< Petrus I 3 >

1 PIL dueta komail li akan, udi ong pein omail warok kan, pwe irail me so poson masan o, en pil dore kila wiawia mau en li akan o arail nenenla.
यसरी नै पत्‍नीहरू हो, तिमीहरूका आ-आफ्ना पतिको अधीनमा रहो, ताकि यदि कोही वचनमा आज्ञाकारी छैन भने तापनि तिनीहरूका पत्‍नीहरूको आचरणको कारण तिनीहरूलाई वचनैविना जित्‍न सकिन्छ ।
2 Ni arail kilekilang omail wiawia min iangaki lan.
किनकि तिनीहरूले तिमीहरूका शुद्ध आचरणलाई आफ्नो सम्मानको रूपमा देख्‍नेछन् ।
3 Arail kapwat ender ni pali liki ni arail ingid pena pit en monga de kapwat ki kold, de diliong nan likau lingan.
यसको लागि केशको शृङ्गार, सुनका गरगहनाहरू, शृङ्गारका वस्‍त्रहरूजस्ता बाहिरी सजावट नगर ।
4 A kapwat me so sansal mi nan mongiong en aramas, me so sor, impai, opampap, iei me kasampwal ren Kot.
तर तिमीहरूका भित्री हृदयबाट र सदैव रहने भलो र शान्त आत्माद्वारा परमेश्‍वरको दृष्‍टिमा अनमोल हुने किसिमले यसो गर ।
5 Pwe iduen kapwat en li saraui en kaua kan, me kaporoporeki Kot o duki ong pein arail warok kan.
किनकि पहिलेका पवित्र स्‍त्रीहरूले यसरी नै आफ्नो शृङ्गार गर्थे । तिनीहरूले परमेश्‍वरमा आशा राख्थे र आफ्ना पतिहरूका अधीनमा बस्दथे ।
6 Duen Sara, me peiki ong Apraam o kamare kin i: Ai kaun; a komail wiala na seri kan, ma komail pan wiawia mau o sota masak.
यसरी नै सारा अब्राहामप्रति आज्ञाकारी हुन्थिन् र तिनलाई “स्वामी” भनेर बोलाउँथिन् । अब यदि तिमीहरूले जे असल छ त्यही गर्‍यौ र समस्याहरूसँग डराएनौ भने तिमीहरू तिनकै छोरीहरू ठहरिन्छौ ।
7 Pil dueta komail ol akan, lelapoki ong omail warok kan, kaka kin irail, pwe koma sosoki pena mak en maur, pwe omail kapakap ender poula.
त्यसरी नै पतिहरू हो, आफ्ना पत्‍नीहरूलाई अबला र जीवनका वरदानहरू प्राप्‍त गर्ने साझेदार सम्झी तिनीहरूसँग बस । तिमीहरूका प्रार्थनामा अवरोध नहोस् भनेर यसो गर ।
8 A iet imwin mepukat: Komail karos en lamalam ta pot, o pokepok pena, o pok ong ri omail akan, o kadek, o aktikitik.
अन्त्यमा तिमीहरू सबै एकै मनका, दयावान्, भातृत्वलाई प्रेम गर्ने, कोमल हृदयका र नम्र होओ ।
9 Komail der depukki me sued me sued, de lokaia sued lokaia sued, a kapaiada, ap asa, me a kilele ong komail, en sosoki pai kan.
खराबीको बदला खराबी र अपमानको बदला अपमान नगर । तर त्यसको विपरीत निरन्तर आशीर्वाद देओ किनकि आशिष्‌मा सहभागी हुन सक भनेर तिमीहरू यसैको निम्ति बोलाइएका हौ ।
10 Pwe me men pok ong maur o inong iong ran mau akan, i en pera sang sued lo a, o kil en au a, pwe re depa kotaue.
“जसले आफ्नो जीवनलाई प्रेम गर्न चाहन्छ र असल दिनहरू देख्‍ने इच्छा गर्दछ उसले आफ्नो जिब्रोलाई खराबबाट र उसको ओठलाई छल कुरा गर्नबाट रोकोस् ।
11 A en muei sang me sued, ap wia me mau, en rapaki popol, ap dadaurata.
ऊ खराब कुराहरूबाट फर्की जे असल छ त्यही गरोस् । उसले शान्तिको खोजी गरोस् र त्यसैमा लागिरहोस् ।
12 Pwe silang in Kaun o kin pera me pung kan, o karong a me mangi ar kapakap. A silang in Kaun o kin palian irail me wia sued.
