< پیدایش 43 >
و قحط در زمین سخت بود. | ۱ 1 |
देशमा अति भयानक अनिकाल परेको थियो ।
و واقع شد چون غلهای را که از مصر آورده بودند، تمام خوردند، پدرشان بدیشان گفت: «برگردید و اندک خوراکی برای ما بخرید.» | ۲ 2 |
तिनीहरूले मिश्रबाट ल्याएका अनाज खाइसकेपछि तिनीहरूका पिताले तिनीहरूलाई भने, “फेरि हाम्रो लागि अन्न किन्नलाई जाओ ।”
یهودا بدو متکلم شده، گفت: «آن مرد به ما تاکیدکرده، گفته است هرگاه برادر شما با شما نباشد، روی مرا نخواهید دید. | ۳ 3 |
यहूदाले भने, “ती मानिसले हामीलाई गम्भीरतापूर्वक चेताउनी दिएका छन्, 'तिमीहरूले आफ्ना भाइलाई सँगै ल्याएनौ भने तिमीहरूले मेरो मुहार हेर्नेछैनौ ।'
اگر تو برادر ما را با مافرستی، میرویم و خوراک برایت میخریم. | ۴ 4 |
तपाईंले हाम्रा भाइलाई हामिसितै पठाउनुभयो भने हामी तल झरेर तपाईंका लागि अन्न किन्नेछौँ ।
امااگر تو او را نفرستی، نمی رویم، زیرا که آن مرد مارا گفت، هر گاه برادر شما، با شما نباشد، روی مرانخواهید دید.» | ۵ 5 |
तर तपाईंले तिनलाई पठाउनुभएन भने हामी तल जाँदैनौँ । किनभने ती मानिसले हामीलाई भनेका छन् 'तिमीहरूले आफ्ना भाइलाई सँगै ल्याएनौ भने तिमीहरूले मेरो मुहार हेर्नेछैनौ' ।”
اسرائیل گفت: «چرا به من بدی کرده، به آن مرد خبر دادید که برادر دیگر دارید؟» | ۶ 6 |
इस्राएलले भने, “तिमीहरूको अर्को भाइ थियो भनी ती मानिसलाई बताएर तिमीहरूले किन ममाथि सङ्कष्ट ल्यायौ?”
گفتند: «آن مرد احوال ما و خویشاوندان ما را به دقت پرسیده، گفت: “آیا پدر شما هنوز زنده است، وبرادر دیگر دارید؟” و او را بدین مضمون اطلاع دادیم، و چه میدانستیم که خواهد گفت: “برادرخود را نزد من آرید.”» | ۷ 7 |
तिनीहरूले भने, “ती मानिसले हामी र हाम्रो परिवारको बारेमा सबै कुरा सोधपुछ गरे । तिनले भने, 'के तपाईंका पिता अझै जीवितै हुनुहुन्छ? के तिमीहरूको अर्को भाइ छ?' हामीले तिनका प्रश्नहरूको जवाफ मात्र दिएका हौँ । तिनले 'तिमीहरूका भाइलाई पनि सँगै लिएर आओ' भन्छन् भनी हामीले कसरी जान्न सक्थ्यौँ र?
