< Dzieje 2 >
1 A gdy przyszedł dzień pięćdziesiąty, byli wszyscy jednomyślnie pospołu.
जब पेन्तिकोसको दिन आयो, तिनीहरू सबै जना एकै ठाउँमा थिए ।
2 Tedy się stał z prędka z nieba szum, jakoby przypadającego wiatru gwałtownego i napełnił wszystek dom, kędy siedzieli.
एक्कासि स्वर्गबाट जोडसँग शक्तिशाली हावाको झोक्का जस्तै आवाज आयो र तिनीहरू बसिरहेको पुरै घर भरियो ।
3 I ukazały się im rozdzielone języki na kształt ognia, który usiadł na każdym z nich.
आगोका जिब्राहरू जस्ता तिनीहरूकहाँ देखा परे र भागभाग भएर तिनीहरू हरेकमाथि बसे ।
4 I napełnieni są wszyscy Duchem Świętym, a poczęli mówić innemi językami, jako im Duch on dawał wymawiać.
तिनीहरू सबै जना पवित्र आत्माले भरिए र आत्माले तिनीहरूलाई दिनुभएअनुसार अरू भाषाहरूमा बोल्न थाले ।
5 A byli w Jeruzalemie mieszkający Żydowie, mężowie nabożni, z każdego narodu tych, którzy są pod niebem.
यरूशलेममा स्वर्गमुनि भएका हरेक जातिबाट आएका ईश्वरभक्त यहूदीहरू बसिरहेका थिए ।
6 A gdy się stał ten głos, zeszło się mnóstwo ludzi i strwożyli się, że je słyszał każdy z nich mówiące własnym językiem swoim.
जब यो आवाज सुनियो मानिसहरूका भिड एकसाथ आए र अन्योलमा परे किनभने हरेकले तिनीहरू तिनीहरूका आफ्नै भाषामा बोलिरहेका सुने ।
7 I zdumiewali się wszyscy, i dziwowali się, mówiąc jedni do drugich: Izali oto ci wszyscy, którzy mówią, nie są Galilejczycy?
तिनीहरू छक्क र चकित भए र तिनीहरूले भने, “साँच्चै, के यी बोलिरहनेहरू गालीलीहरू होइनन्?
8 A jakoż my od nich słyszymy każdy z nas swój własny język, w którymeśmy się urodzili?
त्यसो भए किन तिनीहरूले हाम्रो आफ्नै भाषाहरूमा नै बोलिरहेका हामी हरेकले सुनिरहेका छौँ?
9 Partowie i Medowie, i Elamitowie, i którzy mieszkamy w Mezopotamii, w Judzkiej ziemi, i w Kapadocyi, w Poncie, i w Azyi;
पार्थीहरू र मादीहरू र एलामीहरू र मेसोपोटामिया, यहूदिया र कापाडोकिया, पोन्टस र एसिया
10 W Frygii, i w Pamfilii, w Egipcie, i w stronach Libii, która jest podle Cyreny, i przychodniowie Rzymscy; Żydowie, i nowonawróceni;
फ्रिगिया र पाम्फिलिया, मिश्र र कुरेनी नजिकका लिबियाका भागहरूका बासिन्दाहरू, र रोमका आगन्तुकहरू,
11 Kreteńczycy, i Arabczycy; słyszymy ich, mówiących językami naszemi wielkie sprawy Boże.
यहूदीहरू र यहूदी मत मान्नेहरू, क्रेट निवासी र अरबीहरू छौँ । तिनीहरूले परमेश्वरका महान् कामहरूका बारेमा हाम्रै भाषामा बताइरहेका हामीले सुन्दैछौँ ।”
12 I zdumiewali się wszyscy, i dziwowali się, mówiąc jeden do drugiego: Cóż to wżdy ma być?
तिनीहरू सबै जना चकित र जिल्ल परेर तिनीहरूले एकअर्कालाई भने, “यसको तात्पर्य के हो?”
13 Lecz drudzy naśmiewając się, mówili: Ci się młodem winem popili.
तर अरूले चाहिँ गिज्याए र भने, “तिनीहरू नयाँ मद्यले टन्न भएका छन् ।”
14 A stanąwszy Piotr z jedenastoma, podniósł głos swój i przemówił do nich: Mężowie Judzcy i wszyscy, którzy mieszkacie w Jeruzalemie! niech wam to jawno będzie, a przyjmijcie w uszy słowa moje.
