< Ezechiela 7 >
1 Potem stało się słowo Pańskie do mnie, mówiąc:
परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
2 Słuchaj ty, synu człowieczy: Tak mówi panujący Pan o ziemi Izraelskiej: Koniec, koniec przyszedł na wszystkie cztery strony ziemi.
“ए मानिसको छोरो—इस्राएलको देशलाई परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ ।“'अन्त्य! देशका चारै सिमानामा अन्त्य आइपुगेको छ ।
3 Teraz przyjdzie koniec na cię; poślę na cię popędliwość moję, i będę cię sądził według dróg twoich, i zwalę na cię wszystkie obrzydliwości twoje.
अब अन्त्य तँमाथि आएको छ, किनकि म आफ्नो क्रोध तँमाथि पठाउँदैछु, र तेरो चालअनुसार म तेरो न्याय गर्नेछु । तब तेरा सबै घिनलाग्दा कामहरू तँमाथि नै ल्याउनेछु ।
4 A nie sfolgujeć oko moje, i nie zmiłuję się, ale drogi twoje zwalę na cię, a obrzydliwości twoje będą w pośrodku ciebie, i poznacie, żem Ja Pan.
किनकि मेरा आँखाले तँलाई दया देखाउनेछैनन्, र म तँलाई छोड्नेछैन । बरु, तेरा कामहरू तँमाथि नै ल्याउनेछु, र तेरा घिनलाग्दा कामहरू तेरा माझमा हुनेछन्, यसरी म नै परमप्रभु हुँ भनी तैंले जान्नेछस् ।
5 Tak mówi panujący Pan: Utrapienie jedno, oto utrapienie straszne przychodzi;
परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः विपत्ति! विशेष विपत्ति! हेर्, त्यो आउँदैछ ।
6 Koniec przychodzi, przychodzi koniec, ocknął się przeciwko tobie, oto przychodzi.
अन्त्यचाहिं साँच्चै नै आउँदैछ । अन्त्य तिमीहरूका विरुद्धमा उठेको छ । हेर्, त्यो आउँदैछ!
7 Przychodzi prędki poranek na cię, o obywatelu ziemi! przychodzi ten czas, przybliża się ten dzień grzmotu, a nie głosu rozlegającego się po górach.
तिमीहरू जो देशमा बस्छौ, तिमीहरूको सर्वनाश आउँदैछ । समय आएको छ । सर्वनाशको दिन नजिकै छ, र पर्वतहरू आनन्दित हुनेछैनन् ।
8 Już prędko, już wyleję gniew mój na cię, a wykonam zapalczywość moję nad tobą, a osądzę cię według dróg twoich, i włożę na cię wszystkie obrzydliwości twoje.
अब चाँडै मेरो क्रोध म तँमाथि पोखाउनेछु, र मेरो रिस तेरो विरिद्धमा खन्याउनेछु । तेरो चालअनुसार म न्याय गर्नेछु, र तेरा सबै घिनलाग्दा कामहरू तँमाथि ल्याउनेछु ।
9 Nie sfolgujeć zaiste oko moje, ani się zlituję, ale według dróg twoich nagrodzęć, i obrzydliwości twoje w pośrodku ciebie będą; a tak poznacie, żem Ja Pan, który biję.
किनकि मेरा आँखाले तँलाई दयापूर्वक हेर्नेछैनँ, र तँलाई म छोड्नेछैन । जस्तो तैंले गरेको छस् तेस्तै म तँलाई गर्नेछु । अनि तेरा घृणित कुराहरू तेरै माझमा हुनेछन् ताकि तँलाई दण्ड दिनेचाहिं म परमप्रभु नै हुँ भनी तैंले जान्नेछस् ।
10 Oto ten dzień, oto przyszedł; przyszedł prędki poranek, zakwitnęła rózga, wybija się pycha.
हेर्, त्यो दिन! हेर्, त्यो आउँदैछ । तेरो सर्वनाश निस्केर आएको छ । लट्ठी फुलेको छ, अहङ्कारको कोपिला लागेको छ!