پس یهودا به پدر خود، اسرائیل گفت: «جوان را با من بفرست تا برخاسته، برویم وزیست کنیم و نمیریم، ما و تو و اطفال ما نیز. | ۸ 8 |
यहूदाले आफ्ना पिता इस्राएललाई भने, “केटोलाई मसितै पठाउनुहोस् । तपाईं, हामी र हाम्रा छोराछोरीहरू बाँच्न सकून् भनी हामी उठेर गइहाल्नेछौँ ।
من ضامن او میباشم، او را از دست من بازخواست کن هر گاه او را نزد تو باز نیاوردم و به حضورت حاضر نساختم، تا به ابد در نظر تو مقصر باشم. | ۹ 9 |
म तिनको जमानी हुनेछु । तपाईंले मसित लेखा लिनुहुनेछ । मैले तिनलाई तपाईंकहाँ फर्काएर तपाईंको सामु ल्याइनँ भने म सदाको लागि त्यसको दोषी हुनेछु ।
زیرا اگر تاخیر نمی نمودیم، هر آینه تا حال، مرتبه دوم را برگشته بودیم.» | ۱۰ 10 |
किनकि हामीले ढिला नगरेका भए निश्चय नै अहिलेसम्म त हामी दोस्रो पटक यहाँ फर्किसकेका हुने थियौँ ।”
پس پدر ایشان، اسرائیل، بدیشان گفت: «اگر چنین است، پس این را بکنید. از ثمرات نیکوی این زمین در ظروف خود بردارید، وارمغانی برای آن مرد ببرید، قدری بلسان و قدری عسل و کتیرا و لادن و پسته و بادام. | ۱۱ 11 |
तिनीहरूका पिता इस्राएलले तिनीहरूलाई भने, “त्यसो हो भने, अब यसो गर । तिमीहरूका झोलाहरूमा यस देशमा सबैभन्दा उत्तम उब्जनीहरू हाल । ती मानिसलाई यी उपहारहरू लिएर जाओः सुगन्धित लेप, मह, मसला र मूर्र, पेस्ता र हाडे-बदाम ।
و نقدمضاعف بدست خود گیرید، و آن نقدی که دردهنه عدلهای شما رد شده بود، بهدست خود بازبرید، شاید سهوی شده باشد. | ۱۲ 12 |
तिमीहरूले दुई गुणा रुपियाँ-पैसा पनि लिएर जाओ । तिमीहरूका बोरा खोल्दा मुखमा फेला परेका रुपियाँ-पैसा पनि सँगै लिएर जाओ । सायद त्यो भुल थियो ।
و برادر خود رابرداشته، روانه شوید، و نزد آن مرد برگردید. | ۱۳ 13 |
तिमीहरूका भाइलाई पनि सँगै लैजाओ । उठेर फेरि ती मानिसकहाँ जाओ ।
وخدای قادر مطلق شما را در نظر آن مرد مکرم دارد، تا برادر دیگر شما و بنیامین را همراه شمابفرستد، و من اگر بیاولاد شدم، بیاولاد شدم.» | ۱۴ 14 |
सर्वशक्तिमान् परमेश्वरले ती मानिसको सामु तिमीहरूलाई कृपा देखाऊन् ताकि तिनले तिमीहरूका अर्का दाजु र बेन्यामीनलाई छुटकारा दिऊन् । मेरा सन्तानहरूको कारणले म शोकित हुनैपर्छ भने म हुँला ।”
پس آن مردان، ارمغان را برداشته، و نقدمضاعف را بدست گرفته، با بنیامین روانه شدند. وبه مصر فرود آمده، به حضور یوسف ایستادند. | ۱۵ 15 |
ती मानिसहरूले उपहार, दुई गुणा रुपियाँ-पैसा र बेन्यामीनलाई लिए, र तिनीहरू उठेर मिश्रतर्फ झरे, अनि योसेफको सामु हाजिर भए ।
اما یوسف، چون بنیامین را با ایشان دید، به ناظر خانه خود فرمود: «این اشخاص را به خانه ببر، و ذبح کرده، تدارک ببین، زیرا که ایشان وقت ظهر با من غذا میخورند.» | ۱۶ 16 |
योसेफले तिनीहरूसँगै बेन्यामीनलाई देखेपछि तिनले आफ्नो घरको भण्डारेलाई भने, “ती मानिसहरूलाई घरभित्र ल्याओ, र एउटा पशु काटेर भोज तयार पार किनकि दिउँसो यी मानिसहरूले मसँगै खानेछन् ।”
و آن مرد چنانکه یوسف فرموده بود، کرد. و آن مرد ایشان را به خانه یوسف آورد. | ۱۷ 17 |
त्यस भण्डारले योसेफले भनेजस्तो गर्यो । त्यसले ती मानिसहरूलाई योसेफको घरभित्र ल्यायो ।
