< Hebrajczyków 6 >
1 Przetoż zaniechawszy początkowych nauk o Chrystusie, miejmy się ku doskonałości, nie znowu zakładając grunty pokuty od uczynków martwych i wiary w Boga.
त्यसकारण, सुरुमा सिकेको ख्रीष्टको वचनलाई छोडेर हामी परिपक्वतातिर अगाडि बढौँ । परमेश्वरमा विश्वास र मरेका कामहरूबाट पश्चात्तापको जग बसाल्ने काम फेरि नगरौँ,
2 Nauki o chrzcie i o wkładaniu rąk, i o powstaniu umarłych, i o sądzie wiecznym; (aiōnios )
न त बप्तिस्माबारे शिक्षाको जग, हात राख्ने काम, मरेका मानिसहरूको पुनरुत्थान, र अनन्त न्यायको जग बसालौँ । (aiōnios )
3 A to uczynimy, jeźli tylko Bóg dopuści.
यदि परमेश्वरले अनुमति दिनुभयो भने हामीले पनि यो गर्नेछौँ ।
4 Albowiem niemożebne jest, aby ci, którzy są raz oświeceni i skosztowali daru niebieskiego, i uczestnikami się stali Ducha Świętego,
किनकि जसले एक चोटि ज्योति पाएर स्वर्गको वरदान चाखेका थिए, जो पवित्र आत्मामा सहभागी भएका थिए, तिनीहरूका लागि यो असम्भव कुरा हो ।
5 Skosztowali też dobrego słowa Bożego i mocy przyszłego wieku, (aiōn )
र जसले परमेश्वरको असल वचन र आउने युगको शक्तिको स्वाद चाखेका थिए, तिनीहरूका लागि यो असम्भव कुरा हो । (aiōn )
6 Gdyby odpadli, aby się zaś odnowili ku pokucie, jako ci, którzy sobie znowu krzyżują Syna Bożego i jawnie go sromocą.
तर जो पतित भएको छ, तिनीहरूलाई फेरि पश्चात्तापमा ल्याउन असम्भव छ । किनकि तिनीहरूले फेरि आफ्नै निम्ति परमेश्वरका पुत्रलाई क्रुसमा टाँग्दछन्, र उहाँलाई खुल्लमखुल्ला शर्ममा पार्दछन् ।
7 Albowiem ziemia, która często na się przychodzący deszcz pije i rodzi ziele przygodne tym, którzy ją sprawują, bierze błogosławieństwo od Boga;
किनकि जमिनले आफूमाथि बर्सिने जुन पानी पिउँछ, जसमा बारम्बार पानी पर्छ र त्यसले जमिनमा काम गर्नेहरूका लागि उपयुक्त अन्न उत्पादन गर्दछ, त्यस जमिनले परमेश्वरबाट आशिष् प्राप्त गर्दछ ।
8 Lecz która przynosi ciernie i osty, odrzucona jest i bliska przeklęstwa, która na koniec bywa spalona.
तर यदि त्यसले काँडा र सिउँडीहरू फलाउँछ भने, त्यो मूल्यहीन हुन्छ र यो श्रापको नजिक पुग्दछ, र अन्त्यमा त्यसलाई जलाइन्छ ।
9 A wszakże, najmilsi! pewniśmy o was coś lepszego i zbawienia bliższego, chociaż tak mówimy.
हामीले यस प्रकारले बोले, तापनि प्रिय हो, हामीलाई तिमीहरूका असल थोकहरूले प्रभावित परेका छन्, र त्यो कुरा उद्धारको विषयमा हो ।
10 Albowiem nie jest Bóg niesprawiedliwy, aby zapamiętał pracy waszej i pracowitej miłości, którąście okazali ku imieniu jego, gdyście służyli świętym i jeszcze służycie.
