< Jana 14 >
1 Niechaj się nie trwoży serce wasze; wierzycie w Boga i w mię wierzycie.
“तिमीहरूको हृदय विचलित नहोस् । तिमीहरूले परमेश्वरमा विश्वास गर्छौ, ममा पनि विश्वास गर ।
2 W domu Ojca mego wiele jest mieszkania; a jeźli nie, wżdybymci wam powiedział.
मेरा पिताको घरमा बस्ने धेरै कोठाहरू छन् । यदि त्यसो नहुँदो हो त, मैले तिमीहरूलाई भन्ने थिएँ त, किनकि म तिमीहरूका लागि ठाउँ तयार पार्न गइरहेको छु ।
3 Idę, abym wam zgotował miejsce; a gdy odejdę i zgotuję wam miejsce, przyjdę zasię i wezmę was do siebie, żebyście, gdziem ja jest, i wy byli.
म जान्छु, र तिमीहरूका लागि ठाउँ तयार पार्छु भने, म फेरि आउनेछु र म आफैँसँग लानेछु, ताकि जहाँ म हुन्छु तिमीहरू पनि त्यहाँ हुनेछौ ।
4 A dokąd ja idę, wiecie, i drogę wiecie.
तिमीहरूले म जहाँ गइरहेको त्यो बाटो चिन्छौ ।”
5 Rzekł mu Tomasz: Panie! nie wiemy, dokąd idziesz, a jakoż możemy drogę wiedzieć?
थोमाले येशूलाई भने, “प्रभु, तपाईं कहाँ जाँदै हुनुहुन्छ, हामी जान्दैनौँ; हामीले बाटो कसरी चिन्ने?”
6 Rzekł mu Jezus: Jamci jest ta droga, i prawda, i żywot; żaden nie przychodzi do Ojca, tylko przez mię.
येशूले तिनलाई भन्नुभयो, “बाटो, सत्य र जीवन मै नै हुँ; मद्वारा बाहेक कोही पनि पिताकहाँ आउन सक्दैन ।
7 Gdybyście mię znali, i Ojca byście też mego znali; i już go teraz znacie i widzieliście go.
यदि तिमीहरूले मलाई चिनेका भए, तिमीहरूले मेरा पितालाई पनि चिन्ने थियौ । अबदेखि उसो तिमीहरूले उहाँलाई चिनेका छौ र उहाँलाई देखेका छौ ।”
8 Rzekł mu Filip: Panie! ukaż nam Ojca, a dosyć nam na tem.
फिलिपले येशूलाई भने, “प्रभु, हामीलाई पिता देखाउनुहोस्, त्यो नै हामीलाई पर्याप्त हुनेछ ।”
9 Rzekł mu Jezus: Przez tak długi czas jestem z wami, a nie poznałeś mię? Filipie! kto mnie widzi, widzi i Ojca mego; jakoż ty mówisz: Ukaż nam Ojca?
येशूले तिनलाई भन्नुभयो, “म तिमीहरूसँग यति लामो समयसम्म रहेको छु, र पनि फिलिप, अझै तिमी मलाई चिन्दैनौ? जसले मलाई देखेको छ त्यसले पितालाई देखेको छ । तिमीहरू कसरी ‘हामीलाई पिता देखाउनुहोस्’ भन्न सक्छौ?”
10 Nie wierzysz, iżem ja w Ojcu, a Ojciec we mnie? Słowa, które ja do was mówię, nie od samego siebie mówię, lecz Ojciec, który we mnie mieszka, on czyni sprawy.
म पितामा छु र पिता ममा हुनुहुन्छ भनी के तिमीहरू विश्वास गर्दैनौ? मैले तिमीहरूलाई बोलेका वचनहरू, म आफ्नै अधिकारले बोल्दिनँ । योचाहिँ ममा रहनुहुने पिता नै हुनुहुछ जसले आफ्नो काम गरिरहनुभएको छ ।
11 Wierzcie mi, żem ja w Ojcu, a Ojciec we mnie; wżdy przynajmniej dla samych spraw wierzcie mi.
म पितामा छु, र पिता ममा हुनुहुन्छ भन्ने विश्वास गर; नत्र कामहरूकै खातिर पनि विश्वास गर ।
12 Zaprawdę, zaprawdę powiadam wam: Kto wierzy w mię, sprawy które Ja czynię, i on czynić będzie, i większe nad te czynić będzie; bo ja odchodzę do Ojca mego.
