< دوم سموئیل 16 >

داوود از آن طرف کوه سرازیر می‌شد که به صیبا، خدمتگزار مِفیبوشِت که منتظر او بود برخورد. صیبا با خود یک جفت الاغ پالان شده آورده بود که روی آنها دویست نان معمولی، صد نان کشمشی، صد خوشه انگور و یک مشک شراب بود. 1
दाऊद डाँडाको चुचुरोबाट अलिकति पर पुग्दा, मपीबोशेतको नोकर सीबा केही गधाहरू जीन-काठी कसेर दाऊदलाई भेट्न आए । तिनमा दुई सयवटा रोटी, एक सय झुप्‍पा किसमिस, नेभारा एक सय झुप्‍पा र एक मशक दाखमद्य थिए ।
پادشاه از صیبا پرسید: «اینها را برای چه آورده‌ای؟» صیبا جواب داد: «الاغها را برای اهل خانهٔ تو آورده‌ام تا بر آنها سوار شوند. نان و میوه برای خوراک افرادت می‌باشد تا آنها را بخورند و شراب هم برای کسانی که در بیابان خسته می‌شوند.» 2
राजाले सीबालाई भने, “तिमीले यी कुरा किन लिएर आयौ?” सीबाले जवाफ दिए, “गधाहरू राजाका घरानालाई सवार हुन, रोटी र नेभाराका डल्लाहरू तपाईंका मानिसहरूले खान र दाखमद्यचाहि उजाडस्‍थानमा मूर्छित हुनेहरूका लागि पिउनलाई हुन् ।”
پادشاه از او پرسید: «پس مِفیبوشِت کجاست؟» صیبا پاسخ داد: «در اورشلیم ماند، چون فکر می‌کند اسرائیلی‌ها امروز تاج و تخت پدر بزرگش شائول را به او بازمی‌گردانند.» 3
राजले भने, “त्‍यसो भए, तिम्रो मालिको नाति कहाँ छ?” सीबाले राजालाई जवाफ दिए, “हेर्नुहोस्, उनी यरूशलेममा नै बसेका छन्, किनकि, उनले भने, 'इस्राएलको घरानाले आज मेरो बुबाको राज्य मलाई पुनर्स्थापना गर्ने छन्' ।”
پادشاه به صیبا گفت: «در این صورت، هر چه مال او بود از این پس مال تو باشد.» صیبا گفت: «من غلام شما هستم؛ لطفتان از سر من کم نشود.» 4
तब राजाले सीबालाई भने, “हेर, मपीबोशेतको अधीनमा भएका सबै कुरा अब तिम्रो भयो ।” सीबाले जवाफ दिए, “हे मेरो मालिक महाराजा म नम्रतासाथ हजुरको सामु निहुरिन्‍छु । मैले हजुरको दृष्‍टिमा निगाह पाउन सकौं ।”
وقتی داوود و همراهانش به بحوریم رسیدند، با مردی روبرو شدند که از شهر خارج می‌شد. او با دیدن داوود شروع کرد به ناسزا گفتن. این مرد شمعی پسر جیرا، از طایفهٔ شائول بود. 5
जब दाऊद राजा बहूरीमको नजिक पुगे, त्यहाँबाट एक जना मानिस शाऊलको कुलको गेराका छोरा शिमी आयो । ऊ हिंड्‍दै गर्दा उसले सराप्‍दै गयो ।
با اینکه داوود توسط محافظان و افرادش از دو طرف محافظت می‌شد، ولی شمعی به سوی او و درباریانش سنگ می‌انداخت، 6
राजाको दाया र बायातिर फौजहरू र अङ्गरक्षकहरू भए तापनि उसले दाऊदलाई र राजाका अधिकारीहरूलाई ढङ्गाले हान्‍यो ।
و فریاد می‌زد: «از اینجا دور شو ای قاتل! ای جنایتکار! 7
शिमीले यसरी सरापे, “गइहाल, यहाँबाट निस्की जा, तँ दुष्‍ट, तँ रक्‍तपात गर्ने मानिस!
