< Amosa 7 >

1 To mi ukazał panujący Pan. Oto tworzył szarańczę, gdy najpierwej począł odrastać potraw, gdy oto potraw był po pokoszeniu królewskiem.
प्रभु याहवेहले मलाई यही नै देखाउनुभयो: राजाका भागको कटनी भइसकेपछि र पछिल्‍लो बाली उम्रँदै गर्दा उहाँले सलहहरूका बथान तयार पार्दै हुनुहुन्थ्यो।
2 A gdy zjadły trawę ziemi, rzekłem: Panujący Panie! sfolguj proszę; bo któż zostanie Jakóbowi, gdyż maluczki jest?
जब तिनीहरूले जमिनलाई सखाप पारे, तब मैले भनेँ, “प्रभु याहवेह, क्षमा गर्नुहोस्! कसरी याकोब बाँच्न सक्छ? त्यो त साह्रै सानो छ!”
3 I żałował Pan tego; a rzekł Pan: Nie stanie się.
यसकारण याहवेहले आफ्नो मन परिवर्तन गर्नुभयो। याहवेहले भन्‍नुभयो, “यस्तो हुनेछैन।”
4 Tedy mi ukazał panujący Pan, a oto panujący Pan wołał, że sprawę swoję powiedzie ogniem, a spaliwszy przepaść wielką, spalił i część królestwa Izraelskiego.
प्रभु याहवेहले मलाई यो देखाउनुभयो: प्रभु याहवेहले आगोद्वारा न्याय गर्न बोलाउँदैहुनुहुन्थ्यो; त्यसले विशाल समुद्रलाई सुकाइदियो र जमिनलाई भस्म पारिदियो।
5 Tedym rzekł: Panujący Panie! przestań proszę; bo któż zostanie Jakóbowi, gdyż maluczki jest?
त्यसपछि मैले कराएर भनेँ, “प्रभु याहवेह, म तपाईंलाई बिन्ती गर्छु, रोक्नुहोस्! कसरी याकोब बाँच्न सक्छ र? त्यो त साह्रै सानो छ।”
6 I żałował Pan tego, a rzekł panujący Pan: I toć się nie stanie.
यसकारण याहवेहले आफ्नो मन परिवर्तन गर्नुभयो। प्रभु याहवेहले भन्‍नुभयो, “यस्तो हुनेछैन।”
7 Potem ukazał mi, a oto Pan stał na murze według sznuru zbudowanym, w którego ręku było prawidło.
उहाँले फेरि मलाई यस्तो देखाउनुभयो: प्रभु नाप्‍ने टाँगोले सीधा नापेर बनाएको पर्खालको छेउमा आफ्नो हातमा एउटा नाप्‍ने साहुल लिएर खडा हुनुभएको थियो।
8 I rzekł Pan do mnie: Cóż widzisz Amosie? I rzekłem: Prawidło. Tedy rzekł Pan: Oto Ja położę prawidło w pośrodku ludu mego Izraelskiego, a już mu więcej nie będę przeglądał.
अनि याहवेहले मलाई सोध्नुभयो, “आमोस, तँ के देख्दैछस्?” मैले जवाफ दिए, “एउटा नाप्‍ने साहुल देख्दैछु।” त्यसपछि प्रभुले भन्‍नुभयो, “हेर, म मेरा मानिस इस्राएलीहरूका बीचमा एउटा साहुल प्रयोग गर्दैछु; अब म तिनीहरूलाई छोडनेछैनँ।”
9 Bo wyżyny Izaakowe spustoszone będą, a świątnice Izraelskie zburzone będą, gdy powstanę przeciwko domowi Jeroboamowemu z mieczem.
“इसहाकका अल्गा-अल्गा ठाउँहरू सर्वनाश हुनेछन्; र इस्राएलका पवित्रस्थानहरू ध्वस्त हुनेछन्; म यारोबामका घरानाको विरुद्धमा मेरो तरवार लिएर खडा हुनेछु।”
10 Tedy posłał Amazyjasz, kapłan Betelski, do Jeroboama, króla Izraelskiego, mówiąc: Sprzysiągł się przeciwko tobie w pośrodku domu Izraelskiego, tak, iż ziemia nie może znieść wszystkich słów jego.