11 Okrucieństwo wyrosło w rózgę niezbożności; nie zostanie z nich nic, ani z mnóstwa ich, ani z huku ich, i nie będzie żadnego narzekania nad nimi.
हिंसा बढेर दुष्टताको लठ्ठी भएको छ—तिमध्ये कुनै पनि, ति भीडमध्ये कुनै पनि, तिनका धन-सम्पत्तिमध्ये केही पनि, र तिनीहरूका कुनै पनि बहुमूल्य चीज छोडिनेछैन!
12 Idzie czas, przybliża się dzień. Kto kupi, nie będzie się weselił, a kto sprzeda, nie będzie żałował; bo popędliwość przyjdzie na wszystko mnóstwo jej.
समय आउँदैछ । दिन नजिकै आएको छ । किन्नेले आनन्द नगरोस्, बेच्नेले शोक नगरोस्, किनकि मेरो क्रोध जम्मै भीडमाथि परेको छ!
13 Bo kto sprzedał, nie wróci się do rzeczy sprzedanej choćby jeszcze między żyjącymi był żywot ich; ponieważ widzenie na wszystko mnóstwo jej nie wróci się, a żaden w nieprawości żywota swego nie zmocni się.
किनकि जहिलेसम्म ती दुवै बाँच्नेछन्, बेच्ने आफूले बेचेको जमिनमा फर्केर आउनेछैन, किनभने समस्त भीडको बारेमा यो दर्शन बद्लिनेछैन । अनि तिनीहरूका पापहरूका कारणले तिमध्ये कोही पनि बलियो पारिनेछैन!
14 Trąbić będą w trąbę, i wszystko przygotują, jednak nie będzie kto miał iść na wojnę; bo popędliwość moja oburzy się na wszystko mnóstwo jej.
तिनीहरूले तुरही फुकेका छन् र हरेक कुरा तयार पारेका छन्, तर कोही पनि युद्ध गर्न गइरहेको छैन । किनकि मेरो क्रोध ती जम्मै भीडमाथि छ ।
15 Miecz zewnątrz, a mór i głód będzie wewnątrz; kto będzie na polu, od miecza umrze; a kto w mieście, głód i mór go pożre.
घर बाहिर तरवार अनि भित्र रूढी र अनिकाल छन् । खेतमा हुनेहरू तरवारले मारिनेछन्, जबकी सहरमा हुनेचाहिं अनिकाल र रूढीले नष्ट हुनेछन् ।
16 A którzy z nich uciekną, ci będą na górach jako gołębice w dolinie; wszyscy będą narzekali, każdy nad nieprawością swoją.
तर तिमध्येबाट केही बाँचेर उम्कनेछन्, र तिनीहरू पर्वतहरूमा जानेछन् । तिनीहरू सबैले बेसीका ढुकुरझैं शोक गर्नेछन्—हरेक मानिसले आ-आफ्ना अधर्मको निम्ति शोक गर्नेछ ।