و آن مردان ترسیدند، چونکه به خانه یوسف آورده شدند و گفتند: «بسبب آن نقدی که دفعه اول درعدلهای ما رد شده بود، ما را آوردهاند تا بر ماهجوم آورد، و بر ما حمله کند، و ما را مملوک سازد و حماران ما را.» | ۱۸ 18 |
ती मानिसहरू योसेफको घरमा लगिएकाले तिनीहरू डराए । तिनीहरूले भने, “पहिलो पटक हाम्रा बोराहरूमा फर्काइएको रुपियाँ-पैसाको कारण हामीलाई यहाँ ल्याइएको हो । तिनले हाम्रो विरुद्धमा मौका खोजेका हुन सक्छन् । तिनले हामीलाई गिरफ्तार गरी दास बनाउन सक्छन्, हाम्रा गधाहरू लैजान सक्छन् ।”
و به ناظر خانه یوسف نزدیک شده، دردرگاه خانه بدو متکلم شده، | ۱۹ 19 |
तिनीहरू योसेफको घरको भण्डारेकहाँ गए, र घरको ढोकामा तिनीहरूले उसलाई भने,
گفتند: «یا سیدی! حقیقت مرتبه اول برای خرید خوراک آمدیم. | ۲۰ 20 |
“हजुर, हामी पहिलो पटक अन्न किन्न आयौँ ।
وواقع شد چون به منزل رسیده، عدلهای خود راباز کردیم، که اینک نقد هر کس در دهنه عدلش بود. نقره ما به وزن تمام و آن را بهدست خود بازآوردهایم. | ۲۱ 21 |
हामी विश्राम स्थलमा पुग्यौँ, अनि बोराहरू खोल्दा हरेकको रुपियाँ-पैसा हरेकको बोराको मुखैमा थियो । त्यहाँ हाम्रा सबै रुपियाँ-पैसा थिए । हामीले ती हामीसँगै ल्याएका छौँ । अन्न किन्नलाई हामीले थप रुपियाँ-पैसा पनि ल्याएका छौँ ।
و نقد دیگر برای خرید خوراک بهدست خود آوردهایم. نمی دانیم کدام کس نقد مارا در عدلهای ما گذاشته بود.» | ۲۲ 22 |
हाम्रा रुपियाँ-पैसा हाम्रा बोराहरूमा कसले राखिदियो भनी हामीलाई थाहा छैन ।”
گفت: «سلامت باشید مترسید، خدای شماو خدای پدر شما، خزانهای در عدلهای شما، به شما داده است؛ نقد شما به من رسید.» پس شمعون را نزد ایشان بیرون آورد. | ۲۳ 23 |
भण्डारेले भन्यो, “तपाईंहरूलाई शान्ति होस् । नडराउनुहोस् । तपाईंका परमेश्वर र तपाईंका पिताका परमेश्वरले नै तपाईंका बोराहरूमा तपाईंहरूको रुपियाँ-पैसा हालिदिएको हुनुपर्छ । मैले तपाईंहरूको रुपियाँ-पैसा त पाएकै थिएँ ।” त्यसपछि भण्डारेले शिमियोनलाई तिनीहरूकहाँ ल्यायो ।
و آن مرد، ایشان را به خانه یوسف درآورده، آب بدیشان داد، تا پایهای خود را شستند، و علوفه به حماران ایشان داد. | ۲۴ 24 |
भण्डारेले ती मानिसहरूलाई योसेफको घरभित्र लग्यो । त्यसले पानी दियो, र तिनीहरूले आ-आफ्ना गोडा धोए । त्यसले तिनीहरूका गधाहरूलाई पनि दानापानी दियो ।
و ارمغان را حاضر ساختند، تا وقت آمدن یوسف به ظهر، زیرا شنیده بودند که درآنجا باید غذا بخورند. | ۲۵ 25 |
तिनीहरूले दिउँसो योसेफको आगमनको लागि उपहारहरू तयार पारिराखे, किनकि तिनीहरूले त्यहाँ सँगसँगै खाने थिए भनी तिनीहरूले सुनेका थिए ।
و چون یوسف به خانه آمد، ارمغانی را که بهدست ایشان بود، نزد وی به خانه آوردند، و به حضور وی رو به زمین نهادند. | ۲۶ 26 |
योसेफ घरमा आउँदा तिनीहरूले आफ्ना हातमा भएका उपहारहरू घरभित्र ल्याए, र भुइँसम्मै निहुरेर तिनलाई ढोग गरे ।
پس از سلامتی ایشان پرسید و گفت: «آیاپدرپیر شما که ذکرش را کردید، به سلامت است؟ و تا بحال حیات دارد؟» | ۲۷ 27 |
तिनले तिनीहरूको भलाकुसारीको बारेमा सोधपुछ गरे, “तपाईंहरूले बताउनुभएका तपाईंहरूका वृद्ध पिता सञ्चै हुनुहुन्छ? के तिनी अझै जीवितै छन्?”
