< II Królewska 22 >
1 Ośm lat było Jozyjaszowi, gdy począł królować, a trzydzieści jeden lat królował w Jeruzalemie; a imię matki jego było Jedyda, córka Adaja z Besekatu.
योशियाहले राज्य गर्न सुरु गर्दा तिनी आठ वर्षका थिए । तिनले यरूशलेममा एकतिस वर्ष राज्य गरे । तिनकी आमाको नाउँ यदीता थियो (उनी बोस्कतकी अदायाहकी छोरी थिइन्) ।
2 I czynił, co było dobrego przed oczyma Pańskiemi, chodząc wszystkimi drogami Dawida, ojca swego, a nie uchylał się ani na prawo ani na lewo.
परमप्रभुको दृष्टिमा जे ठिक थियो, तिनले त्यही गरे । तिनी आफ्ना पुर्खा दाऊदका सबै मार्गमा हिंडे, र तिनी दायाँ र बायाँ लागेनन् ।
3 A ośmnastego roku króla Jozyjasza posłał król Safana, syna Azalijaszowego, syna Mesulama, pisarza, do domu Pańskiego, mówiąc:
राजा योशियाहको अठारौँ वर्षमा तिनले मशुल्लामका नाति, असल्याहका छोरा सचिव शापानलाई यसो भनेर परमप्रभुको मन्दिरमा पठाए,
4 Idź do Helkijasza, kapłana najwyższego, aby zebrał pieniądze, które wnoszono do domu Pańskiego, które wybierali stróżowie progu od ludu.
“प्रधान पुजारी हिल्कियाहकहाँ जाऊ, र परमप्रभुको मन्दिरमा ल्याइएको रुपियाँ-पैसा जसलाई मन्दिरका पहरादारहरूले मानिसहरूबाट जम्मा गरेका छन्, त्यो गन्न तिनलाई भन ।
5 A niech je dawają w ręce rzemieślników, przełożonych nad robotą domu Pańskiego, aby je dawali robotnikom, którzy robili w domu Pańskim, naprawiając skazę domu;
परमप्रभुको मन्दिरको रेखदेख गर्ने मानिसहरूका हातमा त्यो दिनू, र तिनीहरूले परमप्रभुको मन्दिर मर्मत गर्ने कारिन्दाहरूलाई मन्दिरको मरम्मत गर्ने कामको निम्ति त्यो देऊन् ।
6 To jest, budownikom i cieślom, i murarzom, i na zkupowanie drzewa, i kamienia ciosanego ku naprawie domu.
मन्दिरको मर्मत गर्ने सिकर्मीहरू, निर्माण गर्नेहरू, र डकर्मीहरूलाई अनि काठपात किन्न र ढुङ्गा काटनलाई तिनीहरूले त्यो रुपियाँ-पैसा देऊन् ।”
7 Wszakże niech nie czynią liczby z pieniędzy, które dawają do rąk ich; bo oni wiernie nimi szafować będą.
तर तिनीहरूलाई दिइएको रुपियाँ-पैसाको हरहिसाब लिइएन किनकि तिनीहरूले यो कामलाई विश्वासका साथ सम्हालेका थिए ।
8 I rzekł Helkijasz, kapłan najwyższy, do Safana pisarza. Księgi zakonu znalazłem w domu Pańskim. I dał Helkijasz one księgi Safanowi, i czytał je (Safan).
प्रधान पुजारी हिल्कियाहले सचिव शापानलाई भने, “मैले परमप्रभुको मन्दिरमा व्यवस्थाको पुस्तक भेट्टाएको छु ।” त्यसैले हिल्कियाहले त्यो पुस्तक शापानलाई दिए, र तिनले यो पढे ।
9 Przyszedłszy tedy Safan pisarz do króla, odniósł to królowi, i rzekł: Zebrali słudzy twoi pieniądze, które się znalazły w domu Pańskim, i oddali je w ręce rzemieślników przełożonych nad robotą w domu Pańskim.
शापानले त्यो किताब राजाकहाँ लगे, र तिनलाई यसो भनी विवरण दिए, “तपाईंका दासहरूले मन्दिरमा भेट्टाइएका रुपियाँ-पैसा खर्च गरेका छन्, र तिनीहरूले यो परमप्रभुको मन्दिरको रेखदेख गर्ने कारिन्दहरूका हातमा दिएका छन् ।”
10 Oznajmił też Safan pisarz królowi, mówiąc: Dał mi księgę Helkijasz kapłan; i czytał ją Safan przed królem.
तब सचिव शापानले राजालाई भने, “प्रधान पुजारी हिल्कियाहले मलाई एउटा पुस्तक दिएका छन् ।” तब शापानले त्यो राजाको लागि पढे ।
11 A gdy usłyszał król słowa ksiąg zakonu, rozdarł szaty swe.
जब राजाले व्यवस्थाका वचनहरू सुने तिनले आफ्ना लुगा च्याते ।
12 I rozkazał król Helkijaszowi kapłanowi, i Ahykamowi, synowi Safanowemu, i Achborowi, synowi Micheaszowemu, i Safanowi pisarzowi, i Asajaszowi, słudze swemu, mówiąc:
राजाले पुजारी हिल्कियाह, शापानका छोरा अहीकाम, मीकायाका छोरा अक्बोर, सचिव शापान र राजाका आफ्नै सेवक असायाहलाई हुकुम गरे,
13 Idźcie, poradźcie się Pana o mię, i o lud, i o wszystkiego Judę z strony słów tych ksiąg, które są znalezione; bo wielki jest gniew Pański, który się zapalił przeciwko nam, przeto iż nie posłuchali ojcowie nasi słów tych ksiąg, żeby czynili według wszystkiego, co nam jest napisane.
