< Psalm 78 >
1 KOMAIL nai aramas akan, rong ai kusoned; komail kapaike dong salong omail padak en au ai!
हे मेरा मानिसहरू, मेरो शिक्षा सुन । मेरा मुखका वचनहरू सुन ।
2 I pan ki pasang au ai, pwen padak, o pan kida kasoi en mas o,
दृष्टान्तमा म आफ्नो मुख खोल्नेछु । विगतका गुप्त कुराको बारेमा म गीत गाउनेछु ।
3 Me kitail rongadar o asaer, o sam atail kasoi ong kitail er,
हामीले सुनेका र सिकेका कुराहरू, हाम्रा पुर्खाहरूले हामीलाई भनेका कुराहरू यिनै हुन् ।
4 Pwe kitail ender karirila sang kadaudok arail, me pan pwarado mur, o kaparokki wau en Ieowa, o a manaman o a dodok kapuriamui kan.
तिनीहरूका सन्तानहरूबाट हामी ती कुरा लुकाउनेछैनौं । परमप्रभुका प्रशंसनीय कामहरू, उहाँको सामर्थ्य र उहाँले गर्नुभएका अचम्मका कामहरूका बारेमा हामी अर्को पुस्तालाई बताउनेछौं ।
5 Pwe a kotin kauada men kataman eu ren Iakop, o kotikida kapung eu ren men Israel, me a kotin kakaliki ong sam atail akan, pwe ren uselang nair seri kan,
किनकि उहाँले याकूबमा करारका नियमहरू स्थापित गर्नुभयो र इस्राएलमा व्यवस्था दिनुभयो । उहाँले हाम्रा पूर्खाहरूलाई ती आफ्ना सन्तानहरूलाई सिकाउने आज्ञा दिनुभयो ।
6 Pwe di en mur en asa due, o seri ko, me pan ipwidi; o ni ar kokoda, ren pil kasoi ong nair seri kan,
उहाँले यस्तो आज्ञा दिनुभयो, ताकि अझै नजन्मेका छोराछोरी, अर्थात् आउने पुस्ताले उहाँका आदेशहरू जानोस्, जसले पछि तिनीहरूका आफ्नै सन्ताहरूलाई ती भन्नुपर्छ ।
7 Pwe irail en kaporoporeki Kot, o ren der monokela en Kot a wiawia kan, o ren kapwaiada a kusoned akan,
तब तिनीहरूले आफ्नो आसा परमेश्वरमा राखून् र उहाँका कामरू नबिर्सून्, तर उहाँका आज्ञाहरू पालन गरून् ।
8 O ren der dueta sam arail akan, me kainok kangudi o katiwo eu, me mongiong arail sota tengeteng, o ngen arail sota melel ong Kot;
तब तिनीहरू आफ्ना पुर्खाहरूजस्ता हुनेछैनन्, जो हठी र विद्रोही पुस्ता थिए । एउटा यस्तो पुस्ता जसका हृदयहरू ठिक थिएनन् र जसका आत्माहरू परमेश्वरप्रति समर्पित र विश्वासयोग्य थिएनन् ।
9 Dueta kainok Epraim, me wa tatan mauin, ap purela sang nan pei.
एफ्राइमीहरू धनुले सुसज्जित थिए, तर तिनीहरू युद्धको दिनमा पछि फर्के ।
10 Irail sota dadaurata inau en Kot, o re sota men weweideki duen a kusoned akan;
तिनीहरूले परमेश्वरसँगको करार पालन गरेनन् र तिनीहरूले उहाँको व्यवस्था पालन गर्न इन्कार गरे ।
11 O re monokelar a wiawia kan o a manaman akan, me a kotin kasansale ong irail er.
तिनीहरूले उहाँका कामहरू, उहाँले तिनीहरूलाई प्रकट गर्नुभएको अचम्मका कुराहरूलाई बिर्से ।
12 A kotin wiadar manaman akai sansal mon sam arail akan nan Äkipten, nan sap Soan.
मिश्र देशमा, सोअनको देशमा तिनीहरूका पुर्खाहरूका दृष्टिमा उहाँले गर्नुभएको चमत्कारिक कुराहरूलाई तिनीहरूले बिर्से ।
13 A kotin palang pasang madau o kotin mueid ong ir, en kotela, o wiadar pil dueta kel takai eu.
उहाँले समुद्रलाई दुई भाग पार्नुभयो र तिनीहरूलाई त्यसको पारिपट्टि लानुभयो । उहाँले पानीलाई पर्खालहरूझैं खडा गर्नुभयो ।
