< II Piotra 3 >

1 Najmilsi! już ten drugi list do was piszę, którym wzbudzam przez napominanie uprzejmą myśl waszę,
प्रिय हो, तिमीहरूका निष्कपट मनलाई उत्साहित तुल्याउन म यो दोस्रो पत्र लेख्दै छु,
2 Abyście pamiętali na słowa przepowiedziane od świętych proroków, i na przykazanie nasze, którzyśmy Apostołami Pana i Zbawiciela:
ताकि तिमीहरूले पवित्र अगमवक्ताहरूले बोलेका वचनहरू र तिमीहरूका प्रेरितहरूद्वारा हाम्रा प्रभु र मुक्तिदाताका आज्ञाहरूको याद गर्न सक ।
3 To najpierwej wiedząc, że przyjdą w ostateczne dni naśmiewcy, według własnych swoich pożądliwości chodzący,
पहिले यो कुरा जान कि अन्तिम दिनहरूमा गिल्ला गर्नेहरू तिमीहरूलाई गिल्ला गर्दै र आफ्नै इच्छामा हिँड्दै आउनेछन् ।
4 I mówiący: Gdzież jest obietnica przyjścia jego? Bo jako ojcowie zasnęli, wszystko tak trwa od początku stworzenia.
अनि यसो भन्दै आउनेछन्, “उहाँको आगमनको प्रतिज्ञा कहाँ गयो? हाम्रा पुर्खाहरू बितेर गए, तर सृष्‍टिको सुरुदेखि नै सबै चिज उस्तै छन् ।”
5 Tego zaiste umyślnie wiedzieć nie chcą, że się niebiosa dawno stały i ziemia z wody i w wodzie stanęła przez słowo Boże,
धेरै वर्षअगि वचनद्वारा नै स्वर्ग र पृथ्वी पानीबाट बनाइएका थिए भन्‍ने कुरा तिनीहरू स्वेच्छाले बिर्सन्छन् ।
6 Dlaczego on pierwszy świat wodą będąc zatopiony, zginął.
अनि त्यस बेलाको पृथ्वी उहाँको वचन र जल प्रलयद्वारा नष्‍ट भयो
7 Lecz te niebiosa, które teraz są i ziemia temże słowem odłożone są i zachowane ogniowi na dzień sądu i zatracenia niepobożnych ludzi.
अनि स्वर्ग र पृथ्वी आगोको न्यायको निम्ति र दुष्‍टहरूको विनाशको लागि त्यही वचनद्वारा सुरक्षित राखिएको छ ।
8 Ale ta jedna rzecz niech wam nie będzie tajna, najmilsi! iż jeden dzień u Pana jest jako tysiąc lat, a tysiąc lat, jako jeden dzień.
प्रिय हो, यो कुरा नभुल कि प्रभुको लागि एक दिन एक हजार वर्ष र एक हजार वर्ष एक दिनझैँ हुन्छ ।
9 Nie omieszkiwać Pan z obietnicą, (jako to niektórzy mają za omieszkanie), ale używa cierpliwości przeciwko nam, nie chcąc, aby którzy zginęli, ale żeby się wszyscy do pokuty udali.
अरूले सोचेजस्तै परमेश्‍वर आफ्नो प्रतिज्ञाको बारेमा ढिलो गर्नुहुन्‍न, तर तिमीहरूको निम्ति उहाँ धैर्यवान् हुनुहुन्छ । उहाँ तिमीहरूमध्ये कोही पनि नाश होस् भन्‍ने चाहनुहुन्‍न, तर उहाँले सबैलाई पश्‍चात्ताप गर्ने समय दिने चाहना गर्नुहुन्छ ।
10 A on dzień Pański przyjdzie jako złodziej w nocy, w który niebiosa z wielkim trzaskiem przeminą, a żywioły rozpalone ogniem stopnieją, a ziemia i rzeczy, które są na niej, spalone będą.
