< مزامیر 47 >

برای سالار مغنیان. مزمور بنی قورح ای جمیع امت‌ها دستک زنید. نزد خدابه آواز شادی بانگ برآورید. ۱ 1
ए सबै मानिसहरू हो, आफ्‍ना ताली बजाओ । विजयको सोरले परमेश्‍वरको निम्‍ति कराओ ।
زیراخداوند متعال و مهیب است و بر تمامی جهان خدای بزرگ. ۲ 2
किनकि सर्वोच्‍च परमप्रभु भययोग्य हुनुहुन्छ । सारा पृथ्वीका महान् राजा उहाँ नै हुनुहुन्छ ।
قوم‌ها را در زیر ما مغلوب خواهدساخت و طایفه‌ها را در زیر پایهای ما. ۳ 3
उहाँले मानिसहरूलाई हाम्रो अधीनमा र जातिहरूलाई हाम्रा पाउमुनि पार्नुहुन्छ ।
میراث مارا برای ما خواهد برگزید یعنی جلالت یعقوب راکه دوست می‌دارد، سلاه. ۴ 4
उहाँले हाम्रा निम्‍ति हाम्रो उत्तराधिकार रोज्‍नुहुन्‍छ, याकूबको महिमा जसलाई उहाँले प्रेम गर्नुहुन्‍छ । सेला
خدا به آواز بلندصعود نموده است. خداوند به آواز کرنا. ۵ 5
परमेश्‍वर सोरसँगै, परमप्रभु तुरहीको सोरसँगै माथि जानुभएको छ
تسبیح بخوانید، خدا را تسبیح بخوانید. تسبیح بخوانید، پادشاه ما را تسبیح بخوانید. ۶ 6
परमेश्‍वर प्रशंसा गाओ, प्रशंसा गाओ । हाम्रा राजाको निम्‍ति प्रशंसा गाओ, प्रशंसा गाओ ।
زیرا خدا پادشاه تمامی جهان است. به خردمندی تسبیح بخوانید. ۷ 7
किन परमेश्‍वर सारा पृथ्वीमा राजा हुनुहुन्छ । समझले प्रशंसा गाओ ।
خدا بر امت‌ها سلطنت می‌کند. خدا بر تخت قدس خود نشسته است. ۸ 8
परमेश्‍वरले जातिहरूमा राज्‍य गर्नुहुन्छ । परमेश्‍वर आफ्‍नो पवित्र सिंहासनमा विराजमान हुनुहुन्छ ।
سروران قوم‌ها با قوم خدای ابراهیم جمع شده‌اند زیرا که سپرهای جهان از آن خداست. او بسیار متعال می‌باشد. ۹ 9
मानिसहरूका शासकहरू अब्राहामका परमेश्‍वरका मानसिहरूकहाँ एकसाथ भेला भएका छन्, किनकि पृथ्वीको ढाल परमेश्‍वरकै हो । उहाँ अति उच्‍च हुनुहुन्छ ।

< مزامیر 47 >