किनकि तिमीहरूले उहाँको नाउँका खातिर देखाएको काम र प्रेमलाई बिर्सेने परमेश्वर अधर्मी हुनुहुन्न, किनभने तिमीहरूले विश्वासीहरूको सेवा गरेका थियौ र अझै पनि तिनीहरूको सेवा गर्दै छौ ।
11 A żądamy, aby każdy z was toż staranie pokazywał ku nabyciu zupełnej nadziei aż do końca.
अनि हामी उत्कट इच्छा गर्दछौँ, कि तिमीहरू हरेकले अन्त्यसम्मै आफ्नो भरोसाका निम्ति त्यही पूर्ण निश्चयता देखाओ ।
12 Abyście nie byli gnuśnymi, ale naśladowcami tych, którzy przez wiarę i cierpliwość odziedziczyli obietnicę.
त्यसैले, तिमीहरू अल्छे नहोओ, तर विश्वास र धैर्यद्वारा प्रतिज्ञाहरूको हकदार हुनेहरूका देखासेखी गर्नेहरू होओ ।
13 Albowiem Bóg obietnicę czyniąc Abrahamowi, gdy nie miał przez kogo większego przysiąc, przysiągł przez siebie samego,
किनकि परमेश्वरले अब्राहामलाई आफ्नो प्रतिज्ञा गर्नुहुँदा उहाँभन्दा ठुलो अरू कोही नभएकाले गर्दा उहाँ आफैँले शपथ खानुभयो ।
14 Mówiąc: Zaiste błogosławiąc błogosławić ci będę i rozmnażając rozmnożę cię.
उहाँले भन्नुभयो, “निश्चय नै म तँलाई आशिष् दिनेछु, र तँलाई ज्यादै वृद्धि गराउनेछु ।”
15 A tak długo czekając, dostąpił obietnicy.
यसरी, अब्राहामले धैर्यसाथ पर्खे र जे प्रतिज्ञा गरिएको थियो, सो प्राप्त गरे ।
16 Ludzieć wprawdzie przez większego przysięgają, a przysięga, która się dzieje ku potwierdzeniu, jest między nimi końcem wszystkich sporów.
किनकि मानिसहरूले आफूभन्दा ठुलाहरूद्वारा शपथ खान्छन्, र शपथले अन्त्यमा तिनीहरूको वादविवाद मिलाउन निश्चयता दिन्छ ।
17 Dlatego też Bóg chcąc dostatecznie okazać dziedzicom obietnicy nieodmienność rady swojej, uczynił na to przysięgę,
परमेश्वरले उहाँको प्रतिज्ञाको अपरिवर्तनशील स्वभावको प्रतिज्ञाका हकदारहरूलाई स्पष्ट रूपले देखाउन निर्णय गर्नुहुँदा उहाँले शपथद्वारा नै पक्का गर्नुभयो ।
18 Abyśmy przez dwie rzeczy nieodmienne (w których niemożebne, aby Bóg kłamał), warowną pociechę mieli, my, którzyśmy się uciekli ku otrzymaniu wystawionej nadziei,
त्यसैले, यी दुईवटा अपरिवर्तनशील कुराद्वारा उहाँले यसो गर्नुभयो जसद्वारा परमेश्वरलाई झुट बोल्न असम्भव छ, ताकि हामी, जो शरणको लागि भाग्नेहरूले, हाम्रो अगाडि राखिदिएको निश्चयतालाई बलियो गरी समात्नलाई दह्रो उत्साह पाउन सकौँ ।
19 Którą mamy jako kotwicę duszy, i bezpieczną, i pewną, i wchodzącą aż wewnątrz za zasłonę,
हामीसित हाम्रो आत्मा सुरक्षित र भरपर्दो निश्चयतामा गाडिएको छ, यस्तो निश्चयता जुन भित्रको पर्दाभित्र पनि पस्दछ ।
20 Gdzie przewodnik dla nas wszedł, Jezus, stawszy się według porządku Melchisedekowego najwyższym kapłanem na wieki. (aiōn )
मल्कीसेदेकको दर्जाअनुसार उहाँ सधैँका निम्ति प्रधान पुजारी हुनुभएकाले हाम्रा अग्रदूतको रूपमा येशू हामीभन्दा पहिले त्यस ठाउँमा गएर बसिसक्नुभएको छ । (aiōn )