< لاویان 23 >

خداوند به موسی فرمود: 1
परमप्रभुले मोशालाई भन्‍नुभयो,
«این دستورها را به بنی‌اسرائیل بده. برای برگزاری این اعیاد، تمام قوم باید برای عبادت خداوند جمع شوند. 2
“इस्राएलका मानिसहरूलाई भन्, ‘परमप्रभुका निम्ति तोकिएका चाडहरू यी नै हुन्, जसलाई तिमीहरूले पवित्र सभाको रूपमा घोषणा गर्नू । यी मेरा नियमित चाडहरू हुन् ।
(در روز شَبّات نیز که هفتمین روز هفته می‌باشد، قوم باید برای عبادت خداوند جمع شوند. در هر جا که ساکن باشند باید در این روز دست از کار کشیده، استراحت کنند.) 3
तिमीहरू छ दिनसम्म काम गर्न सक्छौ, तर सातौँ दिनचाहिँ पूर्ण विश्रामको शबाथ अर्थात् पवित्र सभा हो । तिमीहरू बसोबास गर्ने कुनै पनि ठाउँमा काम नगर्नू किनभने त्यो परमप्रभुको निम्ति शबाथ हो ।
«اعیاد خداوند، یعنی محفلهای مقدّس که باید هر سال جشن گرفته شوند از این قرارند: 4
परमप्रभुका निम्ति तोकिएका चाडहरू यी नै हुन्, पवित्र सभाहरू जसलाई तिमीहरूले तिनीहरूका तोकिएका समयमा घोषणा गर्नू ।
«در غروب روز چهاردهم اولین ماه هر سال مراسم عید پِسَح را به احترام خداوند بجا آورید. 5
पहिलो महिनाको चौधौँ दिनको साँझ परमप्रभुको निस्तार-चाड हो ।
از روز پانزدهم همان ماه، عید فطیر برای خداوند آغاز می‌شود و تا هفت روز باید فقط نان بدون خمیرمایه خورده شود. 6
सोही महिनाको पन्ध्रौँ दिन परमप्रभुको निम्ति अखमिरी रोटीको चाड हो । सात दिनसम्म तिमीहरूले अखमिरी रोटी खानू ।
در روز اول این عید برای عبادت جمع شوید و از همهٔ کارهای معمول خود دست بکشید. 7
पहिलो दिनलाई तिमीहरूले भेला हुनको निम्ति छुट्‍ट्याउनू, र त्यस दिन तिमीहरूका कुनै पनि दैनिक काम नगर्नू ।
هفت روز هدایای سوختنی به خداوند تقدیم نمایید و در روز هفتم نیز از کارهای معمول خود دست کشیده برای عبادت جمع شوید.» 8
तिमीहरूले सात दिनसम्म परमप्रभुको निम्ति भोजनको भेटी अर्पण गर्ने छौ । सातौँ दिनचाहिँ परमप्रभुको निम्ति अलग गरिएको सभाको दिन हो, र त्यस दिन तिमीहरूले आफ्ना कुनै पनि दैनिक काम नगर्नू’ ।”
خداوند به موسی فرمود: 9
परमप्रभु मोशासँग यसरी बोल्‍नुभयो,
«این دستورها را به بنی‌اسرائیل بده: وقتی به سرزمینی که من به شما می‌دهم داخل شدید و اولین محصول خود را درو کردید، بافه‌ای از نوبر محصول خود را نزد کاهن بیاورید. 10
“इस्राएलका मानिसहरूलाई यसो भन्, ‘मैले तिमीहरूलाई दिन लागेको देशमा तिमीहरू पुगेर त्यहाँ फसलको कटनी गरेपछि तिमीहरूले बालीको पहिलो फलको एक बिटा पुजारीकहाँ ल्याउनू ।
فردای روز شبّات، کاهن بافه را در حضور خداوند تکان دهد تا خداوند شما را بپذیرد. 11
त्यसले त्यो बालीको बिटालाई परमप्रभुको अगि डोलाउने छ र तिमीहरूका निम्ति त्यो स्वीकारियोस् भनेर त्यसले त्यो उहाँलाई अर्पण गर्ने छ । शबाथपछिको दिनमा पुजारीले त्यो डोलाएर मलाई अर्पण गर्ने छ ।
همان روز یک برهٔ یک سالهٔ سالم و بی‌عیب به عنوان قربانی سوختنی به خداوند تقدیم کنید. 12
बालीको बिटालाई डोलाएर मलाई अर्पण गर्ने दिनमा एक वर्षको निष्‍खोट थुमा होमबलिको रूपमा परमप्रभुलाई चढाउनू ।
برای هدیهٔ آردی آن، دو کیلو آرد مرغوب مخلوط با روغن زیتون آورده، بر آتش به خداوند تقدیم کنید. این هدیه، هدیه‌ای مخصوص و خوشبو برای خداوند خواهد بود. یک لیتر شراب هم به عنوان هدیهٔ نوشیدنی تقدیم نمایید. 13
