< Ezechiela 27 >
1 I stało się słowo Pańskie do mnie, mówiąc:
फेरि पनि परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
2 A ty, synu człowieczy! podnieś nad Tyrem lament,
“अब ए मानिसको छोरो, टुरोसको विषयमा विलाप सुरु गर् ।
3 A rzecz do Tyru, który leży nad portami morskiemi i handluje z narodami na wielu wyspach: Tak mówi panujący Pan: O Tyrze! tyś mówił: Jam jest doskonały w piękności.
र समुद्रको ढोकामा हुने, धेरैवटा टापुमा बस्ने मानिसहरूमा व्यापार गर्ने टुरोसलाई यसो भन्, परमप्रभु परमेश्वर तिमीहरूलाई यसो भन्नुहुन्छः 'ए टुरोस, तैंले भनेको छस्, “म सुन्दरतामा सिद्ध छु ।'
4 W pośrodku morza były granice twoje, budownicy twoi doskonałą uczynili piękność twoję.
तेरा सिमानाहरू समुद्रको बिचमा छन् । तँलाई निर्माण गर्नेहरूले तँलाई पूर्ण रूपले सुन्दर बनाए ।
5 Z jedliny z Sanir pobudowalić wszystkie piętra twoje, cedry z Libanu brali, aby czynili maszty twoje.
तिनीहरूले तेरा सबै काठपात हर्मन पर्वतका सल्लाहरूबाट बनाए । तिनीहरूले तेरा लागि मस्तूल बनाउनलाई लेबनानको देवदारु ल्याए ।
6 Z dębów Basańskich czynili wiosła twoje, ławy twoje urobili z kości słoniowych i z bukszpanu z wysep Cytymskich.
तेरा पतवारहरू तिनीहरूले बाशानबाट ल्याएका फलाँटबाट बनाए । साइप्रसका सल्लाका काठले तिनीहरूले जहाजका तला बनाए, र त्यसलाई हस्ती-हाडको जलप लगाए ।
7 Bisior haftowany egipski bywał płótnem twojem, z któregoś żagle miewał; hijacynt i szarłat z wysep Elisa był nakryciem twojem.
तेरो जहाजको पाल मिश्रदेशको मिहीन बुट्टादार सूती कपडाबाट बनेको थियो । त्यसैले तेरो झन्डाको काम गर्यो । एलीशाहको किनारका नीलो र बैजनी रङ्गका कपडा तेरो चँदुवाका निम्ति प्रयोग भए ।
8 Obywatele Sydonu, i Arwadczycy bywali żeglarzami twymi; mędrcy twoi, Tyrze! którzy bywali w tobie, ci byli sternikami twymi.
सीदोन र अर्वादमा बस्ने मानिसहरू तेरा पतवार चलाउनेहरू थिए । टुरोसका ज्ञानीहरू तँसँग थिए । तिनीहरू तेरा नावीहरू थिए ।
9 Starcy z Giebal, i mędrcy jego oprawiali w tobie rozpadliny twoje; wszystkie okręty morskie i żeglarze ich bywali w tobie, handlując z tobą.
गबालका दक्ष अनुभवी कारीगरहरू तँसित जहाजमा थिए । समुद्रका सबै जहाजहरू र तिनका नाविकहरूले व्यापारका निम्ति तेरा सामान ल्याउँथे ।
10 Persowie, i Ludczycy, i Putejczycy bywali w wojsku twojem, mężowie waleczni twoi; tarcz i przyłbicę zawieszali w tobie, ci przydawali tobie ozdoby.
फारस, लूद र पूतका मानिसहरू तेरो फौजमा तेरा योद्धहरू थिए । तिनीहरूले आ-आफ्ना ढाल र टोप तँभित्रै टाँगे । तिनले तेरो गौरव दर्शाए ।
11 Synowie Arwad z wojskiem twojem na murach twoich w około, także Gamadczycy na wieżach twoich bywali, tarcze twoje zawieszali na murach twoich w około; cić są, którzy doskonałą uczynili piękność twoję.
तेरा फौजका अर्वाद र हेलेकका मानिसहरू तेरा चारैतिरका पर्खालमाथि थिए । गमादका मानिसहरू तेरा धरहरामा थिए । तिनीहरूले आ-आफ्ना ढाल तेरा चारैतिरका पर्खालमा टाँगे । तिनीहरूले तेरो सुन्दरता पूर्ण बनाए ।
12 Zamorscy kupcy twoi dla wielkości wszelakich dostatków, srebrem, żelazem, cyną i ołowiem kupczyli na jarmarkach twoich.