तर पत्रुस एघार जनासँगै खडा भएर उच्च स्वरले तिनीहरूलाई भने, “यहूदिया र यरूशलेममा बस्ने सबै मानिसहरू हो, यो कुरा तपाईंहरूलाई थाहा होस्; मेरो कुरा ध्यान दिएर सुन्नुहोस् ।
15 Albowiem nie są ci, jako wy mniemacie, pijani, gdyż dopiero jest trzecia na dzień godzina.
किनभने तपाईंहरूले ठान्नुभएजस्तो यी मानिसहरू मातेका छैनन्, कारण अहिले दिनको तेस्रो प्रहर मात्र भएको छ ।
16 Aleć to jest ono, co przepowiedziano przez proroka Joela:
तर अगमवक्ता योएलद्वारा यो कुरा बोलिएको छः
17 I będzie w ostateczne dni, (mówi Bóg): Wyleję z Ducha mego na wszelkie ciało, a prorokować będą synowie wasi i córki wasze, a młodzieńcy wasi widzenia widzieć będą, a starcom waszym sny się śnić będą.
‘परमेश्वर भन्नुहुन्छ, “अन्त्यका दिनहरूमा यस्तो हुनेछ, म मेरो आत्मा सबै मानिसहरूमाथि खन्याउनेछु, तिमीहरूका छोराहरू र छोरीहरूले अगमवाणी बोल्नेछन्, र तिमीहरूका वृद्ध मानिसहरूले सपनाहरू देख्नेछन् ।
18 Nawet w oneż dni na sługi moje i na służebnice moje wyleję z Ducha mego, i będą prorokować;
ती दिनहरूमा मेरा दास र दासीहरूमाथि म मेरो आत्मा खन्याउनेछु र तिनीहरूले अगमवाणी बोल्नेछन् ।
19 I ukażę cuda na niebie w górze i znamiona na ziemi nisko, krew, i ogień, i parę dymu.
म माथि स्वर्गमा अचम्मका कुराहरू र तल पृथ्वीमा रगत, आगो, र धुवाँको मुस्लोका चिन्हहरू देखाउनेछु ।
20 Słońce się obróci w ciemność, a księżyc w krew, przedtem niż przyjdzie on dzień Pański wielki i znaczny.
परमप्रभुको महान् र असाधारण दिन आउनअगि सूर्य अँध्यारोमा र चन्द्रमा रगतमा परिणत हुनेछ ।
21 I stanie się, że ktobykolwiek wzywał imienia Pańskiego, zbawion będzie.
यस्तो हुनेछ कि परमेश्वरको नाउँ पुकार्ने हरेकले उद्धार पाउनेछ ।
22 Mężowie Izraelscy! słuchajcie słów tych Jezusa, onego Nazareńskiego, męża od Boga wsławionego u was mocami i cudami, i znamionami, które czynił Bóg przez niego w pośrodku was, jako i wy sami wiecie;
हे इस्राएलका मानिसहरू हो, यी वचनहरू सुन्नुहोस्: परमेश्वरले तपाईंहरूका बिचमा उहाँद्वारा गर्नु भएका शक्तिशाली कामहरू, आश्चर्यकर्महरू र चिन्हहरूद्वारा परमेश्वरले तपाईंहरूकहाँ साँचो प्रमाणित गर्नुभएका मानिस नासरतका येशू नै हुनुहुन्छ भन्ने कुरा तपाईंहरूलाई थाहै छ ।
23 Tego za ułożoną radą i przejrzeniem Bożem wydanego wziąwszy, a przez ręce niezbożników ukrzyżowawszy, zabiliście.
परमेश्वरको अठोट गरिएको योजना र पूर्वज्ञानले गर्दा, उहाँ सुम्पिइनुभयो, र तपाईं अधर्मी मानिसहरूको हातद्वारा क्रुसमा टाँगिनुभयो र मारिनुभयो ।
24 Którego Bóg wzbudził, rozwiązawszy boleści śmierci, jakoż było to niepodobne, aby od niej miał być zatrzymany.
उहाँलाई मृत्युका पीडाहरूबाट छुटाएर परमेश्वरले उहाँलाई जीवित पार्नुभयो किनभने उहाँ यसको अधीनमा रहिरहन सम्भव थिएन ।
25 Albowiem o nim mówi Dawid: Upatrywałem zawsze Pana przed obliczem mojem; bo mi jest po prawicy, abym nie był wzruszony.
