँका चेलाहरूसँग बस्नुभयो ।
4 A była blisko wielkanoc, święto żydowskie.
(यहूदीहरूको निस्तार-चाड नजिकै थियो । )
5 Tedy podniósł Jezus oczy i ujrzawszy, iż wielki lud idzie do niego, rzekł do Filipa: Skąd kupimy chleba, aby ci jedli?
येशूले माथितिर हेर्नुभयो र एउटा ठुलो भिड आफूतर्फ आइरहेको देख्नुभयो, अनि उहाँले फिलिपलाई भन्नुभयो, “यिनीहरूको लागि खानलाई रोटी किन्न हामी कहाँ जाने?”
6 (Ale to mówił, kusząc go; bo on wiedział, co miał czynić.)
(तर येशूले फिलिपलाई जाँच्न यसो भन्नुभएको थियो, किनकि उहाँ आफैँले के गर्न गइरहनुभएको थियो सो उहाँ आफैँलाई थाहा थियो ।)
7 Odpowiedział mu Filip: Za dwieście groszy chleba nie dosyć im będzie, choćby każdy z nich mało co wziął.
फिलिपले उहाँलाई जवाफ दिए, “दुई सय चाँदीका सिक्काको रोटी पनि हरेकलाई थोरै-थोरै दिनलाई पर्याप्त हुँदैन ।”
8 Rzekł mu jeden z uczniów jego, Andrzej, brat Szymona Piotra:
चेलाहरूमध्ये एक जना सिमोन पत्रुसका भाइ अन्द्रियासले येशूलाई भने,
9 Jest tu jedno pacholę, co ma pięcioro chleba jęczmiennego i dwie rybki; ale cóż to jest na tak wielu?
“यहाँ एक जना केटोसँग जौका पाँचवटा रोटी र दुईवटा माछा छन्, तर यत्ति धेरैका बिचमा यी कति नै हुन्छन् र?”
10 Tedy rzekł Jezus: Każcie ludowi usiąść. A było trawy dość na onemże miejscu, i usiadło mężów w liczbie około pięciu tysięcy.
येशूले भन्नुभयो, “मानिसहरूलाई बस्न लगाऊ ।” (त्यस ठाउँमा धेरै घाँस थियो ।) त्यसैले झण्डै पाँच हजार जति सङ्ख्यामा मानिसहरू बसे ।
11 Wziął tedy Jezus one chleby, a podziękowawszy rozdał uczniom, a uczniowie siedzącym; także i z onych rybek, ile jedno chcieli.
तब येशूले रोटी लिनुभयो र धन्यवाद चढाउनुभएपछि उहाँले त्यहाँ बसेकाहरूलाई तिनीहरूले चाहे जति दिनुभयो र उहाँले माछा पनि त्यसै गर्नुभयो ।
12 A gdy byli nasyceni, rzekł uczniom swoim: Zbierzcie te ułomki, które zbywają, żeby nic nie zginęło.
जब मानिसहरू भर पेट भए, उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “बाँकी रहेका टुक्रा-टाक्री सबै बटुल, ताकि कुनै पनि थोक खेर नजाओस् ।”
13 I zebrali i napełnili dwanaście koszów ułomków z onego pięciorga chleba jęczmiennego, które zbywały tym, co jedli.
यसैले तिनीहरूले बटुले, र पाँचवटा जौका रोटीबाट बाँकी रहेका टुक्रा-टाक्री अर्थात् तिनीहरूले खाएर बचेका टुक्राहरू बार्ह डाला भरे ।
14 A oni ludzie, ujrzawszy cud, który uczynił Jezus, mówili: Tenci jest zaprawdę on prorok, który miał przyjść na świat.
जब मानिसहरूले उहाँले गर्नुभएका यी चिह्नहरू देखे, तिनीहरूले भने, “उहाँ साँच्चै यो संसारमा आउनुपर्ने अगमवक्ता हुनुहुन्छ ।”
