< Jana 17 >
1 To powiedziawszy Jezus, podniósł oczy swoje w niebo i rzekł: Ojcze! przyszła godzina, uwielbij Syna twego, aby też i Syn twój uwielbił ciebie.
येशूले यी कुराहरू भनिसक्नुभएपछि स्वर्गतिर आफ्ना आँखा उचालेर भन्नुभयो, “पिता, समय आएको छ; आफ्ना पुत्रलाई महिमित पार्नुहोस्, ताकि पुत्रले तपाईंलाई महिमित पारोस्,
2 Jakoś mu dał moc nad wszelkiem ciałem, aby tym wszystkim, któreś mu dał, dał żywot wieczny. (aiōnios )
जसरी तपाईंले पुत्रलाई सारा शरीरमाथि अधिकार दिनुभयो, ताकि जसलाई तपाईंले तिनलाई दिनुभएको छ तिनीहरू सबैलाई अनन्त जीवन मिलोस् । (aiōnios )
3 A toć jest żywot wieczny, aby cię poznali samego prawdziwego Boga, i któregoś posłał, Jezusa Chrystusa. (aiōnios )
यो अनन्त जीवन होः तिनीहरूले तपाईंलाई अर्थात् एक मात्र साँचा परमेश्वर, र जसलाई तपाईंले पठाउनुभएको छ अर्थात् येशू ख्रीष्टलाई चिनून् । (aiōnios )
4 Jam cię uwielbił na ziemi, i dokończyłem sprawę, którąś mi dał, abym ją czynił.
मैले संसारमा तपाईंलाई महिमित तुल्याएको छु । तपाईंले मलाई गर्न दिनुभएको काम मैले सिद्ध्याएको छु ।
5 A teraz uwielbij mię ty, Ojcze! u siebie samego tą chwałą, którąm miał u ciebie, pierwej, niżeli świat był.
अब, हे पिता, संसार बनिनुभन्दा अगि नै मसँग तपाईंमा भएको महिमाले मलाई तपाईंसँगै महिमित पार्नुहोस् ।
6 Objawiłem imię twoje ludziom, któreś mi dał z świata; toć byli i dałeś mi je, i zachowali słowa twoje.
तपाईंले मलाई संसारबाट दिनुभएका मानिसहरूकहाँ मैले तपाईंको नाउँ प्रकट गरेँ । तिनीहरू तपाईंका थिए, र तपाईंले तिनीहरू मलाई दिनुभयो, अनि तिनीहरूले तपाईंको वचन पालन गरेका छन् ।
7 A teraz poznali, iż wszystko, coś mi dał, od ciebie jest.
अब तपाईंले मलाई दिनुभएका सबै थोक तपाईंबाट नै आउँदछन् भनी तिनीहरू जान्दछन्,
8 Albowiem słowa, któreś mi dał, dałem im; a oni je przyjęli, i poznali prawdziwie, iżem od ciebie wyszedł, a uwierzyli, żeś ty mię posłał.
किनकि मैले सबै वचनहरू तिनीहरूलाई दिएको छु जुन तपाईंले मलाई दिनुभयो । तिनीहरूले ती ग्रहण गरे र म तपाईंबाटै आएको हुँ भनेर तिनीहरूले साँच्चै जाने र तपाईंले नै मलाई पठाउनुभएको हो भनी तिनीहरूले विश्वास गरे ।
9 Jać za nimi proszę, a nie za światem proszę, ale za tymi, któreś mi dał; bo twoi są.
म तिमीहरूका लागि प्रार्थना गर्दछु । म संसारको निम्ति प्रार्थना गर्दिनँ, तर तपाईंले मलाई दिनुभएकाहरूका निम्ति प्रार्थना गर्छु, किनकि तिनीहरू तपाईंका हुन् ।
10 I wszystko moje jest twoje, a twoje moje, i uwielbionym jest w nich.
सबै जो मेरा हुन्, ती तपाईंका हुन् र तपाईंका सबै मेरा हुन्; म तिनीहरूमा महिमित हुन्छु ।
11 A nie jestem więcej na świecie, ale oni są na świecie, a ja do ciebie idę. Ojcze święty, zachowaj je w imieniu twojem, któreś mi dał, aby byli jedno, jako i my.
अब उप्रान्त म संसारमा हुन्नँ, तर यी मानिसहरू संसारमा छन् र म तपाईंकहाँ आउँदै छु । हे पवित्र पिता, यिनीहरूलाई तपाईंको नाउँमा सुरक्षा दिनुहोस् जसलाई तपाईंले मलाई दिनुभएको छ, ताकि जसरी हामी एक छौँ त्यसरी नै तिनीहरू एक होऊन् ।
12 Gdym z nimi był na świecie, jam je zachował w imieniu twojem, któreś mi dał; strzegłem ich i żaden z nich nie zginął, tylko on syn zatracenia, żeby się Pismo wypełniło.