“जाओ, र यस पुस्तकमा पाइएका वचनहरूको कारणले मेरो लागि र सारा यहूदाका लागि परमप्रभुको सल्लाह खोज । किनकि हाम्रा विरुद्धमा भएको परमप्रभुको क्रोध भयानक छ, किनभने यस पुस्तकमा भएका हाम्रा सम्बन्धका वचनलाई हाम्रा पुर्खाहरूले जसरी पालन गर्नुपर्थ्यो त्यसरी तिनीहरूले गरेनन् ।”
14 A tak poszedł Helkijasz kapłan, i Ahykam, i Achbor, i Safan, i Azajasz, do Huldy prorokini, żony Selluma, syna Tekui, syna Araaszowego, który był stróżem szat; a ona mieszkała w Jeruzalemie na drugiej stronie miasta; i mówili z nią.
त्यसैले पुजारी हिल्कियाह, अहीकाम, अक्बोर, शापान र असायाह अगमवादिनी हुल्दाकहाँ गए । उनी दरबारका लुगाफाटो हेरचाह गर्ने हरहसका नाति, तिक्भाका छोरा शल्लूमकी पत्नी थिइन् । (उनी यरूशलेमको दोस्रो टोलमा बस्थिन्) । तिनीहरूले उनीसित कुरा गरे ।
15 Która rzekła do nich: Tak mówi Pan, Bóg Izraelski. Powiedzcie mężowi, który was posłał do mnie;
उनले तिनीहरूलाई भनिन्, “इस्राएलका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, 'तिमीहरूलाई मकहाँ पठाउने मानिसलाई भन्,
16 Tak mówi Pan: Oto Ja przywiodę złe na to miejsce i na obywateli jego według wszystkich słów ksiąg tych, które czytał król Judzki.
“परमप्रभु यसो भन्नुहुन्छः हेर्, यहूदाका राजाले यस पुस्तकमा पढेअनुसार यस ठाउँ र यसका बासिन्दाहरूमा म विपत्ति ल्याउनेछु ।
17 Przeto, że mię opuścili, i kadzili bogom cudzym, aby mię draźnili wszystkiemi sprawami rąk swoich, dla czego rozpaliła się popędliwość moja przeciwko miejscu temu, i nie będzie ugaszona.
किनकि तिनीहरूले मलाई त्यागे अनि अन्य देवताहरूलाई धूप बाले, यसरी तिनीहरूले गरेका सबै कामले तिनीहरूले मलाई रिस उठाए— यसकारण यस ठाउँको विरुद्धमा मेरो क्रोध दन्केको छ, र यो निभाइने छैन' ।”
18 A królowi Judzkiemu, który was posłał o radę do Pana, tak powiedzcie: Tak mówi Pan, Bóg Izraelski, o słowach, któreś słyszał:
तर परमप्रभुको इच्छा जान्न तिमीहरूलाई पठाउने यहूदाका राजालाई चाहिं तिमीहरूले यसो भन, 'तपाईंले सुन्नुभएको वचनको विषयमा इस्राएलका परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः
19 Ponieważ zmiękczone jest serce twoje, a upokorzyłeś się przed obliczem Pańskiem, słysząc, com powiedział przeciwko temu miejscu, i przeciwko obywatelom jego, iż ma przyjść w spustoszenie i w przeklęstwo; rozdarłeś szaty swe, a płakałeś przedemną, i Jam cię też wysłuchał, mówi Pan.
तिनीहरू उजाड र श्रापित हुनेछन् भनी मैले यस ठाउँ र यसका बासिन्दाहरूको विरुद्धमा भनेको सुनेर तैँले आफ्नो ह्रदय कोमल बनाएको र तैँले परमप्रभुको सामु आफैलाई विनम्र तुल्याएको अनि तैँले आफ्ना लुगा च्यातेको र मेरो सामु रोएका हुनाले मैले तेरो कुरा पनि सुनेको छु—यो परमप्रभुको घोषणा हो ।
20 Przetoż oto Ja cię zbiorę do ojców twoich, a będziesz zebrany do grobu twego w pokoju, aby nie oglądały oczy twoje wszystkiego złego, które Ja przywiodę na to miejsce. I odniesiono tę rzecz królowi.
हेर्, म तँलाई तेरा पुर्खाहरूसित जम्मा गर्नेछु, र तँ शान्तिसित तेरो चिहानमा जानेछस् । मैले यस ठाउँमा ल्याउने सबै विपत्तिलाई तेरा आँखाले देख्नेछैनस् । यसरी मानिसहरूले राजाकहाँ यो सन्देश लिएर गए ।