< خروج 3 >
روزی هنگامی که موسی مشغول چرانیدن گلهٔ پدرزن خود یَترون، کاهن مدیان بود، گله را به آن سوی بیابان، به طرف کوه حوریب، معروف به کوه خدا راند. | 1 |
अब मोशा अझै पनि आफ्ना ससुरा मिद्यानका पूजाहारी यित्रोका भेडा-बाख्रा चराउँदै थिए । तिनले भेडा-बाख्रालाई उजाड-स्थानको परसम्म लगी परमेश्वरको पर्वत होरेबसम्म लगे ।
ناگهان فرشتهٔ خداوند از درون بوتهای مشتعل بر او ظاهر شد. موسی دید که بوته شعلهور است، ولی نمیسوزد. | 2 |
त्यहाँ परमप्रभुका दूत जलिरहेको पोथ्रामा तिनीकहाँ देखा परे । मोशाले हेर्दा त्यो पोथ्रा जलिरहेको थियो तर भस्म भएको थिएन ।
با خود گفت: «عجیب است! چرا بوته نمیسوزد؟» پس نزدیک رفت تا علّتش را بفهمد. | 3 |
मोशाले भने, “म एकातिर गएर यो गजबको दृश्य किन भस्म भएको रहेनछ भनी हेर्नेछु ।”
وقتی خداوند دید که موسی به بوته نزدیک میشود، از میان بوته ندا داد: «موسی! موسی!» موسی جواب داد: «بله، میشنوم!» | 4 |
जब तिनी हेर्नलाई एकातिर गएको परमप्रभुले देख्नुभयो तब उहाँले पोथ्राबाट तिनलाई भन्नुभयो, “मोशा, ए मोशा ।” तिनले भने, “म यहीँ छु ।”
خدا فرمود: «بیش از این نزدیک نشو! کفشهایت را درآور، زیرا جایی که بر آن ایستادهای، زمین مقدّس است. | 5 |
परमेश्वरले भन्नुभयो, “अझ नजिक नआइज । तेरो खुट्टाबाट तेरो जुत्ता फुकाल् किनकि तँ उभिएको भूमि मेरो लागि अलग गरिएको छ ।”
من هستم خدای اجدادت، خدای ابراهیم، خدای اسحاق و خدای یعقوب.» موسی روی خود را پوشاند، چون ترسید به خدا نگاه کند. | 6 |
उहाँले थप्नुभयो, “म तेरा पिता अब्राहाम, इसहाक र याकूबका परमेश्वर हुँ ।” त्यसपछि मोशाले आफ्नो अनुहार ढाके किनकि तिनी परमेश्वरलाई हेर्न डराएका थिए ।
خداوند فرمود: «من رنج و مصیبت قوم خود را در مصر دیدهام و نالههایشان را برای رهایی از بردگی شنیدهام. بله، من از رنجشان آگاهم. | 7 |
परमप्रभुले भन्नुभयो, “निश्चय नै मिश्रमा भएका मेरा मानिसहरूको दुःखकष्ट मैले देखेको छु । तिनीहरूका नाइकेहरूको कारणले तिनीहरूको रुवाइ मैले सुनेको छु किनकि मलाई तिनीहरूको दुःखकष्ट थाहा छ ।
اکنون نزول کردهام تا آنها را از چنگ مصریها آزاد کنم و ایشان را از مصر بیرون آورده، به سرزمین خوب و پهناوری که در آن شیر و عسل جاری است ببرم، سرزمینی که اینک قبایل کنعانی، حیتّی، اموری، فرزّی، حوّی و یبوسی در آن زندگی میکنند. | 8 |
तिनीहरूलाई मिश्रीहरूको शक्तिबाट छुटकारा दिलाई असल, विशाल अनि दूध र मह बग्ने देशमा लैजान म ओर्लिआएको छु । त्यो कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूको देश हो ।
آری، نالههای بنیاسرائیل به گوش من رسیده است و ظلمی که مصریها به ایشان میکنند، از نظر من پنهان نیست. | 9 |
अब इस्राएलका मानिसहरूको रुवाइ मकहाँ आइपुगेको छ । यसको अतिरिक्त, मिश्रीहरूद्वारा तिनीहरूमाथि गरिएको थिचोमिचोलाई पनि मैले देखेको छु ।
حال، تو را نزد فرعون میفرستم تا قوم من بنیاسرائیل را از مصر بیرون آوری.» | 10 |
अब म तँलाई फारोकहाँ पठाउनेछु ताकि तैँले मेरा मानिस इस्राएलीहरूलाई मिश्रबाट निकालेर लैजान सक् ।”
موسی گفت: «خدایا، من کیستم که نزد فرعون بروم و بنیاسرائیل را از مصر بیرون آورم؟» | 11 |
तर मोशाले परमेश्वरलाई भने, “फारोकहाँ गई मिश्रबाट इस्राएलीहरूलाई निकालेर ल्याउने म को हुँ र?”