तँसँग बेच्नको निम्ति चाँदी, फलाम, जस्ता र सीसाजस्ता सामानका प्रशस्त धनसम्पत्ति भएको कारणले तर्शीश तेरो व्यापारको साझेदार थियो । तिनीहरूले तेरा मालसामान किने र बेचे ।
13 Jawan, Tubal, i Mesech, kupcy twoi, ludzi i naczynie miedziane dawali na zamianę tobie.
यावान, तूबल र मेशेकले तँसित कमारा-कमारी र काँसाका भाँडाहरूको व्यापार गरे । तिनीहरूले तेरा सामानका कारोबार गरे ।
14 Z domu Togorma końmi, i jezdnymi, i mułami kupczyli na jarmarkach twoich.
बेथ-तोगर्माका मानिसहरूले तेरो व्यापारको सामानको रूपमा घोडाहरू, सुमारेका घोडाहरू र खच्चरहरू दिए ।
15 Synowie Dedanowi, kupcy twoi, i wiele wysep przekupowali towary ręki twojej, rogi, kości słoniowe, i drzewo hebanowe dawali na zamianę za zapłatę twoję.
तेरा किनारहरूमा रोडसका मानिसहरू तेरा व्यापारीहरू थिए । व्यापारका सामानहरू तेरा हातमा थिए । तिनीहरूले तँलाई सीङ्, हस्ती हाड र अब्नुसको काठ दाम रूपमा दिए ।
16 Syryjczycy kupcy twoi dla mnóstwa przemyślnych robót twoich, karbunkułami, szarłatem, i haftarskiemi rzeczami, płótnem subtelnem, i koralami, i kryształami handlowali na jarmarkach twoich.
तेरा धेरै उत्पादनमा अरामले व्यापार गर्यो । तिनीहरूले तँलाई फिरोजा, बैजनी, रङ्ग लगाइएका वस्त्र, मलमलका कपडा, मूगा-मोती र मानिक तेरा व्यापारका सामानको रूपमा उपलव्ध गराए ।
17 Juda i ziemia Izraelska, i ci kupcy twoi, pszenicę z Minnit i z Pannag, i miód, i oliwę. i kadzidło na zamianęć dawali.
यहूदा र इस्राएलको देशले तँसित व्यापार गर्दैथिए । तिनीहरूले तँलाई मिन्नीतको गहूँ, रोटी, मह, तेल र लेप तेरा व्यापारका सामानका रूपमा उपलव्ध गराए ।
18 Damaszczanie, kupcy twoi dla mnóstwa przemyślnych robót twoich, i dla mnóstwa wszelkich dostatków, winem z Helbonu i wełnę białą kupczyli.
तेरा सबै उत्पादन, धेरै धन-सम्पत्ति, र हेलबोनको दाखमद्य र जाहारको ऊनको व्यापारी दमस्कस थियो ।
19 Także Dan i Jawan, kramarze na jarmarkach twoich, sprzedawali żelazo polerowane, kassyję, i Tatarskie ziela na zamianęć dawali.
इजालका दान र यावानले तँलाई फलाम, तेजपात र बोझो दिए । यी तेरा व्यापारका माल बने ।
20 Dedan kupczył w tobie suknami kosztownemi na wozy.
ददानले तँसित घोडाका जीनपोशको व्यापार गर्यो ।
21 Arabczycy, i wszyscy książęta Kedarscy, i ci kupczyli z tobą skopami i baranami, i kozłami, tem handlowali w tobie.
अरब देश र केदारका सबै मुखियाहरू तँसँग व्यापार गरे । तिनीहरूले थुमा, भेडा र बाख्रा उपलब्ध गराए ।
22 Kupcy Sabejscy i z Ramy kupczyli z tobą wszelakiemi przedniejszemi wonnemi rzeczami, i wszelakim kamieniem drogim i złotem kupczyli na jarmarkach twoich;
हरेक असल मसला र सबै किसिमका बहुमूल्य रत्नहरू बेच्न शेबा र रामाहका व्यापारीहरू तँकहाँ आए । व्यापारका सामानको रूपमा तिनीहरूले तँलाई सुन दिए ।
23 Haran, i Kanne, i Eden kupcy z Saby; Assur i Kilmad kupczył w tobie.
शेबा, अश्शूर र किल्मदसँगै हारान, कन्नेह र अदनका व्यापारीहरूले तँसित व्यापार गरे ।
24 Ci kupcy twoi, sztukami hijacyntu, i rzeczami haftowanemi, i skrzyniami dla kosztownych szat, także towarami, które powrozami obwiązują albo w skrzyniach cedrowych zawierają, kupczyli w tobie.
