< استر 1 >

در ایام اخشورش (این امور واقع شد). این همان اخشورش است که از هند تا حبش، بر صد و بیست و هفت ولایت سلطنت می‌کرد. ۱ 1
अहासूरसको राजकाजको दिनमा तिनले भारतदेखि कूशसम्म १२७ प्रान्तमाथि राज्य गरे ।
در آن ایام حینی که اخشورش پادشاه، بر کرسی سلطنت خویش در دارالسلطنه شوشن نشسته بود. ۲ 2
ती दिनमा राजा अहासूरस शूशनको किल्लामा अवस्‍थित आफ्नो राजकीय सिंहासनमा बसे ।
در سال سوم از سلطنت خویش، ضیافتی برای جمیع سروران و خادمان خود برپا نمود و حشمت فارس ومادی از امرا و سروران ولایتها، به حضور او بودند. ۳ 3
आफ्नो शासनकालको तेस्रो वर्षमा तिनले आफ्ना सबै अधिकारी र सेवकहरूलाई एउटा भोज दिए । फारसी तथा मादी सेना, कुलीनहरू र प्रान्‍तका गभर्नरहरू तिनको उपस्थितिमा थिए ।
پس مدت مدید صد و هشتاد روز، توانگری جلال سلطنت خویش و حشمت مجد عظمت خود را جلوه می‌داد. ۴ 4
तिनले एक सय असी दिनसम्म आफ्नो राज्यको वैभवशाली धनदौलत र आफ्नो महान्‌ताको महिमाको रवाफ देखाए ।
پس بعد از انقضای آنروزها، پادشاه برای همه کسانی که دردارالسلطنه شوشن از خرد و بزرگ یافت شدند، ضیافت هفت روزه در عمارت باغ قصر پادشاه برپا نمود. ۵ 5
यी दिन समाप्‍त भएपछि राजाले सात दिनसम्म अर्को भोज दिए । यो शूशनको किल्लामा भएका सबैभन्दा ठुलादेखि सानासम्म सबै मानिसका लागि थियो । यो भोज राजदरबारको बगैँचाको चोकमा दिइएको थियो ।
پرده‌ها از کتان سفید و لاجورد، با ریسمانهای سفید و ارغوان در حلقه های نقره بر ستونهای مرمر سفید آویخته وتختهای طلا و نقره بر سنگفرشی از سنگ سماق و مرمر سفید و در و مرمر سیاه بود. ۶ 6
बगैँचाको चोकलाई सुती कपडाका सेता र निला, राम्ररी बाटेका सुती र बैजनीका डोरीहरूले सिङ्गारिएको थियो र ती सिङ्गमरमरका खम्बाहरूमा भएका चाँदीका गोलचक्रहरूमा बाँधिएका थिए । त्यहाँ बुट्टा बनाइएका राता, सेता, सिङ्गमरमर र अन्य मूल्यवान् पत्थरहरू छापिएको रङ्गीचङ्गी अग्रपेटीमा सुन र चाँदीका बस्‍ने सोफहरू थिए ।
و آشامیدن، از ظرفهای طلابود و ظرفها را اشکال مختلفه بود و شرابهای ملوکانه برحسب کرم پادشاه فراوان بود. ۷ 7
सुनका कचौराहरूमा दाखमद्य बाँडियो । प्रत्येक कचौरा विशिष्‍ट थियो र राजाको उदारताको कारणले धेरै राजकीय दाखमद्य बाँडिएको थियो ।
و آشامیدن برحسب قانون بود که کسی بر کسی تکلف نمی نمود، زیرا پادشاه درباره همه بزرگان خانه‌اش چنین امر فرموده بود که هر کس موافق میل خود رفتار نماید. ۸ 8