15 Tedy Jezus poznawszy, iż mieli przyjść i porwać go, aby go uczynili królem, uszedł zasię sam tylko na górę.
जब उहाँलाई पक्रेर बलजफतीसँग राजा बनाउन तिनीहरू आउन लागेका थिए भन्ने उहाँले महसुस गर्नुभयो, उहाँ फेरि पनि एकलै डाँडातर्फ लाग्नुभयो ।
16 A gdy był wieczór, zstąpili uczniowie jego do morza.
जब साँझ पर्यो, उहाँका चेलाहरू समुद्रतिर झरे ।
17 A wstąpiwszy w łódź, jechali za morze do Kapernaum, a już było ciemno, a Jezus nie przyszedł był do nich.
तिनीहरू एउटा डुङ्गामा चढे, र समुद्रको पारि कफर्नहुममा गइरहेका थिए । यस बेला अँध्यारो भइसकेको थियो र अझसम्म पनि येशू तिनीहरूकहाँ आउनुभएको थिएन ।
18 A morze, gdy powstał wielki wiatr, burzyć się poczynało.
र ठुलो आँधीबेहरी चलिरहेको थियो र समुद्रका छालहरू उर्लंदै थिए ।
19 Gdy tedy odpłynęli jakoby na dwadzieścia i pięć lub trzydzieści stajan, ujrzeli Jezusa chodzącego po morzu, przybliżającego się ku łodzi, i ulękli się.
जब तिनीहरू डुङ्गा खियाएर करिब पाँच किलोमिटर टाढा पुगेका थिए, तिनीहरूले येशूलाई समुद्रमा हिँडिरहनुभएको र उहाँ डुङ्गाको नजिक आइरहनुभएको देखे, अनि तिनीहरू डराए ।
20 A on im rzekł: Jamci jest, nie bójcie się.
तर पनि उहाँले तिनीहरूलाई भन्नुभयो, “म नै हुँ, नडराओ ।”
21 I wzięli go ochotnie do łodzi, a zarazem łódź przypłynęła do ziemi, do której jechali.
तब तिनीहरू उहाँलाई डुङ्गामा ल्याउन तत्पर भए, र डुङ्गा जमिनमा तुरुन्तै पुग्यो जहाँ तिनीहरू गइरहेका थिए ।
22 Nazajutrz lud, który był za morzem, widząc, że tam nie było drugiej łodzi, tylko ona jedna, w którą byli wstąpili uczniowie jego, a iż Jezus nie wszedł był w łódź z uczniami swoimi, ale sami uczniowie jego ujechali;
अर्को दिन, समुद्रको पारिपट्टि उभिरहेको भिडले त्यहाँ त्यो एउटा डुङ्गाबाहेक अरू कुनै पनि डुङ्गा थिएन, र त्यसमा येशू उहाँका चेलाहरूसँग नचढ्नुभएको र उहाँका चेलाहरू मात्रै त्यहाँबाट गएका थिए भन्ने देखे ।
23 (Przyszły też były drugie łodzie z Tyberyjady, blisko do onego miejsca, gdzie jedli chleb, gdy był Pan dzięki uczynił.)
तापनि प्रभुले धन्यवाद चढाएर तिनीहरूले रोटी खाएका नजिकैको ठाउँ तिबेरियासबाट आएका केही डुङ्गाहरू त्यहाँ थिए ।
24 To gdy obaczył lud, iż tam nie było Jezusa, ani uczniów jego, wstąpili i oni w łodzie i przeprawili się do Kapernaum, szukając Jezusa;
जब त्यस भिडले न येशू न उहाँका चेलाहरू नै त्यहाँ थिए भन्ने कुरा पत्ता लगाए, तिनीहरू आफैँ डुङ्गा चढे र येशूलाई खोज्दै कफर्नहुमतिर गए ।
25 A znalazłszy go za morzem, rzekli mu: Mistrzu! kiedyś tu przybył?
तिनीहरूले उहाँलाई त्यस समुद्रको पारिपट्टि भेटेपछि उहाँलाई भने “रब्बी, तपाईं यहाँ कहिले आउनुभयो?”