किनभने दाऊदले उहाँको बारेमा भनेकाछन्, ‘परमप्रभुलाई मैले सधैँ मेरो मुहार अगाडि देखेँ । उहाँ मेरो दाहिने हात नजिक हुनुहुन्छ, यसकारण म नडगमगाउनु पर्दैन ।
26 Przetoż rozweseliło się serce moje i rozradował się język mój, nadto i ciało moje odpocznie w nadziei;
यसकारण मेरो हृदय आनन्दित थियो र मेरो जिब्रोले आनन्द मनायो । मेरो शरीरले पनि दृढतामा वास गर्नेछ ।
27 Albowiem nie zostawisz duszy mojej w piekle, a nie dasz świętemu twojemu oglądać skażenia. (Hadēs )
किनभने तपाईंले मेरो प्राणलाई पातालमा त्याग्नुहुनेछैन न त तपाईंले तपाईंका पवित्रजनलाई कुहिन दिनुहुनेछ । (Hadēs )
28 Oznajmiłeś mi drogi żywota, a napełnisz mię radością przed obliczem twojem.
तपाईंले मलाई जीवनका मार्गहरू प्रकट गर्नुभयो । तपाईंले आफ्नो मुहारले मलाई खुसीले भरिपूर्ण बनाउनुहुनेछ ।
29 Mężowie bracia! mogę bezpiecznie mówić do was o patryjarsze Dawidzie, żeć umarł i pogrzebiony jest, a grób jego jest u nas aż do dnia dzisiejszego.
हे दाजुभाइहरू हो, म हाम्रा पुर्खा दाऊदका बारेमा दृढतासाथ बोल्न सक्छु: तिनी मरे र गाडिए र तिनको चिहान आजको दिनसम्म हामीसँग छ ।
30 Będąc tedy prorokiem i wiedząc, że mu się Bóg obowiązał przysięgą, iż z owocu biódr jego według ciała miał wzbudzić Chrystusa, a posadzić na stolicy jego.
यसकारण तिनी एक अगमवक्ता थिए र परमेश्वरले तिनकै सन्तानहरूमध्येबाटै एक जनालाई तिनको सिंहसानमा बसाल्नुहुने थियो भनी उहाँले तिनीसँग शपथ खानुभएको कुरा तिनलाई थाहा थियो ।
31 To przeglądając, powiedział o zmartwychwstaniu Chrystusowem, iż nie została dusza jego w piekle, ani ciało jego widziało skażenia. (Hadēs )
तिनले यो कुरा पहिला नै देखे र ख्रीष्टको पुनरुथानको बारेमा यसरी बताए, ‘उहाँ नत पातालमा त्यागिनु भयो नत उहाँको शरीर नै कुहियो ।’ (Hadēs )
32 Tegoć Jezusa wzbudził Bóg, czego my wszyscy jesteśmy świadkami.
यी नै येशूलाई परमेश्वरले जीवित पार्नुभयो जसको हामी सबै जना साक्षी छौँ ।
33 Prawicą tedy Bożą będąc wywyższony, a obietnicę Ducha Świętego wziąwszy od Ojca, wylał to, co wy teraz widzicie i słyszycie.
यसकारण उहाँ परमेश्वरको दाहिने हातपट्टि उठाइनुभयो र पिताबाट प्रतिज्ञा गरिएको पवित्र आत्मा पाएर, उहाँले यो खन्याउनुभएको छ जुन तपाईंहरू सुन्नु र देन्नु हुन्छ ।
34 Albowiemci Dawid nie wstąpił do nieba, lecz sam powiada: Rzekł Pan Panu memu, siądź po prawicy mojej,
दाऊद आफैँ स्वर्ग चढेनन् तर तिनी भन्छन्, ‘परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, “मेरो दाहिने हातपट्टि बस,
35 Aż położę nieprzyjacioły twoje podnóżkiem nóg twoich.
जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रो पाउदान बनाउँदिन ।”’
36 Niechajże tedy wie zapewne wszystek dom Izraelski, że go Bóg i Panem, i Chrystusem uczynił, tego Jezusa, któregoście wy ukrzyżowali.
