< Dzieje 24 >

1 A po pięciu dniach jechał najwyższy kapłan Ananijasz z starszymi i z Tertullem niejakim prokuratorem; którzy stanęli przed starostą przeciwko Pawłowi.
पाँच दिनपछि, प्रधान पूजाहारी हननिया, केही एल्डरहरू र तर्तुलस नाउँ गरेका कुशलवक्ता त्यहाँ गए । यी मानिसहरूले शासककहाँ पावलको विरुद्धमा दोष लगाए ।
2 A gdy był pozwany, począł nań skarżyć Tertullus, mówiąc:
जब पावल शासकका अगाडि उभिए, ततुर्लसले तिनलाई दोष लगाउन थाल्यो र शासकलाई भन्यो, “तपाईंको कारणले हामीलाई ठूलो शान्ति मिलेको छ; तपाईंको दूरदृष्‍टिले हाम्रो देशमा असल सुधार ल्याउँछ ।
3 Ponieważeśmy wielkiego pokoju dostąpili i wiele się dobrego temu narodowi stało przez twoję opatrzność, i zawsze i wszędy to ze wszelkiem dziękowaniem przyznajemy, wielmożny Feliksie!
त्यसकारण अतिउच्‍च फेलिक्स, सबै धन्यवादका साथ तपाईंले गर्नुभएको हरेक कुरालाई हामी स्वागत गर्छौं ।
4 Ale żebym cię długo nie bawił, proszę, abyś nas maluczko posłuchał według zwykłej twojej ludzkości.
त्यसैले म तपाईंलाई अल्झाउँदिनँ, मेरो कुरा छोटकरीमा दया गरी सुनिदिनलाई आग्रह गर्छु ।
5 Albowiemeśmy znaleźli tego męża zaraźliwego i wszczynającego rozruch między wszystkimi Żydami po wszystkim świecie, i herszta tej sekty Nazarejczyków.
किनभने हामीले यस मानिसलाई दु: ख दिने र सारा संसारभरिका यहूदीहरूलाई विद्रोह गर्न लगाउने व्यक्तिको रूपमा पाएका छौँ । ऊ नाजरी सम्प्रदायको एउटा अगुवा हो ।
6 Który się też ważył splugawić kościół; któregośmy też pojmawszy, według zakonu naszego chcieli sądzić.
उसले मन्दिरलाई अशुद्ध पार्न पनि प्रयास गर्‍यो, त्यसैले उसलाई हामीले पक्र्यौँ ।
7 Lecz przyszedłszy hetman Lizyjasz z wielką mocą, wziął go z rąk naszych.
तर जब सैनिक अधिकृत आइपुगे, तिनले पावललाई हाम्रो हातबाट बलजफ्ति गरेर खोसेर लगे ।
8 Rozkazawszy tym, którzy nań skarżą, iść do ciebie, od którego się ty sam będziesz mógł, wywiadując się, dowiedzieć tego wszystkiego, o co my nań skarżymy.
जब तपाईंले यी सबै कुराहरू बारे पावललाई प्रश्‍न गर्नुहुन्छ, हामीले उसलाई दोष लगाएको कुराको बारेमा तपाईं आफैँले थाहा पाउनुहुनेछ ।
9 Na co się zgodzili i Żydowie, mówiąc: Że się tak rzecz ma.
यहूदीहरूले पनि एकैसाथ पावललाई दोष लगाए र यी कुराहरू सत्य हुन् भने ।
10 Tedy Paweł odpowiedział, gdy nań starosta skinął, aby mówił: Od wielu lat wiedząc cię być sędzią tego narodu, tem ochotniej dam sprawę o tem, co się mnie dotycze.
तर जब शासकले पावललाई बोल्नका लागि इशारा गरे, पावलले जवाफ दिए, “म बुझ्छु कि तपाईं यस जातिको निम्ति धेरै वर्षदेखि न्यायकर्ता हुनुभएको छ, र यसैले म आफैँलाई तपाईंको सामु खुसीसाथ बयान गर्छु ।”
11 Gdyż ty wiedzieć możesz, iż nie masz więcej dni tylko dwanaście, jakom ja przyszedł do Jeruzalemu, abym się modlił.
तपाईं आफैँले प्रमाणित गर्न सक्‍नु हुन्छ कि म यरूशलेममा आराधना गर्न गएको बाह्र दिनभन्दा बढी भएको छैन ।
12 Do tego ani mię znaleźli w kościele z kim gadającego albo buntującego lud, ani w bóżnicach, ani w mieście;
र जब तिनीहरूले मलाई मन्दिरमा भेट्टाए, मैले कसैसँग विवाद गरिनँ, र मैले सभाघरहरू वा सहरहरूमा भिडलाई उक्साइनँ ।
13 Ani tego mogą dowieść, co tu teraz na mię skarżą.
र तिनीहरूले मेरो विरुद्धमा जुन दोष लगाएका छन् त्यो तपाईंको अगाडि अहिले प्रमाणित गर्न सक्दैनन् ।
14 To jednak przed tobą wyznaję, że według onej drogi, którą oni powiadają być heretyctwem, tak służę ojczystemu Bogu, wierząc wszystkiemu, cokolwiek napisano w zakonie i w prorokach,
तर तपाईंसँग म यो स्वीकार गर्छु कि तिनीहरूले पन्थ भन्‍ने गरेको मार्गअनुसार नै म मेरा पुर्खाहरूका परमेश्‍वरको सेवा गर्छु । व्यवस्थामा भएका सबै कुराप्रति र अगमवक्‍ताहरूले लेखेका पुस्तकहरूप्रति म विश्‍वासयोग्य छु ।