26 Odpowiedział im Jezus i rzekł: Zaprawdę, zaprawdę powiadam wam: Szukacie mię nie przeto, iżeście widzieli cuda, ale iżeście jedli chleb, i byliście nasyceni.
येशूले तिनीहरूलाई यसो भनेर जवाफ दिनुभयो, “साँचो, साँचो, तिमीहरूले चिह्नहरू देखेको कारणले तिमीहरूले मलाई खोजेका होइनौ, तर तिमीहरूले केही रोटी खाएर अघाएकाले गर्दा हो ।
27 Sprawujcież nie pokarm, który ginie, ale pokarm, który trwa ku żywotowi wiecznemu, który wam da Syn człowieczy; albowiem tego zapieczętował Bóg Ojciec. (aiōnios )
नष्ट हुने खानाको निम्ति काम नगर, तर मानिसका पुत्रले तिमीहरूलाई दिने अनन्त जीवनसम्म रहने खानाको निम्ति काम गर, किनकि परमेश्वर पिताले आफ्नो मोहोर उहाँमा लगाउनुभएको छ ।” (aiōnios )
28 Rzekli tedy do niego: Cóż będziemy czynili, abyśmy sprawowali sprawy Boże?
तब तिनीहरूले उहाँलाई भने, “परमेश्वरका कामहरू गर्न हामीले के गर्नुपर्छ?”
29 Odpowiedział Jezus i rzekł im: Toć jest sprawa Boża, abyście wierzyli w tego, którego on posłał.
येशूले जवाफ दिनुभयो, र तिनीहरूलाई भन्नुभयो, “परमेश्वरको काम यही होः उहाँले पठाउनुभएकोलाई तिमीहरूले विश्वास गर्नू ।”
30 Rzekli mu tedy: Cóż wżdy ty za znak czynisz, abyśmy widzieli i wierzyli tobie? Cóż czynisz?
यसैले तिनीहरूले उहाँलाई भने, “तपाईंले कस्तो किसिमको चिह्न गर्नुहुनेछ, ताकि हामीले देख्न र तपाईंलाई विश्वास गर्न सकौँ? तपाईंले के गर्नुहुनेछ?
31 Ojcowie nasi jedli mannę na puszczy, jako jest napisano: Chleb z nieba dał im ku jedzeniu.
हाम्रा पिताहरूले मरुभूमिमा मन्न खाए । यस्तो लेखिएको छ, ‘उहाँले तिनीहरूलाई खानको निम्ति स्वर्गबाट रोटी दिनुभयो’ ।”
32 Rzekł im tedy Jezus: Zaprawdę, zaprawdę powiadam wam: Nie Mojżesz wam dał chleb z nieba, ale Ojciec mój daje wam chleb on prawdziwy z nieba.
तब येशूले तिनीहरूलाई जवाफ दिनुभयो, “साँचो, साँचो स्वर्गबाट तिमीहरूलाई रोटी दिने मोशा थिएनन्, तर स्वर्गबाट तिमीहरूलाई साँचो रोटी दिइरहनुहुने मेरा पिता हुनुहुन्छ ।
33 Albowiem chleb Boży ten jest, który zstępuje z nieba i żywot daje światu.
किनकि परमेश्वरको रोटी त्यही हो, जो स्वर्गबाट आउँछ र संसारलाई जीवन दिँदछ ।”
34 Tedy mu rzekli: Panie! daj nam zawsze tego chleba.
यसैले तिनीहरूले उहाँलाई भने, “महाशय, हामीलाई यो रोटी सदैव दिनुहोस् ।”
35 I rzekł im Jezus: Jamci jest on chleb żywota; kto do mnie przychodzi, łaknąć nie będzie, a kto wierzy w mię, nigdy pragnąć nie będzie.
