< Men Kolose 1 >
1 PAULUS wanporon en Kristus Iesus amen pan kupur en Kot o ri atail Timoteus,
पावल, परमेश्वरको इच्छाद्वारा ख्रीष्ट येशूका एक प्रेरित र हाम्रा भाइ तिमोथीबाट
2 Ong ri at saraui o lelapok ren Krisus akan, me mi Kolose; mak o popol sang ren Kot Sam atail o Kaun Iesus Kristus!
कलस्सेमा ख्रीष्टमा भएका विश्वासीहरू र विश्वसनीय भाइहरू, परमेश्वर हाम्रा पिताबाट तिमीहरूलाई अनुग्रह र शान्ति ।
3 Kit kin danke Kot o Sam en atail Kaun Iesus Kristus o kapakapa kin komail kaukaule.
हामी परमेश्वर हाम्रा प्रभु येशू ख्रीष्टका पितालाई धन्यवाद दिन्छौँ र तिमीहरूका निम्ति सधैँ प्रार्थना गर्छौं ।
4 Kit lao rongadar duen omail poson Kristus Iesus, o omail limpok ong saraui kan karos,
येशू ख्रीष्टमा भएको तिमीहरूको विश्वास तथा परमेश्वरको निम्ति अलग गरिएकाहरू सबैका लागि तिमीहरूको प्रेमको बारेमा हामीले सुनेका छौँ ।
5 Pweki kaporopor eu, me nekineki ong komail nanlang, duen me komail rongadar mas o ni padak melel en rongamau,
स्वर्गमा तिमीहरूका लागि सुरक्षित रहेको निश्चित आशाको कारण तिमीहरूले यो प्रेम धारण गरेका हौ । सत्यको वचन, अर्थात् सुसमाचारमा तिमीहरूले पहिलो पटक यो निश्चित आशाबारे सुन्यौ,
6 Me lel wong komail o pil sap akan karos, o a kin wada o kakairida dueta re omail sang ni ran o, me komail rongadar o dedekier melel mak en Kot;
जुन तिमीहरूकहाँ आयो । यस सुसमाचारले फल फलाउँदै छ र यो संसारभरि फैलिँदै छ । अनि तिमीहरूले यसलाई सुनेका तथा सत्यतामा परमेश्वरको अनुग्रहलाई जानेका दिन देखि नै तिमीहरूमा पनि यो बढिरहेको छ ।
7 Duen omail padakki sang ren Epapras at warok kompok amen, me papa lelapok en Kristus ong komail amen,
यो सुसमाचार तिमीहरूले इपाफ्रासबाट सिकेको जस्तै हो, जो हाम्रा प्रिय मित्र तथा हाम्रो निम्ति ख्रीष्टको विश्वसनीय सेवक हुन् ।
8 Me pil kaireki dong kit duen omail limpok pena ni Ngen.
इपाफ्रासले हामीलाई पवित्र आत्मामा तिमीहरूको प्रेमको विषयमा देखाए ।
9 I me se sota kin dukedi sang at kapakapa kin komail o poekipoeki sang ni ran en at rongadar, pwe komail en direki erpit en kupur a, o komail en lolekong o koiok ngenin,
यस प्रेमको कारणले गर्दा, हामीले यो सुनेको दिनदेखि नै तिमीहरूका निम्ति प्रार्थना गर्न हामी रोकिएका छैनौँ । सबै ज्ञान र आत्मिक समझमा, तिमीहरू उहाँको इच्छाअनुसारको ज्ञानमा पूर्ण होओ भनेर हामीले बिन्ती गरिरहेका छौँ ।
10 O kekeid wei duen me kon ong Kaun o, o kapareda wan wiawia mau karos, o kakairida ki asa Kot,
हामीले प्रार्थना गरिरहेका छौँ, कि तिमीहरू परमप्रभुलाई पूर्ण रूपले प्रसन्न पार्न योग्य चालमा चल्न सक । हरेक असल कार्यमा तिमीहरूले फल फलाउने छौ र परमेश्वरको ज्ञानमा तिमीहरू अगि बढ्नेछौ भनी हामीले प्रार्थना गरिरहेका छौँ ।
11 O keleki kel karos duen manaman en a lingan pwen dadaurata o kanongama ki peren,
सबै सहनशीलता र धैर्यमा, उहाँको महिमाको शक्तिले प्रत्येक दक्षतामा तिमीहरू बलिया होओ भनी हामी प्रार्थना गर्छौं ।