म तिनीहरूसँग हुँदा मैले तिनीहरूलाई तपाईंको नाउँमा सुरक्षा दिएँ, जसलाई तपाईंले मलाई दिनुभएको छ । मैले तिनीहरूलाई सुरक्षा दिएँ, र विनाशको पुत्रबाहेक तिनीहरूमध्ये कोही पनि नष्ट भएन, ताकि धर्मशास्त्र पुरा होस् ।
13 Ale teraz do ciebie idę i mówię to na świecie, aby mieli radość moję doskonałą w sobie.
अब म तपाईंकहाँ आउँदै छु, तर म यी कुराहरू संसारमा नै भनिरहेको छु, ताकि तिनीहरूले मेरो आनन्द तिनीहरूमा पुरा गरून् ।
14 Jam im dał słowo twoje, a świat je miał w nienawiści; bo nie są z świata, jako i ja nie jestem z świata.
मैले तिनीहरूको वचन दिएको छु, संसारले तिनीहरूलाई घृणा गरेको छ, किनभने जस्तो म संसारको होइनँ, तिनीहरू पनि संसारका होइनन् ।
15 Nie proszę, abyś je wziął z świata, ale abyś je zachował ode złego.
तपाईंले तिनीहरूलाई संसारबाट लैजानु होस् भनेर होइन, तर तिनीहरूलाई दुष्टबाट बचाउनुहोस् भनी म तपाईंसँग बिन्ती गर्दछु ।
16 Nie sąć z świata, jako i ja nie jestem z świata.
जस्तो म संसारको होइन, तिनीहरू पनि संसारका होइनन् ।
17 Poświęć je w prawdzie twojej; słowo twoje jest prawdą.
तिनीहरूलाई सत्यतामा आफ्नै लागि समर्पण गर्नुहोस् । तपाईंको वचन सत्य छ ।
18 Jakoś ty mię posłał na świat, tak i ja posyłam je na świat.
जसरी तपाईंले मलाई संसारमा पठाउनुभयो, त्यसरी नै मैले तिनीहरूलाई संसारमा पठाएको छु ।
19 A ja poświęcam samego siebie za nich, aby i oni poświęceni byli w prawdzie.
तिनीहरूका खातिर म आफैँलाई समर्पण गर्दछु, ताकि तिनीहरू आफैँ पनि सत्यतामा तपाईंमा समर्पण गरिनेछन् ।
20 Nie tylko za tymi proszę, lecz i za onymi, którzy przez słowo ich uwierzą w mię;
म यिनीहरूका लागि मात्र होइन तर तिनीहरूका लागि पनि प्रार्थना गर्दछु जसले तिनीहरूको वचनद्वारा मलाई विश्वास गर्नेछन्,
21 Aby wszyscy byli jedno, jako ty, Ojcze! we mnie, a ja w tobie; aby i oni w nas jedno byli, aby świat uwierzył, żeś ty mię posłał.
ताकि जसरी तपाईं अर्थात् पिता ममा हुनुहुन्छ, र म तपाईंमा छु त्यसरी नै तिनीहरू सबै एक होऊन् । म यो प्रार्थना गर्दछु, कि तिनीहरू पनि हामीमा होऊन् ताकि तपाईंले मलाई पठाउनुभएको हो भनी संसारले विश्वास गरोस् ।
22 A ja tę chwałę, którąś mi dał, dałem im, aby byli jedno, jako my jedno jesteśmy;
तपाईंले मलाई दिनुभएको महिमा मैले तिनीहरूलाई दिएको छु, ताकि हामी एक भएझैँ तिनीहरू पनि एक होऊन् ।
23 Ja w nich, a ty we mnie, aby byli doskonałymi w jedno, a iżby poznał świat, żeś ty mię posłał, a iżeś je umiłował, jakoś i mię umiłował.
म तिनीहरूमा छु, र तपाईं ममा हुनुहुन्छ, ताकि तिनीहरू एक भएर पूर्ण होऊन्, ताकि तपाईंले मलाई पठाउनुभएको थियो भनी संसारले जानोस्, अनि तपाईंले मलाई प्रेम गर्नुभएजस्तै मैले तिनीहरूलाई पनि प्रेम गरेँ ।
24 Ojcze! któreś mi dał, chcę, abym gdziem ja jest, i oni byli ze mną, aby oglądali chwałę moję, którąś mi dał; albowiemeś mię umiłował przed założeniem świata.
हे पिता, जसलाई तपाईंले मलाई दिनुभएको छ तिनीहरू म जहाँ छु त्यहीँ होऊन् भन्ने म चाहन्छु, ताकि तिनीहरूले मेरो महिमा देखून् जुन तपाईंले मलाई दिनुभएको छ । किनभने तपाईंले मलाई संसारको सृष्टिअगि देखि नै प्रेम गर्नुभएको छ ।
25 Ojcze sprawiedliwy! i świat cię nie poznał; alem ja cię poznał, a i ci poznali, żeś ty mię posłał.
हे धर्मी पिता, यो संसारले तपाईंलाई चिनेन, तर म तपाईंलाई चिन्दछु; र तपाईंले मलाई पठाउनुभयो भनी यिनीहरू जान्दछन् ।
26 I uczyniłem im znajome imię twoje i znajome uczynię, aby miłość, którąś mię umiłował, w nich była, a ja w nich.
मैले तपाईंको नाउँलाई तिनीहरूका बिचमा परिचित तुल्याएको छु र मैले यसलाई परिचित तुल्याउनेछु, ताकि जुन प्रेमले तपाईंले मलाई प्रेम गर्नुभयो, त्यो तिनीहरूमा रहोस् र म तिनीहरूमा रहनेछु ।