17 Wszystkie ręce osłabieją, i wszystkie się kolana rozpłyną jako woda.
हरेक हात शिथिल हुनेछ र हरेक घुँडा पानीझैं निर्बल हुनेछ,
18 I obloką się w wory, i okryje ich strach, i na wszelkiej twarzy będzie wstyd, i na wszystkich głowach ich łysina.
र तिनीहरूले भाङ्ग्रा लाउनेछन् र त्रासले तिनीहरूलाई ढाक्नेछ । हरेक अनुहारमा लाज हुनेछ, र तिनीहरू सबैका शिरमा कपाल हुनेछैन ।
19 Srebro swoje po ulicach rozrzucą, a złoto ich będzie jako nieczystość; srebro ich i złoto ich nie będzie ich mogło wybawić w dzień popędliwości Pańskiej; nie nasycą duszy swojej, i wnętrzności swych nie napełnią, przeto, że im jest ku obrażeniu nieprawość ich;
तिनीहरूले आफ्ना चाँदी गल्लीहरूमा फाल्नेछन्, र तिनीहरूको सुन त्यागिएको चिजजस्तो हुनेछ । परमप्रभुका क्रोधको दिनमा तिनीहरूका चाँदी र सुनले तिनीहरूलाई बचाउन सक्नेछैनन् । तिनीहरूको जीवन बचाइनेछैन, र तिनीहरूको भोक मेटिनेछैन, किनकि तिनीहरूको अधर्म ठेसलाग्ने ढुङ्गो बनेको छ ।
20 A iż w sławie ozdoby swojej, którą na chwałę swoją Bóg wystawił, obrazów obrzydliwości swoich i sprosności swoich naczynili, przetożem im je w nieczystość obrócił;
आफ्ना सुन्दर गरगहनामा तिनीहरूले घमण्ड गरे, र तीबाट तिनीहरूले आफ्ना घिनलाग्दा मूर्तिहरू र तिनीहरूका घृणित कुराहरू बनाए । यसकारण म यिनलाई तिनीहरूका निम्ति अशुद्ध थोकमा परिणत गरिदिनेछु ।
21 I podam je w ręce cudzoziemców na rozchwycenie, i niezbożnych w ziemi na łup, którzy ją splugawią;
तब म ती थोकहरू विदेशीहरू र दुष्टका हातमा लुटका रूपमा दिनेछु, र उनीहरूले ती बिटुला पार्नेछन् ।
22 Odwrócę też twarz moję od nich, a zgwałcą świątnicę moję, a wnijdą do niej rozbójnicy, i splugawią ją.
तब तिनीहरूले मेरो वास्ता गरिएको ठाउँलाई बिटुलो पार्दा तिनीहरूदेखि म आफ्नो अनुहार फर्काउनेछु । लुटेराहरू त्यहाँ पस्नेछन् र त्यसलाई बिटुलो पार्नेछन् ।
23 Uczyń łańcuch; bo ziemia pełna jest krwawych sądów, a miasto pełne jest krzywd.
साङ्ला बनाओ, किनभने देश रगतको न्यायले भरिएको छ, र सहर हिंसाले भरिएको छ ।
24 Przetoż najgorszych z pogan przywiodę, aby posiedli domy ich; i uczynię wstręt pysze mocarzów, a splugawieni będą, którzy je poświęcają.
यसैले म सबैभन्दा दुष्ट जातिलाई ल्याउनेछु, र तिनीहरूले यिनीहरूका घरहरूमाथि अधिकार गर्नेछन्, र बलिया मानिसहरूको घमण्ड म खतम गर्नेछु, किनकि तिनीहरूका पवित्र ठाउँहरू बिटुला पारिनेछन् ।
25 Zginienie przyszło; przetoż szukać będą pokoju, ale go nie będzie.
त्रास आउनेछ । तिनीहरूले शान्ति खोज्नेछन्, तर त्यहाँ केही हुनेछैन ।
26 Ucisk za uciskiem przyjdzie, a wieść za wieścią przypadnie; i będą szukać widzenia od proroka! ale zakon zginie od kapłana, a rada od starców.
विपद्माथि विपद् आउनेछ, र त्यहाँ हल्लामाथि हल्ला हुनेछ । तब तिनीहरूले अगमवक्ताबाट दर्शन खोज्नेछन्, तर पुजारीबाट व्यवस्था र धर्म-गुरुहरूबाट सल्लाह नष्ट हुनेछ ।
27 Król płakać będzie, a książę w smutek obleczony będzie, a ręce ludu w ziemi przestraszone będą. Według drogi ich uczynię im, i według sądów ich osądzę ich, i poznają, żem Ja Pan.
राजाले शोक गर्नेछन् र शासकले निराशको पोशाक पहिरिनेछ, जबकि देशका मानिसहरूका हात त्रासले काँप्नेछन् । तिनीहरूका आफ्नै चालअनुसार तिनीहरूलाई म यसो गर्नेछु । म नै परमप्रभु हुँ भनी तिनीहरूले नजानेसम्म तिनीहरूकै मानकअनुसार म तिनीहरूको न्याय गर्नेछु ।