< اشعیا 54 >

ای عاقره‌ای که نزاییده‌ای بسرا! ای که درد زه نکشیده‌ای به آواز بلند ترنم نماو فریاد برآور! زیرا خداوند می‌گوید: پسران زن بیکس از پسران زن منکوحه زیاده‌اند. ۱ 1
“ए बाँझी स्‍त्री, जसले जन्म दिएकी छैन, गीत गा । आनन्दको गीत गा, उच्‍च सोरमा करा, तँ जो कहिल्यै प्रसव वेदनामा परेकी छैन । किनकि बाँझी स्‍त्रीको सन्तानहरू विवाहित स्‍त्रीको भन्दा धेरै छन्,” परमप्रभु भन्‍नुहुन्छ ।
مکان خیمه خود را وسیع گردان و پرده های مسکن های تو پهن بشود دریغ مدار و طنابهای خود را درازکرده، میخهایت را محکم بساز. ۲ 2
“उदार भएर, आफ्‍नो पाललाई अझ ठुलो बना र आफ्‍नो पालका पर्दाहरू तन्‍का । आफ्‍ना डोरीहरू लामो बना र आफ्‍ना किलाहरू बलियो पार् ।
زیرا که بطرف راست و چپ منتشر خواهی شد و ذریت توامت‌ها را تصرف خواهند نمود و شهرهای ویران را مسکون خواهند ساخت. ۳ 3
किनकि तँ दाहिनेतिर र देब्रेतिर फैलिनेछस्, तेरा सन्तानहरूले जातिहरूलाई जित्‍नेछन् र उजाड सहरहरूमा पुनः बसोवास गर्नेछन् ।
مترس زیرا که خجل نخواهی شد و مشوش مشو زیرا که رسوانخواهی گردید. چونکه خجالت جوانی خویش را فراموش خواهی کرد و عار بیوگی خود را دیگربه یاد نخواهی آورد. ۴ 4
नडरा, किनकि तँ लज्‍जित हुनेछैनस्, न त निराश हुनेछस्, किनकि तेरो अपमान गरिेनेछैन । आफ्‍नो जवानीको लाजलाई र आफ्‍नो त्‍यागिएको अवस्‍थाको अपमानलाई तैंले बिर्सनेछस् ।
زیرا که آفریننده تو که اسمش یهوه صبایوت است شوهر تو است. وقدوس اسرائیل که به خدای تمام جهان مسمی است ولی تو می‌باشد. ۵ 5
किनभने तँलाई बनाउनुहुने तेरो स्‍वामी हुनुहुन्छ । उहाँको नाउँ सर्वशक्तिमान् परमप्रभु हो । इस्रएलको परमपवित्र तेरो उद्धारक हुनुहुन्छ । उहाँलाई सारा पृथ्वीको परमेश्‍वर भनिन्छ ।
زیرا خداوند تو را مثل زن مهجور و رنجیده دل خوانده است و مانندزوجه جوانی که ترک شده باشد. خدای تو این رامی گوید. ۶ 6
किनकि त्यागिएकी र आत्मामा दुःखी पत्‍नीको रूपमा जवानीमा विवाह भएकी र तिरस्‍कृत स्‍त्रीलाई झैं परमप्रभुले तँलाई फिर्ता बोलाउनुभएको छ,” तेरो परमेश्‍वर भन्‍नुहुन्छ ।
زیرا تو را به اندک لحظه‌ای ترک کردم اما به رحمت های عظیم تو را جمع خواهم نمود. ۷ 7
“छोटो समयको निम्ति मैले तँलाई त्यागें, तर ठुलो दयासाथ म तँलाई भेला पार्नेछु ।
و خداوند ولی تو می‌گوید: «بجوشش غضبی خود را از تو برای لحظه‌ای پوشانیدم اما به احسان جاودانی برتو رحمت خواهم فرمود. ۸ 8
रिसको झोंकमा मैले क्षणिक रूपमा आफ्‍नो मुख तँबाट लुकाएँ । तर अनन्त करारको विश्‍वस्‍ततामा म तँमाथि दया गर्नेछु— तँलाई छुट्टाउनुहुने परमप्रभु भन्‍नुहुन्छ ।
زیرا که این برای من مثل آبهای نوح می‌باشد. چنانکه قسم خوردم که آبهای نوح بار دیگر بر زمین جاری نخواهد شد همچنان قسم خوردم که بر توغضب نکنم و تو را عتاب ننمایم. ۹ 9
