< حزقیال 23 >
و کلام خداوند بر من نازل شده، گفت: | ۱ 1 |
'परमप्रभुको वचन यसो भनेर मकहाँ आयो,
«ای پسر انسان دو زن دختر یک مادربودند. | ۲ 2 |
“ए मानिसको छोरो, एउटै आमाका दुई छोरीहरू त्यहाँ थिए ।
و ایشان در مصر زنا کرده، در جوانی خودزناکار شدند. در آنجا سینه های ایشان را مالیدند وپستانهای بکارت ایشان را افشردند. | ۳ 3 |
आफ्नो जवानी दिनमा तिनीहरूले मिश्रदेशमा वेश्यावृति गरे । तिनीहरूले त्यहाँ वेश्याको काम गरे । त्यहाँ तिनीहरूका स्तन मिचिए र तिनीहरूको कुमारी अवस्थाको मुन्टाहरू खेलाइए ।
و نامهای ایشان بزرگتر اهوله و خواهر او اهولیبه بود. وایشان از آن من بوده، پسران و دختران زاییدند. واما نامهای ایشان اهوله، سامره میباشد و اهولیبه، اورشلیم. | ۴ 4 |
तिनिहरूमा दिदीको नाउँ ओहोला र बहिनीको नाउँ ओहोलिबा थियो । तब तिनीहरू मेरा भए, र तिनीहरूले छोराछोरी जन्माए । तिनीहरूका नाउँको अर्थ यही होः ओहोलाको अर्थ सामरिया र ओहोलिबाको अर्थ यरूशलेम हो ।
و اهوله از من رو تافته، زنا نمود و برمحبان خود یعنی بر آشوریان که مجاور او بودندعاشق گردید؛ | ۵ 5 |
तर मेरै भएको बेलामा पनि ओहोलाले वेश्यावृत्ति गरी । आफ्ना प्रेमी, प्रभावशाली अश्शूरीहरूसित त्यो मोहित भई,
کسانی که به آسمانجونی ملبس بودند؛ حاکمان و سرداران که همه ایشان جوانان دلپسند و فارسان اسبسوار بودند. | ۶ 6 |
नीलो वस्त्र लाउने गभर्नर र तिनका अधिकारीहरू, जो बलिया र सुन्दर थिए, ती सबै जना घोडा चढ्ने मानिसहरू थिए ।
و به ایشان یعنی به جمیع برگزیدگان بنی آشور فاحشگی خود را بذل نمود و خود را از جمیع بتهای آنانی که بر ایشان عاشق میبود نجس میساخت. | ۷ 7 |
यसरी तिनीहरू, सबै असल अश्शूरी मानिसहरूलाई त्यसले आफैलाई सुम्पिदिई, र त्यो मोहित भएका हरेक व्यक्तिसँग अनि तिनीहरूका सबै मूर्तिहरूसँग त्यसले आफैलाई अशुद्ध पारी ।
وفاحشگی خود را که در مصر مینمود، ترک نکرد. زیرا که ایشان در ایام جوانیش با او همخواب میشدند و پستانهای بکارت او را افشرده، زناکاری خود را بر وی میریختند. | ۸ 8 |
किनकि त्यसले मिश्रदेशमा हुँदा पनि त्यसको वेश्यावृतिको व्यवहार छाडेकी थिईन । जति बेला त्यो एउटी जवान केटी थिई, त्यति बेला तिनीहरू त्योसित सुतेका थिए । त्यति बेला तिनीहरूले पहिलो पल्ट त्यसका कन्या स्तनहरू खेलाएका थिए । त्यति बेला तिनीहरूले त्यससित आफ्ना यौनका छाडा व्यवहार गर्न सुरु गरेका थिए ।
لهذا من او رابهدست عاشقانش یعنی بهدست بنی آشور که اوبر ایشان عشق میورزید، تسلیم نمودم. | ۹ 9 |
यसकारण त्यसका प्रेमीहरूका हातमा अर्थात् अश्शूरीहरूका हातमा मैले त्यसलाई सुम्पिदिएँ, जोसँग त्यो मोहित भई ।
که ایشان عورت او را منکشف ساخته، پسران ودخترانش را گرفتند. و او را به شمشیر کشتند که در میان زنان عبرت گردید و بر وی داوری نمودند. | ۱۰ 10 |
