< Wyjścia 5 >
1 Potem tedy przyszli Mojżesz i Aaron, i mówili do Faraona: Tak mówi Pan, Bóg Izraelski: Puść lud mój, aby mi obchodzili święto na puszczy.
यी कुराहरूपछि मोशा र हारून फारोकहाँ गएर भने, “इस्राएलका परमप्रभु यसो भन्नुहुन्छ, 'उजाड-स्थानमा चाड मनाउनलाई मेरा मानिसहरूलाई जान दे' ।”
2 I rzekł Farao: Któż jest Pan, żebym miał słuchać głosu Jego, i puścić Izraela? Nie znam Pana, a Izraela też nie puszczę.
फारोले भने, “परमप्रभु को हुनुहुन्छ? उहाँको कुरा सुनेर मैले इस्राएललाई किन जान दिने? म परमप्रभुलाई चिन्दिनँ, र म इस्राएललाई जान दिन्नँ ।”
3 I odpowiedzieli: Bóg Hebrajczyków zabieżał nam, pójdziemy teraz drogą trzech dni na puszczą, abyśmy ofiarowali Panu Bogu naszemu, by snać nie przepuścił na nas moru albo miecza.
तिनीहरूले भने, “हिब्रूहरूका परमेश्वरले हामीलाई भेट्नुभएको छ । तिन दिनको यात्रा गरी उजाड-स्थानमा गई परमप्रभु हाम्रा परमेश्वरको निम्ति बलिदान चढाउन दिनुहोस् ताकि उहाँले हामीलाई विपत्ति वा तरवारले नाश नगर्नुभएको होस् ।”
4 I rzekł do nich król Egipski: Przecz ty Mojżeszu i Aaronie odrywacie lud od robót ich? Idźcież do robót waszych.
तर मिश्रका राजाले तिनीहरूलाई भने, “ए मोशा र हारून हो, तिमीहरू मानिसहरूका काममा किन अवरोध गर्छौ? तिमीहरूका काममा जाओ ।”
5 Rzekł też Farao: Oto, wielki teraz jest ten lud w ziemi, a wy je odrywacie od robót ich.
तिनले यसो पनि भने, “अहिले हाम्रो देशमा धेरै मानिस छन्, र तिमीहरू तिनीहरूलाई काम गर्नबाट रोक्दै छौ ।”
6 Rozkazał tedy Farao onegoż dnia przystawom nad ludem, i urzędnikom jego, mówiąc:
त्यही दिन फारोले मानिसका नाइकेहरू र मजदुरहरूलाई यस्तो हुकुम दिए,
7 Już więcej nie będziecie dawać plew ludowi do czynienia cegły, jako przedtem; sami niech idą, i zbierają sobie plewy.
“पहिलेझैँ तिमीहरूले मानिसहरूलाई इँट बनाउन पराल नदेओ । तिनीहरू आफै गएर तिनीहरूका निम्ति पराल जम्मा गरून् ।
8 A tęż liczbę cegieł, którą czynili przedtem, włożycie im, nie umniejszycie z niej; bo próżnują, dla tego oni wołają, mówiąc: Pójdziemy i będziemy ofiarować Bogu naszemu.
तरै पनि तिमीहरूले तिनीहरूबाट पहिले जत्तिकै इँटको सङ्ख्या माग्नू । त्योभन्दा कम स्वीकार नगर किनकि तिनीहरू अल्छे भएका छन् । त्यसैले तिनीहरू यसो भन्दै कराउँछन्, 'हाम्रा परमेश्वरकहाँ गएर बलिदान चढाउन हामीलाई अनुमति दिनुहोस् ।'
9 Niech się przyczyni roboty mężom tym, a niech ją wykonywają, aby nie ufali słowom kłamliwym.
यी मानिसहरूलाई कामको बोझ बढाइदेओ ताकि तिनीहरू यसमा लागिराखेर छली वचनहरूतर्फ ध्यान नदिऊन् ।”
10 Wyszedłszy tedy przystawowie nad ludem i urzędnicy jego, rzekli do ludu, mówiąc: Tak mówi Farao: Ja nie będę wam dawał plew.
त्यसैले मानिसका नाइकेहरू र मजदुरहरू बाहिर गई तिनीहरूले मानिसहरूलाई भने, “फारो यसो भन्नुहुन्छ, 'अबदेखि उसो म तिमीहरूलाई पराल दिन्नँ ।
11 Sami idźcie, zbierajcie sobie plewy, gdzie znajdziecie; bo się najmniej nie umniejszy z roboty waszej.
जहाँ-जहाँ पराल पाइन्छ तिमीहरू आफै गएर ल्याओ, तर तिमीहरूको कामको बोझ भने घटाइनेछैन' ।”
12 I rozbieżał się lud po wszystkiej ziemi Egipskiej, aby zbierał ściernisko miasto plew.
त्यसैले मानिसहरू परालका टुक्राटाक्री बटुल्न मिश्रभरि छरिए ।
13 A przystawowie przynaglali, mówiąc: Wykonywajcie roboty wasze, zamiar każdodzienny, jako gdy wam dawano plewy.
नाइकेहरूले तिनीहरूलाई यसो भनिरहे, “तिमीहरूलाई पराल दिँदा जस्तै गरी तिमीहरूको काम सक ।”
14 Tedy bito przystawy synów Izraelskich, które postanowili nad nimi urzędnicy Faraonowi, mówiąc: Przecz nie wykonywacie zamiaru swego w robieniu cegieł jako pierwej, ani wczoraj ani dziś?