12 Danke Sam o, me kotin kamau kitail lar, en iang pwaisaneki soso en me saraui kan nan marain.
हामी यो प्रार्थना गर्छौं, कि तिमीहरूले आनन्दसाथ पितालाई धन्यवाद दिनेछौ, जसले तिमीहरूलाई ज्योतिमा विश्वासीहरूको उत्तराधिकारमा सहभागी हुनको लागि योग्य बनाउनुभएको छ ।
13 Me kotin kapiti sang kitail manaman en rotorot, ap kotin kasau kitail dong nan wein Na kompokepa,
उहाँले हामीलाई अन्धकारको शक्तिबाट छुटकारा दिनुभएको छ र हामीलाई उहाँका प्रिय पुत्रको राज्यमा सार्नुभएको छ ।
14 Me kotin dore kitail la iei lapwan dip atail,
उहाँका पुत्रमा हामीले उद्धार अर्थात् पापको क्षमा पाएका छौँ ।
15 I me kasale pan Kot, me so sansal, me meseni en audepa karos.
पुत्र अदृश्य परमेश्वरका प्रतिरूप हुनुहुन्छ । उहाँ सबै सृष्टिमा जेष्ठ हुनुहुन्छ ।
16 Pwe karos wiauiki i, karos me mi nanlang o sappa, me sansal o me so sansal, ma me poe kan, de saumas akan, de wei kan, de manaman akan, meakaros wiauiki i o ong i.
किनकि पृथ्वीमा तथा स्वर्गमा भएका सबै दृश्य र अदृश्य कुराहरू उहाँद्वारा सृष्टि गरिएका थिए । चाहे सिंहासनहरू वा प्रभुत्वहरू वा प्रधानताहरू वा अधिकारहरू, सबै थोक उहाँद्वारा उहाँकै लागि सृष्टि गरिएका थिए ।
17 O i me kotikot mon meakaros o meakaros memaureki i.
उहाँ सबैथोकहरूभन्दा अगि हुनुहुन्छ र उहाँमा सबै कुराहरू एकसाथ रहेका छन् ।
18 O i tapwin war a, iei momodisou, o i me tapi o meseni en me iasadar sang ren me melar akan, pwe i en mon meakaros.
र उहाँ शरीर अर्थात् मण्डलीको शिर हुनुहुन्छ । उहाँ नै सुरुआत हुनुहुन्छ र मरेकाहरूबाट जीवित हुनेमा पहिलो हुनुहुन्छ, यसैले सबै कुराहरूमा उहाँको प्रथम स्थान रहेको छ ।
19 Pwe Kot kotin kileledier me mau kan karos en mi re a.
किनकि आफ्ना सारा पूर्णता ख्रीष्टमा बास गरेकोमा,
20 I ari kalolamau penang pein i meakan karos, ma ni sappa de nanlang, ni a kotin wiada muei mau ki ntan a lopu.
अनि पुत्रद्वारा सबै कुराहरू उहाँमा पुनर्मिलापमा ल्याउनको निम्ति उहाँ प्रसन्न हुनुभयो । उहाँको क्रुसको रगतद्वारा परमेश्वरले शान्ति ल्याउनुभयो । चाहे स्वर्गका कुराहरू होऊन् वा पृथ्वीका कुराहरू, सबैलाई परमेश्वरले उहाँमा पुनर्मिलापमा ल्याउनुभयो ।
21 O komail, me doo wei sang o imwintiti mas o ni omail lamelame o wiawia sued akan,
अनि एकसमय तिमीहरू पनि परमेश्वरका निम्ति बिरानाहरू थियौ र मनमा र आफ्ना दुष्ट कामहरूमा तिमीहरू उहाँका शत्रुहरू थियौ ।
22 A kotin kalolamau komail lar ki war a uduk ni a matala, pwen kapware kin komail da saraui o pung o so kadeik pa omail mo a.
