< Matäus 26 >

1 KADEKADEO Iesus lao kaimwisokela padak pukat karos, ap kotin masani ong sapwilim a tounpadak kan:
येशूले यी सबै वचन भनिसक्‍नुभएपछि उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो,
2 Komail asa, pong ria pong pasa pan wiaui o Nain aramas pan pangala, en kalopula.
“तिमीहरूलाई थाहा छ, कि दुई दिनपछि निस्तार-चाड आउँदै छ, र मानिसका पुत्र क्रुसमा टाँगिनको निम्ति सुम्पिनेछ ।”
3 Samero lapalap akan o saumas akan en toun sap o ap pokon pena nan im eng samero lapalap, me maraneki Kaipas.
त्यसपछि कैयाफा नाउँ गरेका प्रधान पुजारीको दरबारमा मुख्य पुजारीहरू तथा मानिसहरूका एल्डरहरू एकसाथ भेला भए ।
4 O kapukapung pena duen ar pan widingadi Iesus en kamatala.
तिनीहरू मिलेर येशूलाई छलसित पक्रने र उहाँलाई मार्ने षड्यन्‍त्र गरे ।
5 A irail inda: Iermen ni ran en kamadip, pwe aramas ede moromorongada.
किनकि तिनीहरूले यसरी भनिरहेका थिए, “चाडको बेलामा भने होइन, ताकि मानिसहरूका माझ खैलाबैला नमच्‍चियोस् ।”
6 Iesus lao kotikot Petaniem nan im en Simon tuketuk,
अनि जब येशू बेथानियामा सिमोन भन्‍ने एक जना कुष्‍ठरोगीको घरमा हुनुहुन्थ्यो,
7 Li amen ap poto dong i, wa kisin potel alapasta audaud en men kei kasampwalia ap kieledier ong pon kadokenmai, ni a kotin konot.
उहाँ एउटा टेबुलमा अडेस लगाएर बसिरहनुहुँदा अति बहुमूल्य अत्तरको सिङ्गमरमरको एउटा शीशी बोकेकी एउटी स्‍त्री उहाँकहाँ आई, र उसले त्यसलाई उहाँको शिरमा खन्याइदिई ।
8 A tounpadak kan lao kilanger, ap suede kidar indada: Menda kei wet olar mal?
तर जब उहाँका चेलाहरूले यो देखे, तिनीहरू रिसाएर भने, “यसरी नोक्सानी गर्नुको कारण के हो?
9 Pwe a pan netila, kareda pwai laud ap nek ong samama kan.
यसलाई ठुलो रकममा बेच्न सकिन्थ्यो, र गरिबलाई दिन सकिन्थ्यो ।”
10 Iesus lao mangi met, ap kotin masani ong irail: Da me komail kainsensuedeki li o? Pwe me mau, me a wiai ong ia er.
तर येशूले यो जानेर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले यी स्‍त्रीलाई किन दुःख दिइरहेका छौ? किनकि यिनले मेरो निम्ति अति नै राम्रो काम गरेकी छन् ।
11 Pwe me samama kan kin mi re omail ansau karos, a ngai sota ansau karos.
गरिबहरू त तिमीहरूसँग सधैँ हुनेछन्, तर म तिमीहरूसँग सधैँ रहनेछैन ।
12 Pwe ni a wudok kidi pil wet pon war ai, a kaonopadar ai saredi.
किनकि जब यी स्‍त्रीले यो अत्तर मेरो शरीरमाथि खन्याइन्, यिनले मेरो दफनको निम्ति यो गरिन् ।
13 Melel I indai ong komail, wasa karos, me rongamau wet pan kalok ia, pangada sappa pon, me a wiaer et, pil pan kaloki, pwen katamanpa.