گفتند: «غلامت، پدر ما، به سلامت است، و تا بحال زنده.» پس تعظیم و سجده کردند. | ۲۸ 28 |
तिनीहरूले भने, “तपाईंका दास हाम्रा पिता सञ्चै हुनुहुन्छ । उहाँ अझै जीवितै हुनुहुन्छ ।” तिनीहरू भुइँमा लमतन्न परेर तिनलाई ढोग गरे ।
و چون چشمان خود را باز کرده، برادر خود بنیامین، پسرمادر خویش را دید، گفت: «آیا این است برادرکوچک شما که نزد من، ذکر او را کردید؟» و گفت: «ای پسرم، خدا بر تو رحم کناد.» | ۲۹ 29 |
तिनले आफ्ना आँखा उठाउँदा तिनले आफ्नी आमाका छोरा आफ्ना भाइ बेन्यामीनलाई देखेपछि तिनले भने, “तिमीहरूले मलाई बताएको तिमीहरूका कान्छा भाइ यिनै हुन्?” त्यसपछि तिनले भने, “मेरा छोरा, तिमीमाथि परमेश्वर अनुग्रही हुनुभएको होस्!”
و یوسف چونکه مهرش بر برادرش بجنبید، بشتافت، و جای گریستن خواست. پس به خلوت رفته، آنجا بگریست. | ۳۰ 30 |
योसेफ कोठाबाट बाहिर जान हतारिए किनकि तिनी आफ्ना भाइको बारेमा स्नेहले भरिएका थिए । तिनले रुने ठाउँ खोजे । तिनी आफ्नो कोठाभित्र पसी रोए ।
و روی خود راشسته، بیرون آمد. و خودداری نموده، گفت: «طعام بگذارید.» | ۳۱ 31 |
आफ्नो मुख धोई तिनी बाहिर आए । आफूलाई नियन्त्रण गर्दै तिनले भने, “खाना ल्याओ ।”
و برای وی جدا گذاردند، و برای ایشان جدا، و برای مصریانی که با وی خوردند جدا، زیرا که مصریان با عبرانیان نمی توانند غذابخورند زیرا که این، نزد مصریان مکروه است. | ۳۲ 32 |
नोकरहरूले योसेफको लागि छुट्टै र तिनका दाजुहरूका लागि छुट्टै खाना पस्के । मिश्रीहरूले छुट्टै खाना खाए किनकि तिनीहरूले हिब्रूहरूसित खान सक्दैनथे। त्यसो गर्नु मिश्रीहरूका लागि अत्यन्तै घृणित कुरो थियो ।
و به حضور وی بنشستند، نخست زاده موافق نخست زادگیاش، و خرد سال بحسب خردسالیاش، و ایشان به یکدیگر تعجب نمودند. | ۳۳ 33 |
दाजुहरू योसेफका सामु बसे । तिनीहरू जेठादेखि कान्छासम्म मिलेर बसेका थिए । तिनीहरू सबै सँगसँगै छक्क परेका थिए ।
و حصهها از پیش خود برای ایشان گرفت، اماحصه بنیامین پنج چندان حصه دیگران بود، و باوی نوشیدند و کیف کردند. | ۳۴ 34 |
आफ्नो सामु पस्किएको खानाको केही भाग योसेफले तिनीहरूकहाँ पठाए । तर बेन्यामीनको भागचाहिँ अरू कुनै दाजुहरूको भन्दा पाँच गुणा बेसी थियो । तिनीहरूले पिए र तिनीहरू तिनीसँगै खुसी भए ।