“जबरजस्ती गरिनुहुँदैन” भन्‍ने आदेशको ख्याल गर्दै दाखमद्य बाँडिएको थियो, किनकि यसरी नै राजाले हरेक मानिसको इच्छामुताबिक गर्न आफ्नो दरबारका सबै अधिकारीलाई आदेश दिएका थिए ।
و وشتی ملکه نیز ضیافتی برای زنان خانه خسروی اخشورش پادشاه برپا نمود. ۹ 9
रानी वश्तीले पनि राजा अहासूरसको दरबारमा स्‍त्रीहरूलाई एउटा भोज दिइन् ।
در روز هفتم، چون دل پادشاه از شراب خوش شد، هفت خواجه‌سرا یعنی مهومان و بزتا و حربونا و بغتا و ابغتا و زاتر و کرکس را که درحضور اخشورش پادشاه خدمت می‌کردند، امر فرمود ۱۰ 10
सातौँ दिनमा जब राजाको हृदय दाखमद्यको कारणले प्रसन्‍न भएको थियो, तब तिनले महूमान, बिज्था, हर्बोना, बिग्ता, अबगथा, जेथेर र कर्कास (यी सात जना अधिकारीहरूले राजाको सामु सेवा गर्थे) लाई,
که وشتی ملکه را با تاج ملوکانه به حضور پادشاه بیاورندتا زیبایی او را به خلایق و سروران نشان دهد، زیرا که نیکو منظر بود. ۱۱ 11
रानी वश्तीलाई उनको राजकीय शिरपेच पहिरेर आफ्‍नो सामु ल्याउने हुकुम गरे । तिनले मानिसहरू र अधिकारीहरूलाई उनको सौन्दर्य देखाउन चाहन्थे, किनकि उनको चेहरा असाध्य सुन्दर थियो ।
اما وشتی ملکه نخواست که برحسب فرمانی که پادشاه به‌دست خواجه‌سرایان فرستاده بود بیاید. پس پادشاه بسیار خشمناک شده، غضبش در دلش مشتعل گردید. ۱۲ 12
तर अधिकारीहरूद्वारा ल्‍याइएको राजाको आदेश मानेर आउनलाई रानी वश्तीले इन्कार गरिन् । तब राजा सार्‍है रिसाए । आफूभित्रै तिनी रिसले क्रुद्ध भए ।
آنگاه پادشاه به حکیمانی که از زمانها مخبر بودند تکلم نموده، (زیرا که عادت پادشاه با همه کسانی که به شریعت و احکام عارف بودند چنین بود. ۱۳ 13
त्यसैले राजाले बुद्धिमानी भनी चिनिएका मानिसहरू जसले परिस्थितिलाई बुझेका थिए, तिनीहरूसित सल्लाह लिए (किनकि कानुन र न्यायमा पोख्तहरू सबैसित सल्लाह लिने राजाको प्रचलन थियो) ।
و مقربان او کرشنا و شیتار و ادماتا و ترشیش و مرس و مرسنا ومموکان، هفت رئیس فارس و مادی بودند که روی پادشاه را می‌دیدند و در مملکت به درجه اول می‌نشستند) ۱۴ 14
फारस र मादीका सात जना राजकुमार अर्थात् कर्शेना, शेथार, अद्‌माथा, तर्शीश, मेरेस, मर्सेना र ममूकान राजाका नजिकका मानिसहरू थिए । तिनीहरू राजाकहाँ जान सक्थे, र तिनीहरू राज्यमा उच्‍चतम पदहरूमा थिए ।
گفت: «موافق شریعت، به وشتی ملکه چه باید کرد؟ چونکه به فرمانی که اخشورش پادشاه به‌دست خواجه‌سرایان فرستاده است، عمل ننموده.» ۱۵ 15
राजाले सोधे, “अधिकारीहरूद्वारा रानी वश्तीकहाँ लगिएको राजा अहासूरसको आदेशलाई नमानेकी हुनाले कानुनको आदेशअनुसार उनलाई के गरिनुपर्छ?”