साँच्‍चै म तिमीहरूलाई भन्दछु, यो सुसमाचार संसारको जुनसकै ठाउँमा प्रचार गरिँदा, यी स्‍त्रीले जे गरेकी छन्, तिनको सम्झनामा यो चर्चा गरिनेछ ।”
14 Amen ekriamen, me adaneki Iudas Iskariot, ap koieila ren samero lapalap akan,
त्यसपछि बाह्र जनामध्येको एक जसको नाउँ यहूदा इस्करियोत थियो, ऊ मुख्य पुजारीहरूकहाँ गयो,
15 Indada: Da me komail pan ki dong ia, i pan panga dong komail i? Irail ari inauki ong i sip en moni sileisok.
र भन्यो, “उहाँलाई तपाईंहरूकहाँ पक्राइदिनलाई तपाईंहरूले मलाई के दिन तयार हुनुहुन्छ?” तिनीहरूले उसको निम्ति तिसवटा चाँदीका सिक्‍का छुट्‌ट्याइदिए ।
16 A sang ni ansau o a sosong duen a pan mangai ong en pangala i.
त्यस बेलादेखि उहाँलाई तिनीहरूका हातमा पक्राइदिनलाई उसले मौका खोजिरह्‍यो ।
17 Ni ran kaieu en prot somut tounpadak kan poto dong Iesus patoan ong: Ia wasa re kotin kupura, sen kaonopadang ir kamadip en pasa?
अब अखमिरी रोटीको चाडको पहिलो दिनमा चेलाहरू येशूकहाँ आएर भने, “हामीले तपाईंको निम्ति निस्तार-चाडको भोज कहाँ तयार पारेको तपाईं चाहनुहुन्छ?”
18 A kotin masani: Kola nan kanim ren ol amen indai ong i: Saunpadak o masani: Ai ansau korendor, I pan wiada kamadip en pasa re om, o ai tounpadak kan pan iang ia.
उहाँले भन्‍नुभयो, “सहरमा एक जना व्यक्‍तिकहाँ जाओ र उसलाई भन, ‘गुरुले भन्‍नुहुन्छ, मेरो समय नजिकै आइपुगेको छ । म तिम्रो घरमा चेलाहरूसँगै निस्तार-चाड मनाउन चाहन्छु ।’”
19 Tounpadak kan ap wiadar duen masan en Iesus, kaonopadar pasa.
येशूले जस्तो निर्देशन दिनुभएको थियो, चेलाहरूले त्यस्तै गरे, र उनीहरूले निस्तार-चाडको निम्ति तयारी गरे ।
20 A lao sautik penaer, a kaipokedi ni tepel, a ekriamen akan iang i.
जब साँझ पर्‍यो, उहाँ आफ्ना बाह्र चेलासँग भोज खानलाई बस्‍नुभयो ।
21 Ni arail konokonot, a kotin masani: Melel I indai ong komail, amen komail pan pang ia la.
जब उहाँ र चेलाहरू खाइरहनुभएको थियो, उहाँले भन्‍नुभयो, “साँच्‍चै म तिमीहरूलाई भन्दछु, कि तिमीहरूमध्ये एक जनाले मलाई धोका दिनेछ ।”
22 Irail ap insensued o amen amen potoan ong i indada: Maing ngai i?
उनीहरू सबै अति दुःखित भए, र हरेकले उहाँलाई यसरी सोध्‍न थाले, “प्रभु, म त निश्‍चय नै होइन होला?”
23 A kotin sapeng masani: Me ian ia kaduedi nan dal o, i me pan pang ia la.
उहाँले जवाफ दिनुभयो, “जसले मसँगै यस कचौरामा हात डुबाउँछ, उसले नै मलाई धोका दिनेछ ।
24 Pwe Nain aramas pan kokola duen a intingidier. A suedi ong aramas o, me Nain aramas pangala re a, me mau ong aramas o, ma a sota ipwidier.