अन्‍नबलिचाहिँ परमप्रभुको निम्ति मिठो सुगन्ध दिनको निम्ति होमबलिको रूपमा तेलसँग मुछिएको एक पाथी मसिनो पिठो होस्, र अर्घबलिचाहिँ एक लिटर दाखमद्य होस् ।
تا این هدایا را به خدایتان تقدیم نکرده‌اید، نباید نان یا حبوبات تازه یا برشته بخورید. این قانونی است همیشگی برای تمام نسلهای شما در هر جایی که زندگی کنید. 14
यो बलि तिमीहरूले आफ्नो परमेश्‍वरकहाँ नल्याउने दिनसम्म तिमीहरूले रोटी, भुटेको अन्‍न वा हरियो अनाज केही नखानू । तिमीहरू बसोबास गर्ने हरेक ठाउँमा तिमीहरूका मानिसहरूको सबै वंशमा यो सदाको निम्ति विधि होस् ।
«هفت هفته بعد از روزی که اولین بافهٔ خود را به من تقدیم کردید، 15
शबाथ दिन अर्थात् डोलाउने बलिको रूपमा तिमीहरूले बालीको बिटा ल्याएको दिनपछि पुरै सात हप्‍ता गन्‍नू ।
یعنی در روز پنجاهم که روز بعد از هفتمین شَبّات است هدیهٔ دیگری از محصول تازهٔ خود به حضور خداوند بیاورید. 16
सातौँ शबाथको पचास दिन तिमीहरूले गन्‍नू । त्यसपछि तिमीहरूले परमप्रभुलाई नयाँ अन्‍नको बलि चढाउनू ।
هر خانواده‌ای دو قرص نان که از دو کیلو آرد مرغوب همراه با خمیرمایه پخته شده باشد، بیاورد تا در حضور خداوند تکان داده شود و به عنوان هدیه‌ای از آخرین برداشت محصول به من تقدیم شود. 17
तिमीहरूका घरहरूबाट एक पाथी पिठोबाट बनेका दुईवटा रोटी ल्याउनू । त्यो मसिनो पिठो खमिर राखेर बनाइयोस् । ती परमप्रभुको निम्ति पहिलो फलको डोलाइने बलि हुने छन् ।
همراه با این نانها، هفت برهٔ یک سالهٔ بی‌عیب، یک گوساله و دو قوچ به عنوان قربانی سوختنی با هدایای آردی و نوشیدنی آنها به خداوند تقدیم کنید. این هدایا، هدایای مخصوص و خوشبو برای خداوند خواهند بود. 18
रोटीसँगै तिमीहरूले एक वर्षे निष्‍खोट सातवटा थुमा, एउटा साँढेको बच्‍चा, र दुईवटा भेडा अर्पण गर्नू । तिनीहरूको अन्‍नबलि र अर्घबलिसँगै ती परमप्रभुको निम्ति मिठो सुगन्ध दिने होमबलि होऊन् ।
همچنین یک بز نر به عنوان قربانی گناه و دو برهٔ نر یک ساله به عنوان قربانی سلامتی ذبح کنید. 19
तिमीहरूले पापबलिको निम्ति एउटा बोका, र मेलबलिको निम्ति एक वर्षे दुईवटा थुमा बलिदानको निम्ति अर्पण गर्नू ।
«کاهن، این دو برهٔ ذبح شده را با نانهای پخته شده از آخرین برداشت محصول شما به عنوان هدیهٔ مخصوص در حضور خداوند تکان دهد. این هدایا برای خداوند مقدّسند و باید برای خوراک به کاهنان داده شوند. 20
पहिलो फलको रोटीसँगै परमप्रभुको निम्ति पुजारीले ती डोलाओस्, र दुईवटा थुमासँगै ती बलिदानस्वरूप अर्पण गरोस् । ती पुजारीको निम्ति परमप्रभुलाई अर्पण गरिएको पवित्र बलिदान हुने छन् ।
در آن روز اعلان شود که مردم از کارهای معمول خود دست کشیده، برای عبادت جمع شوند. این قانونی است همیشگی برای نسلهای شما در هر جا که باشید. 21
त्यही दिन तिमीहरूले घोषणा गर्नू । त्यहाँ पवित्र सभा हुने छ, र तिमीहरूले गर्ने दैनिक काम नगर्नू । तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूको वंशमा यो सदाको निम्ति विधि हुने छ ।
«وقتی که محصولات خود را درو می‌کنید، گوشه‌های مزرعهٔ خود را تماماً درو نکنید و خوشه‌های بر زمین افتاده را جمع نکنید. آنها را برای فقرا و غریبانی که در میان شما ساکنند، بگذارید. من یهوه، خدای شما هستم.» 22