नीलो रङ्गका कपडा, बुट्टादार कपडाहरू, र डोरीहरूले बाँधेर रङ्गीचङ्गी र बुट्टादार राडीपाखी र राम्ररी बुनेका लुगा तेरा बजारमा बेच्नेहरू यिनीहरू नै थिए ।
25 Okręty morskie przodkowały w kupiectwie twojem; i byłoś napełnione i uwielbione bardzo w pośród morza.
तर्शीशका जहाजहरूले तेरा व्यापारका सामानहरू ढुवानी गर्थे । समुद्रका बिचमा व्यापारका सामानले तँ भरिपूर्ण, गह्रौं भएको थिइस् ।
26 Na wody wielkie zaprowadzili cię żeglarze twoi; wiatr wschodni rozbije cię w pośród morza.
तेरा नाविकहरूले तँलाई विशाल समुद्रमा लगेका छन् । पूर्वीय बतासले तँलाई समुद्रकै बिचमा ध्वंस पारेको छ ।
27 Bogactwa twoje, i jarmarki twoje, kupiectwo twoje, żeglarze twoi, i sternicy twoi, i ci, którzy zaprawiali rozpadliny twoje, i kupcy towarów twoich, i wszyscy mężowie waleczni twoi, którzy byli w tobie, i wszystko mnóstwo twoje, które jest w pośród ciebie, wpadną w pośród morza w dzień upadku twego.
तेरा धन-सम्पत्ति, सामान र व्यापारका माल । तेरा माझीहरू र तेरा नावीहरू, र जहाज बनाउनेहरू । तेरा व्यापारीहरू र तँसँग भएका तेरा युद्धका योद्धाहरू, र जहाजमा हुने अरू सबै जना तेरो सर्वनाशको दिनमा समुद्रको गहिरोमा डुब्नेछन् ।
28 Na głos krzyku sterników twoich zadrżą wały morskie;
समुद्रका सहरहरू तेरा नावीहरूका चित्कारको आवाजले थरथर हुनेछन् ।
29 I wystąpią z okrętów swoich wszyscy robiący wiosłem, żeglarze, i wszyscy sternicy morscy na ziemi staną.
दाबिलो खियाउनेहरू सबै जना आफ्ना जहाजबाट तल आउनेछन् । माझी र समुद्रका सबै नावीहरू किनारमा खडा हुनेछन् ।
30 I będą narzekali nad tobą głosem wielkim, i będą gorzko wołali, a sypiąc proch na głowy swoje, w popiele się walać będą.
तब तिनीहरूले आफ्ना सोर तँलाई सुनाउनेछन् र ठुलो स्वरले विलाप गर्नेछन् । तिनीहरूले आफ्ना टाउकोमा धुलो हाल्नेछन् । तिनीहरू खरानीमा लडीबडी गर्नेछन् ।
31 Nadto poczynią sobie dla ciebie łysiny, a opaszą się worami; i będą płakać nad tobą w gorzkości duszy swej płaczem gorzkim.
तिनीहरूले तेरो लागि आफ्नो कपाल मुण्डन गर्नेछन्, र आफूमा भाङ्ग्रा बाँध्नेछन्, अनि तँलाई हेरेर तिनीहरू धुरुधुरु रुनेछन् र तिनीहरू कराउनेछन् ।
32 Uczynią, mówię, nad tobą lament żałośny, a będą narzekali nad tobą, mówiąc: Któreż miasto podobne jest Tyrowi, wyciętemu w pośrodku morza?
तेरो निम्ति तिनीहरूले विलाप गर्नेछन्, र तँलाई हेरेर तिनीहरूले शोकगीत गाउनेछन् । टुरोस जस्तै को छ, जो समुद्रको बिचमा चुप शान्त पारिएको छ ।
33 Gdy wychodziły towary twoje z morza, nasycałoś wiele narodów; mnóstwem bogactw twoich i handlów twoich bogaciłoś królów ziemskich.
जब समुद्र किनारमा तेरा व्यापारका माल जान्थे, तिनले धेरै जना मानिसलाई सन्तुष्ट पार्थे । तेरा धेरै धन-सम्पत्ति र व्यापारका मालले तैंले पृथ्वीका राजाहरूलाई धनी तुल्याइस् ।
34 Ale gdy będziesz podruzgotane od morza w głębokościach wód, kupiectwo twoje i wszystko mnóstwo twoje w pośrodku ciebie upadnie.
तर समुद्रले गहिरो पानीले जब तँलाई ध्वंस पार्यो, तब तेरा तेरा मालहरू र तेरा सबै चालक दल डुबे ।
35 Wszyscy na wyspach mieszkający zdumieją się nad tobą, a królowie ich strachem zdjęci będąc, bardzo się zatrwożą.
किनारका सबै बासिन्दा तँलाई देखेर तर्सेका थिए, र तिनीहरूका राजाहरू त्रासले थरथर भए । तिनीहरूका अनुहारहरू कामे ।
36 Kupcy między narodami zaświsną nad tobą; na postrach im będziesz, a nie będzie cię na wieki.
मानिसहरूका व्यापारीहरूले तँलाई खिसी गर्छन् । तँ त्रास बनेको छस्, र तँ सदाको लागि फेरि कहिलै हुनेछैनस् ।