मानिसका पुत्र त्यहीअनुसार नै जानेछन् जसरी उनको बारेमा लेखिएको छ । तर धिक्‍कार त्यस व्यक्‍तिलाई जसको कारण मानिसका पुत्रलाई धोका हुन्छ! त्यो व्यक्‍ति त नजन्मिएकै भए त्यसको निम्ति असल हुने थियो ।”
25 A Iudas, me pangala i ap sapeng potoan ong indada: Rapi, ngai i? A kotin masani ong i: Koe me indada.
यहूदा जसले उहाँलाई धोका दिनेवाला थियो, उसले भन्यो, “रब्बी, के त्यो म हुँ?” उहाँले त्यसलाई भन्‍नुभयो, “तिमी आफैँले त्यो भनेका छौ ।”
26 Ni arail wiadar konot. Iesus kotin limadar prot laolaoki, o pilitiki pasang, kotiki ong toupadak kan masani: Ale tungole, war ai metet.
उहाँ र चेलाहरूले खाइरहनुहुँदा येशूले रोटी लिनुभई धन्यवाद दिनुभयो र त्यो भाँच्‍नुभयो । उहाँले त्यो आफ्ना चेलाहरूलाई दिनुभयो र भन्‍नुभयो, “लेओ, खाओ । यो मेरो शरीर हो ।”
27 A pil kotikida dal o laolaoki kotiki ong irail masani: Komail karos nim sang;
उहाँले कचौरा लिनुभयो र धन्यवाद दिनुभयो, अनि त्यो उनीहरूलाई दिनुभयो र भन्‍नुभयो, “तिमीहरू सबैले यसलाई पिओ ।
28 Pwe nt’ ai metet, udan inau kap, me pan kapwilipwilidi ong me toto, men lapwada dip.
किनकि यो करारमा भएको मेरो रगत हो जुन धेरैका पापको क्षमादानको निम्ति बगाइएको छ ।
29 A I indai ong komail, me I solar pan nim sang wan wain sang ansau wet lao lei ni ran o, me I pan pil nim nan wein Sam ai iangaki komail!
तर म तिमीहरूलाई भन्दछु, म यस बोटको फलबाट अब फेरि पिउनेछैन, जबसम्म मेरा पिताको राज्यमा म तिमीहरूसँग नयाँ गरी पिउँदिन ।”
30 Irail lao melkakaki melkaka en kaping, rap kotila pon dol Oliwe.
उहाँहरू सबैले भजन गाइसक्‍नुभएपछि उहाँहरू जैतून डाँडातर्फ लाग्‍नुभयो ।
31 Iesus ap kotin masani ong irail: Komail karos pan makar kin ia pongpong wet, pwe a intingidier: I pan kame silepa o, a pwin sip o pan more pasang.
त्यसपछि येशूले तिनीहरूलाई भन्‍नुभयो, “आज राती मेरो कारण तिमीहरू सबै पछि हट्नेछौ, किनकि यसरी लेखिएको छ, ‘म गोठालोलाई प्रहार गर्नेछु र बथानका सबै भेडा तितरबितर हुनेछन् ।’
32 A murin ai maureda, I pan ti ong mo’mail kola Kaliläa.
तर म उठाइएपछि म तिमीहरूभन्दा अगि गालीलमा जानेछु ।”
33 A Petrus sapeng potoan ong i: Ma karos pan makar kin ir a ngai sota pan makar.
तर पत्रुसले उहाँलाई भने, “तपाईंको कारणले सबै जना पछि हटे तापनि म कहिल्यै पछि हट्नेछैनँ ।”
34 Iesus kotin masani ong i: Melel I indai ong uk, pongpong wet mon malek a kakorot, koe pan kamam kin ia pan silepak.
येशूले उनलाई भन्‍नुभयो, “साँच्‍चै म तिमीलाई भन्दछु, आज राती भाले बास्‍नुभन्दा अगि तिमीले मलाई तिन पल्ट इन्कार गर्नेछौ ।”
35 Petrus potoan ong i: Ma i iang ir matala, i sota pan man kamam kin ir; iduen en tounpadak kan karos ar indinda.
पत्रुसले उहाँलाई भने, “म तपाईंसँगै मर्नुपरे तापनि म तपाईंलाई इन्कार गर्नेछैनँ ।” अनि अरू सबै चेलाले पनि त्यसै भने ।
36 Iesus ap kotilang wasa o me adaneki Ketsemane, a irail iang i, ap kotin masani ong tounpadak kan: Komail mondi met, lao I pan kola kapakap monen.
