< I Tymoteusza 1 >
1 Paweł, Apostoł Jezusa Chrystusa podług rozrządzenia Boga, zbawiciela naszego, i Pana Jezusa Chrystusa, który jest nadzieja nasza,
हाम्रा मुक्तिदाता परमेश्वर र हाम्रो आशा ख्रीष्ट येशूको आज्ञा अनुसार येशू ख्रीष्टको प्रेरित पावल,
2 Tymoteuszowi, własnemu synowi w wierze, niech będzie łaska, miłosierdzie, pokój od Boga, Ojca naszego, i Chrystusa Jezusa, Pana naszego.
विश्वासमा साँचो पुत्र तिमोथीलाई, हाम्रो परमेश्वर पिता र हाम्रा प्रभु येशू ख्रीष्टबाट अनुग्रह, कृपा र शान्ति ।
3 Jakom cię prosił, abyś został w Efezie, gdym szedł do Macedonii, patrzże, abyś rozkazał niektórym, żeby inaczej nie uczyli.
मैले म्याकेडोनिया जाँदै गर्दा तिमीलाई अनुरोध गरेँ जस्तै एफिससमा नै बस ताकि तिमीले भिन्न सिद्धान्त सिकाउनेहरूलाई आज्ञा दिन सक्छौ ।
4 I nie bawili się baśniami i wywodami nieskończonemi rodzaju, które więcej sporów przynoszą, niż zbudowania Bożego, które w wierze zależy.
नत तिनीहरूले कथाहरू र अनन्त वंशावलीहरूतिर ध्यान दिऊन, जसले विश्वासद्वारा आउने परमेश्वरको योजनालाई सहायता पुर्याउनु साटो विवाद उत्पन्न गर्छ ।
5 Lecz koniec przykazania jest miłość z czystego serca i z sumienia dobrego, i z wiary nieobłudnej.
तर आज्ञाको लक्ष्यचाहिँ विशुद्ध हृदय, असल विवेक र निष्कपट विश्वासबाट आउने प्रेम हो ।
6 Czego niektórzy jako celu uchybiwszy, obrócili się ku próżnomówności.
केही मानिसहरू यसबाट बरालिएर खोक्रा कुराहरूतिर फर्केका छन् ।
7 Chcąc być nauczycielami zakonu, nie rozumieją ani tego, co mówią, ani co za pewne twierdzą.
तिनीहरू व्यवस्थाको शिक्षकहरू बन्न चाहन्छन्, तर तिनीहरूले जे भन्छन वा जे कुरामा जोड दिन्छन तिमीहरूले नै बुझ्दैनन् ।
8 A wiemy, że dobry jest zakon, jeźliby go kto przystojnie używał,
तर यदि कसैले न्यायसँगत तवरले प्रयोग गर्छ भने व्यवस्था असल छ भन्ने हामीलाई थाहा छ ।
9 Wiedząc to, że sprawiedliwemu nie jest zakon postanowiony, ale niesprawiedliwym i niepoddanym, niepobożnym i grzesznikom, złośliwym i nieczystym, ojcomordercom i matkomordercom, mężobójcom,
हामी यो पनि जान्दछौँ कि व्यवस्था धर्मी मानिसको निम्ति बनाइएको होइन, तर व्यावस्थाविहीन र विद्रोही मानिसहरूको निम्ति, अधर्मी र पापीहरूको निम्ति, ईश्वरहिन र अपवित्र हुनेहरूको निम्ति, आफ्ना बावुहरू र आमाहरूलाई मार्नेहरूको निम्ति, हत्याराहरूका निम्ति,
10 Wszetecznikom, samcołożnikom, ludokradcom, kłamcom, krzywoprzysiężcom, i jeźli co innego jest przeciwnego zdrowej nauce.