14 A kotin kalua kin irail tapok ni ran o, a ni pong umpul en kisiniai.
दिनको समयमा बादलले र रातभरि आगोको प्रकाशले उहाँले तिनीहरूलाई डोर्याउनुभयो ।
15 A kotin palang pasang paip nan sap tan o kanim pile kin irail pil toto.
उहाँले उजाडस्थानको चट्टा चिर्नुभयो र समुद्रको गहिराइ भर्न प्रशस्त हुने पानी उहाँले तिनीहरूलाई दिनुभयो ।
16 O a kotin kapkapwile wei pilap kai sang nan paip, pwe ren pwile wei dueta pilap laud akan.
चट्टानबाट उहाँले खोलाहरू बगाउनुभयो र पानीलाई नदीहरूझैं बगाउनुभयो ।
17 Ari so, re dadaurata ni arail dipi ong i, o re kaongiongi me Lapalap o nan sap tan.
तापनि तिनीहरूले उजाड-स्थानमा सर्वोच्चको विरुद्धमा विद्रोह गरेर उहाँको विरुद्धमा पाप गरिरहे ।
18 O re kasongesong Kot nan mongiong arail, ni ar inong iong kan arail manga.
आफ्नो भोक मेटाउनलाई खाना मागेर आफ्ना हृदयहरूले तिनीहरूले परमेश्वरलाई चुनौति दिए ।
19 O re palian Kot ni ar inda: Melel Kot pan kak wiada tepel eu nan sap tan?
तिनीहरू परमेश्वरको विरुद्धमा बोले । तिनीहरूले भने, “परमेश्वरले हामीलाई उजाड-स्थानमा साँच्चै नै खाना खुवाउन सक्नुहुन्छ र?
20 Kilang, a poki paip o, pwe pil en pwarado o pilap akan pwilepwile wei, a iaduen, a pan kak kida prot o uduk ong na aramas akan?
हेर, उहाँले चट्टानलाई प्रहार गर्नुहुँदा, पानी निस्कियो र नदीहरू बगे । तर के उहाँले रोटी पनि दिन सक्नुहुन्छ? के उहाँले आफ्ना मानिसहरूलाई मासु दिनुहुनेछ?”
21 Ieowa lao mangier mepukat, ap kotin ongiongadar, o kisiniai wiauier ren Iakop, o ongiong lel ong Israel,
जब परमप्रभुले यो सुन्नुभयो, तब उहाँ रिसाउनुभयो । त्यसैले उहाँको आगो याकूबको विरुद्ध दन्क्यो र उहाँको रिसले इस्राएललाई आक्रमण गर्यो,
22 Pweki ar so kamelele Kot, o sota kaporoporeki a sauas.
किनभने तिनीहरूले परमेश्वरमा विश्वास गरेनन् र उहाँको उद्धारमा भरोसा गरेनन् ।
23 A ap kotin masani ong tapok en poa kan, o ritingida wanim en lang akan.
तापनि उहाँले माथिका आकाशलाई आज्ञा गर्नुभयो र आकाशका ढोकाहरू खोल्नुभयो ।
24 O kotin kamoredi ong ir manga, pwe ren manga, o a kotiki ong ir prot en lang.
तिनीहरूलाई खानलाई उहाँले मन्न बर्साउनुभयो, र उहाँले तिनीहरूलाई स्वर्गको अन्न दिनुभयो ।
25 Irail kangalar prot en tounlang kan; a kotin kadar ong ir kisin manga toto.
मानिसहरूले स्वर्गदूतहरूका रोटी खाए । तिनीहरूलाई उहाँले प्रशस्त गरी खाना पठाउनुभयो ।
26 A kotin kapwaredar pan lang ang en mas en lang, o ni a manaman a kotin kamokidada ang en pali air.
उहाँले आकाशमा पूर्वी बतास चलाउनुभयो र दक्षिणी बतासलाई आफ्नो शक्तिले उहाँले डोर्याउनुभयो ।