त्यसपछि येशू उनीहरूसँगै गेतसमनी भन्‍ने ठाउँमा जानुभयो र आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “म अलि पर गएर प्रार्थना गर्छु, तर तिमीहरूचाहिँ यहीँ बस ।”
37 O a kotin ukadar Petrus o nain Sepedäus ol riamen, ap kotin tapiadar kupur olar o patau kaualap.
उहाँले पत्रुस र जब्दियाका दुई छोरालाई आफूसँग लिएर जानुभयो, र शोकित र व्याकुल हुन थाल्नुभयो ।
38 Iesus ap kotin masani ong irail: Ngen i ap insensuedelar kaualap ong mela. Komail pan mimieta met, iang ia masamasan.
त्यसपछि उहाँले तिनीहरूलाई भन्‍नुभयो, “मेरो आत्मा अत्यधिक शोकले भरिएर मरेतुल्य भएको छ । यहीँ बस र मसँगै जागा रहो ।”
39 O a kotila ekis wasa, ap kotin pupekidi silang i laolaoki masani: Sam ai, ma a kak, kom kotiki sang ia dal wet; ari so, kaidin ngai, komui ta en wiawia.
उहाँ अलि पर जानुभयो, आफ्ना घुँडा टेक्दै घोप्‍टो पर्नुभयो र प्रार्थना गर्नुभयो । उहाँले भन्‍नुभयो, “हे मेरा पिता, सम्भव भए, यो कचौरा मबाट हटिजाओस् । तर, मैले इच्छा गरेजस्तो होइन, तपाईंको इच्छाजस्तो होस् ।”
40 I ari kotin pure dong tounpadak kan, diar ir adar mamair, ap kotin masani ong Petrus: Komail so kak iang ia masamasan auer ta ieu?
उहाँ चेलाहरूकहाँ आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, र उहाँले पत्रुसलाई भन्‍नुभयो, “के तिमीहरू मसँग एक घण्टाको लागि पनि जागा रहन सकेनौ?
41 Masamasan o kapakap, pwe komail de ko ong nan songesong. Nen me peik, a uduk me luet.
जागा रहो र परीक्षामा नपर्नको निम्ति प्रार्थना गर । आत्मा त तयार छ, तर शरीर भने कमजोर छ ।”
42 A pil kotila kariapak laolaoki masani: Sam ai, omui kupur eta, me dal wet sota kak kowei sang ia, ari I pan tungole.
उहाँ दोस्रो पटक पनि पर जानुभयो र प्रार्थना गर्नुभयो, र भन्‍नुभयो, “हे मेरा पिता, यदि मैले नपीकन यो हुँदैन भने, तपाईंकै इच्छा पुरा होस् ।”
43 A lao kotin puredo diar ir adar pil mamair, pwe mas arail me toutou.
उहाँ फेरि आउनुभयो र तिनीहरूलाई सुतिरहेको भेट्टाउनुभयो, किनकि तिनीहरूका आँखा लोलाएका थिए ।
44 A a kotin muei sang irail, pil kotilar laolaoki kasilepak ni masan ota.
त्यसपछि उहाँले तिनीहरूलाई फेरि छोड्नुभयो र पर जानुभयो । उहाँले तेस्रो पल्ट प्रार्थना गर्नुभयो र उही वचन दोहोर्‍याउनुभयो ।
45 Ap kotin pure dong tounpadak kan masani ong irail: Komail ari mamair o kamol. Kilang, auer leler, me Nain aramas pan pangalang pa en me dipan akan.