साँचो, साँचो, म तिमीहरूलाई भन्दछु, जसले ममाथि विश्वास गर्छ त्यसले मैले गर्ने कामहरू पनि गर्नेछ र त्यसले यीभन्दा पनि ठुल्ठुला कामहरू गर्नेछ, किनकि म पिताकहाँ गइरहेको छु ।
13 A o cokolwiek prosić będziecie w imieniu mojem, to uczynię, aby był uwielbiony Ojciec w Synu.
तिमीहरूले मेरो नाउँमा जे माग्छौ, सो म गर्नेछु, ताकि पुत्रमा पिता महिमित हुनुभएको होस् ।
14 Jeźli o co będziecie prosić w imieniu mojem, ja uczynię.
यदि तिमीहरूले मेरो नाउँमा कुनै थोक माग्यौ भने सो म गर्नेछु ।
15 Jeźli mię miłujecie, przykazania moje zachowajcie.
यदि तिमीहरूले मलाई प्रेम गर्छौ भने तिमीहरूले मेरा आज्ञाहरू पालन गर्नेछौ ।
16 A ja prosić będę Ojca, a innego pocieszyciela da wam, aby z wami mieszkał na wieki, (aiōn )
अनि म पितासँग प्रार्थना गर्नेछु, अनि उहाँले तिमीहरूलाई अर्को सल्लाहकार दिनुहुनेछ, ताकि उहाँ तिमीहरूसँग सदासर्वदा रहनुहुनेछ, जो (aiōn )
17 Onego Ducha prawdy, którego świat przyjąć nie może; bo go nie widzi, ani go zna; lecz wy go znacie, gdyż u was mieszka i w was będzie.
सत्यका आत्मा हुनुहुन्छ । संसारले उहाँलाई ग्रहण गर्न सक्दैन, किनकि यसले उहाँलाई देख्दैन वा उहाँलाई चिन्दैन । तर तिमीहरू उहाँलाई चिन्दछौ, किनकि उहाँ तिमीहरूसँग रहनुहुन्छ र तिमीहरूमा हुनुहुनेछ ।
18 Nie zostawię was sierotami, przyjdę do was.
म तिमीहरूलाई एकलै छोड्नेछैनँ; म तिमीहरूकहाँ फर्की आउनेछु ।
19 Jeszcze maluczko, a świat mię już więcej nie ogląda; lecz wy mię oglądacie; bo ja żyję, i wy żyć będziecie.
तैपनि केही समय मात्र हो, अनि संसारले मलाई देख्नेछैन, तर तिमीहरू मलाई देख्छौ । किनकि म जिउँछु, तिमीहरू पनि जिउनेछौ ।
20 W on dzień wy poznacie, żem ja jest w Ojcu moim, a wy we mnie, i ja w was.
त्यस दिन तिमीहरूले म पितामा छु, अनि तिमीहरू ममा छौ र म तिमीहरूमा छु भनी जान्नेछौ ।
21 Kto ma przykazania moje i zachowuje je, ten jest, który mię miłuje; a kto mię miłuje, będzie go też miłował Ojciec mój; i ja go miłować będę, i objawię mu siebie samego.
जोसँग मेरा आज्ञाहरू छन् र तिनलाई पालन गर्छन्, मलाई प्रेम गर्ने त्यही हो, अनि जसले मलाई प्रेम गर्छ त्यसलाई मेरा पिताद्वारा प्रेम गरिनेछ, र म त्यसलाई प्रेम गर्नेछु र म आफैँ त्यसकहाँ देखा पर्छु ।”
22 Powiedział mu Judasz, nie on Iszkaryjot: Panie! cóż jest, że się nam objawić masz, a nie światu?
यहूदाले (स्करियोत होइन) येशूलाई भने, “प्रभु, किन यस्तो, हामीकहाँ चाहिँ तपाईं आफैँ देखा पर्नुहुन्छ र संसारकहाँ चाहिँ देखा पर्नुहुन्न?”