27 O a kotin kamoredi ong ir uduk dueta pwel par, o manpir dueta pik en oror.
धूलोझैं उहाँले तिनीहरूमाथि मासु, समुद्रको बालुवाझैं चराहरू बर्साउनुभयो ।
28 O a kotin kapup irail di wasa karos, me irail kauson ia.
तिनीहरूका शिविरको बिचमा, तिनीहरूका पालहरूको चारैतिर ती झरे ।
29 Rap mangamanga o medilar kaualap, o a kotin mueid ong ir ar inong.
त्यसैले तिनीहरूले खाए र अघाए । तिनीहरूले जे लालसा गरे सो उहाँले तिनीहरूलाई दिनुभयो ।
30 A ni ar kapwaiadar ar inong, o ni ar mangamanga,
तर तिनीहरू अझै अघाएका थिएनन् । तिनीहरूको खाना अझै तिनीहरूको मुखमै थियो ।
31 Ongiong en Kot ap lel ong irail er, o kamelar ol lapalap re’rail, o kotin wokiedi manakap en Israel kasampwal akan.
तब परमेश्वरको क्रोध तिनीहरूमाथि पर्यो र तिमध्येका बलियाहरूलाई मार्यो । उहाँले इस्राएलका जवानहरूलाई तल झार्नुभयो ।
32 A re kalaudelar arail dip, o re sota kamelele a manaman akan.
यति हुँदा पनि, तिनीहरूले निरन्तर पाप गरे र उहाँका अचम्मका कामहरूमा विश्वास गरेनन् ।
33 I me a kotin mueideki ren mela, re sota paida, o ar apwal akan me toto arain ar maur.
यसकारण परमेश्वरले तिनीहरूका दिनहरू घटाउनुभयो । तिनीहरूका वर्षहरू त्रासले भरिएका थिए ।
34 Ni a kotin kame irail la, rap idok i, o wukila, o rapaki Kot.
जब परमेश्वरले तिनीहरूमाथि विपत्ति ल्याउनुभयो, तब तिनीहरूले उहाँको खोजी गर्न थाले, अनि तिनीहरू फर्के र उहाँलाई उत्सुकतासाथ खोजे ।
35 O re tamandar, me Kot kele parail o Kot lapalap ar saundor.
परमेश्वर तिनीहरूका चट्टान हुनुहुन्थ्यो र सर्वोच्च तिनीहरूका उद्धारकर्ता हुनुहुन्थ्यो भनी तिनीहरूले सम्झे ।
36 O re lik sansal mau ong i ni au arail o re likam ong i ni lo ar.
तर तिनीहरूले आफ्ना मुखले उहाँसँग चापलुसी गरे र तिनीहरूका शब्दहरूले उहाँसँग झुट बोले ।
37 A mongiong arail sota tengeteng ong i, o re sota dadaurata melel a inau.
किनकि तिनीहरूका हृदयहरू उहाँमा स्थिर थिएनन् र तिनीहरू उहाँको करारप्रति विश्वासयोग्य थिएनन् ।
38 Ari so, a kotin kalangan ong ir, o kotin makeki ong ir dip arail, o sota kame irail la, o katukiedi a ongiong pan pak toto, o sota ongiongi melel.
तापनि उहाँ कृपालु हुनुभएर तिनीहरूका अधर्म क्षमा गर्नुभयो र तिनीहरूलाई नष्ट गर्नुभएन । हो, धेरै पल्ट उहाँले आफ्नो रिस थाम्नुभयो र उहाँका सबै क्रोधलाई उत्तेजित गर्नुभएन ।
39 Pwe a kotin kupura, me irail pali uduk, dueta kisiniang, me pir wei o solar puredo.
तिनीहरू मासुले बनेका हुन्, तिनीहरू बितिजाने र फर्केर नआउने बतास हुन् भनी उहाँले याद गर्नुभयो ।
40 Pan pak toto re kangudi ong i nan sap tan, o kakupur suedi i nan mal.
उजाड-स्थानमा र बाँझो ठाउँहरूमा तिनीहरूले कति धेरै पल्ट उहाँको विरुद्धमा विद्रोह गरेर उहाँलाई दुःखी बनाए!
41 Irail pur ong ansau karos kasongesong Kot, o re akapungi ong me Saraui ren men Israel.
तिनीहरूले परमेश्वरलाई धेरै पल्ट चुनौति दिए र इस्राएलका परम पवित्रलाई चित्त दुखाए ।
42 Re solar tamanda lim a manaman, me dore ir ala sang ar imwintiti kan ni ran o.
तिनीहरूले उहाँको शक्तिको बारेमा विचार गरेनन्, उहाँले तिनीहरूलाई शत्रुहरूबाट कसरी छुटकारा दिनुभएको थियो,
43 Duen a kotin wiadar a manaman akan nan Äkipten o a dodok kapuriamui nan Soan.
जब उहाँले मिश्रदेशमा आफ्ना डरलाग्दा चिन्हहरू देखाउनुभयो र सोअनको क्षेत्रमा आफ्ना चमत्कारहरू देखाउनुभयो ।