येशूले तिनीहरूलाई भन्नुभयो, “म जीवनको रोटी हुँ, जो मकहाँ आउँछ त्यो कहिल्यै भोकाउनेछैन र जसले मलाई विश्वास गर्छ त्यो कहिल्यै तिर्खाउनेछैन ।
36 Alem wam powiedział: Owszem, widzieliście mię, a nie wierzycie.
तर वास्तवमा तिमीहरूले मलाई देखेका छौ भनी मैले तिमीहरूलाई भनेँ र पनि तिमीहरू विश्वास गर्दैनौ ।
37 Wszystko, co mi daje Ojciec, do mnie przyjdzie, a tego, co do mnie przyjdzie, nie wyrzucę precz.
पिताले मलाई दिनुभएका सबै मकहाँ आउनेछन् र जो मकहाँ आउँछ म निश्चय नै त्यसलाई बाहिर फ्याँक्नेछैनँ ।
38 Bom zstąpił z nieba, nie iżbym czynił wolę moję, ale wolę onego, który mię posłał.
किनकि म स्वर्गबाट आएको छु, मेरो आफ्नो इच्छा पुरा गर्नलाई होइन, तर मलाई पठाउनुहुनेको इच्छा पुरा गर्नलाई हो ।
39 A tać jest wola onego, który mię posłał, Ojca, abym z tego wszystkiego, co mi dał, nic nie stracił, ale abym to wzbudził w on ostateczny dzień.
र मलाई पठाउनुहुनेको इच्छा यही हो, कि उहाँले मलाई दिनुभएका सबैमध्ये एक जना पनि मैले नगुमाऊँ, तर तिनीहरूलाई अन्त्यको दिनमा जीवित पारूँ ।
40 A tać jest wola onego, który mię posłał, aby każdy, kto widzi Syna, a wierzy weń, miał żywot wieczny; a ja go wzbudzę w on ostateczny dzień. (aiōnios )
किनकि मेरा पिताको इच्छा यही हो, कि पुत्रलाई देख्ने र उहाँमा विश्वास गर्ने सबैले अनन्त जीवन पाऊन् र अन्तिम दिनमा तिनीहरूलाई म जीवित पारूँ ।” (aiōnios )
41 I szemrali Żydowie o nim, iż rzekł: Jam jest on chleb, który z nieba zstąpił.
तब यहूदीहरूले उहाँको बारेमा गनगन गरे, किनकि उहाँले यसो भन्नुभएको थियो, “म स्वर्गबाट आएको रोटी हुँ ।”
42 I mówili: Izaż ten nie jest Jezus, syn Józefa, którego my ojca i matkę znamy; jakoż teraz tedy ten powiada: Żem z nieba zstąpił?
तिनीहरूले भने, “के यिनी योसेफका पुत्र येशू होइनन्, जसका बुबा र आमालाई हामी चिन्छौँ? तब ‘म स्वर्गबाट आएको हुँ’ भनी अहिले यसले कसरी भन्न सक्छ?”
43 Tedy odpowiedział Jezus i rzekł im: Nie szemrzyjcie między sobą.
येशूले जवाफ दिनुभयो र तिनीहरूलाई भन्नुभयो, “तिमीहरू माझ गनगन गर्न छोड ।”
44 Żaden do mnie przyjść nie może, jeźli go Ojciec mój, który mię posłał, nie pociągnie; a ja go wzbudzę w ostateczny dzień.
मलाई पठाउनुहुने पिताले नखिँचेसम्म कोही पनि मकहाँ आउन सक्दैन र त्यसलाई अन्तिम दिनमा म जीवित पार्नेछु ।
45 Napisano w prorokach: I będą wszyscy wyuczeni od Boga; przetoż każdy, kto słyszał od Ojca, a nauczył się, przychodzi do mnie.