خداوند انتقام خون خاندان شائول را از تو می‌گیرد. تو تاج و تخت او را دزدیدی و حال، خداوند آن را به پسرت ابشالوم داده است! ای آدمکش بالاخره به سزایت رسیدی!» 8
तैंले शाऊलको घरानाभित्र बगाएको रगतका लागि तिमीहरू सबैलाई परमप्रभुले जवाफ दिनुभएको छ, जसको ठाउँमा तैंले राज्‍य गरेको छस् । परमप्रभुले तेरो छोरा अब्शालोमलाई राज्य दिनुभएको छ । तेरो सर्वनाश भएको छ किनभने तँ रक्‍तपातको मानिस होस् ।”
ابیشای پسر صرویه گفت: «ای پادشاه، چرا اجازه می‌دهید این سگ مرده به شما دشنام بدهد؟ اجازه بفرمایید بروم سرش را از تنش جدا کنم!» 9
त्यसपछि सरूयाहका छोरा अबीशैले राजालाई भने, “यो मरेको कुकुरले मेरो मलिक महाराजालाई किन सराप्‍ने? कृपया, पारि गएर त्यसको टाउको काट्ने अनुमति मलाई दिनुहोस् ।”
پادشاه خطاب به ابیشای و برادرش یوآب گفت: «شما چه کار دارید؟ اگر خداوند به او گفته است که به من دشنام دهد، من کی هستم که مانع کار او شوم؟ 10
तर राजाले भने, “ए सरूयाहका छोराहरू तिमीहरूको मसँग के सरोकार? सायद परमप्रभुले नै, 'दाऊदलाई सराप' भनेर त्यसलाई भन्‍नुभएको हुनाले त्यसले मलाई सराप्‍दै छ । अनि त्यसलाई 'तिमीले राजालाई किन सराप्‍दै छौ?' भनेर कसले भन्‍न सक्छ' ।”
پسر خودم به خونم تشنه است، این که یک بنیامینی است و فقط به من ناسزا می‌گوید. بگذارید دشنام دهد، بدون شک دست خداوند در این کار است. 11
त्यसैले दाऊदले अबीशै र आफ्‍ना सबै सेवकलाई भने, “हेर, मेरो छोर, जो मेरो आफ्नै शरीरबाट जन्मेको हो, त्‍यसले नै मलाई मार्न खोज्‍छ । यो बेन्यामिनीले झन् मेरो विनाश भएको कति धेरै इच्छा गर्ला? त्यसलाई छोडिदेऊ र त्यसले सरापोस्, किनकि परमप्रभुले नै त्‍यसो गर्ने आज्ञा त्यसलाई दिनुभएको छ ।
شاید خداوند ظلمی را که به من می‌شود ببیند و به جای این ناسزاها، مرا برکت بدهد.» 12
सायद ममाथि आइपरेको यो कष्‍ट परमप्रभुले हेर्नुहुने छ र आज त्यसले मलाई सरापेकोमा मलाई असल इनाम दिनुहुने छ ।”
پس داوود و افرادش راه خود را پیش گرفتند و شمعی همچنان به دنبال آنها از کنار کوه می‌رفت و دشنام می‌داد، سنگ پرت می‌کرد و خاک به هوا می‌پاشید. 13
त्यसैले दाऊद र तिनका मानिसहरू बाटोमा हिंडे, जबकि शिमीले डाँडाको अर्कोपट्टि हिंड्दै, सराप्दै, धुलो छर्दै र ढुङ्गा हान्दै गए ।
پادشاه و همراهانش خسته به مقصد خود رسیدند و استراحت کردند. 14
त्यसपछि राजा र तिनीसँग भएका सबै मानिस थकित भए र तिनीहरू राती रोकिंदा तिनले आराम गरे ।
در این هنگام، ابشالوم و افرادش وارد اورشلیم شدند. اخیتوفل هم با آنها بود. 15
अब्शालोमको र तिनीसँग भएका इस्राएलका सबै मानिसका बारेमामा, तिनीहरू यरूशलेममा आए र अहीतोपेल तिनीसँगै थिए ।
حوشای ارکی دوست داوود وقتی ابشالوم را دید به سوی او رفت و گفت: «زنده باد پادشاه! زنده باد پادشاه!» 16
जब दाऊदका मित्र अरकी हूशै अब्शालोमकहाँ आए, तब हूशैले अब्शालोमलाई भने, “राजा अमर रहुन्! राजा अमर रहुन्!”