44 A kotin kawuki ong nta ar pil akan, rap solar kak nima sang ar pilap akan.
उहाँले मिश्रदेशका नदीहरूलाई रगतमा परिणत गर्नुभयो, ताकि तिनीहरूले आफ्ना नदीहरूका पानी पिउन सकेनन् ।
45 Ni a kotin kapwaredar man sued akan nan pung arail, me kang ir ala, o pros akan, me kawe ir ala.
उहाँले झींगाका हुल पठाउनुभयो, जसले तिनीहरूलाई टोके र भ्यागुताहरूले तिनीहरूका देशलाई अतिक्रमण गर्यो ।
46 A kotiki ong muedi ar tuka kan, o ar wantuka ong man siek.
तिनीहरूका अन्न फट्याङ्ग्रहरूलाई र तिनीहरूका परिश्रम सलहहरूलाई उहाँले दिनुभयो ।
47 A kotin kawekilar akel ar wain o tuka kan ki akel tikitik.
तिनीहरूका दाखहरूलाई असिनाले र तिनीहरूका अञ्जीरका रूखहरूलाई धेरै असिनाले उहाँले नाश पार्नुभयो ।
48 A kotin kamekila ar man akel akan o ar pwin man akan liol.
तिनीहरूका बथानमाथि उहाँले असिना बर्साउनुभयो र तिनीहरूका बगालमाथि बिजुली फाल्नुभयो ।
49 A kotin ongiong melel o porone wong ir tounlang sued kai, o mueid ong ir, ren lingarangar, o morsued, o kainsensued.
उहाँको रिसको उग्रता तिनीहरूका विरुद्धमा पर्यो । उहाँले क्रोध, रिस र समस्यालाई विपत्ति ल्याउने एजेन्टझैं पठाउनुभयो ।
50 A kotin kaonopa dang ongiong al apot, o sota dorelar maur arail sang mela, o kotin mueid ong kilitop ni maur arail.
आफ्नो रिसको निम्ति उहाँले मार्ग तयार गर्नुभयो । उहाँले तिनीहरूलाई मृत्युबाट बचाउनुभएन तर तिनीहरूलाई रूढीमा सुम्पिनुभयो ।
51 A kotin kamelar meseni karos nan Äkipten, meseni en ar kelail nan im en Am akan.
मिश्रदेशका सबै जेठाहरूलाई, हामका पालहरूमा भएका तिनीहरूका जेठाहरूलाई उहाँले मार्नुभयो ।
52 A kotin kaluala sapwilim a kan dueta pwin sip eu nan sap tan.
आफ्ना मानिसहरूलाई उहाँले भेडालाई झैं डोर्याउनुभयो र बगाललाई झैं तिनीहरूलाई उजाडस्थानमा बाटो देखाउनुभयो ।
53 A kotin kalua irail ni pung, pwe ren der masak meakot, a madau kadupaledi ar imwintiti kan.
सुरक्षित र निर्भयसाथ उहाँले तिनीहरूलाई डोर्याउनुभयो, तर समुद्रले तिनीहरूका शत्रुहरूलाई डुबायो ।
54 A kotin wa ir ala lel ni irair en sap saraui, lel nana wet, me lim a pali maun kileledier.
त्यसपछि उहाँले तिनीहरूलाई आफ्नो पवित्र देशको सिमानामा, उहाँको दहिने हातले प्राप्त गरेको यो पर्वतमा ल्याउनुभयो ।
55 O kotin pakipaki men liki kan mo’rail, o kotin nek ong ir sap arail, pwen sosoki, o a kotiki ong kainok en Israel akan, en kaukauson nan im arail.
तिनीहरूको सामुबाट उहाँले जातिहरूलाई धपाउनुभयो र तिनीहरूलाई आफ्नो उत्तराधिकार दिनुभयो । इस्राएलका कुलहरू उहाँले तिनीहरूका आफ्ना पालहरूमा बसाल्नुभयो ।
56 A re songesong? o kaongiong Kot lapalap, o sota peiki ong i, o sota duki ong a masan akan.
तापनि तिनीहरूले सर्वोच्च परमेश्वरलाई चुनौति दिए र अवज्ञा गरे, अनि उहाँका गम्भीर आज्ञाहरू पालन गरेनन् ।