तर परमेश्‍वरको समय चोरजस्तै गरी आउनेछ । ठुलो आवाजसहित आकाश बितेर जानेछ । आगोले तत्त्वहरू पगाल्नेछ र पृथ्वी अनि यसमा भएका कामहरू प्रकट हुनेछन् ।
11 Ponieważ się tedy to wszystko ma rozpłynąć, jakimiż wy macie być w świętych obcowaniach i pobożnościach?
सबै कुरा यसरी नै नाश गरिनेछन् भने तिमीहरू कस्ता मानिसहरू हुनुपर्ने हो? तिमीहरूले पवित्र र धर्मी जीवन जिउनुपर्छ ।
12 Którzy oczekujecie i spieszycie się na przyjście dnia Bożego, w który niebiosa gorejące rozpuszczą się i żywioły pałające stopnieją.
तिमीहरूले व्यग्रतासाथ परमेश्‍वरको आगमनको लागि आशा गर्नुपर्छ । त्यस दिन आकाशहरू आगोद्वारा नष्‍ट गरिनेछ र तत्त्वहरूलाई प्रचण्ड तापले पगाल्नेछन् ।
13 Lecz nowych niebios i nowej ziemi według obietnicy jego oczekujemy, w których sprawiedliwość mieszka.
तर उहाँको प्रतिज्ञाअनुसार हामी नयाँ स्वर्ग र नयाँ पृथ्वीको पर्खाइमा छौँ, जहाँ धार्मिकताले बास गर्छ ।
14 Przetoż najmilsi! tego oczekując, starajcie się, abyście bez zmazy i bez nagany od niego znalezieni byli w pokoju;
त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू गरेका हुनाले दागरहित र खोटरहित अनि उहाँको शान्तिमा हुनको निम्ति सक्दो प्रयास गर ।
15 A nieskwapliwość Pana naszego miejcie za zbawienie wasze, jako wam i miły brat nasz Paweł według danej sobie mądrości pisał,
र हाम्रा प्रभुको धैर्यलाई मुक्ति ठान, जसरी हाम्रा प्रिय भाइ पावलले उनलाई दिइएको ज्ञानद्वारा तिमीहरूलाई लेखेका छन् ।
16 Jako i we wszystkich listach swoich mówiąc o tych rzeczach, między któremi są niektóre rzeczy trudne ku wyrozumieniu, które nieumiejętni i niestateczni wykręcają jako i inne pisma, ku swemu własnemu zatraceniu.
पावलले उनका सबै पत्रहरूमा यी कुराहरूको बारेमा उल्लेख गरेका छन्, जहाँ बुझ्न कठिन हुने कुराहरू पनि छन् । अनुशासनहीन र अस्थिर मानिसहरूले यी कुराहरूलाई बङ्ग्‍याउँछन् जसरी तिनीहरूले धर्मशास्‍त्रका अरू वचनहरूलाई बङ्ग्याउँदै आफ्नो विनाश निम्त्याउँछन् ।
17 Wy tedy, najmilsi! wiedząc to przedtem; strzeżcie się, abyście błędem tych niezbożników nie byli zwiedzeni i nie wypadli z waszej stateczności;
त्यसकारण प्रिय हो, तिमीहरूले यी कुराहरू जानेको हुनाले आफैँलाई सुरक्षित राख ताकि व्‍यवस्थाहीन मानिसहरूको छलले तिमीहरूलाई टाढा नलैजाओस्, र तिमीहरूले आफ्नो विश्‍वासयोग्यतालाई नगुमाओ ।
18 Ale rośćcie w łasce i w znajomości Pana naszego i Zbawiciela, Jezusa Chrystusa, któremu niech będzie chwała i teraz, i na czasy wieczne. Amen. (aiōn g165)
तर हाम्रा प्रभु र मुक्तिदाता येशूको अनुग्रह र ज्ञानमा बढेर जाओ । उहाँलाई अहिले र सदासर्वदा महिमा होस्! आमेन । (aiōn g165)

< II Piotra 3 >

The Great Flood
The Great Flood