तिनीहरूले त्यसलाई नाङ्गो पारे, त्यसका छोराछोरीलाई लगे, त्यसलाई तरवारले मारे र अरू स्त्रीहरूका माझमा त्यो कुख्यात भई । यसरी तिनीहरूले त्यसलाई दण्ड दिए ।
«و چون خواهرش اهولیبه این را دید، درعشقبازی خویش از او زیادتر فاسد گردید وبیشتر از زناکاری خواهرش زنا نمود. | ۱۱ 11 |
त्यसकी बहिनी ओहोलिबाले त्यो कुरा देखी, तर त्यो झन् बढी कामुक भई र आफ्नी दिदीभन्दा पनि बढी वेश्यावृत्तिको काम गर्न लागी ।
و بر بنی آشور عاشق گردید که جمیع ایشان حاکمان وسرداران مجاور او بودند و ملبس به آسمانجونی و فارسان اسبسوار و جوانان دلپسند بودند. | ۱۲ 12 |
अश्शूरीहरू, तिनका गभर्नरहरू र आकर्षक किसिमले वस्त्र पहिरिने अधिकारीहरूसँग त्यो कामुक भई, जो घोडा चढ्ने मानिसहरू थिए । ती सबै जना बलिया र सुन्दर मानिसहरू थिए ।
ودیدم که او نیز نجس گردیده و طریق هردوی ایشان یک بوده است. | ۱۳ 13 |
त्यसले आफैलाई अशुद्ध पारेकी मैले देखें । ती दुवै जना दिदीबहिनी उस्तै थिए ।
پس زناکاری خود رازیاد نمود، زیرا صورتهای مردان که بر دیوارهانقش شده بود یعنی تصویرهای کلدانیان را که به شنجرف کشیده شده بود، دید. | ۱۴ 14 |
त्यसपछि त्यसले आफ्नो वेश्यावृत्ति झन् बढाई । भित्तामा कोरिएका मानिसहरू, भित्तामा रातो रङ्गले पेन्ट गरेर बनाइएका कल्दीहरूका चित्रहरू त्यसले देखी,
که کمرهای ایشان به کمربندها بسته و عمامهای رنگارنگ برسر ایشان پیچیده بود. و جمیع آنها مانند سرداران و به شبیه اهل بابل که مولد ایشان زمین کلدانیان است بودند. | ۱۵ 15 |
आफ्ना कम्मर वरिपरि पटुका बाँधेका र आफ्ना शिरमा लट्कने फेटा बाँधेका । ती सबै जना कल्दी फौजका रथी अधिकारीहरूजस्ता, बेबिलोनियाका छोराहरूजस्तै देखिन्थे, जसको आफ्नो देश कल्दीया हो ।
و چون چشم او بر آنها افتاد، عاشق ایشان گردید. و رسولان نزد ایشان به زمین کلدانیان فرستاد. | ۱۶ 16 |
त्यसले उनीहरूलाई देख्ने बित्तिकै उनीहरूका निम्ति त्यो कामुक भई । यसैले कल्दिया देशमा उनीहरूकहाँ त्यसले दूतहरू पठाई ।
و پسران بابل نزد وی در بسترعشق بازی درآمده، او را از زناکاری خود نجس ساختند. پس چون خود را از ایشان نجس یافت، طبع وی از ایشان متنفر گردید. | ۱۷ 17 |
त्यसपछि बेबिलोनीहरू त्यसकहाँ त्यसको कामुक ओच्छ्यानमा आए र आफ्ना छाडा यौनले तिनीहरूले त्यसलाई अशुद्ध पारे । त्यसले जे गरेकी थिई त्यसद्वारा त्यो अशुद्ध भई । यसरी मनमा घृणा बोकेर त्यो उनीहरूसँग टाढा भई ।
و چون که زناکاری خود را آشکار کرد و عورت خود رامنکشف ساخت، جان من از او متنفر گردید، چنانکه جانم از خواهرش متنفر شده بود. | ۱۸ 18 |
जब त्यसले आफ्ना वेश्यावृत्तिका कामहरू गरी र आफ्नो नग्नता देखाई, तब जसरी मनमा घृणा बोकेर त्यसकी दिदीसँग म टाढा भएको थिएँ, त्यसरी नै म त्योसँग पनि टाढा भएँ ।
