< ایوب 1 >
در سرزمین عوص مردی زندگی میکرد به نام ایوب. او مردی بود درستکار و خداترس که از بدی و شرارت دوری میورزید. | 1 |
ऊज भन्ने देशमा एक जना मानिस थिए जसको नाउँ अय्यूब थियो । अनि अय्यूब दोषरहित र सोझा थिए जो परमेश्वरको भय मान्थे, र खराबीबाट फर्कन्थे ।
ایوب هفت پسر و سه دختر داشت. | 2 |
तिनका सात जना छोरा र तीन जना छोरी जन्मिएका थिए ।
او صاحب هفت هزار گوسفند، سه هزار شتر، پانصد جفت گاو و پانصد الاغ ماده بود و خدمتکاران بسیاری داشت. ایوب ثروتمندترین مرد سراسر آن سرزمین به شمار میرفت. | 3 |
तिनका सात हजारवटा भेडा, तिन हजारवटा ऊँट, पाँच सय हल गोरु अनि पाँच सयवटा गधा अनि धेरै जना नोकरहरू थिए । तिनी पूर्वमा भएका सबै मानिसहरूमध्ये सबभन्दा महान् मानिस थिए ।
هر یک از پسران ایوب به نوبت در خانهٔ خود جشنی بر پا میکرد و همهٔ برادران و خواهران خود را دعوت مینمود تا در آن جشن شرکت کنند. | 4 |
हरेक छोरोको निम्ति तोकिएको दिनमा तिनले आफ्नो घरमा भोज दिन्थे । तिनीहरूले आफ्ना तीन दिदीबहिनीलाई बोलाउन पठाउँथे र सँगै खाने र पिउने गर्थे ।
وقتی روزهای جشن به پایان میرسید، ایوب صبح زود برمیخاست و برای طهارت هر کدام از فرزندانش به خداوند قربانی سوختنی تقدیم میکرد. ایوب با خود فکر میکرد: «شاید فرزندانم گناه ورزیده و در دل خود به خدا لعن کرده باشند.» ایوب همیشه چنین میکرد. | 5 |
जब भोजका दिनहरू समाप्त हुन्थे, तब अय्यूबले तिनीहरूलाई बोलाउन पठाउँथे र तिनले तिनीहरूलाई शुद्ध पार्थे । तिनी बिहान सबेरै उठ्थे, र आफ्ना हरेक छोराछोरीका लागि होमबलिहरू चढाउँथे, किनकि तिनले यसो भन्थे, “मेरा छोराछोरीले पाप गरेका अनि आ-आफ्ना हृदयमा परमेश्वरलाई सरापेका हुन सक्छन् ।” अय्यूबले सधैं यसै गर्थै ।
یک روز که فرشتگان در حضور خداوند حاضر شده بودند، شیطان نیز همراه ایشان بود. | 6 |
तब एक दिन परमेश्वरका छोराहरू परमप्रभुको सामु उपस्थित हुन आए । शैतान पनि तिनीहरूसँगै आयो ।
خداوند از شیطان پرسید: «کجا بودی؟» شیطان پاسخ داد: «دور زمین میگشتم و در آن سیر میکردم.» | 7 |
परमप्रभुले शैतानलाई सोध्नुभयो, “तँ कहाँबाट आइस्?” शैतानले परमप्रभुलाई जवाफ दियो र भन्यो, “पृथ्वीमा घुमेर, त्यसमा यता र उता गएर आएको हुँ ।”
آنگاه خداوند از او پرسید: «آیا بندهٔ من ایوب را دیدی؟ بر زمین، کسی مانند او پیدا نمیشود. او مردی بیعیب، صالح خداترس است و از گناه بدی و شرارت دوری میورزد.» | 8 |
परमप्रभुले त्यसलाई भन्नुभयो, “के तैंले मेरो दास अय्यूबलाई विचार गरेको छस्? किनकि पृथ्वीमा त्योजस्तो दोषरहित र सोझो मानिस कोही छैन जो परमेश्वरको भय मान्छ र खराबीबाट अलग बस्छ ।”
شیطان گفت: «اگر خداترسی برای او سودی نمیداشت این کار را نمیکرد. | 9 |
तब शैतानले परमप्रभुलाई जवाफ दियो र भन्यो, “के अय्यूबले विनाकारण परमेश्वरको भय मान्छन् र?
