< اشعیا 16 >
آوارگان موآب از شهر سالع که در صحراست، برای پادشاه یهودا برهای به عنوان خراج میفرستند. | 1 |
उजाड-स्थानको सेलाको देशबाट सियोन पर्वतको छोरीको शासकलाई थुमाहरू पठाओ ।
دختران موآب مانند پرندگان بیآشیانه، در کنارهٔ رود ارنون آواره شدهاند. | 2 |
जसरी चराहरू भौंतारिन्छन् र जसरी गुँड छरपष्ट पारिन्छ, मोआबका स्त्रीहरू अर्नोनका जाँघारहरूमा तेस्तै भएका छन् ।
از مردم یهودا کمک میخواهند و با التماس میگویند: «ما را زیر سایهٔ خود پناه دهید. از ما حمایت کنید. نگذارید به دست دشمن بیفتیم. | 3 |
“निर्देशन दओ, न्याय गर । मध्य दिनमा पनि रातको जस्तै केही सितलता प्रदान गर । भगौडाहरूलाई लुकाओ । भगौडाहरूलाई धोका नदेओ ।
اجازه دهید ما آوارگان در میان شما بمانیم. ما را از نظر دشمنانمان پنهان کنید!» (سرانجام ظالم نابود خواهد شد و ستمکار و تاراج کننده از بین خواهد رفت. | 4 |
मोआबबाट आएका शरणार्थीहरू तिमीहरूको माझमा बसोवास गरून् । विनाश गर्नेबाट तिनीहरूका निम्ति लुक्ने ठाउँ होओ ।” किनकि अत्याचार रोकिनेछ, र विनाश अन्त हुनेछ, कुल्चनेहरू देशबाट लोप भएर जानेछन् ।
آنگاه کسی از نسل داوود بر تخت پادشاهی خواهد نشست و با عدل و انصاف بر مردم حکومت خواهد کرد. حکومت او بر رحمت و راستی استوار خواهد بود.) | 5 |
करारको विश्वस्ततामा सिंहासनलाई स्थापित गरिनेछ । अनि दाऊदको पालबाट आएका एक जना विश्वस्ततासाथ त्यसमा विराजमान हुनुहुनेछ । उहाँले न्यायको खोजी गर्नुहुँदा र धार्मिकतासाथ व्यवहार गर्नुहुँदा उहाँले इन्साफ गर्नुहुनेछ ।
مردم یهودا میگویند: «ما دربارهٔ موآبیها شنیدهایم. میدانیم چقدر متکبرند و به خود فخر میکنند، اما فخر آنها بیاساس است.» | 6 |
मोआबको घमण्ड, त्यसको अहङ्कार र त्यसको रिसको बारेमा हामीले सुनेका छौं । तर त्यसका घमण्डहरू खोक्रा शब्दहरू हुन् ।
مردم موآب برای سرزمین خود گریه میکنند؛ نان کشمشی قیرحارست را به یاد میآورند و آه میکشند. | 7 |
त्यसैले मोआबले मोआबको निम्ति विलाप गर्नेछ— तिनीहरू सबैले विलाप गर्नेछन् । कीर-हरेशेतको किशमिशको झुप्पाको निम्ति पुर्ण रूपमा विनाश भएकाहरूले विलाप गर ।
مزرعههای حشبون و تاکستانهای سبمه از بین رفتهاند؛ درختان انگور را فرماندهان سپاه دشمن بریدهاند. زمانی شاخههای این درختان انگور تا به شهر یعزیز میرسید و از بیابان گذشته، تا دریای مرده امتداد مییافت. | 8 |
हेश्बोनका खेतहरू साथै सिब्माका दाखहरू सुकेका छन् । याजेरमा पुगेको र मरुभूमिमा फैलिएको उत्तम दाखहरूलाई, जातिहरूका शासकहरूले कुल्चेका छन् । त्यसका टुसाहरू बाहिर देशमा फैलिए । ती समुद्रमाथि गए ।
برای یعزیز و باغهای انگور سبمه گریه میکنم و ماتم میگیرم. اشکم چون سیل برای حشبون و العاله جاری میشود، زیرا میوهها و محصولش تلف شده است. | 9 |
साँच्चै, सिब्माको दाखबारीको निम्ति म याजेरसँगै रुनेछु । ए हेश्बोन र एलाले, मेरो आँसुले म तँलाई भिजाउनेछु । किनकि तेरो गृष्मका फलहरू र कटनीको आनन्दको आवाजलाई मैले अन्त गरेको छु ।
شادی و خوشحالی برداشت محصول از بین رفته است؛ در باغهای انگور، دیگر نغمههای شاد به گوش نمیرسد؛ دیگر کسی انگور را در چرخشتها، زیر پا نمیفشرد؛ صدای شادمانی خاموش شده است. | 10 |
फलका रूखहरूबाट खुसी र आनन्द लुटिएको छ । अनि दाखबारीमा कुनै किसिमको गीत वा आवाज छैन । दाखको कोलमा कसैले पनि दाख पेल्दैन, किनकि दाख पाल्नेहरूको आवाज मैले अन्त गरेको छु ।
دل من مانند بربط برای موآب مینالد و برای قیرحارس آه میکشد. | 11 |
त्यसैले मेरो हृदयले मोआबको निम्ति र मेरो अन्तस्करणले कीर-हरेशेतको निम्ति वीणाले झैं सुस्केरा हाल्छ ।
اهالی موآب بیجهت به سوی بتخانههای خود بالا میروند تا دعا کنند؛ آنها بیجهت خود را خسته میکنند، زیرا دعایشان مستجاب نخواهد شد. | 12 |
जब मोआबले आफूलाई उच्च स्थानमा थकित बनाउँछ र प्रार्थना गर्न आफ्नो मन्दिरमा प्रवेश गर्छ, त्यसको प्रार्थनाले केही काम गर्नेछैन ।
این بود پیغامی که خداوند از قبل دربارهٔ موآب فرموده بود. | 13 |
परमप्रभुले मोआबको बारेमा पहिले नै बोल्नुभएको वचन यही हो ।
اما اینک خداوند میفرماید: «درست پس از سه سال، شکوه و جلال موآب از بین خواهد رفت و از جماعت زیاد آن عدهٔ کمی باقی خواهند ماند و آنها نیز قوت خود را از دست خواهند داد.» | 14 |
फेरि परमप्रभु भन्नुहुन्छ, “मोआबको गौरव तिन वर्षभित्र हराउनेछ । त्यसको धेरै मानिहरू भए पनि बाँकी रहेकाहरू अति थोरै र नगण्य हुनेछन् ।”