अगमवक्ताहरूका पुस्तकहरूमा यस्तो लेखिएको छ, ‘सबैलाई परमेश्वरद्वारा सिकाइनेछ ।’ जसले सुनेका छन् र पिताबाट सिकेका छन्, सबै मकहाँ आउँछन् ।
46 Nie iżby kto widział Ojca, oprócz tego, który jest od Boga; ten widział Ojca.
परमेश्वरबाट आएकाले बाहेक कसैले पनि परमेश्वरलाई देखेको छैन, उसैले पितालाई देखेको छ ।
47 Zaprawdę, zaprawdę powiadam wam: Kto w mię wierzy, ma żywot wieczny. (aiōnios )
साँचो, साँचो, जसले विश्वास गर्छ, त्यससँग अनन्त जीवन हुन्छ । (aiōnios )
48 Jam jest on chleb żywota.
म जीवनको रोटी हुँ ।
49 Ojcowie wasi jedli mannę na puszczy, a pomarli.
तिमीहरूका पिताहरूले मरुभूमिमा मन्न खाए, र तिनीहरू मरे ।
50 Ten jest on chleb, który z nieba zstępuje; jeźliby go kto jadł, nie umrze.
यो नै स्वर्गबाट आएको रोटी हो, ताकि एक व्यक्तिले यसको केही भाग खाओस्, र त्यो नमरोस् ।
51 Jamci jest chleb on żywy, którym z nieba zstąpił: jeźliby kto jadł z tego chleba, żyć będzie na wieki; a chleb, który ja dam, jest ciało moje, które ja dam za żywot świata. (aiōn )
स्वर्गबाट ओर्लिआएको जीवित रोटी म नै हुँ । यदि कसैले यो रोटीको केही भाग खान्छ भने, त्यो सदासर्वदा जिउनेछ । मैले दिने रोटी संसारको जीवनको निम्ति दिने मेरो देह नै हो ।” (aiōn )
52 Wadzili się tedy Żydowie między sobą, mówiąc: Jakoż ten może nam dać ciało swoje ku jedzeniu?
यहूदीहरू रिसाए र यसो भनेर वादविवाद गर्न थाले, “यो मानिसले कसरी हामीलाई उसको देह खान दिन सक्छ?”
53 I rzekł im Jezus: Zaprawdę, zaprawdę powiadam wam: Jeźli nie będziecie jedli ciała Syna człowieczego, i pili krwi jego, nie macie żywota w sobie.
तब येशूले तिनीहरूलाई भन्नुभयो, “साँचो, साँचो, तिमीहरूले मानिसका पुत्रको देह नखाएसम्म र उसको रगत नपिएसम्म, तिमीहरू आफैँमा जीवन हुनेछैन ।
54 Kto je ciało moje, a pije krew moję, ma żywot wieczny, a ja go wzbudzę w on ostateczny dzień. (aiōnios )
मेरो शरीर खाने र रगत पिउनेसँग अनन्त जीवन हुन्छ र त्यसलाई अन्त्यको दिनमा म जीवित पार्नेछु । (aiōnios )
55 Albowiem ciało moje prawdziwie jest pokarm, a krew moja prawdziwie jest napój.
किनकि मेरो देह साँचो खाना हो, र मेरो रगत साँचो पिउने कुरा हो ।
56 Kto je ciało moje i pije krew moję, we mnie mieszka, a ja w nim.
मेरो देह खाने र मेरो रगत पिउने ममा रहन्छ, र म त्यसमा रहन्छु ।
57 Jako mię posłał żyjący Ojciec, i ja żyję przez Ojca; tak kto mnie pożywa, i on żyć będzie przez mię.
जसरी जीवित पिताले मलाई पठाउनुभयो र म जसरी पिताको कारणले जिउँछु, यसरी नै मलाई खाने पनि मेरो कारणले जिउनेछ ।
58 Tenci jest chleb on, który z nieba zstąpił, nie jako ojcowie wasi jedli mannę, a pomarli; kto je ten chleb, żyć będzie na wieki. (aiōn )
स्वर्गबाट ओर्लिआएको रोटी यही हो, जुन पिताहरूले खाएर मरेजस्तो होइन । यो रोटी खाने सदासर्वदा जिउनेछ ।” (aiōn )
59 To mówił w bóżnicy, ucząc w Kapernaum.
तर येशूले यी कुराहरू कफर्नहुमको सभाघरमा सिकाइरहनुहुँदा भन्नुभयो ।
60 Wiele ich tedy z uczniów jego słysząc to, mówili: Twardać to jest mowa, któż jej słuchać może?
यो सुन्ने जति उहाँका धेरै चेलाहरूले भने, “यो एउटा कठिन शिक्षा हो, यसलाई कसले स्वीकार गर्न सक्छ?”