خدا فرمود: «من با تو خواهم بود و وقتی بنیاسرائیل را از مصر بیرون آوردی، در همین کوه مرا عبادت خواهید کرد. این نشانهای خواهد بود که من تو را فرستادهام.» | 12 |
परमेश्वरले जवाफ दिनुभयो, “निश्चय नै म तँसित हुनेछु । मैले तँलाई पठाएको हुँ भन्नाका लागि चिन्हचाहिँ यो हुनेछ । तैँले ती मानिसहरूलाई मिश्रबाट बाहिर ल्याएपछि तैँले यही पर्वतमा मेरो आराधना गर्नेछस् ।”
موسی عرض کرد: «اگر نزد بنیاسرائیل بروم و به ایشان بگویم که خدای اجدادشان، مرا برای نجات ایشان فرستاده است، و آنها از من بپرسند:”نام او چیست؟“به آنها چه جواب دهم؟» | 13 |
मोशाले परमेश्वरलाई भने, “म इस्राएलीहरूकहाँ गई 'तिमीहरूका पिता-पुर्खाका परमेश्वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको छ' भन्दा तिनीहरूले 'उहाँको नाउँ के हो' भनी सोधे भने मैले तिनीहरूलाई के जवाफ दिने?”
خدا فرمود: «هستم آنکه هستم! به ایشان بگو”هستم“مرا نزد شما فرستاده است.» | 14 |
परमेश्वरले मोशालाई भन्नुभयो, “म हुँ जो म हुँ ।” उहाँले भन्नुभयो, “तैँले इस्राएलीहरूलाई यसो भन्नू, 'म हुँ भन्नेले मलाई तिमीहरूकहाँ पठाउनुभएको छ' ।”
و باز خدا به موسی گفت: «به بنیاسرائیل بگو:”یهوه، خدای اجداد شما، خدای ابراهیم، خدای اسحاق و خدای یعقوب مرا نزد شما فرستاده است.“«این نام جاودانهٔ من است و تمام نسلها مرا به این نام خواهند شناخت. | 15 |
परमेश्वरले मोशालाई यसो पनि भन्नुभयो, “तैँले इस्राएलीहरूलाई यसो भन्नैपर्छ, 'तिमीहरूका पिता-पुर्खाका परमेश्वर अर्थात् अब्राहामका परमेश्वर, इसहाकका परमेश्वर र याकूबका परमेश्वरले मलाई तिमीहरूकहाँ पठाउनुभएको हो । मेरो नाउँ सदासर्वादको लागि यही हो र यही नाउँद्वारा पुस्तौँसम्म मेरो सम्झना गरिनेछ ।'
«حال، برو و تمام مشایخ اسرائیل را جمع کن و به ایشان بگو:”یهوه، خدای اجداد شما، خدای ابراهیم، اسحاق و یعقوب بر من ظاهر شد و فرمود: من از نزدیک مشاهده کرده و دیدهام چگونه مصریها با شما رفتار کردهاند. | 16 |
गएर इस्राएलका धर्म-गुरुहरूलाई भेला गर् । तिनीहरूलाई यसो भन्नू, 'तिमीहरूका पिता-पुर्खाका परमेश्वर अर्थात् अब्राहाम, इसहाक र याकूबका परमेश्वर मकहाँ देखा परी भन्नुभयो, “मैले वास्तवमै तिमीहरूलाई अवलोकन गरेको छु र तिमीहरूलाई मिश्रमा के गरिएको छ भनी देखेको छु ।