यसकारण इस्राएलका सबै घरानाले यो निश्चयसाथ जानून कि यही येशू जसलाई तपाईंहरूले क्रुसमा टाँग्नुभयो, परमेश्वरले उहाँलाई प्रभु र ख्रीष्ट दुवै बनाउनु भयो ।
37 A to słysząc, przerażeni są na sercu i rzekli do Piotra i do innych Apostołów: Cóż mamy czynić, mężowie bracia?
जब तिनीहरूले यो सुने, तिनीहरूको हृदय छिया-छिया भयो र तिनीहरूले पत्रुस र अरू बाँकी प्रेरितहरूलाई भने, “भाइहरू हो, हामी के गरौँ?”
38 Tedy Piotr rzekł do nich: Pokutujcie, a ochrzcij się każdy z was w imieniu Jezusa Chrystusa na odpuszczenie grzechów, a weźmiecie dar Ducha Świętego.
अनि पत्रुसले तिनीहरूलाई भने, “पश्चात्ताप गर र तिमीहरू हरेकले तिमीहरूका पाप क्षमाको निम्ति येशू ख्रीष्टको नाउँमा बप्तिस्मा लेओ र तिमीहरूले पवित्र आत्माको वरदान प्राप्त गर्नेछौ ।
39 Albowiemci wam ta obietnica należy i dziatkom waszym, i wszystkim, którzy daleko są, którekolwiek by powołał Pan, Bóg nasz.
यो प्रतिज्ञा तिमीहरूका लागि, तिमीहरूका सन्तानहरूका लागि र टाढा-टाढा भएका सबैका लागि, र परमेश्वरले बोलाउनुहुने सबै मानिसहरूका लागि हो ।”
40 I wielą inszych słów oświadczał się i napominał je, mówiąc: Wyzwólcie się od tego rodzaju przewrotnego.
अरू धेरै वचनहरूद्वारा तिनले गवाही दिए र तिनीहरूलाई आग्रह गरे । तिनले भने, “यो दुष्ट पुस्ताबाट तिमीहरूले आफैँलाई बचाओ ।”
41 Którzy tedy wdzięcznie przyjęli słowa jego, ochrzczeni są i przystało dnia onego dusz około trzech tysięcy.
तब तिनीहरूले तिनको वचन ग्रहण गरे र बप्तिस्मा लिए र झन्डै तिन हजार प्राणहरू त्यस दिन थपिए ।
42 I trwali w nauce apostolskiej i w społeczności, i w łamaniu chleba, i w modlitwach.
तिनीहरू प्रेरितहरूको शिक्षा र सङ्गति, रोटी भाँच्ने कार्य र प्रार्थनामा लागिरहे ।
43 I przyszedł strach na każdą duszę, a wiele się znamion i cudów przez Apostołów działo.
हरेक व्यक्तिमाथि डर छायो र प्रेरितहरूद्वारा धेरै अचम्मका कार्यहरू र चिन्हहरू भए ।
44 A wszyscy, którzy uwierzyli byli pospołu, i wszystkie rzeczy mieli spólne.
विश्वास गर्नेहरू सबै जना सँगसँगै बस्थे र तिनीहरूका सबै चिज साझा थिए ।
45 A osiadłości i majętności sprzedawali, i udzielali ich wszystkim, jako komu było potrzeba.
र तिनीहरूले आफ्ना सम्पत्ति र स्वामित्वमा भएका कुराहरू बेचे र विश्वासीहरूको आवश्यकता अनुसार एकअर्कामा बाँडचुँड गरे ।
46 A na każdy dzień trwając zgodnie w kościele i chleb łamiąc po domach, przyjmowali pokarm z radością i w prostocie serdecznej.
यसरी तिनीहरू दिनहुँ एकै उद्देश्यसहित मन्दिरमा भेला हुन्थे र तिनीहरूले घरघरमा रोटी भाँच्थे र हृदयको नम्रता र आनन्दसाथ एकअर्कामा भोजन बाँडचुँड गर्थे ।
47 Chwaląc Boga i mając łaskę u wszystkiego ludu. A Pan przydawał zborowi na każdy dzień tych, którzy mieli być zbawieni.
तिनीहरूले परमेश्वरको महिमा गर्थे र सबै मानिसहरूमाझ शुभेच्छा थियो । प्रभुले उद्धार पाइरहेकाहरूलाई दिनदिनै तिनीहरूका माझमा थप्नुभयो ।