ابشالوم از او پرسید: «با دوست خود داوود اینطور رفتار می‌کنی؟ چرا همراه او نرفتی؟» 17
अब्शालोमले हूशैलाई भने, “तिम्रो मित्रप्रतिको तिम्रो बफदारीता यही हो? तिमी किन तिनीसित गएनौ?”
حوشای جواب داد: «من به کسی خدمت می‌کنم که از طرف خداوند و قوم اسرائیل انتخاب شده باشد. 18
हूशैले अब्शालोमलाई भने, “होइन, बरु, परमप्रभु र यी मानिसहरू र इस्राएलका सारा मानिसले जसलाई चुनेका छन्, म त्‍यही मानिसको हुने छु र उसैसित म बस्‍ने छु ।
حال، چه کسی بهتر از پسر اربابم؟ من پیش از این به پدرت خدمت می‌کردم، ولی از این پس در خدمت تو خواهم بود!» 19
साथै, मैले कुन मानिसको सेवा गर्नु? के मैले तिनको छोराको उपस्थितिमा सेवा नगर्नु? मैले जसरी तपाईंको बुबाको सामु सेवा गरेको छु त्यसरी नै म तपाईंको सामु सेवा गर्ने छु ।”
ابشالوم رو به اخیتوفل کرده، پرسید: «حال که به اینجا رسیدیم چه باید کرد؟» 20
तब अब्शालोमले अहीतोपेललाई भने, “हामीले के गर्नुपर्छ भन्‍ने बारेमा हामीलाई तपाईंको सल्लाह दिनुहोस् ।”
اخیتوفل به او گفت: «برو و با کنیزان پدرت همبستر شو. داوود آنها را در اینجا گذاشته تا از کاخ او نگهداری کنند. با این کار، تمام اسرائیلی‌ها متوجه می‌شوند که تو و داوود واقعاً دشمن یکدیگر شده‌اید، آنگاه پیروانت با دلگرمی از تو پشتیبانی خواهند کرد.» 21
अहीतोपेलले अब्शालोमलाई जवाफ दिए, “जानुहोस्, तपाईंको बुबाले दरबारको सुरक्षा गर्न छोड्नुभएका तपाईंको बुबाका उपपत्‍नीहरूसित सुत्‍नुहोस् र तपाईं आफ्नो बुबाप्रति दुर्गन्ध हुनुभएको छ भनी सारा इस्राएललाई थाहा हुने छ । तब तपाईंसँग भएका सबैको हात बलियो हुने छ ।”
پس روی پشت بام کاخ سلطنتی، جایی که در معرض دید همه بود، چادری زدند و ابشالوم به داخل چادر رفت تا با کنیزان پدرش همبستر شود. 22
त्यसैले तिनीहरूले दरबारको छतमा अब्शालोमको निम्ति पाल टाँगे र सारा इस्राएलले देख्‍ने गरी अब्शालोम आफ्नो बुबाका उपपत्‍नीहरूसित सुते ।
در آن روزها، هر نصیحتی که اخیتوفل می‌داد، ابشالوم آن را مانند کلام خدا می‌پذیرفت. داوود هم قبلاً به همین شکل نصیحت‌های اخیتوفل را می‌پذیرفت. 23
अब ती दिनहरूमा अहीतोपेलले दिएको सल्लाह परमेश्‍वर स्वयम्‌को मुखबाट मानिसले सुनेको जस्तै हुन्थ्यो । दाऊद र अब्शालोम दुवैले अहीतोपेलको सल्लाहलाई त्यसरी नै लिन्थे ।

< دوم سموئیل 16 >