किनकि यो मेरो निम्ति नोआको समयको पानीजस्तै होः जसरी नोआको पानीले पृथ्वीलाई फेरि कहिल्यै डुबाउनेछैन भनी मैले शपथ खाएँ, त्यसरी नै तँसँग कहिल्यै रिसाउँदिनँ वा तँलाई हप्‍काउँदिन भनी मैले शपथ खाएको छु ।
هرآینه کوهها زایل خواهد شد و تلها متحرک خواهدگردید، لیکن احسان من از تو زایل نخواهد شد وعهد سلامتی من متحرک نخواهد گردید.» خداوند که بر تو رحمت می‌کند این را می‌گوید. ۱۰ 10
पर्वतहरू खसे र पहाडहरू थरथर भए पनि, मेरो अटल प्रेम तँबाट हट्‍नेछैन, न त मेरो शान्तिको करारको हल्‍लिनेछ— तँलाई दया गर्नुहुने परमप्रभु भन्‍नहुन्छ ।
«ای رنجانیده و مضطرب شده که تسلی نیافته‌ای اینک من سنگهای تو را در سنگ سرمه نصب خواهم کرد و بنیاد تو را در یاقوت زردخواهم نهاد. ۱۱ 11
ए कष्‍टमा परेका, आँधी-बेहरीले बत्ताइएका र सान्त्वना नपाएकाहरू हो, हेर, तेरो बाटोमा म फिरोजा पत्‍थरले जोड्नेछु र तेरो जगहरू नीरले बसाल्‍नेछु ।
و مناره های تو را از لعل ودروازه هایت را از سنگهای بهرمان و تمامی حدود تو را از سنگهای گران قیمت خواهم ساخت. ۱۲ 12
म तेरो गजुरहरू रूबीले र तेरा ढोकाहरू चम्कने पत्थरहरूले र तेरो बाहिरी पर्खाल सुन्दर ढुङ्गाहरूले बनाउनेछु ।
و جمیع پسرانت از خداوند تعلیم خواهند یافت و پسرانت را سلامتی عظیم خواهدبود. ۱۳ 13
अनि परमप्रभुद्वारा नै तेरा सबै छोराछोरीलाई सिकाइनेछ । अनि तेरा छोराछोरीका शान्ति महान् हुनेछ ।
در عدالت ثابت شده و از ظلم دور مانده، نخواهی ترسید و هم از آشفتگی دور خواهی ماند و به تو نزدیکی نخواهد نمود. ۱۴ 14
धर्मिकतामा तँलाई स्थापित गरिनेछ, र अत्याचारबाट तँ टाढा हुनेछस्, किनकि तँ डराउने छैनस् । अनि त्रास तेरो नजिक आउनेछैन ।
همانا جمع خواهند شد اما نه به اذن من. آنانی که به ضد توجمع شوند به‌سبب تو خواهند افتاد. ۱۵ 15
हेर्, कसैले कष्‍ट ल्यायो भने, त्‍यो मबाट हुनेछैन । तँमाथि कष्‍ट ल्याउने जोसुकैले पराजय बेहोर्नेछ ।
اینک من آهنگری را که زغال را به آتش دمیده، آلتی برای کار خود بیرون می‌آورد، آفریدم. و من نیز هلاک کننده را برای خراب نمودن آفریدم. ۱۶ 16
हेर्, मैले कारीगरलाई सृष्‍टि गरेको छु, जसले भुङ्‍ग्रो फुक्‍छ र आफ्‍नो कामको रूपमा हतियार बनाउँछ, अनि नष्‍ट गर्नलाई मैले नष्‍ट गर्नेको सृष्‍टि गरेको छु ।
هر آلتی که به ضد تو ساخته شود پیش نخواهد برد و هرزبانی را که برای محاکمه به ضد تو برخیزدتکذیب خواهی نمود. این است نصیب بندگان خداوند و عدالت ایشان از جانب من.» خداوندمی گوید. ۱۷ 17
तेरो विरुद्धमा बनाइएका कुनै पनि हतियार सफल हुनेछैनन् । अनि तँलाई दोष लगाउने हरेकलाई तैंले दोषी ठहराउनेछस् । परमप्रभुका सेवकहरूका पैतृकसम्पत्ति र तिनीहरू निर्दोष छन् भनेर मैले दिने प्रमाण यही हो— यो परमप्रभुको घोषणा हो ।”

< اشعیا 54 >

A Dove is Sent Forth from the Ark
A Dove is Sent Forth from the Ark