< Jeremiasza 33 >
1 I stało się słowo Pańskie do Jeremijasza po wtóre, gdy jeszcze był zamknięty w sieni ciemnicy, mówiąc:
तब यर्मिया गारदको चोकमा थुनिएकै अवस्थामा परमप्रभुको वचन दोस्रो पटक तिनीकहाँ यसो भनेर आयो,
2 Tak mówi Pan, który to uczyni: Pan, który to utworzy, potwierdzi to, Pan jest imię jego.
“बनाउनुहुने परमप्रभु यसो भन्नुहुन्छ— सुदृढ गर्नाका लागि परमप्रभुले रचना गर्नुहुन्छ, परमप्रभु उहाँको नाउँ हो ।
3 Wołaj do mnie, a ozwęć się i oznajmięć rzeczy wielkie i skryte, o których nie wiesz.
'मलाई पुकार्, र म तँलाई जवाफ दिनेछु । म तँलाई महान् कुराहरू, तैंले नबुझ्ने रहस्यहरू देखाउनेछु ।'
4 Albowiem tak mówi Pan, Bóg Izraelski, o domach miasta tego, i o domach królów Judzkich, które pokażone być mają taranami wojennemi i mieczem:
किनकि घेरा-मचान र तरवारको कारणले भत्काइएका यस सहरमा भएका घरहरू र यहूदाका राजाहरूका महलहरूको विषयमा परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ,
5 Pociągną, żeby walczyli z Chaldejczykami, a żeby napełnili te domy trupami ludzi, które pobiję w zapalczywości mojej i w gniewie moim, zakrywając twarz moję od tego miasta dla wszelakich złości ich.
'मेरो क्रोध र मेरो रिसमा लडाइँ गर्न र मैले मार्ने मानिसहरूका लाशहरूले म ती घरहरू भरिदिन कल्दीहरू आउँदैछन्, जति बेला तिनीहरूका सबै दुष्टताको कारणले म यस सहरबाट आफ्नो अनुहार लुकाउनेछु ।
6 Wszakże Ja przywiodę ich do zdrowia, i uleczę a uzdrowię ich, i objawię im obfitość pokoju, a pokoju pewnego.
तर हेर्, मैले निको पार्न र हेरविचार गर्नै लागेको छु, किनकि म तिनीहरूलाई निको पार्नेछु, र तिनीहरूकहाँ प्रचुरता, शान्ति र विश्वासयोग्यता ल्याउनेछु ।
7 Bo przywrócę pojmanych z Judy, i pojmanych z Izraela, a pobuduję ich jako przedtem;
यहूदा र इस्राएलको सुदिन म फर्काउनेछु । सुरुमा जस्तै म तिनीहरूलाई निर्माण गर्नेछु ।
8 I oczyszczę ich od wszelkiej nieprawości ich, którą zgrzeszyli przeciwko mnie, i przepuszczę wszystkim złościom ich, któremi zgrzeszyli przeciwko mnie, i któremi wystąpili przeciwko mnie.
तब तिनीहरूले मेरो विरुद्धमा गरेका सबै अधर्मबाट म तिनीहरूलाई शुद्ध पार्नेछु । तिनीहरूले मेरो विरुद्धमा गरेका सबै अधर्म र तिनीहरूले मेरो विरुद्धमा चालेका सबै विद्रोहलाई म क्षमा दिनेछु ।
9 A będzie mi to sławą, weselem, chwałą, i ozdobą przed wszystkiemi narodami ziemi, które usłyszą o wszystkiem dobrem, które Ja im czynię, i ulękną się, a zatrwożą się nad wszystkiem dobrem i nad wszystkim pokojem, który Ja im sposobię.
किनकि यो सहर मेरो लागि आनन्दको वस्तु अनि पृथ्वीका सबै जातिका लागि प्रशंसाको गीत र सम्मान हुनेछ । मैले यसको लागि गर्ने सबै असल कुराहरू तिनीहरूले सुन्ने छन् । त्यसपछि मैले यस सहरलाई दिने सबै असल कुरा र शान्तिको कारणले तिनीहरू डराउनेछन्, र थरथर काँम्नेछन् ।'
10 Tak mówi Pan: Jeszcze słyszany będzie na tem miejscu, (o którem wy powiadacie: Jest spustoszone, tak, że niemasz ani człowieka, ani bydlęcia, w miastach Judzkich i na ulicach Jeruzalemskich spustoszonych, tak, że niemasz ani człowieka, ani obywa tela, ani bydlęcia.)