آنگاه مموکان به حضور پادشاه و سروران عرض کرد که «وشتی ملکه، نه‌تنها به پادشاه تقصیر نموده، بلکه به همه روسا و جمیع طوایفی که در تمامی ولایتهای اخشورش پادشاه می‌باشند، ۱۶ 16
राजा र अधिकारीहरूका सामु ममूकानले भने, “रानी वश्तीले राजाको विरुद्धमा मात्र होइन तर राजा अहासूरसका सबै प्रान्तका सारा अधिकारीहरू र सारा मानिसहरूको विरुद्धमा पनि गलत गर्नुभएको छ ।
زیرا چون این عمل ملکه نزد تمامی زنان شایع شود، آنگاه شوهرانشان در نظر ایشان خوار خواهند شد، حینی که مخبر شوند که اخشورش پادشاه امر فرموده است که وشتی ملکه را به حضورش بیاورند و نیامده است. ۱۷ 17
रानीको यो विषय सारा स्‍त्रीहरूलाई थाहा हुनेछ । यस कुराले तिनीहरूलाई आ-आफ्ना पतिलाई तुच्छ व्‍यवहार गर्ने बनाउनेछ । तिनीहरूले भन्‍नेछन्, 'राजा अहासूरसले रानी वश्तीलाई उहाँको सामु ल्याइयोस् भनी हुकुम गर्नुभयो, तर उनले इन्कार गरिन् ।'
و در آنوقت، خانمهای فارس و مادی که این عمل ملکه را بشنوند، به جمیع روسای پادشاه چنین خواهند گفت و این مورد بسیار احتقار و غضب خواهد شد. ۱۸ 18
आजको दिन समाप्‍त नहुँदै रानीको यस विषयलाई सुन्‍ने फारस र मादीका कुलीन स्‍त्रीहरूले राजाका सबै अधिकारीलाई उही कुरा भन्‍नेछन् । धेरै अनादर र क्रोध पैदा हुनेछ ।
پس اگر پادشاه این رامصلحت داند، فرمان ملوکانه‌ای از حضور وی صادر شود و در شرایع فارس و مادی ثبت گردد، تا تبدیل نپذیرد، که وشتی به حضور اخشورش پادشاه دیگر نیاید و پادشاه رتبه ملوکانه او را به دیگری که بهتر از او باشد بدهد. ۱۹ 19
राजालाई यस कुराले खुसी लाग्‍छ भने, वश्ती अबदेखि उहाँको सामु नआऊन् भनी उहाँबाट एउटा राजकीय आदेश होस्, र यसलाई रद्द गर्न नसकिने फारसी र मादीहरूको कानुनमा लेखियोस् । राजाले उनीभन्दा अझै असल स्‍त्रीलाई उनको स्‍थानमा रानीको दर्जा दिइयोस् ।
وچون فرمانی که پادشاه صادر گرداند در تمامی مملکت عظیم او مسموع شود، آنگاه همه زنان شوهران خود را ازبزرگ و کوچک، احترام خواهند نمود.» ۲۰ 20
जब राजाको विशाल राज्यभरि उहाँको आदेशको घोषणा गरिन्छ, तब ठुलादेखि साना सबै जनाको पत्‍नीले आ-आफ्ना पतिलाई आदर गर्नेछन् ।”
و این سخن در نظر پادشاه و روسا پسندآمد و پادشاه موافق سخن مموکان عمل نمود. ۲۱ 21
यस सल्लाहबाट राजा र तिनका कुलिनहरू खुसी भए, र ममूकानले प्रस्ताव गरेझैँ राजाले गरे ।
و مکتوبات به همه ولایتهای پادشاه به هرولایت، موافق خط آن و به هر قوم، موافق زبانش فرستاد تا هر مرد در خانه خود مسلط شود و درزبان قوم خود آن را بخواند. ۲۲ 22
तिनले सारा राजकीय प्रान्तमा हरेक प्रदेशमा आ-आफ्नो लिपिअनुसार र हरेक जातिको आ-आफ्नो भाषाअनुसार तिनीहरूलाई चिट्ठीहरू पठाए । हरेक पुरुष आफ्नो घरानाको मालिक हुनुपर्छ भनी तिनले आज्ञा दिए । साम्राज्यको हरेक जातिको भाषामा यो आदेश दिइएको थियो ।

< استر 1 >