15 Mając nadzieję w Bogu, że będzie, którego i oni czekają, zmartwychwstanie i sprawiedliwych, i niesprawiedliwych.
यी मानिसहरूले दुवै धर्मी र अधर्मी मृतकहरूको पुनरुत्थानको प्रतीक्षा गरेजस्तै, परमेश्‍वरमा मेरो पनि त्यस्तै दृढ विश्‍वास छ ।
16 A sam się o to pilnie staram, abym zawsze miał sumienie bez obrażenia przed Bogiem i przed ludźmi.
र यसमा नै परमेश्‍वर र मानिसहरूको सामु सबै कुराहरूद्वारा विनादोषको विवेक पाउन म काम गर्छु ।
17 A po wielu latach przyszedłem, abym przyniósł jałmużny narodowi memu i ofiary.
अहिले धेरै वर्षपछि म यहाँ मेरो जातिलाई सहायता र पैसाको उपहारहरू ल्याउन आएँ ।
18 Na tem znaleźli mię w kościele oczyszczonego (nie z ludem ani z rozruchem) niektórzy Żydowie z Azyi.
जब मैले यो गरेँ, एसियाका केही यहूदीहरूले मलाई शुद्धिकरणको समारोहमा मन्दिरमा भेट्टाए, जहाँ कुनै भिडभाड वा होहल्ला थिएन ।
19 Którzy też tu mieli stanąć przed tobą i skarżyć, jeźliby co mieli przeciwko mnie.
ती मानिसहरू अहिले तपाईंको अगाडि हुनुपर्दथ्यो । अनि यदि मेरो विरुद्धमा तिनीहरूको केही थियो भने भन्‍नुपर्दथ्यो ।
20 Albo niechaj ci sami powiedzą, jeźli we mnie znaleźli jaką nieprawość, gdym stał przed radą;
नत्र भने म यहूदी परिषदअगि खडा हुँदा तिनीहरूले ममा के गल्ती भेट्टाए, यिनै मानिसहरूले भन्‍नुपर्छ ।
21 Oprócz tego jednego głosu, żem między nimi stojąc, zawołał: Dla zmartwychwstania umarłych ja dziś sądzony bywam od was.
मैले उनीहरूको माझमा खडा भएर ठुलो स्वरमा यतिमात्र भनेर कराएको थिएँ, ʼमृतकहरूको पुनरुत्थान बारेको कुराले नै आज तपाईंद्वारा मेरो इन्साफ गरिदैँछ ।”
22 A usłyszawszy to Feliks, odłożył sprawę ich, mówiąc: Gdy się o tej drodze dostateczniej wywiem, kiedy tu hetman Lizyjasz przyjedzie, rozeznam sprawy wasze.
फेलिक्स यो मार्गको बारेमा जानकार थिए, त्यसैले उनले यहूदीहरूलाई पर्खन लगाए । तिनले भने “यरूशलेमबाट सेनापति लुसियस तल आएपछि म तिम्रो मुद्दाको फैसला गर्नेछु ।”
23 I rozkazał setnikowi, aby strzegł Pawła i pofolgował mu, i aby nie bronił żadnemu z przyjaciół jego posługiwać mu albo go nawiedzać.
त्यसपछि उनले कप्‍तानलाई पावललाई पहरा दिने आज्ञा दिए, तर उनीसँग सदासयताको साथ व्यवहार गर र उनका कुनै साथीहरूबाट सहायता लिन वा भेटघाट गर्नलाई कसैले नरोक्‍नू भनी आदेश दिए ।
24 A po kilku dniach przyjechawszy Feliks, z Drusyllą, żoną swoją, która była Żydówką, kazał zawołać Pawła i słuchał go o wierze w Chrystusa.
केही दिनपछि, फेलिक्स आफ्नी श्रीमती द्रुसिल्लासँग फर्के, तिनी यहूदी थिईन्, अनि उनले पावललाई बोलाए, र उनबाट ख्रीष्‍ट येशूप्रतिको विश्‍वासको बारेमा सुने ।
25 A gdy on rzecz czynił o sprawiedliwości i o powściągliwości, i o przyszłym sądzie, uląkł się Feliks i odpowiedział: Już teraz odejdź, a gdy czas upatrzę, każę cię zawołać.
तर जब पावलले उनलाई धार्मिकता, संयमता र आउँदै गरेको न्यायको बारे उनीसँग बहस गरे, फेलिक्स भयभीत भए; अनि उनले जवाफ दिए, “अहिलेलाई जाऊ, तर जब मलाई फेरि समय मिल्छ, म तिमीलाई बोलाउनेछु ।”
26 A przy tem spodziewał się, że mu Paweł miał dać pieniądze, żeby go wypuścił; dlatego też tem częściej go wzywając do siebie, rozmawiał z nim.
त्यही समयमा, पावलले तिनलाई पैसा दिन्छन् कि भनी तिनले आशा गरिरहेका थिए, त्यसैले तिनले पावललाई प्रायः बोलाउँथे र तिनीसँग कुरा गर्दथे ।
27 A po wyjściu dwóch lat miał po sobie Feliks namiestnika, Porcyjusa Festa; a chcąc sobie Feliks łaskę zjednać u Żydów, zostawił Pawła w więzieniu.
तर जब दुई वर्ष बित्यो, फेलिक्सपछि पर्सिअस फेस्तस शासक बने, तर फेलिक्सले यहूदीहरूको समर्थन प्राप्‍त गर्न चाहन्थे, त्यसैले उनले पावललाई निरन्तर पहरामा नै छोडिराखे ।

< Dzieje 24 >