امااو ایام جوانی خود را که در آنها در زمین مصر زناکرده بود به یاد آورده، باز زناکاری خود را زیادنمود. | ۱۹ 19 |
तब मिश्रदेशमा त्यो वेश्या हुँदाको, आफ्ना युवावस्थाका समयलाई सम्झेर त्यसले आफ्नो वेश्यावृत्ति झन् बढाई ।
و بر معشوقه های ایشان عشق ورزید که گوشت ایشان، مثل گوشت الاغان و نطفه ایشان چون نطفه اسبان میباشد. | ۲۰ 20 |
यसरी त्यो आफ्ना प्रेमीहरूसित कामुक भई, जसका गुताङ्गहरू गधाहरूका जस्ता थिए, अनि जसका वीर्य घोडाहरूका झैं निस्कन्थ्यो ।
و قباحت جوانی خود را حینی که مصریان پستانهایت را بهخاطرسینه های جوانیت افشردند به یاد آوردی. | ۲۱ 21 |
मिश्रीहरूले तेरा स्तनका मुन्टाहरू खेलाउँदा र तेरा जवानीका स्तनहरू मिच्दा, तैंले आफ्ना जवानीका लज्जापूर्ण कामहरू यसरी नै गरिस् ।
«بنابراینای اهولیبه خداوند یهوه چنین میفرماید: اینک من عاشقانت را که جانت ازایشان متنفر شده است به ضد تو برانگیزانیده، ایشان را از هر طرف برتو خواهم آورد. | ۲۲ 22 |
यसैकारण ए ओहोलिबा, परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः ‘हेर्, तेरा प्रेमीहरूलाई म तेरो विरुद्धमा उठाउनेछु । जसबाट तँ टाढा भईस्, उनीहरूलाई चारैतिरबाट म तेरो विरुद्धमा ल्याउनेछुः
یعنی پسران بابل و همه کلدانیان را از فقود و شوع وقوع. و همه پسران آشور را همراه ایشان که جمیع ایشان جوانان دلپسند و حاکمان و والیان و سرداران و نامداران هستند و تمامی ایشان اسبسوارند. | ۲۳ 23 |
बेबिलोनीहरू र सबै कल्दीहरू, पकोद, शोअ र कोअका मानिसहरू, र तिनीहरूसँगै सबै अश्शूरहरू, बलिया, सुन्दर मानिसहरू, गभर्नरहरू, कमाण्डरहरू, ती सबै जना अधिकारीहरू र इज्जतदार मानिसहरूलाई, घोडामा सवार सबै जना मानिसहरूलाई ।
و با اسلحه و کالسکهها و ارابهها وگروه عظیمی بر تو خواهند آمد و با مجنها وسپرها و خودها تو را احاطه خواهند نمود. و من داوری تو را به ایشان خواهم سپرد تا تو را برحسب احکام خود داوری نمایند. | ۲۴ 24 |
उनीहरू तेरो विरुद्धमा हतियारहरू र रथहरू र गाडाहरू र मानिसहरूका ठुलो भीडलाई साथमा लिएर आउनेछन् । ठुला ढालहरू, साना ढालहरू लिएर र टोप लाएर उनीहरूले तँलाई घेरा हाल्नेछन् । तँलाई दण्ड दिने मौका उनीहरूलाई म दिनेछु, र उनीहरूले आफ्ना कामहरूले तँलाई दण्ड दिनेछन् ।
و من غیرت خود را به ضد تو خواهم برانگیخت تا با تو به غضب عمل نمایند. و بینی و گوشهایت راخواهند برید و بقیه تو با شمشیر خواهند افتاد وپسران و دخترانت را خواهند گرفت و بقیه تو به آتش سوخته خواهند شد. | ۲۵ 25 |
मेरो डाहको रिस तँतिर म फर्काउनेछु, र क्रोधमा उनीहरूले तँसित व्यवहार गर्नेछन् । उनीहरूले तेरा नाक र कान काट्नेछन्, र तेरा बाँचेकाहरू तरवारले ढल्नेछन् । उनीहरूले तेरा छोराछोरीलाई लानेछन्, र तेरा बाँचेकाहरूलाई आगोले भस्म पार्नेछ ।