तिमीहरूले आफ्नो भूमिको फसल कटनी गर्दा आफ्ना भूमिको कुना-कुनामा कटनी नगर्नू, र आफ्नो फसलको शिला-बाला नबटुल्‍नू । ती तिमीहरूले गरिब र परदेशीका निम्ति छोडिदिनू । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’ ।”
خداوند به موسی فرمود: 23
परमप्रभुले मोशालाई भन्‍नुभयो,
«این دستورها را به بنی‌اسرائیل بده: روز اول ماه هفتم هر سال، روز استراحت است و همهٔ قوم اسرائیل باید با شنیدن صدای شیپورها، برای عبادت جمع شوند. 24
“इस्राएलका मानिसहरूलाई भन्, ‘सातौँ महिनाको पहिलो दिन तिमीहरूका निम्ति पवित्र विश्रामको दिन हुने छ, र त्यो दिन तुरही फुकेर सम्झना गरिने छ र पवित्र सभा हुने छ ।
در آن روز هدیه‌ای بر آتش به خداوند تقدیم کنید و هیچ کار دیگری انجام ندهید.» 25
तिमीहरूले आफ्ना दैनिक काम नगर्नू, र तिमीहरूले परमप्रभुका निम्ति आगोद्वारा बलि अर्पण गर्नू’ ।”
خداوند به موسی فرمود: 26
अनि परमप्रभुले मोशालाई भन्‍नुभयो,
«روز دهم ماه هفتم هر سال، روز کفاره است. در آن روز تمام قوم باید برای عبادت جمع شوند و روزه بگیرند و هدیه‌ای بر آتش به خداوند تقدیم کنند. 27
“सातौँ महिनाको दसौँ दिन प्रायश्‍चित्तको दिन हो । त्यस बेला एउटा पवित्र सभा होस्, र तिमीहरूले आफैलाई नम्र बनाएर परमप्रभुको निम्ति आगोद्वारा बलि अर्पण गर्नू ।
در روز کفاره کار نکنید، زیرا روزی است که باید برای گناهان خود از یهوه خدایتان طلب آمرزش نمایید. 28
त्यस दिन तिमीहरूले काम नगर्नू, किनभने परमप्रभु तिमीहरूका परमेश्‍वरको अगि आफ्नै निम्ति प्रायश्‍चित्त गर्नलाई त्यो दिन प्रायश्‍चित्तको दिन हो ।
هر شخصی که آن روز را در روزه به سر نبرد، از میان قوم خود منقطع خواهد شد. 29
त्यस दिन आफैलाई नम्र नबनाउने मानिस आफ्ना मानिसहरूबाट बहिष्‍कृत होस् ।
من هر کسی را که در آن روز دست به هرگونه کاری بزند، از میان شما هلاک خواهم ساخت. 30
त्यस दिन कुनै पनि काम गर्ने मानिसलाई म परमप्रभुले नै त्यसका मानिसहरूका बिचमा नष्‍ट गर्ने छु ।
31
तिमीहरूले त्यस दिन कुनै पनि प्रकारको काम नगर्नू । तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूका मानिसहरूका सबै वंशमा सदाको निम्ति यो विधि बनोस् ।
از غروب روز نهم ماه هفتم تا غروب روز بعد، روز مخصوص کفاره است و باید در آن روز روزه بگیرید و استراحت کنید.» 32
यो दिन तिमीहरूका निम्ति पवित्र विश्रामको शबाथ होस्, र त्यस महिनाको नवौँ दिनको साँझ तिमीहरूले आफैलाई नम्र बनाउनू । अर्को दिनको साँझसम्म तिमीहरूले शबाथ मान्‍नू ।”
خداوند به موسی فرمود: 33
परमप्रभुले मोशालाई भन्‍नुभयो,
«این دستورها را به بنی‌اسرائیل بده. روز پانزدهم ماه هفتم، عید سایبانها آغاز می‌شود و باید تا مدت هفت روز در حضور خداوند جشن گرفته شود. 34
“इस्राएलका मानिसहरूलाई भन्, ‘सातौँ महिनाको पन्ध्रौँ दिन परमप्रभुको निम्ति छाप्रो-बासको चाड हुने छ । त्यो सात दिनसम्म रहने छ ।
در روز اول تمامی قوم اسرائیل را برای عبادت جمع کنید و از کارهای معمول خود دست بکشید. 35
पहिलो दिनमा पवित्र सभा होस् । तिमीहरूले आफ्ना दैनिक काम नगर्नू ।