अनैतिक यौनसम्बन्ध राख्ने मानिसहरूका निम्ति, समलिंगीहरूका निम्ति, दास बनाउनको लागि अपहरण गर्नेहरूका निम्ति, झूट बोल्नेहरूका निम्ति, झूटो गवाही दिनेहरूका निम्ति, र विश्वासयोग्य शिक्षाको विरूद्धमा हुनेहरूको निम्ति हो ।
11 Według chwalebnej Ewangielii błogosławionego Boga, która mi jest zwierzona.
यो मलाई सुम्पिएको धन्य परमेश्वरको महिमित सुसमाचार अनुसार छ ।
12 Przetoż dziękuję temu, który mię umocnił, Chrystusowi Jezusowi, Panu naszemu, iż mię za wiernego osądził, na usługiwanie postanowiwszy mię.
र म ख्रीष्ट येशू हाम्रो प्रभुलाई धन्यवाद दिन्छु, जसले मलाई शक्ति दिनुभयो, किनभने उहाँले मलाई विश्वासयोग्य ठानेर सेवामा नियुक्त गर्नुभयो ।
13 Którym pierwej był bluźniercą i prześladowcą, i gwałtownikiem; alem miłosierdzia dostąpił, bom to z niewiadomości czynił, będąc w niewierze.
म पहिला ईश्वरनिन्दा गर्ने, सताउने र एउटा हिंस्रक मानिस थिएँ । तर ती मैले अन्जानमा र अविश्वासमा गरेको कारण मैले कृपा प्राप्त गरेँ ।
14 Lecz nader obfitowała łaska Pana naszego z wiarą i z miłością, która jest w Chrystusie Jezusie.
तर हाम्रो प्रभुको अनुग्रह ख्रीष्ट येशूमा भएको विश्वास र प्रेमको साथ हाम्रा परमप्रभुको अनुग्रह प्रशस्तमात्रामा आयो ।
15 Wierna jest ta mowa i wszelkiego przyjęcia godna, iż Chrystus Jezus przyszedł na świat, aby grzeszników zbawił, z których jam jest pierwszy.
यो सन्देश विश्वासयोग्य र सर्वस्वीकारयोग्य छ, कि ख्रीष्ट येशू पापीहरूलाई बचाउनलाई यस संसारमा आउनुभयो । म यी सबैभन्दा तुच्छ हुँ ।
16 Alem dlatego miłosierdzia dostąpił, aby na mnie pierwszym okazał Jezus Chrystus wszelką cierpliwość na przykład tym, którzy weń uwierzyć mają ku żywotowi wiecznemu. (aiōnios )
तर यही कारणको निम्ति मलाई पहिला दया गरियो ताकि अनन्त जीवनको लागि उहाँमाथि विश्वास गर्नेहरूको निम्ति एउटा उदाहरणस्वरूप म सबैभन्दा तुच्छ मानिसमा ख्रीष्ट येशूले आफ्नो सारा धैर्यता प्रकट गर्न सक्नु भएको होस् । (aiōnios )
17 Przetoż królowi wieków nieśmiertelnemu, niewidzialnemu samemu mądremu Bogu, niech będzie cześć i chwała na wieki wieków. Amen. (aiōn )
अब युगहरूका राजा, अविनाशी, अदृश्य, एकमात्र परमेश्वरलाई सदासर्वदा आदर र महिमा होस् । आमिन । (aiōn )
18 Toć rozkazanie zalecam, synu Tymoteuszu! abyś według proroctw, które uprzedziły o tobie, bojował w nich on dobry bój,
मेरो छोरो तिमोथी, तिम्रो बारेमा पाहिला गरिएको अगमवाणीसँग सहमत हुँदै तिमीलाई यो आज्ञा दिन्छु ताकि तिमी असल लडाइँ लड्न सक ।
19 Mając wiarę i dobre sumienie, które niektórzy odrzuciwszy, szkodę podjęli w wierze;
यसैले तिमीले विश्वास र असल विवेक कायम गर । केही मानिसहरूले यी कुराहरूलाई इन्कार गरेर विश्वासमा नष्ट भएका छन् ।
20 Z których jest Hymeneusz i Aleksander, którychem oddał szatanowi, aby pokarani będąc, nauczyli się nie bluźnić.
हुमेनियस र अलेक्जेन्डर जस्ता मानिसहरुलाई मैले शैतानको हातमा सुम्पेकोछु ताकि तिनीहरूले निन्दा गर्नुहुँदैन भनेर सिकून् ।