و لباس تو را از توکنده، زیورهای زیبایی تو را خواهند برد. | ۲۶ 26 |
उनीहरूले तेरा वस्त्र उतारेर तँलाई नाङ्गै बनाउनेछन्, र तेरा सबै गहना लैजानेछन् ।
پس قباحت تو و زناکاریت را که از زمین مصرآوردهای، از تو نابود خواهم ساخت. و چشمان خود را بسوی ایشان بر نخواهی افراشت و دیگرمصر را به یاد نخواهی آورد. | ۲۷ 27 |
यसरी तेरा लाजमर्दो व्यवहार र मिश्रदेशदेखि तैंले सुरु गरेका तेरा वेश्यावृत्तिका कामहरू तँबाट म हटाउनेछु । तैंले यी कुराहरूतिर आफ्ना कुदृष्टि लगाउनेछैनस्, र मिश्रदेशको सम्झना फेरि तैंले गर्नेछैनस् ।'
زیرا خداوندیهوه چنین میگوید: اینک تو را بهدست آنانی که از ایشان نفرت داری و بهدست آنانی که جانت ازایشان متنفر است، تسلیم خواهم نمود. | ۲۸ 28 |
किनभने परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः 'हेर्, म तँलाई उनीहरूकै हातमा दिनेछु, जसलाई तँ घृणा गर्छेस्, उनीहरूकै हातमा जसबाट तँ टाढा भएकी थिइस् ।
و با تواز راه بغض رفتار نموده، تمامی حاصل تو راخواهند گرفت و تو را عریان و برهنه وا خواهم گذاشت. تا آنکه برهنگی زناکاری تو و قباحت وفاحشه گری تو ظاهر شود. | ۲۹ 29 |
उनीहरूले तँसित घृणापूर्वक व्यवहार गर्नेछन् । तेरा सबै धन-सम्पत्ति उनीहरूले लानेछन्, र तँलाई नाङ्गो र उजाड पारेर छोड्नेछन् । अनि तँ कामुक र वेश्यावृत्तिमा संलग्न हुँदा भएझैं तँलाई नाङ्गो पारिनेछ ।
و این کارها را به توخواهم کرد، از این جهت که در عقب امتها زنانموده، خویشتن را از بتهای ایشان نجس ساختهای. | ۳۰ 30 |
वेश्याले झैं तैंले काम गरेको, जातिहरूसँग कामुक भएको, उनीहरूका मूर्तिहरूद्वारा तँ अशुद्ध भएको हुनाले यी कुराहरू तँलाई हुनेछेन् ।
و چونکه به طریق خواهر خودسلوک نمودی، جام او را بهدست تو خواهم داد. | ۳۱ 31 |
तँ आफ्नी दिदीकै चालमा हिंडेकी छेस्, यसैले त्यसको दण्डको कचौरा म तेरो हातमा दिनेछु ।'
و خداوند یهوه چنین میفرماید: جام عمیق وبزرگ خواهر خود را خواهی نوشید. و محل سخریه و استهزا خواهی شد که متحمل آن نتوانی شد. | ۳۲ 32 |
परमप्रभु यसो भन्नुहुन्छ, ‘तैंले तेरी दिदीको कचौरा पिउनेछस्, जो ठुलो र गहिरो छ । तँ गिल्ला पात्र र हाँसोको विषय हुनेछेस्— यो कचौरामा धेरै अट्छ ।
و از مستی و حزن پر خواهی شد. از جام حیرت و خرابی یعنی از جام خواهرت سامره. | ۳۳ 33 |
मतवालापन र दुःखले, त्रास र विनाशको कचौराले तँ पूर्ण हुनेछेस् । तेरी दिदी सामरियाको कचौरा ।
و آن را خواهی نوشید و تا ته خواهی آشامید و خورده های آن را خواهی خایید وپستانهای خود را خواهی کند، زیرا خداوند یهوه میگوید که من این را گفتهام. | ۳۴ 34 |