در هر هفت روز عید، هدیه‌ای بر آتش به خداوند تقدیم نمایید. در روز هشتم دوباره تمامی قوم را برای عبادت جمع کنید و هدیه‌ای بر آتش به خداوند تقدیم نمایید. این روز، آخرین روز عید است و نباید هیچ کاری انجام دهید. 36
सात दिनसम्म परमप्रभुलाई आगोद्वारा बलिदान अर्पण गर्नू । आठौँ दिनमा पवित्र सभा होस्, र तिमीहरूले परमप्रभुको निम्ति आगोद्वारा बलिदान अर्पण गर्नू । यो एउटा पवित्र सभा हो, र तिमीहरूले आफ्ना दैनिक काम नगर्नू ।
«(این است اعیاد مقدّسی که در آنها باید تمامی قوم برای عبادت جمع شده، قربانیهای سوختنی، هدایای آردی، هدایای نوشیدنی و سایر قربانیها را بر آتش به خداوند تقدیم کنند. 37
यी परमप्रभुका निम्ति तोकिएका चाडहरू हुन्, जसलाई तिमीहरूले आगोद्वारा गरिने बलिदान, होमबलि र अन्‍नबलि, बलिदानहरू र अर्घबलिहरू आ-आफ्नै दिनमा अर्पण गर्नको निम्ति पवित्र सभाहरू भनेर घोषणा गर्नुपर्छ ।
این اعیاد مقدّس غیر از روزهای مخصوص شَبّات است. هدایایی که در این اعیاد تقدیم می‌کنید غیر از هدایای روزانه، نذری و داوطلبانه‌ای است که به خداوند تقدیم می‌کنید.) 38
परमप्रभुका निम्ति शबाथ, र तिमीहरूले परमप्रभुलाई दिने तिमीहरूका उपहारहरू, तिमीहरूका भाकलहरू, र तिमीहरूका सबै स्वेच्छा भेटीहरू बाहेक यी चाडहरू हुने छन् ।
«از روز پانزدهم ماه هفتم که پایان برداشت محصول است، این عید هفت روزه را در حضور خداوند جشن بگیرید. به یاد داشته باشید که روزهای اول و آخر این عید، روزهای استراحت می‌باشند. 39
छाप्रो-बासको चाडको सम्बन्धमा, सातौँ महिनाको पन्ध्रौँ दिनमा तिमीहरूले भूमिबाट फसल बटुलिसकेपछि तिमीहरूले परमप्रभुको यो चाडलाई सात दिनसम्म मान्‍नू । पहिलो दिन पवित्र विश्राम हुने छ, र आठौँ दिन पनि पवित्र विश्राम हुने छ ।
در روز اول، از درختان خود میوه‌های خوب بچینید و شاخه‌های نخل و شاخه‌های درختان پربرگ و شاخه‌های بید را گرفته با آنها سایبان درست کنید و هفت روز در حضور یهوه خدایتان شادی کنید. 40
पहिलो दिनमा तिमीहरूले रुखहरूबाट उत्तम फल, खजुरका हाँगाहरू, र धेरै पात भएका हाँगाहरू, र लहरे-पीपलका हाँगाहरू लिनू, र सात दिनसम्म परमप्रभु तिमीहरूका परमेश्‍वरको सामु आनन्द मनाउनू ।
برگزاری این عید هفت روزه در ماه هفتم برای خداوند، فریضه‌ای ابدی است که باید نسل اندر نسل انجام گیرد. 41
हरेक वर्ष सात दिनसम्म तिमीहरूले परमप्रभुको निम्ति यो चाड मनाउनू । तिमीहरू बसोबास गर्ने सबै ठाउँमा तिमीहरूका मानिसहरूका सबै वंशमा सदाको निम्ति यो एउटा विधि होस् ।
در طول آن هفت روز همهٔ شما اسرائیلی‌ها باید در سایبانها به سر برید. 42
तिमीहरू सात दिनसम्म स-साना छाप्रोमा बस्‍नू । इस्राएलमा जन्मेका सबै जना सात दिनसम्म स-साना छाप्रोमा बसून्,
هدف از این عید آن است که نسلهای شما بدانند هنگامی که من بنی‌اسرائیل را از مصر بیرون آوردم، آنها را در زیر سایبانها سکونت دادم. من خداوند، خدای شما هستم.» 43
ताकि तिमीहरूका वंशले पुस्तौँ-पुस्तासम्म यो जानून्, कि मैले इस्राएलका मानिसहरूलाई मिश्र देशबाट बाहिर ल्याउँदा तिनीहरूलाई कसरी यी स-साना छाप्राहरूमा बस्‍न लगाएँ । म परमप्रभु तिमीहरूका परमेश्‍वर हुँ’ ।”
بدین ترتیب موسی قوانین اعیاد خداوند را به اطلاع قوم اسرائیل رسانید. 44
यसरी मोशाले परमप्रभुका निम्ति तोकिएका चाडहरूबारे इस्राएलका मानिसहरूलाई घोषणा गरे ।

< لاویان 23 >