त्यसपछि येशू चेलाहरूकहाँ आउनुभयो र तिनीहरूलाई भन्‍नुभयो, “के तिमीहरू अझै पनि सुतिरहेका छौ र आराम गरिरहेका छौ? हेर, त्यो घडी आइसकेको छ, र मानिसका पुत्रलाई पापीहरूको हातमा धोकासाथ सुम्पिँदै छ ।
46 Paurida, kitail en kola, kilang, a samador, me pan pang ia la.
उठ, अब हामी जाऔँ । हेर, मलाई धोका दिनेचाहिँ नजिकै छ ।”
47 Ni a kotin mamasandar, kilang, Iudas, amen ir ekriamen oko, pwarador, pokon lapalap iang i, me wa kodlas o sokon sang ren samero lapalap akan o saumas akan en toun sap o.
जब उहाँ बोलिरहनुभएको थियो, बाह्रमध्ये एक जना अर्थात् यहूदा आए । मुख्य पुजारीहरू र मानिसहरूका एल्डरहरूको एउटा ठुलो भिड ऊसँगै आयो । तिनीहरू लाठीहरू र तरवारहरू बोकेर आए ।
48 Men pangala i ki ong ir kilel eu indada: Me I pan metik, iei I komail pan koledi.
अब जुन व्यक्‍तिले येशूलाई धोका दिन लागेको थियो, त्यसले तिनीहरूलाई यसो भनी सङ्केत दिएको थियो, “जसलाई म चुम्बन गर्छु, उनी नै हुन् । उनलाई नै पक्रनू ।”
49 I ap madang dong Iesui indada: Pong mau Rapi ap metik i.
तुरुन्तै ऊ येशूकहाँ आयो र भन्यो, “रब्बी, अभिवादन!” अनि उसले उहाँलाई चुम्बन गर्‍यो ।
50 A Iesus kotin masani ong i: Kompoke pai, menda koe pwarador? Irail ap por ong Iesus, saikidi i.
येशूले उसलाई भन्‍नुभयो, “मित्र, तिमीले जे गर्न आएका छौ त्यो गरिहाल ।” त्यसपछि तिनीहरू आए, र येशूमाथि हात राखे, र उहाँलाई पक्रे ।
51 A kilang, amen irail, me iang Iesus, kapawei pa a, usadar na kodlas, pale sang salong en ladu en samero lapalap o.
हेर, येशूसँग भएकाहरूमध्ये एक जनाले आफ्नो हात उठायो; आफ्नो तरवार थुत्यो, र मुख्य पुजारीको एउटा नोकरमाथि प्रहार गर्‍यो, अनि उसको कान काटिदियो ।
52 Iesus ap kotin masani ong i: Kapure iong om kodlas nan deu a! Pwe karos, me ale kodlas, pan kamekila kodlas.
त्यसपछि येशूले उसलाई भन्‍नुभयो, “आफ्नो तरवारलाई त्यसको स्थानमा राख, किनकि ज-जसले तरवार उठाउँछन् तिनीहरू तरवारद्वारा नै नष्‍ट पारिनेछन् ।
53 De koe lamelame, me I sota kak poeki ren Sam ai en kadara dong ia tounlang toto sang lekion eisokriau sama;
के तिमीहरू विचार गर्दछौ, कि मैले मेरा पितालाई पुकार्न सक्दिनँ र? के उहाँले मेरो निम्ति स्वर्गदूतहरूका बाह्र पल्टन पठाइदिनुहुन्‍न र?
54 A iaduen kisin likau kak pwaida? A udan a pan wiaui duen met.
तर यस्तो हुनुपर्छ भनी धर्मशास्‍त्रले भनेको कसरी पुरा हुने थियो त?”
55 Ni auer ota Iesus kotin masani ong pokon o: Da, ngai lolap amen, me komail kodon aleki kodlas o sokon akan? Ni ran akan karos I mier re omail, kauwewe nan im en kaudok, a komail sota kol ia dier.