फारोका नाइकेहरूले इस्राएली नाइकेहरूलाई पिटे । यी तिनै मानिसहरू थिए जसलाई कामदारहरूको रेखदेख गर्न राखिएको थियो । नाइकेहरूले यसो भनेर सोधिरहे, “तिमीहरूले विगतमा गरेझैँ हिजोआज किन चाहेजति इँटहरू बनाइरहेका छैनौ?”
15 I przyszli przełożeni synów Izraelskich i wołali do Faraona, mówiąc: Czemuż tak czynisz sługom twoim?
त्यसैले इस्राएली नाइकेहरू फारोकहाँ आएर बिन्ती गरे, “तपाईंले हजुरका दासहरूलाई किन यस्तो व्यवहार गर्दै हुनुहुन्छ?
16 Plew nie dają sługom twoim, a mówią: Cegłę róbcie. I oto, sługi twe biją a lud twój grzeszy.
हजुरका दासहरूलाई पराल नदिएको भए तापनि तिनीहरू हामीलाई यसो भन्दै छन्, 'इँटहरू बनाओ ।' अब हामी हजुरका दासहरूलाई पिटिन पनि थालिएको छ । तर यो त हजुरका आफ्नै मानिसहरूको दोष हो ।”
17 Który rzekł: Próżnujecie, próżnujecie, dla tegoż mówicie: Pójdziemy, ofiarować będziemy Panu.
तर फारोले भने, “तिमीहरू अल्छे छौ । तिमीहरू अल्छे छौ । तिमीहरू भन्छौ, 'परमप्रभुलाई बलिदान चढाउन हामीलाई जान अनुमति दिनुहोस् ।'
18 Przetoż teraz idźcie, róbcie, a plew wam nie dadzą, ale wy liczbę cegieł oddawać będziecie.
त्यसैले काममा फर्केर जाओ । तिमीहरूलाई अब उसो पराल दिइनेछैन, तरै पनि तिमीहरूले उही सङ्ख्यामा इँटहरू बनाउनुपर्छ ।”
19 A widząc przełożeni synów Izraelskich, że źle z nimi, ponieważ mówiono: Nie umniejszycie z cegieł waszych zamiaru każdodziennego.
“तिमीहरूले दैनिक उत्पादन गर्ने इँटहरूको सङ्ख्या कम हुनुहुँदैन” भनी इस्राएली नाइकेहरूलाई बताइँदा तिनीहरू कष्टमा भएको तिनीहरूले देखे ।
20 Tedy oni zabieżeli Mojżeszowi i Aaronowi, którzy stali, aby się z nimi spotkali, gdy wychodzili od Faraona.
तिनीहरूले फारोकहाँबाट फर्केपछि मोशा र हारूनलाई भेटे जो दरबारबाहिर उभिरहेका थिए ।
21 I rzekli do nich: Niech wejrzy Pan na was a rozsądzi, żeście nas ohydzili w oczach Faraonowych, i w oczach sług jego, i daliście miecz w rękę ich, aby nas zabili.
तिनीहरूले मोशा र हारूनलाई भने, “परमप्रभुले तपाईंहरूलाई हेरी दण्ड दिनुभएको होस् किनकि तपाईंहरूले हामीलाई फारो र उहाँका दासहरूको दृष्टिमा तिरस्कृत तुल्याउनुभएको छ । हामीलाई मार्न तपाईंहरूले तिनीहरूका हातमा तरवार थमाइदिनुभएको छ ।”
22 I wrócił się Mojżesz do Pana, a rzekł: Panie, czemuś to złe wprowadził na lud twój, czemuś mię tu posłał?
मोशा परमप्रभुकहाँ गई भने, “हे प्रभु, तपाईंले किन यो जातिमा कष्ट ल्याउनुभएको? तपाईंले पहिले मलाई किन दरबारमा पठाउनुभयो?
23 Bo od onego czasu, jakom wszedł do Faraona, abym mówił imieniem twojem, gorzej się obchodzi z ludem tym; a przecięś nie wybawił ludu twego.
तपाईंको नाउँमा म फारोसित बोल्न आएदेखि तिनले यस जातिलाई कष्ट ल्याएका छन्, र तपाईंले अझै पनि आफ्नो जातिलाई मुक्त गर्नुभएको छैन ।”