तर अब परमेश्वरले तिमीहरूलाई ख्रीष्टको शरीरले मृत्युद्वारा मिलापमा ल्याउनुभएको छ । तिमीहरूलाई परमेश्वरले आफ्नो अगि पवित्र, दोषरहित तथा निर्दोष साबित गर्नको निम्ति यो गर्नुभयो,
23 Ma komail dadaurata poson o tengeteng o so mokid wei sang ni kaporopor ki rongamau, me komail rongadar, o me lolok ong audepa karos me mi pan lang, me ngai Paulus wialar papa men.
तिमीहरू स्थापित र बलियो हुँदै, तिमीहरूले सुनेका सुसमाचारको निश्चित आशाबाट टाढा नगई विश्वासमा निरन्तर अगाडि बढ्नुपर्छ । यो त्यही सुसमाचार हो जुन स्वर्गमुनि सृष्टि गरिएका सबै व्यक्तिलाई घोषणा गरिएको थियो । यो त्यही सुसमाचार हो, जसको म पावल दास भएको छु ।
24 I ap perenki ai kalokolok ki komail o men kaimwisok kila uduk ai me luedi ni kamekam en Kristus, pweki war a, iei momodisou,
तिमीहरूका लागि मेरो कष्टमा म अब आनन्द मनाउँछु । ख्रीष्टका कष्टहरूको कमीलाई उहाँको शरीर अर्थात् मण्डलीको खातिर म मेरो शरीरमा पुरा गर्दछु ।
25 Me i wialar papa men duen koa dodok en Kot, me i aleer pweki komail pwen usela masan en Kot.
परमेश्वरको वचनलाई पुरा गर्नको लागि तिमीहरूका खातिर मलाई परमेश्वरबाट दिइएको जिम्मेवारीअनुसार म यसै मण्डलीको एक सेवक हुँ ।
26 Iei me rir kot, me rir sang nin tapin kaua o men kaua, a met a kadiarok ong sapwilim a saraui kan, (aiōn )
यो युगौँ र पुस्तौँसम्म लुकाइएको गुप्त सत्यता हो । तर अहिले उहाँमा विश्वास गर्नेहरूका लागि यो प्रकट गरिएको छ । (aiōn )
27 Me Kot men kasansaleda kapwapwa en lingan en rir wet ong men liki kan, iei Kristus me kotikot lol omail, i kaporopor en lingan.
यो तिनीहरूका निम्ति हो जसलाई परमेश्वरले अन्यजातिहरूका बिचमा यस रहस्यको महिमाको सम्पत्ति के हो, सो थाहा गराउन चाहनुभयो । यो रहस्य त्यही हो, कि ख्रीष्ट तिमीहरूमा हुनुहुन्छ, र यो भविष्यको महिमाको निश्चयता हो ।
28 I me kit kin padaki o panepanaui aramas karos, o padapadaki aramas karos ni lolekong karos, pwe kit en kapwareda aramas karos ni unsoki ong Kristus.
उहाँ त्यही व्यक्ति हुनुहुन्छ जसलाई हामी घोषणा गर्छौं । प्रत्येक व्यक्तिलाई ख्रीष्टमा पूर्ण प्रकारले प्रस्तुत गर्न सकियोस् भनी सम्पूर्ण बुद्धिसाथ हामी सबैलाई सल्लाह दिन्छौँ र सिकाउछौँ ।
29 I me i pil dodok kelail, duen wiawia en i me kin dodok kelail lol i.
मेरो जीवनमा शक्तिशाली रूपमा काम गरिरहनुहुने उहाँको सामर्थ्यअनुसार म परिश्रम गर्छु र अगि बढ्छु ।