त्यति बेला येशूले भिडलाई भन्‍नुभयो, “के तिमीहरू तरवार र लाठाहरू लिएर चोरलाई झैँ मलाई पक्रन आएका छौ? म दिनहुँ मन्दिरमा सिकाउँदै बसेँ, अनि तिमीहरूले मलाई पक्रेनौ ।
56 A mepukat karos wiauier, pwe kisin likau en saukop akan en pwaida. Tounpadak kan karos ap muei sang i tangdaui.
तर यी सबै कुरा भए, ताकि अगमवक्‍ताहरूले लेखेका कुरा पुरा हुन सकून् ।” त्यसपछि सबै चेलाले उहाँलाई छोडे र भागे ।
57 A me saikidier Iesus, ap kaluang i ren samero lapalap Kaipas, wasa saunkawewe o saumas akan pokon pena ia.
जसले येशूलाई पक्रेका थिए तिनीहरूले उहाँलाई प्रधान पुजारी कैयाफाकहाँ लगे, जहाँ शास्‍त्रीहरू र एल्डरहरू एकसाथ भेला भएका थिए ।
58 A Petrus idauendo i doowei sang lel tanpas en samero lapalap o pedelong ong mondi ren papa kan, pwen kilang imwin mepukat.
तर पत्रुसले प्रधान पुजारीको आँगनसम्म उहाँलाई टाढैबाट पछ्याइरहे । उनी भित्र गए र परिणाम कस्तो हुने होला भनेर हेर्न पहरेदारहरूसँगै बसे ।
59 A samero lapalap akan, o saumas akan, o pwin en kapung o roporop kadede likam ong Iesus, pwen kamatala;
अब मुख्य पुजारीहरू र सम्पूर्ण परिषद्ले येशूलाई मृत्युदण्ड दिन उहाँको विरुद्धमा झुटो गवाही खोजिरहेका थिए ।
60 Ari, sota me irail diar. Saunkadede likam me toto, me pwarado, ari so, sota me irail diar. Ikmuri saunkadede riamen pwarado,
थुप्रै झुटा गवाह अगि आए तापनि उनीहरूले कुनै प्रमाण भेट्टाएनन् । तर पछि दुई जना अगि आए,
61 Indada: Lap en me inda: I kak ong kawela im en kaudok en Kot ap id kauada ni pong sili pong.
र भने, “यो मानिसले यसो भन्यो, ‘मैले परमेश्‍वरको मन्दिरलाई भत्काएर यसलाई तिन दिनमा पुनर्निर्माण गर्न सक्छु’ ।”
62 Samero lapalap ap kasinenda masani ong i: Kom sota sapengki meakot, me mepukat kin kadede ong komui?
प्रधान पुजारी उभिए र उहाँलाई भने, “के तिमीसँग कुनै उत्तर छैन? यी मानिसहरूले तिम्रो विरुद्धमा दिइरहेका गवाही के हो?”
63 A Iesus kotin nenenlata. Samero lapalap ap masani ong i: I kakau kin komui la ren Kot ieias, komui en indang kit, ma komui Kristus Sapwilim en Kot.
तर येशू चुप रहनुभयो । प्रधान पुजारीले उहाँलाई भने, “जीवित परमेश्‍वरको नाउँमा म तिमीलाई आज्ञा गर्दछु, हामीलाई बताऊ कि के तिमी ख्रीष्‍ट अर्थात् परमेश्‍वरका पुत्र हौ?”
64 Iesus ap kotin masani ong i: Komui me inda. A I pil men kaire kin komail, sang ni ansau wet, komail pan kilang Nain aramas a pan kaipokedi ni pali maun en manaman o kokido dapok en lang akan.