परमेश्‍वरका आँखाले धर्मी जनलाई देख्छन्; उहाँका कानले तिनीहरूका निवेदनहरू सुन्छन् । तर परमेश्‍वरको मुहार खराबी गर्नेहरूको विरुद्धमा हुन्छ ।”
13 Is i me pan kaokaoe komail, ma komail dadaurata me mau?
तिमीहरूले असल गर्ने चाहना गर्दा तिमीहरूलाई कसले खराबी गर्छ?
14 A ma komail kamekameki me pung, komail meid pai; komail der masak irail o der waponda.
तर यदि तिमीहरू धार्मिकताको लागि सताइन्‍छौ भने तिमी आशिषित् हुनेछौ । तिनीहरू डराउने कुरादेखि तिमीहरू नडराओ । हतास नहोओ ।
15 A komail en kasarauiki nan mongiong omail Kaun Kristus. Ansau karos komail en kak sapeng ong amen amen me kalelapok re omail duen kaporopor o, me mi lol omail.
बरु, प्रभु येशूलाई पवित्र मानेर तिमीहरूका हृदयमा राख । तिमीहरू किन परमेश्‍वरमा आशा राख्छौ भनेर कसैले सोधेमा त्यसको जवाफ दिन सधैँ तयार बस? यो काम नम्रता र आदरपूर्वक गर ।
16 A mepukat en wiaui nin tiak en opampap, o masak, o insen makelekel, pwe irail, me kinekine likam ong komail ni omail wiawia mau ren Kristus, ren namenokala ni ar karaun kin komail likam.
असल विवेक कायम राख ताकि ख्रीष्‍टमा तिमीहरूका असल जीवनको निन्दा गर्न खोज्‍नेहरू लाजमा परून्, किनकि तिनीहरूले दुष्‍ट मानिसहरूको रूपमा तिमीहरूको विरुद्धमा कुरा गरिरहेका छन् ।
17 Me mau, ma i kupur en Kot, komail kamekameki me mau, sang omail kamekameki me sued.
परमेश्‍वरले इच्छा गर्नुभयो भने तिमीहरूले खराब काम गरेर दुःख भोग्‍नुभन्दा असल काम गरेर दुःख भोग्‍नु असल हुन्छ ।
18 Pwe pil Kristus kamekame ki dip pan mepak, me Pung wiliandi me sapung kan; pwen kalua kitail dong Kot. Pali uduk kamekamelar ap kaiasa kida Ngen.
ख्रीष्‍टले पनि पापका निम्ति एक पटक दुःख भोग्‍नुभयो । धर्मी भएर पनि उहाँले हामीलाई परमेश्‍वरमा ल्याउनको निम्ति हामी अधर्मीहरूका लागि दुःख भोग्‍नुभयो । उहाँले शारीरिक रूपमा मृत्यु वरण गर्नुभयो, तर उहाँ आत्मामा जीवित पारिनुभयो ।
19 I me a kotidilang wasa tengeteng, pwen padaki ong ngen akan,
उहाँ आत्मामा जानुभयो र कैदमा परेका आत्माहरूलाई प्रचार गर्नुभयो ।
20 Me sota peik mas o, ni ansau me Kot kotin auiaui o kanongama ong ir ni muein Noa, ni ansau, me war im wiauier, me malaulau, ir me walemen, maure kila pil o.
नोआको समयमा जहाज बनाइँदा परमेश्‍वरले धैर्य गरेर पर्खिरहेको बेला तिनीहरू आज्ञाकारी भएनन्, र परमेश्‍वरले पानीबाट आठ जना आत्मा बचाउनुभयो ।
21 I me pil kin kamaur komail la ansau wet ni paptais a kaidin kaminela pali uduk, pwe inau en insen mau ong Kot eu, ki en Iesus Kristus a iasadar.
यो अहिले तिमीहरूलाई बचाउने बप्‍तिस्माको एउटा सङ्केत हो जुनचाहिँ शरीरको फोहोर सफा गरेजस्तो नभई येशू ख्रीष्‍टको पुनरुत्थानद्वारा परमेश्‍वरमा असल विवेकको निवेदनको रूपमा हो ।
22 A kotidalang nanlang, kotikot ni pali maun en Kot. Tounlang kan, o lapalap akan, o manaman akan upai ong i.
उहाँ परमेश्‍वरको दाहिने हातपट्टि हुनुहुन्छ । उहाँ स्वर्गमा जानुभयो । स्वर्गदूतहरू, अधिकारहरू र शक्‍तिहरू सबै उहाँमा झुक्‍नुपर्छ ।

< Petrus I 3 >