तैंले त्यो पिउनेछेस् र त्यसलाई रित्तो पार्नेछेस् । त्यसपछि तैंले त्यो कचौरा टुक्रा-टुक्रा पार्नेछेस्, र ती टुक्राले आफ्ना स्तनहरू काट्नेछेस् । किनकि मैले नै यो घोषणा गरेको हुँ— यो परमप्रभु परमेश्वरको घोषणा हो ।'
بنابراین خداوندیهوه چنین میفرماید: چونکه مرا فراموش کردی و مرا پشت سر خود انداختی، لهذا تو نیز متحمل قباحت و زناکاری خود خواهی شد.» | ۳۵ 35 |
यसकारण परमप्रभु परमेश्वर यसो भन्नुहुन्छ, ‘तैंले मलाई बिर्सेको र मलाई तेरो पछाडि फालेको छस्, यसैले आफ्नो लज्जास्पद व्यवहार र यौनको अनैतिक कामहरूका दुष्परिणामहरू तैंले सहनुपर्नेछ' ।”
و خداوند مرا گفت: «ای پسر انسان! آیابراهوله و اهولیبه داوری خواهی نمود؟ بلکه ایشان را از رجاسات ایشان آگاه ساز. | ۳۶ 36 |
परमप्रभुले मलाई भन्नुभयो, “ए मानिसको छोरो, के तैंले ओहोला र ओहोलिबाको न्याय गर्नेछस्? त्यसैले तिनीहरूका घृणित कामहरूका तिनीहरूलाई विरोध गर,
زیرا که زنا نمودهاند و دست ایشان خون آلود است و بابتهای خویش مرتکب زنا شدهاند. و پسران خودرا نیز که برای من زاییده بودند، به جهت آنها ازآتش گذرانیدهاند تا سوخته شوند. | ۳۷ 37 |
किनकि तिनीहरूले व्यभिचार गरेका छन्, र तिनीहरूका हातहरूमा रगत छ । तिनीहरूले आफ्ना मूर्तिहरूसित व्यभिचार गरे, र तिनीहरूका मूर्तिहरूका प्रसादको रूपमा तिनीहरूले आफ्ना छोराहरूलाई आगोबाट हिंड्न पनि लगाएका छन् ।
و علاوه برآن این را هم به من کردهاند که در همانروز مقدس مرا بیعصمت کرده، سبت های مرا بیحرمت نمودهاند. | ۳۸ 38 |
त्यसपछि तिनीहरूले अहिले निरन्तर मलाई यसो गर्छन्: तिनीहरूले मेरो पवित्रस्थानलाई अशुद्ध पार्छन्, र त्यसै दिनमा तिनीहरूले मेरा शबाथहरूलाई अपवित्र पार्छन् ।
زیرا چون پسران خود را برای بتهای خویش ذبح نموده بودند، در همان روز به مقدس داخل شده، آن را بیعصمت نمودند و هان این عمل را در خانه من بجا آوردند. | ۳۹ 39 |
किनभने तिनीहरूले आफ्ना छोराछोरीलाई आफ्ना मूर्तिहरूका निम्ति बलि चढाएका, अनि त्यसै दिन तिनीहरू मेरो पवित्रस्थानलाई अशुद्ध पार्न त्यसभित्र आए । यसैले हेर्, तिनीहरूले मेरो मन्दिरको बिचमा यसो गरेका छन् ।
بلکه نزدمردانی که از دور آمدند، فرستادید که نزد ایشان قاصدی فرستاده شد. و چون ایشان رسیدند، خویشتن را برای ایشان غسل دادی و سرمه به چشمانت کشیدی و خود را به زیورهایت آرایش دادی. | ۴۰ 40 |
अब हेर— दूतहरूले पठाएका टाढाबाट आएका मानिसहरूलाई तैंले बोलाईस् । तिनीहरू साँच्चै आए जसका निम्ति तैंले नुहाईस्, आँखामा गाजल लगाईस् र आफूलाई गहनाले सिंगारिस् ।
و بر بستر فاخری که سفره پیش آن آماده بود نشسته، بخور و روغن مرا بر آن نهادی. | ۴۱ 41 |
त्यहाँ तँ एउटा सुन्दर पलङ्गमा बसिस्, र त्यसको अगाडि सजाइएको टेबलमा मेरो धूप र मेरो तेल राखिस् ।