من وعده دادهام که شما را از سختیهایی که در مصر میکشید، آزاد کنم و به سرزمینی ببرم که در آن شیر و عسل جاری است، سرزمینی که اینک کنعانیها، حیتیها، اموریها، فرزیها، حویها و یبوسیها در آن زندگی میکنند.“ | 17 |
तिमीहरूले मिश्रमा भोगेको थिचोमिचोबाट मुक्त गरी दूध र मह बग्ने देश अर्थात् कनानी, हित्ती, एमोरी, परिज्जी, हिव्वी र यबूसीहरूको देशमा लैजाने मैले प्रतिज्ञा गरेको छु” ।'
«مشایخ اسرائیل سخن تو را خواهند پذیرفت. تو همراه آنان به حضور پادشاه مصر برو و به او بگو:”یهوه، خدای عبرانیها، از ما دیدار کرده است. اجازه بده به فاصلهٔ سه روز راه، به صحرا برویم و در آنجا به یهوه، خدای خود قربانی تقدیم کنیم.“ | 18 |
तिनीहरूले तेरो कुरा सुन्नेछन् । तँ र इस्राएलका धर्म-गुरुहरू मिश्रका राजाकहाँ गई त्यसलाई यसो भन्नू, 'हिब्रूहरूका परमप्रभुले हामीलाई भेट्नुभएको छ । अब हामी तिन दिनको यात्रा गरी उजाड-स्थानमा जाऔँ ताकि हाम्रा परमप्रभु परमेश्वरलाई हामीले बलिदान चढाउन सकौँ ।'
«ولی من میدانم که پادشاه مصر اجازه نخواهد داد که بروید، مگر آن که دستی نیرومند او را مجبور سازد. | 19 |
तर राजा बाध्य नपारिएसम्म त्यसले तिमीहरूलाई जान दिनेछैन भनी मलाई थाहा छ ।
پس من دست خود را بلند کرده، مصریها را با انجام همه نوع معجزات در میانشان خواهم زد. پس از آن او شما را رها خواهد کرد. | 20 |
म मेरो हात फैलाई मैले मिश्रीहरूका बिचमा गर्ने सबै आश्चर्यकर्मले तिनीहरूलाई आक्रमण गर्नेछु । त्यसपछि त्यसले तिमीहरूलाई जान दिनेछ ।
من کاری میکنم که مصریها برای شما احترام قائل شوند، به طوری که وقتی آن سرزمین را ترک میگویید، تهیدست نخواهید رفت. | 21 |
म यस जातिमाथि मिश्रहरूलाई निगाह गर्न लगाउनेछु ताकि तिमीहरू जाँदा रित्तो हात जान नपरोस् ।
هر زن اسرائیلی از همسایۀ مصری خود و از بانوی میهمان در خانهاش اجناسی از نقره و طلا و لباس خواهد خواست. شما آنها را بر پسران و دخترانتان خواهید پوشاند. به این ترتیب شما مصریها را غارت خواهید کرد.» | 22 |
हरेक स्त्रीले आ-आफ्ना मिश्री छिमेकीहरू र तिनीहरूका घरहरूमा बस्ने कुनै पनि स्त्रीहरूबाट सुन र चाँदीका गरगहनाहरूसाथै लत्ता कपडाहरू माग्नेछ । तिमीहरूले ती आ-आफ्ना छोराछोरीहरूलाई लगाइदिनेछौ । यसरी तिमीहरूले मिश्रीहरूलाई लुट्नेछौ ।”