تو ایوب و خانواده و اموالش را از هر گزندی محفوظ داشتهای. دسترنج او را برکت دادهای و ثروت زیاد به او بخشیدهای. | 10 |
के तिनी, तिनको घर र तिनीसित भएका सबै थोकको चारैतिर हरेक कुनाबाट बार लगाएर तपाईंले सुरक्षा दिनुभएको छैन र? तपाईंले तिनका हातका कामहरूलाई आशिष् दिनुभएको छ, र तिनका गाईवस्तुहरू देशभरि भएका छन् ।
داراییاش را از او بگیر، آنگاه خواهی دید که آشکارا تو را لعن خواهد کرد!» | 11 |
तर अब आफ्नो हात पसार्नुहोस् र तिनीसित भएका सबै थोकलाई छुनुहोस्, र हेर्नुहोस् कतै तिनले तपाईंको मुखैमा तपाईंलाई सराप्ने त छैनन् ।”
خداوند در پاسخ شیطان گفت: «برو و هر کاری که میخواهی با داراییاش بکن، فقط آسیبی به خود او نرسان.» پس شیطان از حضور خداوند بیرون رفت. | 12 |
परमप्रभुले शैतानलाई भन्नुभयो, “हेर्, त्योसित भएका सबै थोक तेरै हातमा छ । त्यसलाई मात्र तेरो हातले नछो ।” तब परमप्रभुको उपस्थितिबाट शैतान तुरुन्तै गयो ।
یک روز وقتی پسران و دختران ایوب در خانهٔ برادر بزرگشان میهمان بودند، | 13 |
कुनै एक दिनमा यस्तो भयो, तिनका छोराहरू र छोरीहरू आफ्ना जेठा दाजुको घरमा खाँदै र पिउँदै थिए ।
قاصدی نزد ایوب آمد و به او گفت: «گاوهایت شخم میزدند و ماده الاغهایت کنار آنها میچریدند | 14 |
एउटा समाचारवाहक अय्यूबकहाँ आयो र भन्यो, “आफ्ना छेउमै गोरुहरू जोतिरहेका थिए, र गधाहरू चरिरहेका थिए ।
که ناگهان سابیها به ما حمله کرده، حیوانات را بردند و تمام کارگران تو را کشتند. تنها من جان به در بردم و آمدم تا به تو خبر دهم.» | 15 |
तब शबीहरूले तिनीहरूलाई झम्टे र ती लिएर गए । नोकरहरूका विषयमा, तिनीहरूले उनीहरूलाई तरवारको धारले प्रहार गरे । तपाईंलाई खबर दिनलाई म मात्रै उम्केको छु ।”
سخنان این مرد هنوز پایان نیافته بود که قاصد دیگری از راه رسیده، گفت: «آتش خدا از آسمان نازل شده، تمام گوسفندان و همهٔ چوپانانت را سوزاند و تنها من جان به در برده، آمدم تا به تو خبر دهم.» | 16 |
जब त्यो बोलिरहेकै थियो, तब अर्को पनि आयो र भन्यो, “आकाशबाट परमेश्वरको आगो झर्यो अनि भेडाहरू र नोकरहरूलाई भस्म पार्यो । तपाईंलाई खबर दिनलाई म मात्रै उम्केको छु ।”
پیش از آنکه حرفهای وی تمام شود قاصدی دیگر وارد شده، گفت: «کلدانیان در سه دسته به ما حمله کردند و شترهایت را بردند و کارگرانت را کشتند، تنها من جان به در بردم و آمدهام تا به تو خبر دهم.» | 17 |
जब त्यो बोलिरहेकै थियो, तब अर्को पनि आयो र भन्यो, “कल्दीहरूले तिनवटा समूह बनाएर ऊँटहरूलाई आक्रमण गरे र ती लिएर गएका छन् । नोकरहरूका विषयमा, तिनीहरूले उनीहरूलाई तरवारको धारले प्रहार गरे । तपाईंलाई खबर दिनलाई म मात्रै उम्केको छु ।”
سخنان آن قاصد هم هنوز تمام نشده بود که قاصد دیگری از راه رسید و گفت: «پسران و دخترانت در خانهٔ برادر بزرگشان میهمان بودند، | 18 |
जब त्यो बोलिरहेकै थियो, तब अर्को पनि आयो र भन्यो, “तपाईंका छोराहरू र तपाईंका छोरीहरू आफ्नो जेठो दाजुको घरमा खाँदै र मद्य पिउँदै थिए ।
که ناگهان باد شدیدی از طرف بیابان وزیده، خانه را بر سر ایشان خراب کرد و همه زیر آوار جان سپردند و تنها من جان به در بردم و آمدهام تا این خبر را به تو برسانم.» | 19 |
उजाड-स्थानबाट एउटा प्रचण्ड आँधी आयो र घरका चारै कुनालाई प्रहार गर्यो । ती युवायुवतीमाथि त्यो ढल्यो, र तिनीहरूको मृत्यु भयो । तपाईंलाई खबर दिनलाई म मात्रै उम्केको छु ।”
آنگاه ایوب برخاسته، از شدت غم لباس خود را پاره کرد. سپس موی سر خود را تراشید و در حضور خدا به خاک افتاده، | 20 |
तब अय्यूब उठे, आफ्नो लुगा च्याते, कपाल खौरे, भुइँमा घोप्टो परे र परमेश्वरको आराधना गरे ।
گفت: «از شکم مادر برهنه به دنیا آمدم و برهنه هم از این دنیا خواهم رفت. خداوند داد و خداوند گرفت. نام خداوند متبارک باد.» | 21 |
तिनले भने, “मेरी आमाको गर्भबाट निस्कँदा म नाङ्गै थिएँ, र म त्यहाँ फर्केर जाँदा पनि नाङ्गै हुनेछु । परमप्रभुले दिनुभयो, र परमप्रभुले नै लानुभएको छ । परमप्रभुको नाउँको धन्य होस् ।”
با همهٔ این پیشآمدها، ایوب گناه نکرد و به خدا ناسزا نگفت. | 22 |
यी सबै कुरामा अय्यूबले पाप गरेनन्, न त तिनले परमेश्वरलाई गलत गरेको भनेर दोष लगाए ।