و در آن آواز گروه عیاشان مسموع شد. وهمراه آن گروه عظیم صابیان از بیابان آورده شدندکه دستبندها بر دستها و تاجهای فاخر بر سر هردوی آنها گذاشتند. | ۴۲ 42 |
यसैले हल्ला गर्ने भीड त्यसको वरिपरी थियो । तिनमा सबै किसिमका मानिसहरू, यतिसम्म कि उजाड-स्थानबाट साबीहरू पनि ल्याइए, र उनीहरूले आफ्ना हातमा चुराहरू लगाए र शिरमा सुन्दर मुकुटहरू लगाए ।
و من درباره آن زنی که در زناکاری فرسوده شده بود گفتم: آیا ایشان الان بااو زنا خواهند کرد و او با ایشان؟ | ۴۳ 43 |
तब व्भिचारले दिक्क भएकी स्त्रीको विषयमा मैले यसो भनें, 'अब उनीहरू त्यससँग यौनका अनैतिक काम गर्नेछन्, र त्यसले उनीहरूसँग गर्नेछे ।’
و به اودرآمدند به نهجی که نزد فاحشهها درمی آیند. همچنان به آن دو زن قباحت پیشه یعنی اهوله واهولیبه درآمدند. | ۴۴ 44 |
जसरी मानिसहरू एउटी वेश्याकहाँ जान्छन् त्यसरी उनीहरू त्यसकहाँ गए र त्यससँग सुते । यसरी उनीहरू ती अनैतिक स्त्रीहरू, ओहोला र ओहोलिबासित सुते ।
پس مردان عادل بر ایشان قصاص زنان زناکار و خونریز را خواهند رسانید، زیرا که ایشان زانیه میباشند و دست ایشان خون آلود است. | ۴۵ 45 |
तर धार्मिक मानिसहरूले न्याय गर्नेछन् र व्यभिचारिणीहरूका रूपमा तिनीहरूलाई दण्ड दिनेछन् अनि हत्या गर्नेहरूलाई सुनाउने दण्डले तिनीहरूले उनीहरूलाई दण्ड दिनेछन्, किनभने तिनीहरू व्यभिचारिणीहरू हुन् र तिनीहरूका हातमा हत्याको रगत छ ।
زیرا خداوند یهوه چنین میفرماید: من گروهی به ضد ایشان خواهم برانگیخت. و ایشان را مشوش ساخته، به تاراج تسلیم خواهم نمود. | ۴۶ 46 |
यसैले परमप्रभु परमेश्वर यसो भन्नुहुन्छः म तिनीहरूका विरुद्धमा एउटा भीड खडा गर्नेछु र तिनीहरूलाई त्रास र लूटमा सुम्पिदिनेछु ।
و آن گروه ایشان را به سنگها سنگسار نموده، به شمشیرهای خود پاره خواهند کرد. و پسران و دختران ایشان را کشته، خانه های ایشان را به آتش خواهند سوزانید. | ۴۷ 47 |
तब त्यो भीडले तिनीहरूलाई ढुङ्गाले हान्नेछन्, र उनीहरूका तरवारले तिनीहरूलाई खत्तम पार्नेछन् । तिनीहरूका छोराछोरीलाई उनीहरूले मार्नेछन् र तिनीहरूका घरहरू जलाउनेछन् ।
وقباحت را از زمین نابود خواهم ساخت. پس جمیع زنان متنبه خواهند شد که مثل شما مرتکب قباحت نشوند. | ۴۸ 48 |
किनकि देशबाट लज्जास्पद व्यवहारलाई म खतम गर्नेछु, र सबै स्त्रीलाई अनुशासनमा ल्याउनेछु ताकि तिनीहरू फेरि वेश्याको जस्तो काम नगरून् ।
و سزای قباحت شما را بر شماخواهند رسانید. و متحمل گناهان بتهای خویش خواهید شد و خواهید دانست که من خداوندیهوه میباشم.» | ۴۹ 49 |
यसरी उनीहरूले तेरा लाजमर्दा व्यवहारहरू तेरै विरूद्धमा खडा गर्नेछन् । तैंले आफ्ना मूर्तिहरूसित गरेका पापको दोष तैंले भोग्नेछेस्, र यसरी म नै परमप्रभु परमेश्वर हुँ भनी तैंले जान्नेछेस् ।