परमप्रभु यसो भन्नुहुन्छ, ‘तिमीहरूले यसो भनिरहेको यस ठाउँको विषयमा, “मानिस वा पशु नभएको यो उजाड-स्थान हो,” यहूदाका सहरहरू र न त मानिस नत पशु भएर भएर उजाड भएका यरूशलेमका सडकहरूमा, त्यहाँ फेरि पनि आवाज सुनिनेछ,
11 Słyszany, mówię, będzie głos radości, i głos wesela, głos oblubieńca, i głos oblubienicy, głos mówiących: Wysławiajcie Pana zastępów; albowiem dobry jest Pan, albowiem na wieki miłosierdzie jego; i głos przynoszący ofiarę chwały do domu Pańskiego, gdyż przywrócę pojmanych z tej ziemi, jako na początku, mówi Pan.
आनन्द र हर्षको सोर, दुलहा र दुलहीको सोर अनि परमप्रभुको मन्दिरमा यसो भन्दै धन्यवादको बलि ल्याउनेहरूको सोर सुनिनेछ, 'सर्वशक्तिमान् परमप्रभुलाई धन्यवाद चढाओ, किनकि परमप्रभु असल हुनुहुन्छ, र उहाँको अचुक प्रेम सदासर्वदै रहिरहन्छ ।' किनकि यस देशको सुदिन पहिलेको जस्तै बनाएर पुनर्स्थापित गर्नेछु,’ परमप्रभु भन्नुहुन्छ ।
12 Tak mówi Pan zastępów: Jeszcze będzie na tem miejscu pustem, na którem niemasz ani człowieka, ani bydlęcia, i we wszystkich miastach jego mieszkanie pasterzy, gdzieby chowali trzody;
सर्वशक्तिमान् परमप्रभु यसो भन्नुहुन्छ, 'अहिले न त मानिस न त पशु भएको यस उजाड-स्थानमा— यसका सबै सहरमा फेरि खर्कहरू हुनेछन्, जहाँ गोठालाहरूले आफ्ना बगालहरू चराउनेछन् ।
13 W miastach na górach, w miastach na równinach, i w miastach na południe, i w ziemi Benjaminowej, i około Jeruzalemu, i w miastach Judzkich jeszcze przychodzić będą trzody pod ręką liczącego, mówi Pan.
पहाडी देशका सहरहरू, तराई र नेगेव, बेन्यामीनको इलाका र सारा यरूशलेमको चारैतिर, र यहूदाका सहरहरूमा बगालहरू तिनीहरूको गोठाला गर्नेहरूका हातले गनी-गनीकन चराउनेछन्,’ परमप्रभु भन्नुहुन्छ ।
14 Oto dni idą, mówi Pan, w których utwierdzę to słowo dobre, którem był wyrzekł o domu Izraelskim i o domu Judzkim.
‘हेर्, यो परमप्रभुको घोषणा हो, यस्ता दिनहरू आउँदैछन्, जति बेला मैले इस्राएलको घराना र यहूदाको घरानालाई प्रतिज्ञा गरेको कुरा पुरा गर्नेछु ।
15 W one dni w onym czasie uczynię to, iż wyrośnie Dawidowi latorośl sprawiedliwa, która czynić będzie sąd i sprawiedliwość na ziemi.
ती दिनमा र त्यस बेला म दाऊदको निम्ति एउटा धार्मिक हाँगा लिकाल्नेछु, र तिनले देशमा न्याय र धार्मिकता कायम गर्नेछन् ।
16 Onych dni będzie zbawiony Juda, a Jeruzalem bezpiecznie mieszkać będzie. A toć jest imię, którem ją nazowią: Pan sprawiedliwość nasza.
ती दिनमा यहूदा बचाइनेछ, र यरूशलेम सुरक्षामा जिउनेछ, किनकि त्यसको नाउँ यो हुनेछ, 'परमप्रभु हाम्रा धार्मिकता हुनुहुन्छ ।'
17 Bo tak mówi Pan: Nie będzie wykorzeniony mąż z rodu Dawidowego, aby nie miał siedzieć na stolicy domu Izraelskiego.
किनकि परमप्रभु यसो भन्नुहुन्छ, 'इस्राएलको घरानाको सिंहासनमाथि बस्न दाऊदको वंशबाट कुनै मानिसको अभाव कदापि हुनेछैन,
18 Z kapłanów też i z Lewitów nie będzie wykorzeniony mąż od oblicza mego, aby nie miał ofiarować całopalenia, i zapalać śniednej ofiary, i sprawować ofiar po wszystkie dni.