त्यसपछि बेथेलका पुजारी अमस्याहले इस्राएलका राजा यारोबामलाई एउटा सन्देश पठाए: “आमोसले इस्राएलका घरानाको बीचमा तपाईंको विरुद्धमा एउटा षड्यन्त्र रच्दैछ। देशले तिनका सबै कुराहरू सहन सक्दैन।
11 Bo tak mówi Amos: Jeroboam od miecza umrze, a Izrael zapewne do więzienia z ziemi swojej zaprowadzony będzie.
किनकि आमोसले यसो भनिरहेका छन्: “यारोबाम तरवारद्वारा मारिनेछ; र इस्राएल निश्‍चय नै तिनीहरूका स्वदेशबाट टाढा निर्वासनमा जानेछ।”
12 Potem rzekł Amazyjasz do Amosa: O widzący! uchodź, uciekaj do ziemi Judzkiej, a jedz tam chleb, i tam prorokuj;
त्यसपछि अमस्याहले आमोसलाई भने, “हे दर्शी, यहाँबाट निस्किहाल! यहूदाको देशमा फर्केर जाऊ। त्यहीँ नै आफ्नो कमाइको रोटी खाऊ, र भविष्यवाणी गर्ने काम गर।
13 Ale w Betelu więcej nie prorokuj; bo to jest świątnica królewska, i dom królewski.
अब उसो बेथेलमा भविष्यवाणी नगर; किनकि यो राजाको पवित्रस्थान हो, र राज्यको मन्दिर हो।”
14 Tedy odpowiedział i rzekł do Amazyjasza: Nie byłem ja prorokiem, nawet ani synem prorockim; alem był skotarzem, a zbierałem figi leśne.
आमोसले अमस्याहलाई जवाफ दिए, “म अगमवक्ता थिइनँ, न त अगमवक्ताको छोरा नै थिएँ, तर म त एउटा गोठालो थिएँ, र अञ्जीरका रूखहरूको हेरचाह गर्थेँ।
15 Ale mię Pan wziął, gdym chodził za bydłem, i rzekł do mnie Pan: Idź, prorokuj ludowi memu Izraelskiemu.
तर याहवेहले मलाई भेडाहरू चराउनबाट बोलाउनुभयो र भन्‍नुभयो, ‘जा, मेरा मानिस इस्राएललाई अगमवाणी गर्।’
16 Teraz tedy słuchaj słowa Pańskiego. Ty mówisz: Nie prorokuj w Izraelu, i nie każ w domu Izaakowym;
यसकारण अब याहवेहको वचन सुन। तिमी भन्छौ, “‘इस्राएलको विरुद्धमा अगमवाणी नगर, र इसहाकको घरानाको विरुद्धमा प्रचार गर्न बन्द गर।’
17 Przetoż tak mówi Pan: Żona twoja w mieście nierząd płodzić będzie, a synowie twoi i córki twoje od miecza polegną, a ziemia twoja sznurem będzie podzielona, a ty w ziemi splugawionej umrzesz; lecz Izrael zapewne zaprowadzony będzie do więzienia z ziemi swojej.
“यसकारण याहवेह यसो भन्‍नुहुन्छ: “‘तिम्री पत्नी सहरमा एउटी वेश्या हुनेछे, र तिम्रा छोराछोरीहरू तरवारद्वारा काटिएर मारिनेछन्। तेरो देशलाई नापि-नापिकन विभाजन गरिनेछ; अनि तँ आफैँचाहिँ मूर्तिपूजकको देशमा मर्नेछस्। अनि इस्राएलचाहिँ निश्‍चय नै आफ्नो स्वदेशबाट टाढा निर्वासनमा लगिनेछ।’”

< Amosa 7 >