23 Odpowiedział Jezus, i rzekł mu: Jeźli mię kto miłuje, słowo moje zachowywać będzie; i Ojciec mój umiłuje go, i do niego przyjdziemy, a mieszkanie u niego uczynimy.
येशूले तिनलाई जवाफ दिनुभयो, र भन्नुभयो, “यदि कसैले मलाई प्रेम गर्छ भने, त्यसले मरो वचन पालन गर्नेछ । मेरा पिताले त्यसलाई प्रेम गर्नुहुनेछ, अनि हामी त्यसकहाँ आउनेछौँ र त्यससँग हामी हाम्रो बासस्थान बनाउनेछौँ ।”
24 Kto mię nie miłuje, słów moich nie zachowywuje; a słowo, które słyszycie, nie jest moje, ale onego, który mię posłał, Ojca.
जसले मलाई प्रेम गर्दैन, त्यसले मेरो वचन पालन गर्दैन । तिमीहरूले सुनेका वचन मबाट आएको होइन, तर पिताबाट आएको हो जसले मलाई पठाउनुभयो ।
25 Tomci wam powiedział, u was mieszkając.
म तिमीहरूसँग रहिरहँदा नै मैले तिमीहरूलाई यी कुराहरू भनेको छु ।
26 Lecz pocieszyciel on, Duch Święty, którego pośle Ojciec w imieniu mojem, onci was nauczy wszystkiego, i przypomni wam wszystko, comkolwiek wam powiedział.
तापनि सल्लाहकार अर्थात् पवित्र आत्मा जसलाई पिताले मेरो नाउँमा पठाउनुहुनेछ उहाँले तिमीहरूलाई सबै कुरा सिकाउनुहुनेछ र मैले तिमीहरूलाई भनेका सबै कुरा तिमीहरूलाई याद दिलाउनुहुनेछ ।
27 Pokój zostawuję wam, pokój on mój daję wam; nie jako daje świat, ja wam daję; niechże się nie trwoży serce wasze, ani się lęka.
म तिमीहरूसँग शान्ति छोड्छु; म तिमीहरूलाई मेरो शान्ति दिन्छु । संसारले जसरी दिन्छ त्यसरी म यो तिमीहरूलाई दिन्नँ । तिमीहरूको हृदय विचलित नहोस्, र भयभीत नहोस् ।
28 Słyszeliście, żem ja wam powiedział: Odchodzę, i zaś przyjdę do was. Gdybyście mię miłowali, wżdybyście się radowali, żem rzekł: Idę do Ojca; bo Ojciec mój większy jest niż ja.
मैले तिमीहरूलाई भनेको सुनेका छौ, “म गइरहेछु, अनि म तिमीहरूकहाँ फेरि आउनेछु ।” यदि तिमीहरूले मलाई प्रेम गरेका भए, तिमीहरू खुसी हुनेथियौ, किनकि म पिताकहाँ गइरहेको छु, किनकि पिता मभन्दा महान् हुनुहुन्छ ।
29 I terazem wam powiedział, przedtem niż się to stanie, żebyście gdy się to stanie, uwierzyli.
अहिले मैले तिमीहरूलाई यो हुन अगाडि नै बताएको छु, ताकि जब यो हुन आउँछ तिमीहरूले विश्वास गर्न सक ।
30 Już dalej z wami wiele mówić nie będę; albowiem idzie książę świata tego, a we mnie nic nie ma;
म तिमीहरूसँग धेरै बोल्दिनँ, किनकि यस संसारको शासक आउँदै छ । त्यसको ममाथि केही शक्ति छैन,
31 Ale iżby poznał świat, że miłuję Ojca, a jako mi rozkazał Ojciec, tak czynię. Wstańcież, pójdźmy stąd.
तर म पितालाई प्रेम गर्छु भन्ने संसारले जानोस् भनेर पिताले मलाई जस्तो आज्ञा गर्नुभएको छ म त्यसै गर्छु । उठौँ, र यहाँबाट जाऔँ ।”