न त मेरो सामु हर समय होमबलि, अर्घबलि र अन्नबलिहरू चढाउन लेवी कुलका पुजारीहरूमा कुनै मानिसको कमी हुनेछ ।'”
19 Potem stało się słowo Pańskie do Jeremijasza, mówiąc:
परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
20 Tak mówi Pan: Jeźli będziecie mogli złamać przymierze moje ze dniem, i przymierze moje z nocą, aby nie bywało dnia ani nocy czasu swego,
“परमप्रभु यसो भन्नुहुन्छ, 'तिमीहरूले दिन र रातसित बाँधिएको मेरो करारलाई भङ्ग गर्न सक्यौ, र तोकिएको समयमा फेरि दिन र रात भएनन् भने,
21 Tedy też przymierze moje złamane będzie z Dawidem, sługą moim, aby nie miał syna, któryby królował na stolicy jego, i z Lewitami kapłanami, aby nie byli sługami moimi.
तब तिमीहरूले मेरा दास दाऊदसित बाँधिएको मेरो करारलाई भङ्ग गर्न सक्नेछौ, जसको कारणले उसको सिंहासनमा बस्न उसको कुनै छोरो हुनेछैन, र लेवी कुलका पुजारीहरू अर्थात् मेरा दासहरूसित बाँधिएको मेरो करार पनि भङ्ग हुनेछ ।
22 A jako nie może policzone być wojsko niebieskie, ani zmierzony piasek morski, tak rozmnożę nasienie Dawida, sługi mojego, i Lewitów, którzy mi służą.
जसरी आकाशका ताराहरू गन्न सकिंदैन, र समुद्र किनारमा बालुवा जोखिन सकिंदैन, त्यसरी नै मेरा दास दाऊद र मेरो सामु सेवा गर्ने लेवीहरूका सन्तानहरूको सङ्ख्या म बढाउनेछु' ।”
23 Znowu się stało słowo Pańskie do Jeremijasza, mówiąc:
परमप्रभुको वचन यर्मियाकहाँ यसो भनेर आयो,
24 Aza nie widzisz, co ten lud powiada, mówiąc: Że dwa domy, które był Pan obrał, te już odrzucił, a że ludem moim pogardzają, jakoby nie był więcej narodem przed obliczem ich?
“के यी मानिसले भनेका कुरामा तैंले ध्यान दिएको छैनस्? तिनीहरूले भनेका छन्, 'परमप्रभुले चुन्नुभएका दुईवटा परिवारलाई उहाँले अहिले त्याग्नुभएको छ ।' यसरी तिनीहरूले मेरो मानिसलाई तिरस्कार गर्छन् । तिनीहरूका दृष्टमा उनीहरू अब फेरि कुनै एउटा जातिको रूपमा हरेनन् भन्दैछन् ।
25 Tak mówi Pan: Nie będzieli przymierze moje ze dniem i z nocą stałe, a jeźlim początku niebios i ziemi nie postanowił:
म, परमप्रभु यसो भन्छु, 'मैले दिन र रातको करार स्थापित नगरेको भए, र मैले स्वर्ग र पृथ्वीका नियमहरू निधो नगरेको भए,
26 Tedyć i nasienie Jakóbowe i Dawida sługi mego odrzucę, abym nie brał z nasienia jego tych, którzyby panować mieli nad nasieniem Abrahamowem, Izaakowem, i Jakóbowem, gdyż przywrócę więźniów ich, a zlituję się nad nimi.
मैले याकूब र मेरा दास दाऊदका सन्तानलाई इन्कार गर्नेथिएँ, र तिनीहरूबाट अब्राहाम, इसहाक र याकूबका सन्तानमाथि राज्य गर्न एक जना व्यक्तिलाई ल्याउनेथिइनँ । किनकि म तिनीहरूको सुदिन पुनर्स्थापित गर्नेछु, र तिनीहरूमाथि कृपा देखाउनेछु' ।”