61 Ale wiedząc Jezus sam w sobie, iż o tem szemrali uczniowie jego, rzekł im: Toż was obraża?
उहाँका चेलाहरू यसमा गनगन गरिरहेका थिए भन्ने कुरा येशूले थाहा पाउनुभएकोले तिनीहरूलाई भन्नुभयो, “के यसले तिमीहरूलाई अप्रसन्न तुल्याउँछ?”
62 Cóż, gdybyście ujrzeli Syna człowieczego wstępującego, gdzie był pierwej?
त्यसो भए यदि तिमीहरूले मानिसका पुत्रलाई पहिला भएकैतिर गइरहेका देखौ भने नि?
63 Duchci jest, który ożywia, ciało nic nie pomaga; słowa, które ja wam mówię, duch są i żywot są.
जीवन दिनुहुने त आत्मा नै हुनुहुन्छ, देहले त कुनै पनि लाभ दिँदैन । मैले तिमीहरूलाई बोलेका वचनहरू आत्मा हुन् र तिनीहरू जीवन हुन् ।
64 Ale są niektórzy z was, co nie wierzą; albowiem wiedział od początku Jezus, którzy byli, co nie wierzyli, i kto jest, co go miał wydać;
तैपनि तिमीहरूमध्ये कति जनाले विश्वास गर्दनौँ ।” किनकि क-कसले विश्वास गर्दैनथे र उहाँलाई धोका दिने को हो भन्ने येशूलाई सुरुदेखि नै थाहा थियो ।
65 I mówił: Dlategomci wam powiedział: Iż żaden nie może przyjść do mnie, jeźliby mu nie było dane od Ojca mojego.
उहाँले भन्नुभयो, “यही कारणले पिताले उसलाई नदिएसम्म कोही पनि मकहाँ आउन सक्दैन भनी मैले तिमीहरूलाई भनेँ ।”
66 Od tego czasu wiele uczniów jego odeszło nazad, a więcej z nim nie chodzili.
यसले गर्दा उहाँका धेरै जना चेलाहरू गए र उहाँसँग कहिल्यै पनि हिँडेनन् ।
67 Tedy rzekł Jezus do onych dwunastu: Izali i wy chcecie odejść?
तब येशूले ती बाह्र जनालाई भन्नुभयो, “तिमीहरूचाहिँ जान चाहँदैनौ, चाहन्छौ त?”
68 I odpowiedział mu Szymon Piotr: Panie! do kogóż pójdziemy? Ty masz słowa żywota wiecznego; (aiōnios )
सिमोन पत्रुसले उहाँलाई जवाफ दिए, “प्रभु, हामी कसकहाँ जानु? अनन्त जीवनको वचन तपाईंसँग छ । (aiōnios )
69 A myśmy uwierzyli i poznali, żeś ty jest Chrystus, on Syn Boga żywego.
र हामीले विश्वास गरेका छौँ र तपाईं परमेश्वरका पवित्र जन हुनुहुन्छ भनी हामीले जानेका छौँ ।”
70 Odpowiedział im Jezus: Izalim ja nie dwunastu was obrał? a jeden z was jest dyjabeł.
येशूले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू बाह्र जनालाई मैले नै चुनेको होइनँ, र पनि तिमीहरूमध्ये एक जनाचाहिँ दुष्ट छ?”
71 A to mówił o Judaszu, synu Szymona, Iszkaryjocie; bo go ten wydać miał, będąc jednym z onych dwunastu.
अब उहाँले सिमोन इस्करियोतका छोरा यहूदाको बारेमा भन्नुभएको थियो, किनकि येशूलाई धोका दिने बाह्र जनामध्ये एक जना उही नै थियो ।