येशूले तिनलाई जवाफ दिनुभयो, “त्यो तपाईं आफैँले नै भन्‍नुभएको छ । तर म तपाईंलाई भन्दछु, कि अबदेखि उसो तपाईंले मानिसका पुत्रलाई सर्वशक्‍तिमान्‌को दाहिने हाततिर बसिरहेका र स्वर्गका बादलहरूमाथि आउँदै गरेका देख्‍नुहुनेछ ।”
65 Samero lapalap ap ter pasang, a likau kan indada: A lalaue. Menda pil akai saunkadede? Kilang, komail apton rongadar a lalaue,
त्यसपछि प्रधान पुजारीले आफ्ना लुगा च्याते र भने, “यसले ईश्‍वर-निन्दा गरेको छ । अब हामीलाई अरू थप गवाहहरूको आवश्यकता किन पर्‍यो? हेर्नुहोस्, अब तपाईंहरूले यिनको ईश्‍वर-निन्दा सुन्‍नुभएको छ ।
66 Da me komail lamelame? Irail sapeng potoan ong: A mau ong kamela.
तपाईंहरू के विचार गर्नुहुन्छ?” उनीहरूले जवाफ दिएर भने, “यो मारिनको लागि योग्य छ ।”
67 Irail ap kondipi ong silang i o pakir i, o akai pikir i ni silang i,
त्यसपछि तिनीहरूले उहाँको मुखमा थुके र उहाँलाई पिटे, र तिनीहरूका हातले उहाँलाई हिर्काए,
68 Indada: Kristus, kokop ong kit, is me pikir uk?
र भने, “हे ख्रीष्‍ट, अब हामीलाई अगमवाणी गरी भन्, तँलाई हिर्काउने को हो?”
69 Petrus momod liki panakepir; lidu men ap ko dong i indada: Koe me pil iang Iesus en Kaliläa.
अब पत्रुसचाहिँ बाहिर आँगनमा बसिरहेका थिए र एउटी दासी उनीकहाँ आई र भनी, “तिमी पनि यी गालीलका येशूसँग थियौ, होइन र?”
70 A i me kamamaki mo’rail karos indada: I poneponeki me koe inda.
तर उनले तिनीहरू सबैका अगि यसो भन्दै यस कुरालाई इन्कार गरे, “तिमीले केको बारेमा कुरा गरिरहेका छौ, मलाई त्यो थाहा छैन ।”
71 A ni a pedoi wei sang nan wanim, amen lidu ap kilang i indang irail, me mi wasa o: Lap men et me pil iang Iesus en Nasaret.
जब उनी ढोकातिर बाहिर गए, अर्की दासीले उनलाई देखी र त्यहाँ भएकाहरूलाई भनी, “यो व्यक्‍ति पनि नासरतको येशूसँग थियो ।”
72 A pil kamamki ap kaula: I sasa aramas en.
अनि उनले पुनः शपथ खाँदै इन्कार गरे, “म यी मानिसलाई चिन्दिनँ ।”
73 Mur ekis irail me u impa pil kaido indang Petrus: Melel koe amen irail, pwe ngil om kadiarok kin uk ada.
त्यसको केही समयपछि त्यहाँ उभिरहेका मानिसहरू आए र पत्रुसलाई भने, “निश्‍चय नै तिमी पनि तिनीहरूमध्ये कै एक हौ, किनकि तिम्रो बोलीले नै यो सङ्केत गर्दछ ।”
74 I ap lalaue o kaula indada: I sasa aramas en. Malek ap kakorot.
त्यसपछि उनले सराप्‍न र शपथ खान लागे, “म यी मानिसलाई चिन्दिनँ,” अनि तुरुन्तै भाले बास्यो ।
75 Petrus ap tamanda masan en Iesus, me kotin masani ong i: Mon malek a kakorot, koe pan kamam kin ia pan silepak. A ap koieila sangesang laud.
अनि येशूले भन्‍नुभएको वचनलाई पत्रुसले सम्झे, “भाले बास्‍नुभन्दा अगि तिमीले मलाई तिन पल्ट इन्कार गर्नेछौ ।” त्यसपछि उनी बाहिर गए र धुरुधुरु रोए ।

< Matäus 26 >