57 O re muei sang o mamaleki meakaros, dueta sam arail akan, o re sota tengeteng, dueta kasik katieu luet eu.
तिनीहरू अविश्वासयोग्य भए र आफ्ना पुर्खाहरूले झैं धोकापूर्ण काम गरे । तिनीहरू खोटपूर्ण धनुजस्तै भरोसाहीन थिए ।
58 O re kaongiong i ni ar kaudok pon dol akan, o re kupur suedeki i ki arail dikedik en ani kan.
किनकि तिनीहरूले उहाँलाई आफ्ना अग्ला डाँडाहरूले क्रुद्ध बनाए र आफ्ना मूर्तीहरूले उहाँलाई डाहले रसाउने बनाए ।
59 A Kot lao kotin mangi mepukat, ap kotin ongiongada o kasapok ir ala melel.
जब परमेश्वरले यो सुन्नुभयो, तब उहाँ रिसाउनुभयो र इस्राएललाई पूर्ण रूपमा इन्कार गर्नुभयो ।
60 A kotin muei sang tanpas a nan Silo, im pwal o, wasa a kotikot ia ren aramas akan.
शीलोको पवित्रस्थान, उहाँ मानिसहरूका बिचमा बास गर्नुभएको पाललाई उहाँले त्याग्नुभयो ।
61 A kotiki wei sapwilim akan nan imateng, o a lingan nan pa en imwintiti kan.
उहाँले आफ्नो सामर्थ्यलाई कसैको कब्जामा सुम्पिदिनुभयो र आफ्नो महिमालाई शत्रुहरूका हातमा सुम्पिनुभयो ।
62 A kotiki wei sapwilim a aramas akan ni kodlas, o kotin ongiongi sapwilim a soso.
उहाँले आफ्ना मानिसहरूलाई तरवारमा सुम्पिनुभयो र उहाँ आफ्ना उत्तराधिकारसँग रिसाउनुभयो ।
63 Kisiniai kangala ar manakap akan, o ar peinekap akan solar kak papaud.
आगोले तिनीहरूका जवान मानिसहरूलाई भष्म पारे, र तिनीहरूका जवान स्त्रीहरूसँग विवाहको गीत थिएन ।
64 Arail samero kan mekilar kodlas, a solar li odi kan, me kin maiei.
तिनीहरूका पुजारीहरू तरवारले ढले र तिनीहरूका विधवाहरू रुन सकेनन् ।
65 Ieowa ap kotin opala wasa dueta amen me mairelar, dueta ol komad amen kin ngisingis ni a kang wain.
अनि परमप्रभु निद्राबाट जागेझैं, दाखमद्यको कारणले कराउने योद्धाजस्तै उठ्नुभयो ।
66 A kotin kaloedier a imwintiti kan o kanamenok ir ala kokolata.
उहाँले आफ्ना वैरीहरूलाई पछि फर्काउनुभयो । उहाँले तिनीहरूलाई अनन्त लाजमा पार्नुभयो ।
67 A kotin kaselar im en Iosep, o sota piladar kainok en Epraim.
उहाँले योसेफको पाललाई इन्कार गर्नुभयो र उहाँले एफ्राइमको कुललाई चुन्नुभएन ।
68 Pwe a kotin piladar kainok en Iuda, dol Sion, me a kotin kupura.
उहाँले यहूदाको कुल र उहाँले प्रेम गर्नुभएको सियोन पर्वतलाई चुन्नुभयो ।
69 O a kotin kauadar tanpas a im saraui wasa ileile, dueta sappa me pan tengeteng eta kokolata.
उहाँले आफ्नो पवित्रस्थानलाई स्वर्गझैं, उहाँले सदाको निम्ति स्थापना गर्नुभएको पृथ्वीझैं बनाउनुभयो ।
70 Ap kotin piladar sapwilim a ladu Dawid, o a kotin ale i sang nan deun sip akan.
उहाँले आफ्नो दास दाऊदलाई चुन्नुभयो र तिनलाई भेडाका बगालहरूबाट ल्याउनुभयो ।
71 A kotin kalua i sang ren sip en kadidi kan, pwen kamanga sapwilim a kainok en Iakop o a soso men Israel.
आफ्ना पाठाहरूका साथमा हिंड्ने भेडीहरूका पछि लाग्नबाट उहाँले तिनलाई ल्याउनुभयो, अनि उहाँले तिनलाई याकूब, उहाँका मानिसहरू, र उहाँको उत्तराधिकार इस्राएलको गोठालो तुल्याउनुभयो ।
72 O a kotin apapwali ir ni tiak en mongiong melel o pung, o kakaun irail ada ni koiok en lim a kan.
आफ्नो हृदयको इमानदारीताले दाऊदले उनीहरूको रेखदेख गरे र आफ्नो हातको सीपले तिनले उनीहरूलाई बाटो देखाए ।